Tuesday, December 24, 2019

शिक्षाबाट ‘बाल विवाह’ अन्त्य हुन्छ ः मेयर साह

जनकपुरधाम, ८ पुस । जनकपुरधाम उपमहा नगरपालिका मेयर लालकिशोर साहले बालबालिकामा शिक्षा आएमा बाल विवाह स्वतः अन्त्य हुने दावी गरेका छन् । मेयर साहले भने, ‘बालबालिकामा जनचेतना आएमा उनीहरु आफै बाल विवाह गर्न मान्दैन ।’
जनकपुरधाम उपमहा नगरपालिकाद्वारा साक्षरता अभियान अन्तर्गत मंगलवार वडा नंं. १४ सोहनी मुजेलियामा साइकल वितरण कार्यक्रममा उनले सो कुरा बताएका हुन ।
बालबालिका शिक्षित भएमा वैज्ञानिक कृषि उत्पादन हुन्छ । स्वास्थयमा आफै सतकृता अपनाउँछ, संस्कृति र संस्कारको विकास हुन्छ मेयर साहले भने, ‘दलित तथा मुस्लिम बालिकाका लागि तत्काल यो साइकल वितरण गरिएको छ । विस्तारै सबै बालिकालाई गर्ने उद्देश्य हो ।’
मेयर साहले कक्षा ८का बालिकाका लागि प्रदेश सरकारले साइकल वितरण गरिरहेका छन् । उपमहानगरपालिकाले दलित तथा मुस्लिम समुदायका कक्षा ९,१०, ११ र १२ का बालिकालाई वितरण गर्दैछन् । पढन जानमा समस्या नहोस् मध्यनजर गरी साइकल वितरण गर्न लागेको बताएका छन् ।
त्यस्तै उपमेयर रिता कुमारी झाले दलित तथा मुस्लिम बालिकाहरुलाई शिक्षामा पहुँच भएमा अगामी वर्षमा निर्माण कार्य लगायतलाई रोकेर शिक्षामा नै बढी बजेट दिने ठोकुवा गरेकी छन् । उनले भनिन, ‘शिक्षा समृद्धिको मुख्य बाटो हो । जबसम्म शिक्षा हुँदैन समृछि सम्भव छैन ।’
सोही वडाका वडा अध्यक्ष पुण्य प्रताप यादवको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रममा जनता माध्यमिक विद्यालय बेल्ही रजौल र माध्यमिक विद्यालय सोहनीका २० जना बालिकालाई साइकल वितरण गरिएको छ ।
कार्यक्रममा शिक्षा समिति सदस्य विभा ठाकुर, निरंजन यादव, चन्द्रनारायण मण्डल, अञ्जु पाण्डे र राजपा नेता मनोज चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् ।


Sunday, December 22, 2019

‘मकेश्वर सिंहको योगदान विर्सिनुको मतलव विकासको गति रोक्नु’

जनकपुरधाम, ६ पुुस । विकास पुरुष मकेश्वर सिंहको योगदानलाई विर्सिनुको मतलव जनकपुरधामको विकासलाई गति नदिनु जस्तो रहेको वक्ताहरुले जोड दिएका छन् ।
जनकपुरधाममा आईतवार विकास पुरुष मकेश्वर बाबु सामाजिक प्रतिष्ठानद्वारा आयोजित नवौं स्मृति दिवसको अवसरमा सहभागीहरुले सो कुरा बताएका हुन ।
‘मकेश्वर बाबुको शिक्षा, स्वास्थ्य, धार्मिक संरक्षण र सामाजिक उत्थानमा अस्मरणीय योगदान रहेको छ । आज उहाँकै योगदानको कारण जनकपुरधामको विकासमा गति आएको हो’ सहभागीहरुले भने, ‘उहाँको योगदानबाट हामीलाई सिख्नुपर्नेछ ।’
प्रतिष्ठानका अध्यक्ष रितेश कुमार सिंहको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य रामअशिष यादवले मकेश्वर सिंह सामाजिक र राजनीतिक व्यक्ति मात्र थिएन, उहाँ परिकल्पनाकार पनि हुनुहुन्थ्यो । यहाँका धार्मिक स्थलको संरक्षण सम्र्बद्धन, शैक्षिक क्षेत्रको विकास, स्वस्थ्य संस्थाहरुको स्थापना उहाँकै परिकल्पना र देन रहेको जिकिर गरेका छन् ।
प्रदेश सभा सदस्य यादवले धनुषाको विकासमा मुकेश्वर सिंह, डा. जयबल्लब दास, रामनारायण मिश्र र रामसागर साह रामस्वरुप साहको अतुलनीय योगदान रहेको छ । उहाँलाई स्मरण गरेर प्रदेश सरकार र स्थानीय सरकारले विकास गर्नुपर्ने आवश्यकता रहेको औल्याएका छन् । ‘शिक्षा उहाँको पहिलो प्राथमिकता थियो, त्यसपछि स्वस्थ’ साँसद यादवले भने, ‘राजनीतिकको मतलव शासक होइन, सेवक बुझ्नु पर्छ र ती कुरा मुकेश्वबाबुमा थिए ।’
त्यस्तै पूर्व नगर प्रमुख बजरंग प्रसाद साहले सामाजिक सेवी कहिलेपनि नामको पछाडि जाँदैन, उनी कार्यमाथि विश्वास गर्छन, तर अहिले फोटो समाजसेवीको बिगबिगी रहेकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनले भने, ‘सामाज सेवाको नाउँमा राजनीति गर्नु हुँदैन । समाजसेवा नै राजनीति हो ।’ आधुनिक जनकपुरको निर्माणता नै मुकेश्वर बाबु रहेको पूर्व मेयर साहले जिकिर गरेका छन् ।
कार्यक्रममा प्रादेशिक अस्पतालका अध्यक्ष संजय कुमार सिंह, समाजसेवी अमरचन्द्र अनिल, ई प्रकाशचन्द्र साह सहितका व्यक्तिहरुले मुकेश्वर सिंहको योगदानको चर्चा गरेका थिए ।
त्यस्तै प्रतिष्ठान प्रत्येक वर्ष सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएका व्यक्तिलाई सम्मान गर्दै आएको थियो । सोही क्रममा यस पटक शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आएका मोडेल क्याम्पसका सञ्चालक वीरेन्द्र साहलाई सम्मान गरेका छन् ।

Saturday, December 21, 2019

मेयर मण्डलद्वारा गरीबलाई कम्बल


जनकपुरधाम, ५ पुस । धनुषाको हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले दलित, गरीब एवं विपन्न परिवारको घरघर तथा वडामा पुगेर कम्बल वितरण गरेका छन ।
मेयर मण्डलले हँस नगरपालिकाको विभिन्न चौकचौकमा गएर अति विपन्न र दलितहरुलाई कम्बल ओढाएर सम्मान गरेको जनाइएको छ । तराई मधेशका जिल्लाहरुमा पुसको पहिलो सत्तादेखि बढ्दै गएको चिसोबाट बाच्नका लागि पहिलो चरणमा दलित र विपन्न परिवारलाई कम्बल वितरण कार्य शुरु गरेको बताएका छन् ।
हँसपुर नगरपालिका वडा नं. ३ र ७मा शनिवार  एकदर्जनबढी गरिब तथा दलितहरुलाई कम्बल वितरण गरेको छ । मेयर मण्डलले आफै दलित बस्ती तथा चौक चौराहमा गएर कम्बल वितरण गरेको हो ।
तत्काल नगरपालिकाले ठाउँ ठाउँमा दाउराको व्यवस्था गर्न नसकेपनि दलित र विपन्न परिवारलाई शनिवार कम्बल वितरण कार्य गरेको मेयर मण्डलले बताएका छन् । उनले यस नगरपालिकाकमा दलितको संख्या उल्लेख्य रहेकोले तत्काल चिसोबाट राहत पाउने उद्देश्यले कम्बल वितरण गरेको बताएका छन् ।

‘धनुषाका भूमिहीनलाई अदालतको अल्टिमेटम’


३०–४० वर्षदेखि कसैले केही भनेन, तर अहिले यसै वडाका वडा अध्यक्षका नातामा पर्ने भाई रामसागर ठाकुरले बदलाको भावनाले भूमिहीनलाई हटाउन लागेको हो । जग्गाबाट खाली गराएर हेराई दिने भन्दै धम्की दिएका थिए । भूमिहीनहरु पढेलेखेका छैंन, प्रहरी एउटा कागज लिएर आउँछ र भन्छन्, उच्च अदालतबाट तिमीहरुलाई खाली गराउन आदेश आएको छ।

जनकपुरधाम, ३ मंसिर । धनुषाको विदेह नगरपालिका वडा नं. १ र ३  को एलानी जग्गामा बसोबास गर्दै आएका भूमिहीनहरुलाई उच्च अदालत जनकपुरले खाली गराउन आदेश दिएपछि उनीहरु विचल्लीमा परेका छन् ।
सो जग्गामा करीब तीन दशक बढीदेखि ५० घर परिवारबढी  बसोबास गर्दै आएको हो । पाँच कट्टा जग्गामा बसोबास गर्दै आएका पचास घरपरिवार मध्ये २५ जना अहिलेपनि भूमिहीन रहेको जनाइएको छ । उच्च अदालतको जग्गा खाली गर्ने नोटिस टाँस पश्चात् भूमिहीन परिवारहरु प्रदेश सरकार र स्थानीय सरकारलाई गुहारेपनि अलिहेसम्म कुनै निक्र्यौल निस्केको छैन ।
‘कति दिनदेखि यहाँ बस्दै आएका छौं मलाई थाहा छैन । मेरो सासु आमाले यसै जग्गाबाट विहे गरेको हो । अहिले तीनवटा छोराछोरी सहित पाँच जनाको परिवार छ । दुई तीनदिन अघि प्रहरीहरु आएको थियो, तिमीहरु छिट्टो जग्गा खाली गर, अदालतको आदेश हो’ मनटुट देवी साउजीले गुनासो पोखिन ।
मलाई दुई कट्टा खेत रहेको छ, त्यो पनि चौरमा छ, उब्जा पनि हुँदैन । प्रहरीले बारम्बार धम्की दिई रहेको म कहाँ जाउँ उनले आँसु झार्दै भनिन, ‘श्रीमान मजदुरी गरेर ल्याउँछ अनि परिवार चलिरहेको छ ।’
३०(४० वर्षदेखि कसैले केही भनेन, तर अहिले यसै वडाका वडा अध्यक्षका भाई रामसागर ठाकुरले बदलाको भावनाले भूमिहीनलाई हटाउन लागेको हो । बस्तीको बीचोबीचबाट विद्यालय जाने बाटो थियो । त्यो बाटाो रामसागर ठाकुरले बन्द गरिदियो, त्यसैको विरोधमा हामीहरु बोल्दा उनले तिमी सबैलाई यो जग्गाबाट खाली गराएर हेराई दिने भन्दै धम्की दिएका थिए, उनले यस्तो गरिरहेको महेन्द्र दासले बताएका छन् । उनले भने, ‘हामीहरु पढेलेखेका छौंनौ, प्रहरी एउटा कागज लिएर आउँछ र भन्छन्, उच्च अदालतबाट तिमीहरुलाई खाली गराउन आदेश आएको छ, तिमीहरु छिट्टै खाली गरेन भने डोजर लगाएर भत्काई दिन्छौं ।’
वडा अध्यक्षका रामवृक्ष ठाकुरका भाई हुन रामसागर ठाकुर । यसमा वडा अध्यक्षले पनि सहयोग गरिरहेको छ । हामी नेपाली हो कि होइन, नेपाली हो भन्ने भूमिहीनहरु नेपालमा बस्द सकिन्छ कि सकिदैन स्थानीय योगेन्द्र पाण्डेले गुनासो पोखेका छन् । उनले यहाँ कुनै अस्पताल, विद्यालय वा अन्य केही योजना बनाएको छ भन्ने हामीहरुलाई व्यवस्थापन गरिदिनुस हामी जान तयार छौ, तर कसैको रिसिवीले मुद्दा हालिदिएमा राज्यलाई पनि सोच्नु पर्छ बताएका छन् ।
उच्च अदालतको कागजातमा के लेखेको र त्यो कागज कहाँ छ त्यस सन्दर्भमा कसैलाई थाहा छैन, तर ती बस्तीमा पटकपटक प्रहरीको धम्कीले भूमिहीनहरु आतंकित बनेका छन् । चिसोको मौसममा यसरी भुमिहीनहरुलाई धाकधम्की आएपनि स्थानीय सरकार र प्रदेश सरकार गम्भीरता नदेखाएको स्थानीयहरुको गुनासो रहेको छ ।
यता धनुषाको विदेह नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष रामवृक्ष ठाकुरले वास्तविक रुपमा यिनीहरु तीस वर्ष बढीदेखि बसोबास गर्दै आएको छ । उच्च अदालतबाट १५ दिनभित्रमा ती जग्गा खाली गराउन आदेश पनि जारी भएको हो । दुई पटक ती आदेश आई सक्यो । भूमिहीनहरुको व्यवस्थापनका लागि विदेह नगरपालिकालाई पनि आफूले जानकारी गराई सकेका छौं । आफू भुमिहीनहरुको पक्षमा रहेको भएपनि आदलतको आदेशलाई उल्लंघन पनि गर्न नसकिने अवस्थामा रहेको बताएका छन् । उनले भूमिहीनलाई व्यवस्थापनका  गराई दिनका लागि सबैसँग आग्रह समेत गरेका छन् ।






साँसद पासमान भूमिहीनको वस्तीमा

राष्ट्रिय सभा सदस्य रामपृत पासमानले भूमिहीनहरुको व्यवस्थापन नगरी खाली नगराउन राज्यसँग माँग गरेको छ । उनले भूमिहीनहरुसँग भेटघाट गर्दै भने, ‘अदालतको आदेशलाई सबैले सम्मान गर्नुपर्छ । तर जबसम्म तपाईहरुको राज्यले व्यवस्थापन गर्दैन तबसम्म तपाईहरुलाई कसैले खाली गराउन सकिदैन ।’प्रदेश सरकार र स्थानीय सरकारसँग पनि उनले आग्रह गर्दै भने, ‘ संघीय सरकारले भूमि सम्बन्धी विधेयक बनाई सकेको छ । त्यही धारा अनुसार उनीहरुलाई व्यवस्था गरिदिनुपर्छ ।’साँसद पासमान भूमिहीनको वस्तीमा गएपछि भूमिहीनहरुमा होसल्ला आएका थिए । उनीहरुले आफूलाई यहाँबाट खाली गराई दिएपछि कहाँ जाने भनेपछि साँसद पासमानले तपाईहरु ढुक्क भएर बस्नुस्, तपाईहरुको व्यवस्थापन गर्ने जिम्मा राज्यको छ । हामी तपाईसँग छौं ।’

Wednesday, December 18, 2019

धनुषामा कुस्ती प्रतियोगिता दर्शकको आकर्षण बढ्दो

जनकपुरधाम, २ पुस । तराई मधेशका जिल्लाहरुमा विस्तारै कुस्ती खेल प्रतियोगिता लोप हुँदै जाँदा पनि कुस्ती खेलप्रति आकर्षण घटेको छैन । हालैमा साग प्रतियोगिता अन्तरगत जनकपुरधाममा कुस्ती प्रतियोगिता भएको थियो । तर ती कुस्ती प्रतियोगिता र तराई मधेशका जिल्लाहरुमा हुने गरेको कुस्ती प्रतियोगितामा धेरैको भिन्नता देखिएको छ ।
धनुषाको हँसपुर नगरपालिका वडा नं. ३ मल्हनियामा शुरु भएको तीन दिवसीय कुस्ती प्रतियोगिता हेर्नका लागि सैयौंको संख्यामा युवाहरुपुस्ताहरुको उपस्थिति रहेको थियो । नेपाल र भारतका करीब २० जना पहलमानहरु सो कुस्ती प्रतियोगितामा सहभागी भएका छन् । हँसपुरका मेयर रामज्ञान मण्डलले फिता काटेर कुस्ती प्रतियोगिताको उद्घाटन गरेका छन् । पहलवानहरुलाई हाथमा हाथ मिलाएर शुरु भएको सो प्रतियोगिता हेर्न क्षणमै सयौंको संख्यामा दर्शकहरु पुगेका थिए ।
सरकारले कुस्ती खेललाई वेवास्ता गरेपनि तराई मधेशमा भने यस खेलप्रतिको आर्कषण झण्डै बढ्दै गएको मेयर मण्डलले उद्घाटन सत्रमा भनेका छन् ।
प्रत्येक वर्ष हँसपुर नगरपालिकामा महावीर झण्ड महोत्सवमा कुस्ती प्रतियोगिता हुने गरेकोले त्यसैलाई निरन्तरता दिदै यसवर्ष पनि नेपाल भारतका २० वटा खेलाडीहरु सहभागी रहेको मेयर मण्डलले जानकारी दिएका छन् ।
दुबै देशका २० जना खेलाडी मध्ये ६ जना महिला खेलाडी रहेकी छन् । पहिलो दिन नेपालको नवल परासी र बिहारका पहलमानसँग भिडन्त भएका छन् । नेपालका पहलमान पारस थापाले बिहारका पहलमान टाइगरलाई पराजित गरी शिल्ड हासिल गरेको छ ।
त्यस्तै महिलातर्फ भएको कुस्ती प्रतियोगितामा नवलपरासी र बनारास बीच प्रतियोगिता भएको थियो । महिला कुस्ती प्रतियोगितामा पनि बनारसलाई हराउँदै नेपालीकी रोशनीले विजयी भएकी छन् ।

‘संघीय सरकारको ओभरटेकको कारण शान्ति सुरक्षामा चुनौती’


जनकपुरधाम, २ पुस । आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले संघीय सरकारको असहयोगले प्रदेश २ को विकास लगायतका कार्यमा तिव्रता आउन नसकेको बताएका छन् ।
इन्सेक नेपालद्वारा बुधवार आयोजित ‘नागरिक तथा राजनीतिक र आर्थिक, सामाजिक, साँस्कृतिक अधिकार सम्बन्धी’ कार्यशाला गोष्ठीमा राज्यमन्त्री कुशवाहाले यस प्रदेशमा कर्मचारीहरु भ्रमण आएजस्तै व्यहार गर्ने गरेकाले कसरी काम हुन्छ भनेर आक्रोस पोखेका छन । उनले भने, ‘यहाँ कुनै कर्मचारी रिटायर्ड हुने अवस्थामा आउँछन् त कुनै कर्मचारी बढावा हुने सोचेर आउने गर्छन् ।’
राज्यमन्त्री कुशवाहाले ५ हजार कर्मचारीको आवश्यकता रहेको ठाउँमा मात्र ४ सय कर्मचारी रहेको सुनाए । उनले यहाँका शासक वर्गले अहिले पनि । दुई शक्तिले संघीयता असफल पार्नमा लागेको भन्दै उनले भने, ‘एउटा शक्ति साधन स्रोतको अभाव देखाएर प्रदेश सरकारलाई बदमान गर्न लागेका छन् । अर्को शक्ति राजनीतिक रोटी सेक्ने काम गर्छन् । अनी भन्छन् प्रदेश सरकारले कामै गरिरहेका छैन । यो कुरा सबैले बुझ्न जरुरी छ ।’
उनले प्रदेशमा शान्ति सुरक्षा बिग्रिदै गएको छ तर संविधानलाई टेकेर प्रहरी ऐन ल्याउँदा संघीय सरकारले ओभरटेक गर्न खोज्यो भनेर प्रहरी भर्ना गर्न नदिएको गुनासो पोखे । उनले यहाँ जघन्य अपराध, भ्रष्टाचार लगायतका घटना घट्दा पत्रकारले प्रश्न गर्दा उत्तर दिन नसक्ने अवस्था सृजना भएको पनि बताए । संघीय सरकारले आवश्यक कानून नबनाउँदा पनि समस्या भएको उनको भनाई छ ।
यस्तै सत्तारुढ राष्टिूय जनता पार्टीका प्रदेश सचेतक प्रमेश्वर साहले पनि संघीय सरकारमाथि आक्रोस पोखेका छन् । उनले यहाँको सिडिओ, एसपी र डिआइजीलाई ओदश दिदा नटेर्ने गरेको सुनाए ।
‘प्रदेश सरकारले न प्रहरीलाई सरुवा गर्न पाउँछन् न कारबाही । अनी किन डराउँछन् ?’, उनले प्रश्न गरे, ‘अनी सुरक्षाको जिम्मेवारी को लिने ? हामी कसरी शान्ति सुरक्षा दिन सक्ने ?’
उनले प्रदेश सरकारसँग सुरक्षाको कुनै जिम्मेवारी नरहेको गुनासो गरे । उनले प्रहरी ऐन ल्याएपनि संघीय सरकारले कानून नबनाउँदा कार्यान्वयण गर्न नसकेको बताए । उनले स्रोत साधनको अभाव र संघीय सरकारको असहयोग हुँदा हुदै पनि केहि सकारात्मक काम गर्दा जतागएपनि चावसी दिने गरेको सुनाए ।
यता, प्रतिपक्षी दल नेकपाका साँसद रामचन्द्र मण्डलले भएका ऐन र कानूनहरुको आधारमा व्यवस्थापन गर्नुपर्ने भएपनि प्रदेश सरकारले त्यसो गर्न नसकेको आरोप लगाए । उनले पाएको अधिकार सदुपयोग गर्न नसक्ने र थप अधिकारको कुरा गर्ने गरेको भन्दै प्रदेश सरकारको आचलोचना गरे ।
प्रदेश सरकारसँग जनता सन्तुष्ट नरहेको भन्दै साँसद मण्डलले जनतालाई कसरी सन्तुष्ट गर्ने विषयमा ध्यान दिनुपर्ने बताए । उनले आवश्यकता एउटा र बस्तुगत अवस्था अर्कै रहेका कारण त्यसलाई व्यवस्थापन गर्नुपर्ने धारणा राखे । प्रदेश सरकारलाई लक्षित गर्दै उनले भने, ‘म्यानेजर यहाँको तपाई । अनी गाली अरुलाई गरेर हुन्छ ?’
‘माननीय जीले भन्नुभयो २ प्रतिशत बजेट पनि छैन’, उनले भने, ‘भएकोमा त काम गर्न सकेका छैन । अनी बजेट अभाव भनेर हुन्छ ?’ उनले गत आर्थिक वर्षमा काम भएको योजनाको त निकासा हुन नपाएको अवस्था रहेको भन्दै उनले जनताले अब लखेट्ने स्थित आएको बताएका थिए ।
इन्सेक प्रदेश २ का संयोजक राजु पासमानको अध्यक्षतामा भएको सो कार्यक्रममा राष्टिूय मानव अधिकार आयोगका प्रदेश संयोजक वीर बहादुर बुढामगर लगायतका व्यक्तिहरुले जिज्ञासा राखेका थिए ।

Tuesday, December 17, 2019

‘आफन्तद्वारा सामाजिक लेखा परीक्षण’


जनकपुरधाम, १ पुस । गैर सरकारी संस्था ‘आफन्त नेपाल’ले एक समारोहबीच सामाजिक लेखा परीक्षण गरेका छन् ।
धनुषाको वटेश्वर गाउँपालिका १ जनमुक्तिनगर स्थित मटुक महतो रंकी देवी प्राथमिक विद्यालयमा गरेको कार्यको सामाजिक लेखापरीक्षण गरेका छन् ।
विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजय महतोको अध्यक्षतमा भएको सामाजिक लेखापरीक्षणका प्रमुख अतिथि प्रदेश २ का साँसद शत्रुधन महतोले आफन्त नेपालले यस विद्यालयका लागि गरेको कार्य उल्लेखनीय रहेको प्रशंसा गर्दै भने, ‘आफन्तले विद्यालयमा गरेको कार्य स्थानीय सरकारले अरु विद्यालयमा गर्न छ विश्वास लिएका छौं । शिक्षा र स्वास्थ्य क्षेत्रमा यस विद्यालय लगायत अन्य विद्यालयमा समेत आफन्त नेपालका कार्य उदाहरणीय रहेको छ ।’
साँसद महतोले यस बालबालिकाका लागि शौचालय निर्माण, बेलाबेला स्वस्थ्य शिविर, स्कूल बैंग वितरण, कम्प्यूटर र प्रिन्टर सहयोग लगायतको कार्य एउटा इतिहास कायम गर्न सफल भएको बताएका छन् ।
त्यस्तै गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्रीले बटेश्वर गाउँपालिकाको अधिकांश विद्यालयमा शैक्षिक क्षेत्रमा आफन्त नेपालको लगानीले गुणस्तरीय शिक्षा र उच्च शिक्षाका लागि प्रेरणा बनेको बताएका छन् । आफन्तको लगानीलाई गाउँपालिकाले सधैं अभारी रहने बताएका छन् ।
कार्यक्रममा गाउँपलिकाकी उपाध्यक्ष प्रमिला देवी महतो, वडा नं. ३ का वडा अध्यक्ष हिरा महतो, राजनीतिक दलका प्रतिनिधिहरु लगायतले आफ्ना विचार राखेका थिए ।
त्यस्तै आफन्त नेपालले विद्यालयमा एउटा शौचालय, बालमैत्री कक्षा कोठाको व्यवस्थापन, पटक पटक स्वस्थ शिविर, शिक्षक तालिम तथा भर्ना अभियान, कम्प्यूटर तथा प्रिन्टर प्रदान, झोला वितरण, विद्यालय सुधार योजना तालिम तथा विद्यालयको रंगरोगन गरेको छ कि छैन पत्रकार कैलास दासले स्थानीय तथा विद्यालयका प्रध्यापक रामवृक्ष महतोसँग जिज्ञासा राखेका थिए ।
पत्रकार दासको जवाफमा सहभागीहरुले आफन्तको कार्यको प्रशंसा गर्दै अभाव व्यक्त गरेका थिए ।
कार्यक्रममा आफन्त नेपालको तर्फबाट कार्यक्रम संयोजक जय प्रकाश मण्डल, उपाध्यक्ष प्रदीप यादव, विष्णु यादव, मुकेश भगत सहितले आफ्ना विचार राखेका थिए ।