Monday, February 17, 2020

सहकारीको आवश्यकता र यसको प्रभाव

सहकारीको उद्देश्य
सहकारीको मूलभूत उद्देश्य उनीहरूको आर्थिक उत्थान गरी सामाजिक न्याय र समानता दिलाउनु हो । सामुहिक रुपमा संगठित भएर सहकारीको सिद्धान्त, मूल्य र मान्यताका आधारमा काम गर्ने वातावरण सिर्जना गरी आपसमा मितव्ययिता, स्वावलम्बन र पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्नु पनि सहकारीको उद्देश्य रहेको छ । समाजमा व्याप्त गरीबी, व्यापारिक एकाधिकारजस्ता आर्थिक एवं सामाजिक विसंगतिहरूको अन्त्य गरी सहकारीताको माध्यमबाट समाजका निम्न आयवर्गीय गरीब जनसमुदायको जीवनस्तर उकास्न र उनीहरुलाई सामाजिक न्याय दिलाउनु सहकारीको मुख्य उद्देश्य रहेको छ। सहकारीको उद्देश्यलाई निम्न भागहरूमा बाड्न सकिन्छ ।
सहकारीको परिभाषा
सहकारीको साधारण अर्थले सहकार्य, सहअस्तित्व, समानकार्य वा सँगसँगै गरिने कामलाई बुझाउँदछ। यसरी सँगसँगै मिलेर काम गरी आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउन गरिएको सामुहिक प्रयासलाई नै सहकारी भनिन्छ। प्राचिन सहकारीको सुरुवात पूर्वीय दर्शनबाट भएको हो। अ‍ैँचोपैँचो, अर्मपर्म, मर्दाको मलामी ज्यूँदाको जन्ती जस्ता कुराहरू सहकारीकै रुप हुन्। आधुनिक सहकारीको सुरुवात भने सन् १८४४ मा बेलायतबाट भएको हो।
सहकारीको शैक्षिक उद्देश्य
आफ्ना सदस्यहरुको चेतना विकासका लागि सहकारी शिक्षा, तालिम र परामर्श दिनु यसको शैक्षिक उद्देश्य हो । सहकारीले आफ्ना आर्थिक कारोवारबाट बचत भएको रकमको केही अंश सहकारी तालिम, शिक्षा, परामर्श सेवा, सेमिनार, गोष्ठीजस्ता शैक्षिक क्रियाकलापमा खर्च गर्ने हुनाले एउटा शिक्षित समाजको निर्माण गर्दछ ।
सहकारीको इतिहास
मानव सभ्यताको शुरुवात सँगै समूहमा बस्ने, सामूहिक रुपमा काम गर्ने र सुख दुःखमा एक अर्कालाई सहयोग गर्ने परिपाटीबाट सहकारीताको भावना प्रकट भएको पाईन्छ । विवाह, ब्रतवन्ध, काजक्रिया आदि धार्मिक कार्य सम्पन्न गर्न समाजका सवै सदस्यहरु सम्मिलित भई सह कार्य गर्ने परम्परा अझै कायम रहिआएको छ । सहकारी आन्दोलनको शुरुवात फ्रान्स, बेलायत, जर्मनी आदि देशबाट शुरु भएको पाईन्छ । सन् १४९८ मा बेलायतको एबर्दिनमा स्थापना भएको दि शोर पोर्टर्स सोसाइटी नामक संस्थालाई विश्वको पहिलो सहकारी संस्थाको रुपमा लिइएको पाईन्छ । सहकारीको विकाश सँगै बेलायतमा सन् १८३२ मा स्थापित लकहस्र्ट लेन इन्डष्टिूयल कोअपरेटिभ सोसाइटी र १८३९ मा स्थापित ग्यालासिल्स एण्ड हावीक कोअपरेटिभ सोसाइटी हाल सम्म पनि संचालनमा छन् । यी दुवै सहकारीको नाम भने परिवर्तन भई हल क्रमशः हर्ट अफ इंग्लेण्ड कोअपरेटिभ सोसाइटी र लोथिएन बोडर्स एण्ड आर्गस कोअपरेटिभ सोसाइटी रहेका छन् ।
सहकारीको ७ अन्तर्राष्ट्रिय सिद्धान्त
सहकार्य भन्नाले आपसमा मिलेर गरिने कामलाई जनाउँछ । ’एकका लागि सवै र सवैका लागि एक’ भन्ने सिद्धान्तबाट प्रेरित भइ व्यक्ति, परिवार, समाज र समग्र राष्टूको आर्थिक हित तथा सामाजिक समून्नतिको लागि गरिने एकतबाद्ध प्रयास नै सहकारी हो । समाजशास्त्रीको नजरमा सहकारिता सामाजिक उत्पिडनबाट मुक्ति प्राप्त गर्ने साधन हो भने प्राविधिक रुपमा यसलाई एउटा व्याबसायिक कौशलको रुपमा लिइएको छ । सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ भनी यसको वारेमा विभिन्न विद्वानहरुले आ(आफ्नो धारणहरु व्यक्त गरेका छन् । हेनरि काल्भर्टका अनुसार, ‘सहकारी संगठनको त्यो रुप हो जसमा व्यक्तिहरु स्वेच्छाले आफ्ना हितको कुराहरु सुधारका लागि समानताको आधारमा एकसाथ मिलिजुली काम गर्दछन् ।’
अन्तराष्टिूय श्रम संगठन (आइएलओ) ले सहकारीको परिभाषा यसरी दिएको छ(‘सहकारी सामान्यतः सीमित साधन भएका व्यक्तिहरुको एक संगठन हो जो प्रजातान्त्रिक रुपमा नियन्त्रित व्यावसायिक संगठनको माध्यमद्धारा आवश्यक पूँजी लगाएर र व्यबसायको जोखिम तथा लाभको उचित हिस्सा स्वीकार गरेर साझा आर्थिक साध्य प्राप्त गर्न भेला हुन्छन् ।’
नेपालको सहकारी ऐन २०४८ को प्रस्तावनामा उल्लेख भए अनुसार, ‘देशका कृषक, कालिगढ, कम पूँजीवाल र निम्न आयवर्ग, श्रमिक, भूमीहीन तथा बेरोजगार वा सामाजिक कार्यकर्ताले सर्वसाधारण उपभोक्ताको आर्थिक तथा सामाजिक विकाशको लागि पारस्पारिक सहयोग र सहकारीताको आधारमा विभिन्न किसिमका सहकारी संस्था तथा संघहरुको गठन र संचालन सम्बन्धी व्यबस्था गर्न वाञ्छनीय भएकोले  ऐन बनाएको छ । उपरोक्त अर्थ तथा परिभाषाको आधारमा समान इच्छा, आकांक्षा र अवस्था भएका व्यक्तिहरुबाट आपसी सहयोग तथा प्रजातान्त्रिक नियन्त्रण विधिद्धारा आर्थिक तथा सामाजिक उथ्थानको निमित्त एकताबद्ध प्रयास नै सहकारी हो ।


Friday, February 7, 2020

‘प्रदेश सरकारको पहलमा कर्मचारीहरुको आन्दोलन स्थगित’


जनकपुरधाम, २४ माघ । जनकपुरधाम उपमहा नगरपालिकाका कर्मचारीहरुले पेन डाउन गरी गर्दै आएको आन्दोलन प्रदेश सरकारको पहलमा स्थगित गरेको छ । आन्दोलनरत नेपाल नगरपालिका कर्मचारी एसोसिएशन जनकपुरधाम ईकाईले दोषी पत्रकारमाथि कारवाहीको माँग गर्दै पेन डाउलन लगायतको आन्दोलन गर्दै आएका थिए ।
पुस २२ गते केही पत्रकार र जनकपुरधाम उपमाहा नगरपालिका वीच भएको विवादमा जिल्ला प्रशासन कार्यालय धनुषामा ९ बुँदे सहमति भएको थियो । सो सहमति जिल्ला प्रशासनले नै तोडेको आरोप लगाउँदै कर्मचारीहरु आन्दोलनमा उत्रेका थिए ।

यता प्रदेश सरकारले दोषीमाथि कारवाहीको लागि पहल गर्ने र कर्मचारीहरुको सुरक्षाको वातावरण वनाउने प्रतिवद्धता जनाएपछि कर्मचारीहरुले आन्दोलन स्थगित गरेको हो ।
जनकपुरधाम उपमहा नगरपालिका विगत तीन दिनदेखि जारी आन्दोलनले सेवाग्राही कामकारवाही ठप्प भएको र स्थानिय प्रशासनले पनि ध्यान नदिएको प्रदेश सरकारलाई ध्यानकर्षण भएपछि प्रदेश सरकारका तर्फबाट भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनल र आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव, प्रदेश साँसद परमेश्वर साह कर्मचारीहरुले आन्दोलन गरिरहेको ठाउमा पुगेका थिए ।

उपमहानगर पालिकाका इन्जिनियर विरेन्द्र यादवले केहि पत्रकारहरुले जनकपुरधाम उपमहानगरपालिकामा प्रक्रिया समेत नपुरयाई सेवाग्राही काम कारवाही रोक्ने किसीमको क्रियाक्लाप गर्दै आएको मन्त्रीहरुलाई जानकारी गराएका छन् । उनले सूचना दिनका लागि उपमहानगरपालिकामा प्रवक्ता नियुक्त गरिएपनि केहि संचारकर्मीहरुले काम गर्नमा असहजता महसुस गराउदै आएको दुखेसो पोख्दै विवाद सृजनापछि भएको सहमती बाबजुद प्रशासनले एकतर्फीरुपमा कारवाही प्रक्रिया अगाडी बढाएको र काम गर्ने वातावरण नभएपछि वाध्यभएर पुनः आन्दोलनमा होमीएको बताए छन् ।
यता यस विषयमा भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनलले कर्मचारीहरुलाई काम गर्नमा कसैले असहजता वनाउनु सर्वाधिक अनुचित कार्य रहेको बताएका छन  । उनले भने ‘यसलार्इं प्रद्श सरकारले गम्भीरतापूर्वक लिएको छ । कर्मचारीको सुरक्षाको जिम्मेदवार प्रदेश सरकारको हो ।’
उनले विवादको विषयमा सरोकारवाला निकायसंग छलफल गर्ने वताउदै आन्तरिक सुरक्षालाई अझै चुस्त दुरुस्त वनाउदै मेयर साहसंग आग्रह गरेका छन । उनले भने,ु ‘कुनै पनि किसीमको सुचना लिनु छ भने प्रक्रियागत रुपमा पुग्नुपर्छ,उसले नदिए माथिल्लो निकायमा पुग्नुपर्ने वतावरण छदाछदै कानुन भन्दा माथि कोहि नरहेकोले कानुनको पालना गर्नु आवश्यक रहेको छ ।ु
‘उपमहानगरपालिकाको कार्यालयमा भएको विवादको विषयलाई आफुले गम्भीरताका साथ लिएको र यसलाई सम्वन्धित निकायसंग छलफल गरेर समस्या सामाधान गर्ने आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जिकिर गरेका छन् ।


तरकारीमा आत्मनिर्भर बन्दै गौरदाहाका किसानहरु



जनकपुरधाम, २२ माघ । धनुषाका धनौजी गाउँपालिका वडा नं. २ गौरदाहाका किसानहरु व्यावसायिक रुपमा तरकारी खेती गरेर आर्थिकरुपमा आत्मनिर्भर बन्दै गएका छन् ।
सधैं आफ्नै खान पुग्नका लागि तरकारी खेती गर्दै आएका त्यहाँका किसानहरु अहिले तरकारीबाट राम्रो आम्दानी हुनथालेपछि अब विस्तार रुपमा तरकारी खेती गर्न लागेको बताएका छन् ।
‘पहिला धान र गेहुँ खेती मात्र गर्दथे । आफू खानका लागि एकआध कट्टामा तरकारी खेतीबाट पुग्थ्यो । अहिले आठ कट्टामा तरकारी खेती गरेका छौं, आम्दानी पनि राम्रै भएको छ(५५ वर्षिय बद्री मण्डल बताउँछन ।’ उनले भने, ‘साना हातहरु एउटा संस्थाले तरकारी खेतीका लागि १० हजार रुपैयादियो । ती रुपैयाबाट चार कट्टामा तरकारी खेती गरे । शुरुवातमै ४०हजारसम्म आम्दानी गरिसके । अझै एकलाख आम्दानी हुने विश्वास छ ।’
उन पहिला हामीले धानखेती गर्दथ्यौँ, तर त्यसबाट मात्र राम्रो आम्दानी लिन नसकेपछि धान खेती छाडेर तरकारीखेती गरेका छौँ । ‘दुःख त धेरै भएपनि आम्दानी राम्रो हुन्छ ।ू उनले भने सिँचाइको लागि पानीको समस्या छैन ।’
त्यस्तै त्यही गाउँका ६० वर्षिय नारायण सहनीले तरकारी बाली लगाएको तीन महिना भएको छ । तीन महिनामा ३० हजार रुपैया आम्दानी गरिसकेका छौं । धेरै प्रकारको तरकारी खेती गरेपनि फुलगोभी, मुन्नागोभी, टमाटर, आलु मात्र विक्री गरेका छौं, धनियाँपातहरु पनि रहेको बताएका छन् ।
चारवटा छोरी छन् । घरमा कोही पनि कमाउनेवाला छैन । तरकारी खेती गरेर नै आफ्नो घरपरिवार चलाई रहेको ५८वर्षिय रामसुनैर देवी मण्डल बताउँछिन् । उनले भनिन, ‘वरिपरिमा धनौजी, गौरदाहा, देउरी बजारमा गएर सब्जी बचेर परिवार चलाउँदै आएका छौं ।’
पहिला जथाभावी रुपमा मलखाद्य दिन्थे । तर तरकारी सम्बन्धी तालिम लिएपछि खर्चपनि कम र उब्जनी पनि राम्रो भई रहेको उनले बताइन ।
उनले भनिन, ‘आफू सफल महिला किसान बन्न चाहन्छौं । तरकारीमा किटनाशक औषधीको प्रयोग पनि गरिदैनौं ।’

एक कट्टामा पहिला तरकारी खेती गर्दथे । तर यस पटक पाच कट्टामा तरकारी खेती गरेको भगली देवी मण्डल बताउँछन् । उनले तरकारी खेती सम्बन्धी तालिम पश्चात् धेरै कुरा सिखेको छु । त्यसलाई प्रयोगमा ल्याई रहेको बताएकी छन् ।
गौरदाहाका करीब पचासजना यस्ता किसानहरु छन् जसले तरकारी खेतीमा आत्मनिर्भर बन्दैछन् । उनीहरु बताउँछन् पहिला खेतमा दुईवटा पसल मात्र उगाउँथे । तर तरकारी खेतीको शुरुवात गर्दा सबै महिनामा केही नकेही आम्दानी भई नै रहेको छ ।
तीन महिना कृषि विज्ञ उमेश साहले ती गाउँका किसानहरुलाई तालिम दिएका थिए । तालिममा कुन माटोमा कस्तो तरकारी उब्जाउन सकिन्छ । कति औषधी दिनुपर्छ लगायतको कुराबाट त्यहाँका किसानहरु निक्कै प्रभावित भएको थियो ।

गौरदाहाका किसानहरुको तरकारी खेती हेर्नका लागि सामाज कल्याण परिषद र साना हातहरुका प्रतिनिधिहरु अनुगमनमा जाँदा आफै छक्क परेका थिए । उनीहरुले थोरै रकम र एकदुई दिनको तालिमबाट यसरी खेती गर्छन यहाँका किसानहरु सोचेको पनि थिएन । तर यहाँका स्वस्थ तरकारीबाली हेरेर आफ आश्चर्यमा परेको परिषदका प्रतिनिधि बालकृष्ण दाहाल बताउँछन् । उनले आउने दिनमा यहाँबाट ठूलै संख्यामा तरकारी उत्पादन हुन्छ विश्वास रहेको बताएका छन् ।
त्यस्तै साना हातहरुका अध्यक्ष उमा चित्रकारले पहिलो चरणको प्रयासले सफल हेरेर अझै यी किसानहरुकालागि केही गरौं चाहना भएको बताएकी छन् । उनले तालिम लगायतको सुविधा दिनका लागि सम्बन्धी निकायमा प्रयास गर्ने बताएकी छन् । तरकारी खेती अनुगमन गर्न प्रदीप मरबैता, जयप्रकाश मण्डल,  विष्णु यादव,सोही गाउँपालिकाका अध्यक्ष बद्रीनारायण सिंह, रमेश राज अर्याल सहितका टोली रहेका थिए ।

Monday, February 3, 2020

तेस्रोलिंगी अभिशाप होइन, हाम्रै समाजका व्यक्ति हुन ः साँसद थापा

जनकपुरधाम, २० माघ । प्रदेश सभा सदस्य शारदा थापाले तेस्रोलिंगी अभिशापको रुपमा होइन, हाम्रै समाजका व्यक्ति हुन गर्वको रुपमा स्वीकार गर्नुपर्छ बताएकी छन् ।
निल हिरा समाजद्वारा सोमवार जनकपुरधाममा आयोजित प्रदेश सरकार र प्रतिनिधिबीच कार्यशाला’ गोष्ठी कार्यक्रममा उनले सो कुरा बताएकी हुन । उनले भनिन, ‘राज्यले सबै क्षेत्रलाई समेटेपनि तेस्रोलिंगी र दृष्टिविहीनलाई अपेक्षित गर्दै आएको हो । उनीहरुलाई संवैधानिक व्यवस्था भएपनि कानूनी अधिकार महसुस हुन सकेन ।’
धनुषामा मात्र १२ हजार तेस्रोलिंगी छन् । देशभरिकै कुरा गर्ने हो भन्ने ९ लाखबढी तेस्रोलिंगी रहेको छ । अहिलेपनि अधिकांश नागरिकता विहीन छ । तेस्रो लिंगीको संख्या बढ्दै जानु दुःखद र चिन्ताको विषय रहेको साँसद थापाले बताएकी छन् ।
सामाजको परिवर्तनका लागि सामान रुपमा नीति नियमा ल्याउनु पर्दछ उनले भनिन, ‘तेस्रोलिंगीको अधिकारको लागि आवाज उठाउने प्रतिबद्धता जनाउँछौं ।’
सामाजका अध्यक्ष रामवरण यादवको अध्यक्षतामा भएको सो कार्यक्रमका विशिष्ट अतिथि जनकपुरधाम उपमहा नगरपालिकाकी उपमेयर रिता कुमारी मिश्रले जनकपुरधाम उपमहानगरपालिकाबाट तेस्रोलिंगीको लागि हुने कार्य गर्नेछौं सोको प्रतिबद्धता जनाउँछौं । तर त्यसका लागि प्रोपोजल बनाएर दिनुपर्छ, आउँदो परिषदमा बजेट पनि छुट्याउने बताएकी छन् ।
संविधानले मधेशीप्रति विभेद गरेकै हो । मधेशमा बस्ने मधेशीलाई मधेशी प्रमाणित गर्नुपर्छ र पहाडीलाई होइन यही नै ठूलो विभेद हो । तर मधेशमा बस्नेप्रति स्थानीय सरकारले त्यस्तै नगर्ने प्रतिबद्धता जनाएकी छन् ।
 त्यसैगरी अधिवक्ता रेखा झाले महिला पुरुष जस्तै तेस्रोलिंगीको लागि पनि अलगबाट हरेक ठाउँमा व्यवस्था हुनुपर्नेमा जोड दिएकी छन् । उनले भनिन, ‘शौचालय महिला पुरुषका लागि हुन्छ । तर  तेस्रोलिंगीको लागि हुँदैन । कम्तिमा उपमहानगरपालिकाभित्र यस्तो व्यवस्था हुनुपर्छ ।’
कार्यक्रममा प्रदीप यादव, राजु पासमान, विनोद महरा लगायतका अधिकारकर्मीहरुले आ आफ्ना विचार राखेका थिए ।

सम्बन्ध नजिक्नुको तीन मन्त्र ः अध्यक्ष राय


जनकपुरधाम, २० माघ । महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष राकेश बिक्रम रायले मान्छेलाई जोड्नु वा नजिक ल्याउनुमा तीनवटा मुख्यमन्त्र रहेको दावी गरेका छन् ।
असहाय संरक्षण मञ्च नेपालद्वारा राखिएको सम्मान कार्यक्रममा अध्यक्ष रायले भने, ‘भाव, प्रभाव र अभाव मानिसलाई नजिक वा जोड्ने कार्य गर्दछ । भाव राम्रो भएमा मान्छे जुड्न चाहन्छ, त्यसै नभएमा मान्छेको प्रभावले पनि जुट्न्छन्, वा अभावमा मान्छे घरसम्म पुगिन्छ ।’
मञ्चका अध्यक्ष वैद्यनाथ साहको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा उनले भने, ‘असहाय संरक्षण मञ्चले सामाजिक क्षेत्रमा गरेको कार्य निक्कै प्रशंसनीय छ । उहाँको कार्य हेरेर हामी पनि जुट्न चाहन्छौं । सफाईदेखि लिएर सामाजिक जनचेतना पैmलाउनमा उहाँको योगदान निक्कै महत्वपूर्ण छ ।’
उनले पिपरा गाउँपालिकालाई नमूना गाउँपालिका बनाउनका लागि सफाईदेखि लिएर अन्य कार्य गर्ने हाम्रो लक्ष्य रहेको बताएका छन् ।
‘अध्यक्षको पद हाम्रो लागि प्रतिष्ठा होइन, परीक्षा हो’ उनले भने, ‘भ्रमण वर्ष २०२०मा पिपरालाई ठूलो विश्राम स्थलको रुपमा राख्ने चाहना हो । भारतबाट आउने पर्यटकलाई पिपरामा कसरी रोक्न सकिन्छ त्यसको तयारीमा छौं ।’
यता मञ्चका अध्यक्ष वैद्यनाथ साहले जनकपुरधाम जस्तै पिपरा गाउँपालिकामा आफ्नो अभियान सञ्चालन हुने प्रतिबद्धता जनाएका छन् ।


Saturday, February 1, 2020

‘माँग पुरा नभए कर्मचारीद्वारा आन्दोलनको चेतावनी’


जनकपुरधाम, १८ माघ । अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुले हामीहरुको माँग पुरा नभएमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघद्धारा शनिवार जनकपुरधाममा आयोजित प्रदेश स्तरीय भेलामा उनीहरुले त्यस्तो चेतावनी दिएका हुन ।

‘सरकारले अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुसँग विभेद गरेको हो’ सहभागी वक्तिाहरुले भने ‘स्थायी कर्मचारी जस्तै हामीहरुलाई पनि सुविधा दिनुपर्छ । जुन सुकै कर्मचारीहरु राष्ट्रकै लागि काम गर्छन, फेरी विभेद किन ?’
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष अर्जुन चिमोरियाले सरकारले ल्याएको नयाँ कानुन र श्रमिक ऐन पनि श्रमिकको पक्षमा नरहेको बताएका छन् । उनले भने, ‘श्रमिक ऐनमा कुनै कारणबस उधोग तथा प्रतिष्ठान बन्द भयो अर्थात धारासायी भयो भने उचित क्षतिपुर्ती दिएर मजदुरलाई हटाउन सकिने प्रावधान राखिएको छ । तर त्यसको सही सदुपयोग भइरहेको छैन । अहिले श्रमिकहरुलाई त्यही ऐन प्रयोग गरेर धमाधम हटाइरहेका छन् ।’ श्रमिकहरुलाई हटाएपछि श्रम कार्यालयका अधिकारी बोल्दा सरकारले कारबाही स्वरुप मन्त्रालय तान्ने र अन्यत्र सरुवा गर्ने गरेकोमा आपत्ति जनाए ।
उनले डरले श्रम कार्यालयका अधिकारीहरु श्रमिक हटाउने व्यावसायी र प्रतिष्ठानका अधिकारीलाई कारबाही नगर्ने गरेको पनि गुनासो पोखे । उनले सरकारले श्रमिकहरुको पक्षमा उभिनुको साटो उल्टै ज्यातदी गरिरहेको आरोप लगाए । यस्तै नेपाल निजामती कर्मचारी संगठन प्रदेश २ का अध्यक्ष नौतम पोखरेलले दुध दिएसम्म गाई पाल्ने र दुध दिन छाडेपछि जंगलमा छाड्ने गरेजस्तै श्रमिकमाथि व्यवहार भइरहेको टिप्पणी गरेका छन् । उनले अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुबीच नै प्रतिपस्र्धा गराएर स्थायी गर्न सरकारसँग माग गरे ।
अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश १ का संयोजक नवराज केसीले सरकारबाट नै दुःख दिने काम भइरहेको आरोप लगाए । उनले करार, अस्थायी र ज्यालादारीमा कार्यरत सरकारी कर्मचारीलाई स्थायी गर्न सरकारसँग माग गरे । उनले भने, ‘स्थायी नगरेको खण्डमा हामी अब आन्दोलन गर्न बाध्य हुन्छौं ।’ भेलाको प्रमुख अतिथिको रुपमा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनललाई निमन्त्रणा गरेको थियो । तर मन्त्री सोनल भेलामा उपस्थित भएनन् । संघकी मन्जु तिमिल्सिनाले प्रदेश सरकार पनि अस्थायी, करार र ज्यालादारी कर्मचारीको पक्षमा नरहेको बताइन् ।

अस्टे«लियन एम्बेसीको ‘वाल’मा मिथिला आर्ट



जनकपुरधाम, १७ माघ । नेपालका लागि काठमाडौं स्थित अस्ट्रेलियन एम्बेसीमा मिथिला चित्र देखा परेको छ ।
नेपालको प्रदेश २ र भारतको बिहारका केही क्षेत्रमा मिथिला चित्रको निक्कै महत्व रहेको छ । यस भेगका कला संस्कृति मिथिला चित्रबाट झल्काउने गर्दछ । तर अब त्यसको विस्तार अन्य देशमा समेत हुने भएको छ ।
अस्टे«लियन एम्बेसीको ‘वाल’मा केही दिनदेखि जनकपुरधामका मिथिला चित्र कोर्ने कलाकारहरु एम्बेसीमा पुगेका छन् । करीब आधा दर्जनको संख्यामा कलाकारहरुले यहाँका महत्व झल्काउने चित्र ‘वाल’मा कोर्न लागेको आफन्त नेपालका संयोजक जय प्रकाश मण्डलले जानकारी गराएका छन् ।
हिन्दु धर्म र मिथिलाको साँस्कृतिक अनुसार माछाको दर्शनले शुभ हुने रहेछ । त्यसैले माछा लगायतका संस्कृतिक झल्किने गरी चित्र अस्टे«लियन एम्बेसीको वालमा रहेको जनाइएको छ ।
जनकपुरधामबाट निर्माला झा, राज कुमारी सिंह, विनिता झा र अञ्जली यादव सहितकी गएकी छन् । 
मिथिला आर्टप्रति अस्टे«लियन एम्बेसी समेत इच्छुक रहेकोे नेपालका लागि पहिलो ई एम्बेसी रहेको छ जसले मिथिला आर्टलाई महत्वपूर्ण मनाइएको मण्डलले बताएका छन् ।
उनले भने, ‘यहाँको साँस्कृतिक पहिचानको रुपमा मिथिला आर्ट हो । यसको जति विस्तार हुन्छ मिथिला समृद्ध हुने विश्वास छ ।’