Tuesday, March 31, 2020

‘‘कोरोना संक्रमण लाग्नु भन्दा पहिला भोखै मर्छु’

जनकपुरधाम, १९ चैत ।  कोरोनाको त्रासले भोखै मर्ने अवस्था हामीलाई आई सकेको दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्दै आएकारुले भन्न थालेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ स्थित केही विपन्न परिवारहरुले सात दिनबढी भईसक्यो, काम पनि पाउँदैन खान पनि पाउँदैन यस्तो अवस्थामा भोखै मर्ने अवस्था रहेको आफ्नो पीडा पोख्न थालेका छन् । पाँच सातजनाको परिवार छन् । खेतमा बाँसको झोप्रो बनाएर एकसालदेखि बसोबास गर्दै आएको छु । दैनिक कार्य गरेर खानेलाई काम पाएन, ज्यालदारी पाए कसरी बाँच्ने दुलारी खातुनले दुःखेसो सुनाइन ।
त्यस्तै भारतबाट आएका केही आदिवासीहरुले आपूm सधैं माँगेर खाने हो । तर एकसातादेखि प्रहरी प्रशासनले कहीपनि निस्कन दिएको छैन । यहाँसम्मकी वस्तीहरुको छेउछाउँमा पनि बस्न दिदैन, पानी खानेसम्म समस्यामा परेको गुनासो गरेका छन् । उनीहरुले आक्रोशमा भने ‘भोखे मर्नुभन्दा कोरोना लागेर मर्नु नै राम्रो हो । कतिदिनसम्म यसरी भोखे बस्ने त ?’
उनीहरुले केही व्यक्तिहरुले राहत दिने गरेको सुनेको छु । तर हामी कहाँ कसैले आएको छैन । हामीलाई त्यहाँसम्म जान पनि दिदैन । कसरी बाँच्ने उल्टै प्रश्न गरेका छन् ।
त्यस्तै जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ का दलितहरुले कोरोनाको त्रास भन्दा भुखको महामारीले हामीलाई सताई रहेको गुनासो गरेको छन् । उनीहरुले अहिलेसम्म कसैले आफूहरुको बस्तीमा राहत लिएर नआएको गुनासो गरेका छन् ।
यो बस्तीमा ९० जना बढी दलितहरु छन्। ती मध्ये ४० जना दैनिक ज्यालादारी गरी जीविको पार्जन गर्ने व्यक्ति हो । उनीहरुको अवस्था निक्कै दयनीय रहेको इन्दरजीत मेस्तरले बताएका छन् । उनले यस्तो विपदको बेलामा सहयोग गरिदिनका लागि सम्बन्धित संघ संस्था र निकायलाई आग्रह समेत गरेका छन् ।
कोरोना भाइरसबाट अहिलेसम्म विश्वमा ४५ हजारबढी जनाको मृत्यु भई सकेको छ । नेपाल सरकारले चैत ११ गतेदेखि लकडाउन गरेका छन् । लकडाउनको प्रभाव सबभन्दा बढी गरिब, दलित, विपन्न परिवारलाई परेको छ ।

Monday, March 30, 2020

कमर्सद्वारा विपन्नको घरघरमा खद्यान्न

जनकपुरधाम, १७ चैत । धनुषा चेम्बर एवं प्रदेश चेम्बरले गरिब, असहाय तथा दलित वस्तीमा गएर खद्यान्न लगायतका समाग्रीहरु वितरण गरेको छ । कारोना संक्रमितलाई न्यूनिकरण गर्नका लागि एक मानिसबाट अर्को मानिसमा नफैलियोस मध्यनजर गरी सरकारले लकडाउन गरेको छ । लकडाउनको कारण गरिब, असहाय तथा विपन्न परिवारलाई समस्या उत्पन्न भएको बेलामा कमर्सले घरघरमै पुगेर खाद्यन्न लगायतका समाग्रीहरु वितरण गरेको छ ।
सूचनाको आधारमा अति प्रभावित धनुषाको विभिन्न स्थानमा घरमै पुगेर ९६ परिवारलाई खाद्यान्न वितरण गरेको धनुषा चेम्बरका अध्यक्ष विजय साहले जानकारी दिएका छन ।
उनक अनुसार ५ किलो चामल, १ किलो दाल, २ किलो आलु, १ किलो नुन र स्वयाविन वितरण गरिएको हो । सरकारले कोरोना भाइरसको महामारीबाट बच्न गरेको लकडाउनको कारण समस्यामा परेका अतिविपन्न , ज्यालादारीमा काम गर्ने मजदुर, असहाय, एकल महिलाहरुलाई सूचनाको आधारमा वितरण गरिएको उपाध्यक्ष मिश्रको भनाइ छ । राहत वितरण गर्न चेम्बर धनुषाका अध्यक्ष विजय साहको नेतृत्वको टोली पुगेको थियो ।

छतमाथि छठ पूजा

जनकपुरधाम, १७ चैत । कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिमलाई दृष्टिगत चैती छठको पूजा सार्वजनिक स्थल र पोखरीमा नमनाउन जिल्ला प्रशासन कार्यालय धनुषाले आग्रह गरेपछि अधिकांश व्यक्ति छतमाथि नै छठ पूजा गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले सो भाइरसको जोखिम हुन नदिन सरकारद्वारा जारी गरिएको लकडाउनको अवस्थालाई मध्यनजर गर्दै सोमवार हुने सो पूजा सार्जजनिक स्थल र पोखरीमा नमनाउन आग्रह गरेको छ ।
सो पर्वको पूजा सार्वजनिक स्थल र पोखरीमा नमनाउने आग्रहको पालनका लागि सक्रिय सहयोग र समन्वयका लागि सो कार्यालयले अनुरोध समेत गरेको छ । कार्यालयका प्रवक्ता रामेश्वर कार्कीद्वारा जारी विज्ञप्तिमा विषम अवस्थामा गरिएको आग्रहका कारण चैती छठ पूजाका श्रद्धालु र भक्तजनप्रति पर्न गएको पीडाका लागि क्षमायाचना पनि गरिएको छ ।
सन्तान प्राप्ति, निरोगिता, सुखसमृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरूप पारस्परिक आत्मीयता र सद्भावका प्रतिकका रूपमा छठ पर्व कार्तिक र चैत महिनामा मनाइने गरिएको छ ।
यता जनकपुरधामकै केही पोखरीहरुमा न्यून संख्यामा उपस्थित भई छठ पर्व मनाएका छन् । कोरोना जस्ता महामारीबाट विश्वभरिमा ३५ हजार बढीको मृत्यु भई सकेको छ । मानिसबाट मानिसमा सर्ने रोग कोरोना रहेकोले भीडभाड नगर्न सरकारले नदी तथा तलावमा छठ पर्व नमाउन आग्रह गरेका छन् ।
त्यस्तै सोमवार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ उत्सव मनाइँदैछ । चारदिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको तेस्रो दिन सोमवार साँझ तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिको जलाशय तथा घरको छतमाथि अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै धुमधामका साथ चैती छठ मनाइँदै छ । 
चारदिनसम्म मनाइने यस पर्वको पहिलो दिन शनिबार व्रतीहरुले नहा खा अर्थात् नुहाएर खाएर जीउ चोख्याउने काम गरेका थिए । त्यस्तै पर्वको दोस्रो दिन आइतबार खर्ना मनाएका थिए । खर्नाका दिन व्रतीले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरेका थिए । राति अरवा अरबाइन (बिना नुन हालेको) खानेकुरा खाएका थिए ।
त्यस्तै षष्ठीका दिन अर्थात् आज (सोमबार) साँझ गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पिठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलपूmल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हाती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।
षष्ठीका दिन आज साँझ व्रतीहरुले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्नेछन् । त्यस्तै त्यसको भोलिपल्ट अर्थात् भोलि मङ्गलबार एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न गर्नेछन् ।
महाभारतका अनुसार द्रोपदीसहित पाण्डवहरु अज्ञात वासमा रहँदा उक्त गुप्तावास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरु मिथिलाको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन र त्यही बेलादेखि छठ गर्ने परम्पराको शुरुवात भएको तथ्य उल्लेख छ । धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावको रुपमा समेत विकसित छठ पर्व हिन्दूको सँगसँगै मुस्लिमले पनि मनाउने गर्छन् । यस पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पु¥याउनुपर्छ तर चढाउने सामथ्र्य नभएकाहरु गम्हरी चामल मात्र चढाए पनि देउता प्रसन्न हुने जनविश्वास रहेको छ ।

प्रहरीले हिरासतमा लिएर युवालाई गरे निर्घात कुटपिट

जनकपुरधाम, १७ चैत ।  धनुषाको विदेह नगरपालिकाको तीनकौरिया प्रहरीचौकीले एक युवालाई हिरासतमा लिएर निर्घात रुपमा कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका छन् । नगरपालिका ५ एकराही बस्ने २५ वर्षीय सुनिल कुमार खत्वे मण्डललाई औरहीको तीनकौरिया प्रहरी चौकीका इन्चार्ज असई मोदनारायण यादवले चैत १५ गते विहान ७ बजे घरबाटै नियन्त्रणमा लिएर निर्घात कुटपिट गरि यातना दिएको पीडितले आरोप लगाएका छन् ।
कुटपिटबाट दुवै खुटटामा चोट लागेको मण्डलको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भई रहेको छ । विहान ७ बजे घरबाटै विना पूर्जी पक्राउ गरि प्रहरी चौकी तीनकौरियामा राखेर दिनभर पैताला र पेटमा पाइप, हात र जुत्ताले कुटपिट गरि घाइते बनाएको पीडितका दाजु सुकिल कुमार खत्वे मण्डल आरोप लगाएका छन् ।
मण्डलका सालो धनौजी गापा(३ बस्ने २० वर्षीय अनिल कुमार मण्डलले जनकपुरधाम उपमहानगरपालिका (१६ कपिलेश्वरका एक केटीलाई लिएर भागेको घटनामा सुनिल कुमार खत्वे मण्डलले सहयोग गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरि कुटपिट गरेका हुन् । यस अघि मण्डललाई जिल्ला प्रहरी कार्यालय धनुषाले फागुन ९ गते पक्राउ गरि सार्वजानिक अपराध मुद्धा चलाएको थियो । मण्डल जिल्ला प्रशासन कार्यालय धनुषामा धरौटीमा फागुन १३ गते रिहा भएका थिए ।
मण्डललाई जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीको आदेशमा फागुन १५ गते तीनकौरिया चौकीका असइ मोदनारायण यादव नेतृत्वको टोलीले पक्राउ गरेको हो । पक्राउ गरि नियन्त्रणमा लिएर तीनकौरिया प्रहरीचौकीका असई मोदनारायण यादवलगायत ४ जना मिलेर पैताला र पेटमा कुटपिट गरेको विदेह नगरपालिका वडा नं. ६ अध्यक्ष जयराम मण्डल केवटले जानकारी दिए ।


संक्रमणकालिनमा यी सामाजिक अभियन्ता

कैलास दास
सधैं सरसफाई र प्रहरीको नजिक पुगेर चर्चा बटुल्ने अभियानीहरु अहिले हराई नै सकेको छ । सामाजिक अभियन्ता हुँ भनेर धाक देखाउनेहरुको चर्चा पनि सेलाई सकेका छन् । यो बुद्धिमानी हो कि आफूलाई जोगिने बाटो अहिले शब्दले ब्याख्या गर्ने समय छैन । हुनतः सामाजिक अभियन्ता कहिलेपनि थाक्दैन, थाकेपछि अभियान नै सफल हुँदैन विज्ञहरु मान्दछन् ।
कोरोना भाइरस महामारीबाट संसार नै त्राहिमान छन् । यस्तो बेलामा सजग र सचेत हुनु नै बुद्धिमान होला । सरकार र डब्लुएचओले गरेको निर्णय पालना गर्नु नै उचित होला । तर जनकपुरधाममा यस्ता पनि अभियानीहरु छन् जसले आफ्नो ज्यानको परवाह नगरिकन सामाजिक अभियानमा जुटेका छन् । संसार बाँचेमा आफूपनि बाँच्ने र संसार नै बाँचेन भने आफू कुन कामको सम्झेर विहानदेखि बेलुकासम्म गरीब दीनदुःखी र प्रहरी प्रशासनको सेवामा समर्पित रहिरहन्छ ।
सरकार लकडाउन अर्थात मानिसलाई घरबाट ननिस्कन आव्हान गरेका छन् । त्यसको पालनाका लागि सरकारले गाउँदेखि सहरको विभिन्न चौकहरुमा प्रहरी खटाइएको छ । मुखमा मास्क लगाए र लठी लिएर जनतालाई सम्झाउने गर्दछन् प्रहरी । यसो हेर्दा उनी पनि असुरक्षित छन् । खानको ठेकान छैन, डियुटीको बेलामा सुरक्षाका लागि हुने पिपीई लगायतको समाग्री छ्रैन । यस्तै अवस्थामा स्वस्थ्यकर्मीहरु पनि छन् । यो त राष्ट्रभक्तको कुरो भयो । केही समाजिक अभियन्ताहरु पनि  यो भन्दा कम छैन ।
लकडाउन भएको पहिलो दिनदेखि नै सामाजिक अभियन्ता वैद्यनाथ साह र धर्मेन्द्र साहले गरेको कार्य निक्कै चर्चा बटुलेका छन् । सुनसान सडक । चौक चौकमा मास्क लगएका केही प्रहरी मात्र उभिएको । कहिलेकाही एक दुईजना बाटोमा हिड्दै देखा पर्दा प्रहरीले सोधपुछ र लठ्ठी भाज्दै सम्झाउने गरेको बेलामा यी दुबै अभियन्ताले प्रहरीलाई पानी खुवाउने पुगे । एउटै मोटरसाइकलमा दुबै जना पानी बोकेर प्रहरीलाई बाँड्दाको दृश्य विशेष गरी प्रहरीका लागि हृदयविदारक बनाएका छन् ।
जनकपुरधामको भानुचौक, शिवचौक, जनकचौक, कदमचौक, विद्यापति चौक, विश्वकर्मा चौक, जिरोमाइल, भ्रमरपुराचौक, रामानन्दचौक, पिडारी चौक, शुभचौक लगायतका ठाउँमा उभेका प्रहरीलाई दुबैजनाले चाउचाउ र पानी बाँडेका छन् । त्यति मात्र होइन, रंगभूमी मैदान, गरिबी टोलमा गएर खाद्यन्न समेत बाडेका छन् । संक्रमणको बेलामा आफू बच्नु र अरुलाई बचाउनु उचित होला । तर जहाँ स्थानीय, प्रादेशिक र संघीय सरकारले सक्रियता देखाउन सकेन त्यस्ता बेलामा यी अभियन्ताले गरेको कार्यलाई सलाम गर्नै पर्दछ ।
असहाय संरक्षण मञ्चका वैद्यनाथ साह अध्यक्ष हुन भने धर्मेन्द्र साह सचिव हुन । यी दुबै थाकेभने अभियान सफल हुन नसक्ने विश्वासका साथ आपतकालिनको बेलामा मात्र होइन, सधैं सामाजिक क्षेत्रमा कार्य गरिरहेका छन् । गरीब, दीनदुःखीलाई उपचार गराउने, असहायलाई सहयोग गर्ने, सरसफाई गर्ने आफ्नो दीनचर्या नै ठानेका छन् ।
जनकपुरधाममा धेरै यस्ता समाजिक अभिन्ताहरु छन् जसले आफ्नो अभियानलाई राजनीति सिढी बनाएर राम्रो ठाउँसम्म पुगेको छ । धेरै यस्ताहरु छन् जसको लक्ष्य अगामी यस्तो हुन सक्छ । ती मध्ये अहिलेसम्म यी दुबैको लक्ष्यको बारेमा भन्न नसकिने अवस्था हुँदाहुँदैन सामाजिक क्षेत्रमा जुन प्रकारले कार्य गरिरहेको त्यसको प्रशांस गर्नै पर्दछ ।
धनुषाबासीका लागि विपत्को बेलामा सधैं समाजिक अभियन्ता र समाजिक संगठनले नै सहयोग गर्दै आएको इतिहास हो । त्यो चाही भूकम्पको बेला होला वा बाढी, चिसोको बेला किन नहोला ? अन्य प्रदेशको अपेक्षा प्रदेश २ मा सबभन्दा बढी गरीबहरु छन् । यस प्रदेशमा यस्ता व्यक्तिहरु पनि छन जसले दैनिक ज्यालादारी गरी जिविको पार्जन गर्दै आएका छन् । चैत ११ गतेदेखि लकडाउन पश्चात् उनीहरुको भोकभोकै बस्ने अवस्था आई सकेको छ ।
कोरोना भाइरसलाई नियन्त्रण गर्न लकडाउनको अलावा कुनै उपाय पनि छैन । तर यस्तो पनि अवस्थाछ कि कोरोना भाइरसबाट जोगियो भने भोकभोकै मर्न सकिन्छ । त्यसका लागि वर्तमान अवस्थामा केही सामाजिक संगठनहरु राहत लगायतका सामाग्रीहरु वितरण गरिरहेका छन् । जनकपुर उद्योग वाणिज्य, धनुषा चेम्बर अफ कमर्स, मारवाडी सेवा समिति, वैश्वय समाज, असहाय संरक्षण मञ्च छन् जसले कोरोना भाइरसबाट बचोस् र अन्न बिना कुनै पनि व्यक्ति नमरोस अभियानमा जुटेका छन् । कोरोना भाइरसबाट विश्वमा करीब ३४ हजार मानिसको मृत्यु भई सकेको छ भने साढे पाँच लाख व्यक्तिमा संक्रमण देखिएको छ ।

Friday, March 27, 2020

विचल्लीमा रुघाखोकी र ज्वारोका बिरामी

जनकपुरधाम, १४ चैत । विश्वभरि फैलिएका कोरोनाको कारण अन्य रोगीहरुको उपचार पनि हुन नसक्दा पीडित बन्दै गएको छ ।
चैत मसान्तामा विशेष गरी तराईमधेशका जिल्लाहरुमा रुघाखोकी, ज्वरो, बच्चाहरुमा निमोनिया लाग्नु समान्य कुरा हो । तर उनीहरुको पनि वर्तमान अवस्थामा उपचारबाट वन्चित हुन थालेको छ । रुघाखोकी लागेका, ज्वरो लागेका व्यक्तिहरु उपचारको लागि सरकारी तथा निजी अस्पतालमा जाँदा पनि चिकित्सिकहरुले उपचार गर्न नमानिरहेको स्थानीयहरुको कथन छ ।
कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोग रहेकोले त्यसबाट त्रसित चिकित्सकहरु पनि उनीहरुलाई उपचार गर्न मानिरहेको छैन । चिकित्सकहरुलाई विशेष गरी कोरोना भाइरसबाट बाँच्नका लागि उपकरणको अभावको कारण असुरक्षित महसुस गर्दै आएका छन् ।
करोनाको लक्षणसँग तराई मधेशका जिल्लाहरुमा मानिसहरुमा यस्ता रोग लाग्नु समान्य कुरा हो । तर अहिलेको अवस्थामा सचेत भएर बस्नुपर्ने चिकित्सक एसके सिंह सुझाउँछन् । उनले भने, ‘वातावरणमा बदलाव आईसकेको छ । विश्व अहिले कोरोनाभाइरसबाट त्राहिमाम छ । बिरामीलाई होइन, अहिलेसबैलाई सतर्कता अपनाउनु आवश्यक छ ।’
विश्वको तथ्यांक अनुसार अहिलेसम्म २२ हजार बढी व्यक्तिको कोरोनाभाइरसबाट मृत्यु भई सकेको र ४ लाखबढी संक्रमित छन् । तर नेपालमा चिकित्सकहरुका लागि चेकजाँचको क्रममा सुरक्षा उपकरणको अभाव रहेको छ । सुरक्षा उपकरणको अभावको कारण समान्य रुघाखोकी लागेमा निजी तथा सरकारी अस्पतालहरु पनि उपचार नगरिकन क्वारेन्टाइन पठाउन थालेको छ । यसले गर्दा बिरामीहरु अस्पताल जान्न मानिरहेको छैन । बिरामीहरु अस्पतालमा उपचारका लागि  गएपनि उपचार भई रहेको छैन ।
चिकित्सक सिंह भन्छन् ‘अहिले विश्वमै संकटकाल लागेको छ । यस्तो अवस्थामा तराई मधेशका जनतालाई खानपिन र सफाईमा बढी ध्यान दिनुपर्दछ । सक्दो चिसो वा तरल पदार्थ खानु हुँदैन । विदेशबाट आएका व्यक्तिहरुसँग टाढै बस्नुपर्छ ।’
काव्य अस्पतालका सञ्चालक समेत रहेका चिकित्सक सिंहले फिवरका रोगीहरुलाई प्रायः अस्पतालले छुट्ै कोठाको व्यवस्था गरिएको छ । हामीहरु पनि गरेको बताएका छन् । उनले वर्तमान अवस्था संकटग्रस्त छन यसमा कुनै दुईमत छैन । तर उपचार गर्न अस्पताल वा चिकित्सक मान्दैन यस्ता कुरा सुन्नु दुर्भाग्य रहेको बताएका छन् ।

Sunday, March 22, 2020

नगरभित्र हैण्डवासको व्यवस्था, मेयर साहद्वारा सतर्क रहन सबै नागरिकमा आग्रह


जनकपुरधाम, ९ चैत । विश्वभरि कोरोना भाइरस फैलिरहेको अवस्थामा जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्रको विभिन्न ठाउँमा हैण्ड वास अर्थात हात धुने व्यवस्था गरिएको छ ।
कोरोनाको लक्षण मध्ये सरसफाई आवश्यक रहेकोले त्यसलाई मध्यनजर गरी उपमहानगरपालिकाले नगरभित्रको विभिन्न चौकहरुमा पानी र साबुनको व्यवस्था गरिएको छ । बजारमा सर्वसाधारण व्यक्तिले जथाभावी रुपमा चिया, नास्ता लगायतका सामाग्रीहरु खाने गरेकोले त्यसबाट कोरोना भाइरस सर्ने सम्भावना रहेको देखिन्छ । त्यसलाई मध्यनजर गरी जनकचौक, भानु चौक, जटह िबस स्टेण्ड, कदम चौक, बस स्टेण्ड, पिडारी चौक, विश्वकर्मा चौक लगायतमा पानी तथा हाथ धुने साबुनको व्यवस्था गरेको जनाएको छ ।
त्यस्तै उपमहानगरपालिकाले विभिन्न ठाउँमा मास्क समेत वितरण गरेको जनाइएको छ । अदृश्य रुपमा रहेको कोरोना भाइरस अहिलेसम्म नेपालमा फेला नपरेपनि सतर्क रहन उपमहानगरपालिकाका मेयर लालकिशोर साहले सबैसँग आग्रह गरेका छन् ।
मेयर साहले भने,‘अहिलेसम्म नेपालमै कोरोना भाइरस फेला परेको छैन । तर नेपाल अछुतो रहने छ भन्न पनि सकिने अवस्थामा छैन । त्यसैले सतर्कता अपनाउनु सबैको नागरिक समाजको दायित्व हो ।’
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ मा क्वारेण्टाइनको व्यवस्था गरिएको छ । शंका लागेमा कम्तिमा १४ दिनसम्म राख्ने सबै व्यवस्था छ मेयर साहले भने ‘नगरभित्र प्रवेश गर्नका लागि ठाउँ ठाउँमा हात धुने व्यवस्था समेत गरिएको छ ।’
उनले हल्लाको पछाडि नपर्न तथा सर्तकता अपनाउन सबैमा आग्रह समेत गरेका छन् ।


वीरगञ्जमा एकजनामा कोरोना भाइरस, पुष्टी  हुन बाँकी
वीरगञ्जका एकजनालाई कोरोना भाइरस पोजेटिभ भएको पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका छन् ।
पर्साको वीरगञ्ज महानगरपालिका १० आदर्शनगरका ६७ वर्षीय शिवकुमार रुंगटालाई पटना मेडिकल कलेजमा चेकजाँच गराउने क्रममा कोरोना संक्रमणको पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले आज पुष्टी भएको सार्वजनिक गरेका हुन् ।
भारतबाट सात दिनपहिले नेपाल फर्केका रुंगटा चारदिनअघि अस्वस्थ भएपछि वीरगञ्जको एक अस्पतालमा प्रारम्भिक उपचार गराई थप उपचारका लागि पटना पुगेका थिए। उनको मिर्गौला प्रत्यारोपणा गरिएको थियो ।
कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेसनमा राखिएको छ । साथैउनको परिवारलाई पनि आइसोलेसनमा राखेको भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरे पनि स्थानीय स्तरमा यसको अधिकारीक पुष्टी भएको छैन् ।

भारत र चीनसंगको सबै सीमाना एक साताका लागि बन्द
नेपाल सरकारले भारत र चीनसँगको सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्री परिषद बैठकले सोमबार बिहान १० बजेदेखि दुवैदेशको नाका एकसाताका लागि बन्द गर्ने निर्णय गरेको हो ।
भारतमा कोरोना भाइरस संक्रमण विस्तार हुँदै जाँदा सरकाले यस्तो निर्णय गरेको हो । मन्त्री परिषद बैठकले कोरोना महामारी रोकथामका लागि ५० करोड रुपैयाँको कोष पनि स्थापना गर्ने निर्णय गरेको छ ।
कोषमा सबै मन्त्रीले एक महिनाको तलब सहयोग गर्ने जनाएको छ । सो कोषमा इच्छुक सबैले सहयोग गर्न सरकारले आह्वान गर्ने निर्णय पनि गरेको छ ।