Wednesday, September 24, 2014

पाँच आन्दोलनकारी पक्राउ

पाँच आन्दोलनकारी पक्राउ
कैलास दास
जनकपुर, असोज ८ । सिके राउतलाई निःशर्त रिहा गरिनुपर्ने माग गर्दै मधेश आन्दोलन जनपरिचालन समितिले जनकपुरको रामानन्द चौकमा एक घण्टा चक्का जाम  गरेको थिए । चक्का जाम गर्ने क्रममा आन्दोलनकारीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

आन्दोलन जनपरिचालन समितिका संयोजक ईन्द्र कुमार मधेशानन्द सहित पाँच जना युवकलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेका थिए । उनीहरुलाई साँझतिर छोडेको हो ।
पक्राउ पर्नेहरुमा सरोज मिश्र, ज्ञानेन्द्र झा ज्ञानु, रञ्जित झा, रियाज अन्सारी र दिपेश झा रहेका छन् । उनीहरुले बुधवार विहान ११ बजे देखि १२ बजे सम्म चक्का जाम गर्ने कार्यक्रम राखेको बेलामा प्रहरीले हस्तक्षेप गरी पाँचै जनालाई पक्राउ गरी लगेका थिए । पक्राउ पर्ने युवाहरुलाई प्रहरी नियन्त्रणमा नै नारावाजी गरेका थिए । युवाहरुले कार्यालय अवधिभरि जिल्ला प्रहरी कार्यालयमा राखेर साँझतीर रिहाई गरेको छ ।
मधेशका बुद्धिजिवी सिके राउतलाई विना शर्त रिहाईको माग गर्दै आफुहरुको आन्दोलन निरन्तर रुपमा जारी रहने मधेश जनआन्दोलन परिचालन समितिका संयोजक ईन्द्रकुमार मधेशानन्दले बताएका छन् । आफुहरु उनको रिहाईको लागि जस्तो सुक्कै बलिदानी दिन पनि तयार रहेको बताए ।

यसैबीच सिके राउत रिहाई संघर्ष समितिले बुधवार मुखमा पटी बाधि प्रदर्शन गरेको छ । दिपक झाको संयोजकत्वमा जनकचौकबाट सुरु भएको मौन जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः जनकचौकमा पुगी कोणसभामा परिणत भएका थिए ।

No comments:

Post a Comment