Sunday, May 31, 2020

नेकाँ धनुषाद्वारा प्रेस युनियनलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

जनकपुरधाम, १८ जेठ । नेपाली काँग्रेस धनुषाका जनकपुरधाम उपमहानगरपालिकाका नगर सभापति मनोज कुमार साहले नेपाल प्रेस युनियन धनुषालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
नगर सभापति साहको पहलमा नेपाली काँग्रेसका वरिष्ठ नेता तथा जनकपुरधाम उपमहानगरपालिकाका पूर्व मेयर बजरंग प्रसाद साहले सो स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएका हुन ।
नगर सभापति साह र पूर्व मेयर साहले संयुक्त रुपमा नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष राजन कुमार साहलाई मास्क, सेनिटाइजर तथा ग्लोब्स हतान्तरण गरेका छन् ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नगरसभापति साहले कोरोना जस्ता अदृश्य रोग फैलिरहेको अवस्थामा पनि पत्रकारहरु समाजलाई सजग र सचेत गराईको छ । उनीहरु धन्यवादका पात्र हुन । यो सामाग्री खासै नभएपनि पहिलो प्रयास रहेको बताएका छन् ।
नेपाल सरकारको बजेटमाथि टिप्पणी गर्दै उनले भने, ‘वर्तमान सरकार गैर जिम्मेवार सरकारको हो । विश्व कोरोना भाइरसबाट परेशान छ । तर हाम्रो सरकारको बजेट हेर्ने हो भन्ने स्वस्थ्य र कृषिमा आधारित छैन ।’ उनले अगाडि थपे ‘निर्माण लगायतको बजेट कटौती गरी कोरोनामा लगाउनु पर्दछ ।’
वर्तमान बजेट व्यापारी मुखी, गरिबीमुखी, किसान मुखी हुनुपर्छ उनले भने, ‘बिजुली बिल, खानेपानी, भुमीकर, टेलिफोन र व्यापारीहरुको घरभाडा र बैंकको ब्याज राज्यले तिर्नुपर्छ ।’
कार्यक्रममा पूर्व मेयर बजरंग प्रसाद साह, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य शैलेन्द्र झा, रामभरत साह सहितका व्यक्तिहरु समसामयिक विषयमा विचार राखेका थिए ।

ट्रान्सफोर्म नेपालद्वारा प्रदेशिक अस्पतालाई स्वास्थ्य सामाग्री

जनकपुरधाम, १७ जेठ । गैर सरकारी संस्था ट्रान्सफोर्म नेपालले प्रदेश नं. २ का प्रदेशिक अस्पताललाई आईतवार स्वस्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
चीनको अमिटी फाउण्डेशन र लव फाउण्डेशनको सहयोगमा ट्रान्सफोर्म नेपालले सो सामाग्रीहरु प्रदेशिक अस्पतालमा प्रदान गरिएको जनाइएको छ ।
ट्रान्सफोर्म नेपालका निर्देशिक रविन्द्र दासले कोरोना भाइरस अर्थात कोभिड—१९ बाट चिकित्सकहरु सुरक्षित रहन र बिरामीको उपचारमा समस्या नआउने उद्देश्यले यो संस्था स्वास्थ्य सामाग्री सहयोग गरेको जनाइएको छ ।
प्रदेश साँसद रामअशिष यादवको प्रमुख आतिथ्यमा स्क्रीन फेस ६ सय पीस तथा ग्लोब ८ हजार पीस प्रादेशिक अस्पतालका मेसु डा. नागेन्द्र यादवलाई हस्तान्तरण गरेको छ ।
स्वास्थ्य सामाग्री बुझ्दै डा. यादवले वर्तमान अवस्थामा यो स्वास्थ्य सामाग्री चिकित्सकहरुलाई सुरक्षित रहन र बिरामीलाई निर्भिक्क भएर उपचार गर्नमा निक्कै उपयोगी हुने बताएका छन् । उनले प्रदेश २ मा सबभन्दा बढी कोरोना भाइरस जस्ता अदृश्य रोगबाट मानिसहरु संक्रमित भईरहेको छ । कतिपय चिकित्सकहरुमा समेत कोरोना पोजेटिभ देखिएकोले यस्तो अवस्थामा यो सामाग्रीले रोग लाग्नबाट बचाउने विश्वास व्यक्त गरेका छन् ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा आफन्त नेपालका संयोजक जय प्रकाश मण्डल, प्रदीप यादव, डा. रामनरेश पण्डित, डा. रामज्ञान मण्डल सहितको उपस्थिति रहेको थियो ।
अदृश्य रोग कोरोना भाइसबाट प्रदेश २ मा ६०९ जना संक्रमित भएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या करीब १५ सय व्यक्ति संक्रमित रहेको र ती मध्ये २ सय १९ जना निक्कै भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Saturday, May 30, 2020

रुकुम र रुपन्देही घटनाको विरोधमा कालोपाटी बाँधेर धनुषामा प्रर्दशन


जनकपुरधाम, १७ जेठ । धनुषामा दलित अधिकारकर्मीहरुले रुकुम र रुपन्देही घटनाको विरोधमा कपालमा कालो पट्टी बाँधेर सडकमा प्रदर्शन गरेका छन् ।
धनुषाको गणेशमान चारनाथ नगरपालिकाको राजमार्गमा सैयौंको संख्यामा दलित अधिकारकर्मीहरुले घटनाको दोषीमाथि कारवाहीको माँग गर्दै प्रदर्शन गरेका हुन ।
दलित जागरण अभियानको आयोजनामा भएको सो कार्यक्रममा दलित अधिकारकर्मीहरुले नवराज विक लगायतको हत्यारालाई फासी देउ, दलितमाथिको विभेद अन्त गर, नरसंघारको दोषीलाई कारवाही गर लगायतका नाराहरु लगाएका थिए ।
प्रदर्शन कार्यक्रममा उर्मिला पासमान, कृष्णा कुमारी तमांग, जोगेन्द्र महरा, तिलक परियार, टेक बहादुर बिक, विनोद महरा, सोति पासमान, चन्देश्वर सदा सहितका व्यक्तिहरु उपथित रहेका थिए ।
रुकुमपश्चिम चौरजहारी नगरपालिका ८ निवासी वीर बहादुर मल्ल र प्रकाशी मल्लकी छोरी सुष्मा मल्ल र जाजरकोट जिल्ला भेरी नगरपालिका ४ का नवराज विकबीचको प्रेम सम्बन्ध केटाकेटीको सहमतिमा विवाहमा परिणत हुने क्रममा जेठ १० गते सामूहिक हत्या गरिएको थियो । जाजरकोट भेरी–४, रानागाउँका २० वर्षीय नवराज विक, टीकाराम सुनार र गणेश बुढामगरको पनि हत्या हुनुका साथैसँगै गएका सन्दीप विक, लोकेन्द्र सुनार र गोविन्द शाही बेपत्ता छन् । कथित जातीय उचनीचका नाममा प्रेम विछोड गराउन त्यहाँ मच्चाइएको रक्तपात हाम्रो सामाजिक चेतनामाथिकै नमेटिने कलंक हो । यस नरसंहारपूर्ण अत्यन्तै अमानवीय र बर्बरतापूर्ण मानवता विरोधी यस हत्याकाण्डको उनीहरुले निन्दा तथा भन्र्सना पनि गरेको छ  ।
त्यस्तै रुपन्देही जिल्लाको देवदहमा १३ वर्षीया स्थानीय दलित बालिका अंगिरा पासीलाई २५ वर्षीय हत्या भएको थियो । वर्तमानमा रुकुमपश्चिम चौरजहारीको घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा एक समिति गठन गरेको छ । उक्त टोलीले रुपेन्देहीको घटना समेत छानविन गर्न दलित अगुवाहरुले माँग गरेका छन् ।
हत्याकाण्डमा संलग्न भएका सबैलाई पक्राउ गर्न, वेपत्ताहरुको यथाशिघ्र खोजीकार्यलाई तिब्रता दिन, घट्नाको सत्यतथ्य छनवीन गर्न, पीडितलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउन र हत्यारालाई हदैसम्मको कानूनी कार्वाही गर्न, अब उप्रान्त यस्ता घट्ना नघटाउन र दलित समुदायमाथिको सामाजिक न्याय प्रदान गर्न संघीय संसदबाट संसदीय अनुगमन समिति गठन गर्न समेत माँग गरेका छन ।

Thursday, May 28, 2020

दोषीमाथि कारवाहीको माँग गर्दै दलित सरोकारवालाहरुद्वारा जिप्रका धनुषा मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र’

जनकपुरधाम, १५ जेठ । धनुषाका करीब एक दर्जन दलित क्षेत्रमा कार्य गर्दै आएका संघ संस्थाहरुले रुकुम र रुपन्देही घटनाका दोषीमाथि कारवाहीको माँग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ज्ञापन पत्र बुझाएका छन् ।
धनुषाका नेपाल राष्ट्रिय दलित समाज कल्याण सघका अध्यक्ष रघुनाथ दास, महिला अधिकारकर्मी सुनिता राउत, महिला अधिकार मञ्चकी अध्यक्ष मुन्नी देवी दास, दलित महिला संघकी अध्यक्ष शर्मिला देवी महरा, दलित अधिकार परिषदका अध्यक्ष चन्देश्वर दास, नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सादा, तराई मानव अधिकार रक्षक संजालका विनोद महरा, राष्ट्रिय दलित पत्रकार संघमन प्रदेश अध्यक्ष कैलास दास, जिल्ला अध्यक्ष कुलदीप दास प्रेम लगायतका व्यक्तिहरुले सामूहिक रुपमा दोषीमाथि कारवाहीको माँग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
रुकुमपश्चिम चौरजहारी नगरपालिका ८ निवासी वीर बहादुर मल्ल र प्रकाशी मल्लकी छोरी सुष्मा मल्ल र जाजरकोट जिल्ला भेरी नगरपालिका ४ का नवराज विकबीचको प्रेम सम्बन्ध केटाकेटीको सहमतिमा विवाहमा परिणत हुने क्रममा जेठ १० गते सामूहिक हत्या गरिएको जनाइएको छ ।
जाजरकोट भेरी–४, रानागाउँका २० वर्षीय नवराज विक, टीकाराम सुनार र गणेश बुढामगरको पनि हत्या हुनुका साथैसँगै गएका सन्दीप विक, लोकेन्द्र सुनार र गोविन्द शाही बेपत्ता छन् । कथित जातीय उचनीचका नाममा प्रेम विछोड गराउन त्यहाँ मच्चाइएको रक्तपात हाम्रो सामाजिक चेतनामाथिकै नमेटिने कलंक हो । यस नरसंहारपूर्ण अत्यन्तै अमानवीय र बर्बरतापूर्ण मानवता विरोधी यस हत्याकाण्डको विज्ञप्तिमा निन्दा तथा भन्र्सना पनि गरेको छ  ।
त्यस्तै रुपन्देही जिल्लाको देवदहमा १३ वर्षीया स्थानीय दलित बालिका अंगिरा पासीलाई २५ वर्षीय हत्या भएको जनाइएको छ ।
वर्तमानमा रुकुमपश्चिम चौरजहारीको घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा एक समिति गठन गरेको छ । उक्त टोलीले रुपेन्देहीको घटना समेत छानविन गर्न दलित अगुवाहरुले माँग गरेका छन् ।
हत्याकाण्डमा संलग्न भएका सबैलाई पक्राउ गर्न, वेपत्ताहरुको यथाशिघ्र खोजीकार्यलाई तिब्रता दिन, घट्नाको सत्यतथ्य छनवीन गर्न, पीडितलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउन र हत्यारालाई हदैसम्मको कानूनी कार्वाही गर्न, अब उप्रान्त यस्ता घट्ना नघटाउन र दलित समुदायमाथिको सामाजिक न्याय प्रदान गर्न संघीय संसदबाट संसदीय अनुगमन समिति गठन गर्न विज्ञप्तिमा मार्फत माग गरेको छ ।
विज्ञप्तिमा पासविक अमानवीय हत्याकाण्डको छानवीनका लागि सम्पूर्ण राजनीतिक दल, मानवअधिकार आन्दोलन, नागरिक आन्दोलन, संचारकर्मी र न्यायप्रेमी सबैमा आग्रह समेत गरेको हो ।
यता ज्ञापनपत्र बुझ्दै धनुषा सहायक जिल्ला अधिकारी प्रमुख शरद पोखरेलले भोलिसम्म गृहमन्त्रालय, सिंहदरबार काठमाडौंमा पठाउने प्रतिबद्धता जनाएका छन् ।



Wednesday, May 27, 2020

नेकाँ नगरसभापति साहद्वारा उपमहानगरपालिकालाई ६ बुँदे ध्यानाकर्षण पत्र

जनकपुरधाम, १४ जेठ । नेपाली काँग्रेसका जनकपुरधाम उपमहानगरपालिकाका नगरसभापति मनोज साहले ६ बुँदे माँग प्रस्तुत गर्दै जनकपुरधाम उपमहानगरपालिकालाई ध्यनाकर्षण गराएको छ ।
अदृश्य रोग कोरोना भाइरसलाई नियन्त्रण गर्नकालागि सरकारले लगाएको लकडाउनले गर्दा सर्वसाधारण जनता निक्कै प्रभावित भएकोले स्वास्थ्य सामाग्री सहितको सामाग्रीहरु उपलब्ध गराउनका लागि नगरसभापति साहले मेयर लालकिशोर साहलाई ध्यनाकर्षण गराएका हुन ।
नगरसभापति साहले ६ बुँदे ध्यानाकर्षण पत्र प्रस्तुत गर्दै अविलम्ब स्तरीय र संख्यात्मक  रुपमा क्वारेन्टाइन आइसोलेशनको व्यवस्था हुनुपर्ने, प्रादेशिक अस्पतालमा पिपिई उपलब्ध गराउनु पर्ने स्वाँव टेष्टको दयरा बढाउने, विश्वासनीय परीक्षण ल्याब  स्थापना गर्नुपर्ने रहेछ । त्यसैगरी जनकपुरधामको गोपाल धर्मशालामा बनाइएको क्वारेन्टाइनमा शौचालय, पानी, खानेपानी, पोषिसलो खाना र सरसफाईको अभाव रहेको दोष लगाउँदै कम्तिमा बीस हजार मानिस राख्न सकिने सुविधा सम्पन्न क्वारेन्टाइन बनाउनु पर्ने, भारतबाट आएका नागरिकलाई पहिचान गरी क्वाइरेन्टाइनमा राख्न व्यवस्था मिलाउने रहेको छ ।
त्यस्तै नगरक्षेत्र भित्र मच्छर नियन्त्रणका लागि औषधी छर्किने, ढलको सरसफाई गर्ने, नगरक्षेत्रको पूर्वमा नगर डुबान खतराबाट बचाउने कार्य हुनुपर्ने, उपमहानगरपालिका भित्रमा बाँडिएको राहत अपुग रहेकोले लक्षित गरीब, मजदुरले पाउन नसकेको कारणले स्थानीय वडाहरुबाट वास्तविक राहत वितरणको व्यवस्था मिलाउने । त्यसैगरी महामारीको कराण आर्थिक संकटको अवस्था विचार गरी नागरिकको भू बहालकर, घर जग्गा कर, बहाल कर, मालपोत दस्तुर  मिनाहा गरी जनतालाई राहत प्रदान गर्ने जस्ता माँग राखी मेयर साहलाई ध्यानाकर्षण गराएका हुन ।
यता मेयर साहले ध्यानाकर्षण पत्र बुझ्दै यस मध्ये केही कार्य सञ्चालनमा रहेको र बाँकी कार्य छिट्टै गर्ने प्रतिबद्धता जनाएका छन् ।


Tuesday, May 26, 2020

लकडाउनमा घेराएका बुटवलवासीलाई मण्डलद्वारा राहत वितरण


जनकपुरधाम, १४ जेठ । चैत ११ गते अघि जनकपुरधाम आएका बुटवलका दुई जना लकडाउनको कारण घर फर्किन नसकेकाले गैर सरकारी संस्था आफन्त नेपालका संयोजक जय प्रकाश मण्डलले खद्यान्न वितरण गरेको छ ।
आफन्त कहाँ एउटा समारोहमा आउँदा लकडाउनमा उनी परेका छन् । लकडाउनको कारण सवारी साधान चल्न नसक्दा खानमा निक्कै समस्या परेकोले ती व्यक्तिलाई मण्डलले खद्यान्न सहयोग गरेको हुन ।
खद्यान्नमा ५० किलो चावल, दाल, नून, तेल सहितको समाग्री रहेको छ ।
प्रदेश ५ बुटवल बस्ने श्याम सुन्दर मण्डल र दशरथ मण्डल रहेका छन् । केही दिनसम्म ज्यालादारी गरी खाए, अब काम पनि पाउँदैन उनले भने,‘सवारी साधन चलेमा जसरी पनि घर फर्किन्छु । तर अहिले खानका लागि पनि निक्कै समस्या भएको छ ।’
संयोजक मण्डलले जनकपुरमा बस्नेलाई धेरै उपाय हुन सक्छ । तर बुटवलवासीलाई निक्कै समस्या देखेकोले आफूले व्यक्तिगत रुपमा उनीहरुलाई खद्यान्न दिएको बताएका छन् । १३ जनाको परिवारका लागि कम्तिमा यो खद्यान्न १५ दिनसम्म चल्ने विश्वास रहेको बताएका छन् ।

पौडेश्वर विद्यालयको अध्यक्षमा साह

जनकपुरधाम,१४ जेठ । धनुषाको औरही गाउँपालिका वडा नं. १ पौडेश्वर स्थित सर्वोदय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मतिबाट परमेश्वर साहलाई चयन गरिएको छ ।
गाउँपालिका अन्तरगत रहेको गाउँपालिका शिक्षा समितिले साहलाई चैत्र ४ गते नै अध्यक्षका लागि घोषणा गरेपनि कोरोना भाइरसको रोकथामका लागि सरकारले लगाएको लकडाउको कारण उनीहरुको सपथ ग्रहरण तथा पद हस्तान्तरण हुन नसकेको थिएन ।विद्यालयकै प्राङ्गणमा मंगलवार ७ सदस्यीय विव्य समितिका पदाधिकारीलाई सोही गाउँपालिकाका अध्यक्ष ब्रम्हदेव यादवको प्रमुख अतिथ्यमा सपथ ग्रहण तथा पद हस्तान्तरण गराइएको छ ।
समितिको सदस्यहरुमा दीप रोशन यादव उर्फ दीपक, मकेश्वर प्रसाद साह, संजीता सहनीरहेका छन् । त्यस्तै पदनीय सदस्यमा सोही वडाका वडा अध्यक्ष अशेश्वर यादव, पदनीय सचिवमा विद्यालयका प्राध्यापक गणेश साह र शिक्षक सोभन साह रहेको जनाइएको छ । सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा लकडाउनलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम राखेका थिए । कार्यक्रममा रामजानकी माध्यमिक विद्यालयका विव्य समिति अध्यक्ष सुजित कुमार यादव, स्थानीय भलभलादमी, राजनीतिक दलका प्रतिनिधिहरु सहितको उपस्थिति रहेको थियो ।