Monday, August 22, 2016

जानकी मन्दिर, अञ्चल अस्पताल सहितको विद्युत लाइन काट्यिो

जनकपुर । नेपाल विद्युत प्राधिकरणले राष्टिूयव्यापी विद्युत महसुल नबुझाउने उपभोक्ताहरुको लाइट काट्ने अभियान शुरु नै गरेको छ । सो क्रममा प्राधिकरणले जानकी मन्दिर, जनकपुर अञ्चल अस्पताल, जनकपुर उपमहानगरपालिकाको अतिथि गृह लगायतका दर्जनौं कार्यालयको लाइन सोमवार बाटिएको छ ।

प्राधिकरणले जानकी मन्दिरमाथि मात्रै ७० लाखभन्दा बढी रकम बक्यौता रहेकोले मन्दिरको विद्युतीय लाइन काटिएको बताइएको छ । त्यस्तै जनकपुर अञ्चल अस्पतालमाथि करीब ७० लाख रुपैया बक्यौता रहेकोले त्यसको पनि लाइन काटिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले सडक विभागमाथि ३ लाख र एक प्लास्टिक उद्योगमाथि समेत १० लाखबढी महसुल रहेकोले प्राधिकरणले विद्युत लाइन काटिएको हो । त्यसैगरी एकीकृत सहरी विकास योजना अन्तर्गत जनकपुर उपमहानगरपालिकाको अतिथि गृहमा सञ्चालित कार्यालयको समेत विद्युत लाइन काटेको छ ।
उपनपाले आफ्नो जग्गामा प्राधिकरणले विद्युत पोल गाडेको कारणले कुनैपनि कार्यालयमा मिटर जडान गरिएको छैन । प्राधिकरण जनकपुर शाखाले विभिन्न उपभोक्तामाथि करीब ३० करोडभन्दा बढी रकम बक्यौता रहेको जनाइएको छ ।
जनकपुर अञ्चल अस्पतालमा विद्युत काटिएपछि पेथलोजी, एक्सरे, शिशु वार्डको कामकाज प्रभावित हुने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा गौराङ्ग मिश्रले बताएका छन् । उनले जेनरेटरवाट मात्र सवै काम गर्न नसकिने भएकाले मंगलवार आफूले पनि सूचना टाँस गरेर सेवा बन्द गर्ने जनाएका छन् । त्यस्तै सडक डिभिजन कार्यालय जनकपुर मुजेलियाले पनि २ लाख ६९ हजार, ४ सय ९ रुपैयाँ  विद्युत महशुल बाँकी राखेकाले विद्युत लाईन काटिएको छ ।   जनकपुरको वडा नं ८ मा सञ्चालित म्याक्स प्लाष्टिक उद्योगको पनि लाईन काटिएको छ । सो उद्योगले पनि १७ महिनाको ५ लाख ७३ हजार ३ सय ४६ रुपैयाँ बाँकी राखेकाले लाईन काटिएको नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रले जनाएको छ ।

यसरी नै शिक्षामा पछाडि परे मधेस

कैलास दास
करीब एक दशकमा मधेशमा शिक्षाको स्तर निक्कै खसेको छ । नेपालमा २०६२÷०६३ को जनआन्दोलन पश्चात् आएको गणतन्त्रमा शिक्षाको स्तर बढ्नुका साट्टो निक्कै पछाडि परेको कतिपय कारणहरु छन् । तर, त्यसमध्ये मुख्यकारणको रुपमा हेर्ने हो भन्ने तराई÷मधेशका जिल्लाहरुका विद्यालयहरुको पठन पाठन बन्द गरी आन्दोलन गर्नु भन्न सकिन्छ । राणाकालमा नेपालको शिक्षामा पहुँच त्यति थिएन । नेपालको साक्षारता दर २ प्रतिशत मात्र थियो । तर २०६८को जनगणना अनुसार ६५.९ प्रतिशत पुगेको छ । हिमाल, पहाड लगायतका ठाउँहरुमा साक्षरता दर बढेपनि तराई÷मधेशमा जुन रुपमा बढ्नुपर्ने थियो त्यो बढेको छैन ।
हुनतः वैदेशिक रोजगारी पनि साक्षारता दर बढाउनु एउटा कारण छ । विशेष गरी तराई÷मधेशका जिल्लामा पढ्ने बेलामा वैदेशिक रोजगारीमा पुग्नाले शिक्षाको स्तर निक्कै खसिएको छ । यसको मुख्य दोषी भन्ने राज्यको नीतिलाई भन्नु पर्दछ । मधेश ०६३÷०६४मा भएको आन्दोलनले सबभन्दा बढी शिक्षा स्तरलाई खसाएको हो ।  महिनौसम्म विद्यालय बन्द गरेर विद्यार्थीहरुलाई सडकमा उतार्नु मुख्य कारण हो । पढने बेलामा आन्दोलन गराउनु, मधेशवादी दलहरुले दिंदै आएको आफ्नो वक्तव्यमा ‘अधिकार पाएपछि मात्र शिक्षाको सदुपयोग हुन्छ । अधिकार पाएन भने पढेर केही फाइदा हुँदैन’ जस्ता भ्रमण सृजना गरेको थियो, त्यसले पनि शिक्षास्तरको मुख्य बाधक बन्न पुगे ।

राजनीतिक दल जनताको आँखा बनेर काम गर्छन । विकास, शिक्षा तथा प्रगतिका मुख्य कारक राजनीति दलहरुका लागि हुन्छ । तर उनीबाट नै यसरी नारा लगाएर शिक्षालाई धारासायी बनाउने अधिकार कसले दिएको छ त बुद्धिजीविहरुको भनाई छ । शिक्षा देशको मेरुदण्ड र युवा विद्यार्थी देशको कर्णधार हुन्छ । जसलाई झण्डै अगाडि ल्याउनु पर्ने हो त्यसलाई नै धारासायी बनाउने राजनीति दलक कदापि राम्रो संकेत दिएको छैन÷होला । अधिकारको आन्दोलन गर्नु उचित हो, गर्नु पनि पर्छ । तर विद्यालय बन्द गराएर, तोडफोड गरेर, अभिभावक वर्गलाई गलत किसिमले उपदेश दिएर कदापि राम्रो मान्न सकिन्न ।
तराई÷मधेशमा शिक्षा साक्षारता दरमा कमी आउनु यो त एउटा पात्र भयो । अर्को पात्रको रुपमा शिक्षकहरुको राजनीति करण हो । मुलुकभरिमा नै समुदायिक विद्यालयभन्दा बढी गैर सरकारी विद्यालयमा विद्यार्थीको संख्या बढ्दै गएको छ । जबकि समुदायिक विद्यालयका शिक्षकहरु उच्च शिक्षा हासिल गरेको, तालिम प्राप्त भएको तथा गैरसरकारीभन्दा बढी तलव समेत पाई राखेको हुन्छ । त्यसका वावजुद पनि ग्रामीण क्षेत्रदेखि सहरसम्मका विद्यार्थीहरु समुदायिक विद्यालय छोडेर गैर सरकारी विद्यालयमा जानेको संख्या बढी छ । त्यसको कारण विद्यालय राजनीति क्षेत्रबाट मुक्त नपार्नु हो ।
धनुषाका उपजिल्ला शिक्षा अधिकारी दानीकान्त झाले समुदायिक विद्यालयका शिक्षकहरु विश्वासघाती तथा इमान्दार नभएकै कारण समुदायिक विद्यालयभन्दा बढी गैरसरकारी (बोर्डिङ्ग स्कूल)मा विद्यार्थीको संख्या बढ्दै गएको भन्छन् । समुदायिक विद्यालयका शिक्षकहरु राजनीतिकरणमा लागेका कारणले पनि समुदायिक विद्यालयको शिक्षास्तर खसकिदै गएको उनको गुनासो थियो । यो कति लाजमर्दो कुरा हो । तर वास्तविकता पनि त्यही नै हो । दक्ष, तालिम प्राप्त तथा लोकसेवा पास गरेर आएका शिक्षकलाई छाडेर विद्यार्थीहरु गैरसरकारी विद्यालय (बोर्डिङ्ग स्कुल)मा जाने गरेको पाइएको छ । जहाँका शिक्षकहरुको कुनै डिग्री थाहा हुँदैन, तालिम लिएको पाइदैन, तलव पनि माँग अनुसार हुँदैन, त्यसका वावजूद पनि किन समुदायिक विद्यालयहरु छोडेर गैरसरकारी विद्यालयमा विद्यार्थी तथा अभिभावक दुबैले पठाउने गरेको छ, आफैमा एउटा प्रश्न उपब्जिएको छ ।
व्यवस्थित विद्यालय, राम्रो वातावरण, शिष्ट विचार, समयानुकुल कोर्ष सकिने ग्यारेण्टी तथा विद्यालयलाई राजनीतिबाटा टाढा राखिने मुख्य कारण हुन सक्छ । बोर्डिङ्ग स्कुलहरुले बेलाबेलामा अभिभावकहरुलाई भेला गराई विद्यार्थीको प्रगतिबारेमा सोधपुछ गर्दा अभिभावकहरु समेत बोर्डिङ्ग स्कुलतर्फ आकर्षित हुँदै गएको देखिएको छ । जबकि यी समुदायिक विद्यालयमा यसको कमी कमजोरी पाइएको छ ।
जुन प्रकारले समुदायिक विद्यालयहरुमा पठन पाठन कमजोर हुँदै गएको छ । यस्तो अवस्थामा दुईवटा ठूलो समस्या उत्पन्न हुने सम्भावना देखिन्छ । एउटा जसलाई बोर्डिङ्ग स्कूलमा पढाउने क्षमता हुँदैन, खास गरी दलित, अल्पसंख्यक, विपन्न परिवारका विद्यार्थीहरु कसरी आफना सन्तानलाई उच्चशिक्षा प्राप्त गरासउन सकिन्छ एउटा चिन्ताको विषय बन्न पुगेको छ । अर्को समुदायिक विद्यालयमा यसरी नै विद्यार्थीको संख्या घट्दै गएमा शिक्षकहरुको के होला ? जब विद्यालयमा विद्यार्थी हुँदैन पनि शिक्षकहरुको दरबन्दी राज्यले किन देला त ! तब शिक्षकहरुलाई पढाउने कार्य छोडेर घरघरमा विद्यार्थी भर्ना अभियान चलाउन मात्र कार्य हुन्छ ।
समुदायिक विद्यालयलाई बर्बाद पार्नुमा विद्यालय व्यवस्थापन समिति पनि एउटा मुख्य कारण हो । जसलाई शिक्षाको बारेमा ज्ञान हुँदैन, जसको बच्चा बोर्डिङ्ग वा विदेशमा पठन पाठन गर्ने गरेको छ त्यस्ता व्यक्तिहरु राजनीतिक दम्भमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वा सदस्य भएर आर्थिक लाभ मात्र लिने सोच्ने गरेको हुन्छ । त्यस्तालाई गुणस्तरीय शिक्षासँग कुनै किसिमको लेनदेन हुँदैन ।
सामान्यतया सामुदायिक विद्ययालयमा पिछडिएका वर्गको पहूँच गराउन नसक्नु, भर्ना भएकाको टिकाउपन नहुनु, न्यून सिकाइ उपलव्धीस्तर रहनु र ऐन कानूनको प्रभावकारी नियमन नहुनु नै समस्याका रुपमा रहेका छन् । तराई मधेशमा देखिएका शैक्षिक समस्याहरुलाई निम्न बुँदामा उल्लेख गर्न
सकिन्छ । विद्ययालय व्यवस्थापन समितिमा उच्च वर्गको हालीमुहाली हुनु र समितिले व्यवस्थापनमा भन्दा अन्य पक्षमा ध्यान दिनु । विद्यालयमा दलित, विपन्न र पिछडिएको वर्गको पहुँच  पुग्न नसक्नु  । शैक्षिक संस्थामा अत्याधिक राजनीतिक हावी हुनु र जिम्मेवारी पुरा नगर्नेलाई राजनीतिक संरक्षण प्राप्त हुनु  । सदरमुकाम र सुविधायुक्त स्थानमा शिक्षक दरवन्दी रहनु र तुलनात्मक विद्यार्थी भएको स्थानमा शिक्षकको सेवा नपुग्नु । जिल्ला शिक्षा कार्यालयमा दरवन्दी अनुसारको जनशक्ति व्यवस्थापन नहुनु र जिल्ला शिक्षा अधिकारीहरु निश्चित अवधि अगावै सरुवा भईरहनु । अधिकांस विद्यालयको भौतिक  अवस्था अत्यन्त कमजोर हुनु र धेरै विद्यालयमा फर्निचरको अभावले विद्यार्थी बसाइमा कठिनाई पर्नु  । विशेष गरी माध्यमिक विद्यालयहरुका नाममा रहेका जग्गा र पोखरीको उपयुक्त ढंगले परिचालन गरी स्रोत व्यवस्थापन   नहुनु  । सबै दोष राजनीतिलाई दिइनु र उत्तरदायित्व तथा जिम्मेवारी पालना नगरिनु ।धेरैजसो कर्मचारीहरुबाट इमान्दारीसाथ कार्यसम्पादन नगरिनु र गर्न नदिइनु  । बढ्दो दण्डहिनताले ऐन नियम र निर्देशिकाको परिपालना नगरिनु  र गर्न नदिइनु । शैक्षिक संस्थाको गतिविधिमा समुदायको चासो वा सक्रियता कम हुनु  । सम्बन्धित निकायबाट शैक्षिक संस्थाहरुको अनुगमन तथा मूल्याङ्कन गरी नियमन गर्न नसक्नु । यी र यस्ता प्रकृतिका समस्याहरुले तराई मधेश क्षेत्रमात्र नभई अन्य जिल्लाहरुमा समेत शिक्षामा काम गर्न गराउन कठिनाई परेको देखिन्छ ।
तराई मधेशमा शैक्षिक संस्थामा हाल क्षति हुन गएको पठनपाठन आपुरण गर्न र शैक्षिक सुधारका लागि केही सम्भावित विकल्पहरु निम्नानुसार हुन सक्दछन्  ।
राजनीतिक दलसंग जिल्ला शिक्षा समितिले शैक्षिक संस्था नियमित गराउने बारेमा छलफल तथा अन्तरक्रिया गर्ने । शैक्षिक संस्था सुचारु र हालको पठनपाठन आपुरण गर्ने बारेमा जिल्ला तह र स्रोतकेन्द्र तहमा प्रधानाध्यापक बैठक र शिक्षकका पेशागत पदाधिकारीसंग छलफल गरी एउटै धारणा बनाउने ।  शुक्रबार पुरै दिन अध्यापन गराउने र सार्वजनिक विदाका दिन समेत अनिवार्य अध्यापन गराउने गरी सरोकारवाला तथा शिक्षकहरु सहमत हुने  । विद्यालयमा थप अतिरिक्त कक्षाका साथै उपचारात्मक कक्षा सञ्चालन गर्ने  र विद्यार्थीको टोलटोलमा  शिक्षक वा माथिल्लो योग्यता भएका व्यक्तिले  विहान बेलुकाको समयमा थप कक्षा सञ्चालन गर्ने  ।  स्थानीय तहमा शिक्षाका सरोकारवाला र अभिभावकलाई पठनपाठन नियमित गराउने सम्बन्धमा सचेतना कार्यक्रम सञ्चालन गराउने । विद्यालयलाई  शान्तिक्षेत्र कायम गराउन सरोकारवालासंग छलफल तथा प्रतिवद्धता गराउने ।
हालको पठनपाठनमा भएको क्षति पुरा गर्न माथिका कार्यहरु गर्न सकेमा विद्यार्थीको सिकाइलाई केही मात्रमा भएपनि पुरा गर्न सकिएला । तराई मधेशमा देखिएका समस्याको दीर्घकालीन समाधानका लागि शिक्षक दरवन्दी मिलान, दरवन्दी अनुसार जिल्ला शिक्षा कार्यालयमा कर्मचारीको व्यवस्था, कार्यालय प्रमुखको स्थायित्व, स्रोतसाधनको समुचित वितरण, ऐन नियमको कडाइका साथ परिपालना, जिम्मेवारी र उतरदायित्वको पुरा गरी सुशासन दिनु नै  हो । हालको संक्रमण अवस्थालाई सबैले दोष दिएर मात्र उम्कन मिल्ने स्थिति पक्कै पनि नहोला ।
तराई÷मधेशमा शिक्षक र विद्यार्थीको अनुपात पनि असन्तुलित छ । शिक्षा नियमावलीले तराईमा ५०, पहाडमा ४५ र हिमालमा ३० जना विद्यार्थी बराबर एकजना शिक्षक राख्नुपर्ने तय गरेको छ । तर तराईमा प्राथमिक तहमा ५४ निम्नमाध्यमिक तहमा ७९, र माध्यमिक तहमा ४१ विद्यार्थी बराबर एक शिक्षक रहेको तथ्यांक छ ।
मधेशका जिल्लाहरुको शैक्षिकस्तर सुधार्न फरक ढंगले योजना बनाउन आवशयक छ । सबै समुदाय, लिंग, वर्गका बालबालिकाको विद्यालयमा पहुँच बढाउन दलितमैत्री, मुस्लिममैत्री र महिलामैत्री शिक्षानीति बनाउनुपर्छ । स्थानीय भाषामा पठनपाठन गर्न व्यवस्था गरिनुपर्छ । मधेसमा शिक्षक संख्या बढाएर शिक्षक विद्यार्थी अनुपातलाई सन्तुलित पारिनुपर्छ ।

Tuesday, August 16, 2016

सिघानियाँ हत्याका आरोपी रामविनोद धनुषा अदालतमा हाजिर

जनकपुर । सञ्चारउद्यमी अरुण सिघानिया हत्याका आरोपी रामविनोद यादव तीन वर्षपछि मंगलवार धनुषा जिल्ला अदालतमा हाजिर भएका छन् । अदालतमा हाजिर भएपछि निज यादवको बयान लिएर उनलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश समेत दिएको छ ।

सिघानिया हत्याको आरोपमा ११ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गरिए लगतै यादव फरार भएका थिए । उनी मंगलवार ११ बजे जिल्ला अदालत धनुषामा हाजिर भएका थिए । आफ्ना वकिल सहित हाजिर भएका यादवको मुद्दामा भएको थुनछेक बहसमा ५ नम्वर इजलासका न्यायधीश डा. राजेन्द्र आचार्यले यादवलाई तत्काल प्रमाणको आधारमा निर्दोष भन्न नमिल्ने भन्दै पछि ठहरे बमोजिम हुने गरी पूर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ । अदालतमा हाजिर भए लगतै ५ नम्वर इजलास नै मुद्दाको विषयमा बयान लिएको थियो ।
बयानको क्रममा यादवले आफूले संजय साहलाई मात्र चिनेको र अन्य प्रतिवादीहरुलाई नचिनेको बयान दिएका छन् । निजले हत्या भएको दिन आफू घरमा रहेको बयानमा उल्लेख गरेका छन् । अदालतले थुनामा पठाउने आदेश दिएपछि कुन कारागारमा जाने भन्ने अदालतका कर्मचारीले यादवसँग प्रश्न गरेका थिए । निजले जलेश्वर कारागार नै रोजेका थिए ।
यादव अदालतमा हाजिर भएपछि सञ्चारकर्मीहरुको जिल्ला अदालतमा बाक्लो उपस्थिति रहेको थियो । प्रहरीले थुनामा लैजाने क्रममा उनले सञ्चारकर्मी माझ आफूलाई सिघानिया हत्यामा फसाइएको र कानूनी लडाई लड्ने बताएका थिए । उनले घटनामा आफ्नो कुनै प्रकारको संलग्नता नरहेको र मधेशका युवाहरु जो राजनीतिकमा सक्रिय हुन चाहेका छन् उनीहरुलाई यस प्रकारको झुठो मुद्दामा प्रहरीले फसाउने गरेको बताएका थिए ।
होली मनाएर आफ्नो घरतर्फ गई रहेका सघानियालाई २०६६ फागुन १७ गते जनकपुरको शिवचौकमा गोली प्रहार गरी हत्या गरिएको थियो । सो घटनामा प्रहरीले विभिन्न ११ जनालाई प्रतिवादी बनाउँदै ०७२÷१२÷२८ गते जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको थियो । प्रतिवादी बनाइएकाहरुमा धनुषा क्षेत्र नं. ४ का निलम्बित साँसद संजय कुमार साह, गणेशमान चारनाथ नगरपालिका २ का चनरदीप यादव, महोत्तरी नगरपालिका ११ खयरा टोलका मुकेश चौधरी, गणेशमान नगरपालिका १ का रामकरण यादव, बेगाशिवपुर १ का ओम प्रकाश यादव, यज्ञभूमि गाविस ५ किसानपुरका एकलाल भन्ने योगेन्द्र सहनी, भरतपुर ९ का अंशी राइन, भरतपुर १ का दिपेन्द्र कुमार कुशियैत यादव, कनकपट्टी १ का रामविनोद यादव, भरतपुर ८ का पवन लामा, उमाप्रेमपुर २ का मनकलामा ठोकर  रहेको छ । जयमध्ये  मनकलामा ठोकरले जिल्ला अदालत धनुषामा आफूले नै हत्या गरेको स्वीकार गरेका छन् ।
अदालतले आरोपी मध्ये चनरदीप यादव र मनक लामालाई थानामा तथा ओम प्रकाश यादवलाई तीन लाख रुपैया, मुकेश चौधरीलाई २० रुपैया, दीपेन्द्र कुशियैतलाई ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

Thursday, July 21, 2016

जनकपुरको कार्यालयहरु डुबानमा ग्रामीण क्षेत्रसँग सम्बन्ध विच्छेद

कैलास दास
जनकपुर । विगत केही दिनयता परेको अविरल वर्षाले गर्दा जनकपुरका कार्यालयहरु डुबानमा परेको छ भने पूर्वी धनुषाको दुर्गम क्षेत्रसँग जनकपुरको सम्पर्क विच्छेद हुन गएको छ ।
लगातार वर्षा हुँदा यहाँका यातायात कार्यालय, मालपोत कार्यालय, आन्तरिक राजस्व कार्यालय, जिल्ला प्रशासन कार्यालय, खानेपानी संस्थान लगायतका कार्यालयहरु डुबानमा परेको छ भने दर्जनौं घरमा पानी पसेको छ ।

हिलाम्य सडक, खल्डाखुल्डी तथा अविरल वर्षाको कारण ग्रामीण क्षेत्रसम्म यातायात चल्न नसक्दा त्यस भेगका ग्रामीण जनताको जीवनस्तर कष्टकर बन्दै गएको छ । पूर्वी धनुषाको बालाबाखर, खजुरी, इनर्वा, लक्कर, रघुनाथपुर, सबैला, धनौजी, लखौरी, बलहा सघारा लगायत दर्जनौं गाउँका बासिन्दाहरु काम विशेषले सहरसम्म आउन नसक्दा उनीहरुको जीवन कष्टकर बन्दै गएको हो ।
वर्षाले गर्दा ग्रामीण क्षेत्रका विद्यालयहरु समेत प्रभावित भएकोले विद्यार्थीहरु पठन पाठनबाट समेत वन्चित भएका छन् भने धनुषाको भडडिया र सीमावर्ती भारतको हरिने बजारको बीचमा रहेको खोलामा पानी भर्न जाँदा मानिसहरुलाई आवात जावत गर्न समेत समस्या परेको छ । वर्षातको कारण यातायात चल्न नसक्दा काम विशेषले जनकपुर आउने बासिन्दाहरु आउन नसक्दा उनीहरुको दिनचर्या कष्टकर बन्दै गएको हो ।
असार लागेपछि विकास निर्माणको कामको क्रममा बाटोभरि माटो हाल्नाले सडक हिलाम्य भएपछि यातायात सवारी साधनहरु चल्न सकेको छैन भने ग्रामीण क्षेत्रबाट सहरसम्म आउने यातायातका साधनहरु समेत रोकिनाले यस भेगका जनताहरु मार्कामा परेका छन् ।
वर्षातकै कारण जनकपुरका सडकहरु हिलाम्य भएपछि यस भेगका व्यापार समेत प्रभावित भएको छ भने वित्तिय संस्थाहरु समेत रित्तो देखिएको छ ।वर्षाकै कारण यहाँका सरकारी कार्यालयहरु समेत डुबानमा परेपछि सेवाग्राही सेवा लिनबाट वन्चित भएका छन् ।
नगरक्षेत्रमा रहेको नालाको अभावको कारण घरघरमा पानी बस्दा मानिसहरु समस्यामा परेका छन् भने फोहरको कारण लामखुट्टे तथा सर्पको बिगबिगी बढेको छ । वर्षातकै कारण दैनिक रुपमा मजदुरी गरी जीवनयापन गर्ने निम्न वर्गका मानिसहरुको जीवन कष्टकर बन्दै गएको छ । ग्रामीण क्षेत्रमा रहेका सरकारी कार्यालय तथा प्रहरी चौकीहरुमा समेत पानी पस्नाले उनीहरुले पनि सेवाग्रहीहरुलाई सेवा दिन नसकेकोले ग्रामीण क्षेत्रमा रहेका प्रहरी कार्यालयहरुको भनाई रहेको छ । जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाहरुको किनमेल गर्ने सीमावर्ती बजारसम्म पुग्न अप्ठ्यारो भएकोले कतिपय ठाउँमा खाद्यन्न समस्यापनि देखिएको छ ।

Tuesday, July 19, 2016

१५ दिने ऐतिहासिक मध्य मिथिला परिक्रमा भोलीबाट सुरु

कैलास दास।
मिथिलाञ्चलमा हुने ऐतिहासिक प्राचिन तथा धार्मिक १५ दिने मध्य मिथिला परिक्रमा भोली मंगलबारबाट सुरु हुदैँ भोली मंगलबार ऐतिहासिक स्थल कचुरी मठबाट भगवान श्रीराम जनक जननी सीताको डोला सहित निस्कने मिथिलाञ्चलको सबैभन्दा ठुलो धार्मिक तथा ऐतिहासिक यात्रा मानिने यो परिक्रमाको अवधि १५ दिनको हुन्छ भनिन्छ धार्मिक आस्थाले भरिएको यति लामो पैदल परिक्रमा विश्वको सबैभन्दा ठुलो परिक्रमा हो नेपाली भु भागको ९० किलो मिटर तथा छिमेकि मुलुक भारतीय भु भागको ) किलो मिटर गरी सय २० किलोमिटर भु भागको परिक्रमा श्रद्धालु भक्तजनले गर्ने परम्परा रहि आएको
भारतको ईकजिव बैंको ऋण सहयोगमा भारत सरकारले एक अर्व ५० करोड २९ लाख २८ हजार सय २८ रुपैयाको लागतमा मध्यपरिक्रमा सडकको निर्माण तथा मरम्मत सम्भार सुरु गरिएको नेपाल भारतको वटा ठेकेदारले संयूक्त रुपमा काम सुरु गरिएको परिक्रमा सडकको सम्पूर्ण काम सन् २०१८ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको जनकपुर परिक्रमा सडक योजना बर्दिवासका योजना प्रमुख राजेश दासले बताउनु भयो ।१५ दिने परिक्रमा स्थलहरु हनुमान गढी भारतको कल्याणेश्वर फुलहर, महोत्तरीको मठिहानी जलैश्वर, मढै, धु्रवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सत्तोखर, औरही, भारतको करुण, विसौल जनकपुरधाममा रात्री तिर्थालुहरुको विश्रामस्थलको रुपमा रहेको यसपाली फागुन चतुर्थी अर्थात २५ गते मंगलबार देखि चैत १० गते फागु पुर्णिमा सम्म जनकपुर परिक्रमा स्थल क्षेत्र भारत विहारको पुरै क्षेत्र उत्सवमय उल्लासमय बन्ने छन्, मध्यमिथिलाको परिक्रमाको कारण
धनुषा, महोत्तरी भारतको उत्तरी विहारका दर्जनौ धार्मिक तथा ऐतिहासिक स्थल समेट्ने परिक्रमा मार्ग एउटा धार्मिक पर्यटकीय स्थलको रुपमा स्थापित हुदैँ गएको वृहद, मध्य अन्तगृह गरी परिक्रमा प्रकारको भएपनि व्यस्तताको कारण कालान्तरमा आएर मध्यमिथिला परिक्रमाको अस्तित्व मात्र बाकी रहेको साहित्यकारहरुको भनाई ।श्रद्धालु भक्तजनहरुले १५ दिने मध्यमिथिला परिक्रमालाई नै आफ्नो ध्यानकेन्द्रित गरेको पाईन्छ मिथिला महात्मय वर्णन गरिएको मध्य परिक्रमाको सुरुवात १८ औँ सताब्दी भन्दा केहि अगाडी भएको साहित्यकार डा. राजेन्द्र विमलको भनाई
आधुनिक जनकपुरलाई पुनः चिनाउन महात्मा सूर किशोर दासले परिक्रमा मार्ग पत्ता लगाएपछि सोति मठका सीता प्रसाद बाराही मठका सुरदास साधुले मध्यमिथिला परिक्रमाको आरम्भ गरिएको ईतिहासकारहरु बताउछन् भनिन्छ विसौँ सताब्दीको आरम्भ तिर जनकपुरधाममा रामानन्दीय वैष्णव साधुले दिनमा पुरा हुने परिक्रमालाई १५ परिक्रमा बनाएको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको फागुने औँसीबाट सुरु भएर पुर्णिमा सम्म चल्ने यो महोत्सवम धनुषाको कचुरी गाउ स्थित मिथिला विहारी मठबाट रामजानकीको डोला जनकपुरधामको रत्नसागर मठहुदैँ जानकी मन्दिर ल्याईन्छ त्यहाँबाट जानकीको डोला जनकपुरको अन्य मठमन्दिरबाट ल्याईएका डोला सहित समावेश गरि१५  दिने परिक्रमा यात्राको शुभारम्भ गरिन्छ डोलको पछि पछि लाखौँ तिर्थालु परम्परागत बाजा गाजा सहितका मौलिक पहिरनमा लाखौँ नरनारी सहभागि हुने गर्दछ
अन्तरगृह परिक्रमाले धार्मिक महत्वका साथै व्यवहारिक जिवनमा समेत महत्व राख्दछ यसको सम्बन्ध भगवान सीतासंग रहेकोले परिक्रमाको महत्व निकै रहेको अर्का साहित्यकार श्यामसुन्दर शशी भन्नुहुन्छ यो परिक्रमामा नेपाल भारत दुवै देशका धर्मावलम्बीहरुको सहभागिता रहने हुनाले यो परिक्रमाले नेपाल भारत वीचको आर्थिक सांस्कृतिक सम्बन्धमा कोशे ढुंगा सावित भएको
वृहत विष्णु पुरानमा वर्णन गरिए अनुसार यो परिक्रमा नै एउटा यस्तो परिक्रमा हो जसमा भगवान श्रीराम सीताको प्रत्यक्ष दर्शनको अनुभुति हुने गर्दछ १५ दिने मिथिला मध्य परिक्रमा अन्तर्गत पहिलो दिन कुवा हनुमान नगर, दोश्रो दिन विहारको कल्ना स्थित कल्याणेश्वर, तेश्रो दिन भारत विहारकै फुुलहर स्थित गिरिजा स्थान, चौथो दिन महोत्तरीको मठिहानी, पाँचौ दिन जलेश्वर, छैठौ दिन मढै, सातौँ दिन धु्रवकुण्ड, आठौँ दिन कञ्चन वन, नवौँ दिन पर्वता, दशौँ दिन धनुषाधाम, ११औँ दिन सतोषखर, १२ औँ दिन औरही, १३ औँ दिन भारत विहारको कल्ना, १४ औँ दिन भारत विहारकै विसौल यात्राको अन्तिम दिन अर्थात १५ औँ दिन जनकपुरधाममा आएर अन्तरगृह परिक्रमामा परिणत हुन्छ परिक्रमा पश्चात सहभागि तिर्थालुहरु होली खेली १५ दिने मध्य परिक्रमा अन्त हुन्छ परिक्रमा विश्रामस्थलहरु धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण रहेको तथा राम सीताको जिवन पद्धतीसंग जोडिएकोले यी विश्रामस्थलहरु धार्मिक स्थलहरुमा विभिन्न देवी देवताहरुको प्राचिन मठ मन्दिर रहेका छन्
नेपाल भारत वीच सदियौँ देखि रहीआएको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउन प्राचिन मिथिलाको सांस्कृतिक महत्व झल्किने १५ दिने परिक्रमाले मदत गर्दै आएको विक्रम सम्बत २०४९ सालमा नेपाल भारत वीच भएको द्वि पक्षीय सम्झौता अनुसार अहिले परिक्रमा मार्गको मरम्मत सम्भार दु्रतगतिमा भईरहेको
यो ऐतिहासिक परिक्रमाको अर्को महत्वपूर्ण पक्ष भनेको सहभागि तिर्थालुहरुले आफैले खाने कुरा बोकि परिक्रमामा सहभागि हुने गरेको

परिक्रमा विश्रामस्थलहरुमा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुले सहभागि तिर्थालुहरुको लागि बास, खानेपानी, औषधी उपचार, शौचालय, आदीको वैकल्पिक व्यवस्था समेत गर्ने गरेको पाईन्छ

वर्षको एक दिन मात्र फुल्ने अनौठो फूल

कैलास दास
वर्षको एक दिन मात्र फुल्ने फूल सुन्दा अचम्म लाग्छ तर, यो सत्या हो । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको पडारिया चौक देखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचिन राजा फूलवारीमा यस्तै फूल देख्न पाईन्छ । सल्हेस फूलबारीको नामले परिचित रहेको सो ऐतिहासिक फूलबारीमा प्रत्येक नयाँ वर्ष अर्थात बैशाखको पहिलो दिन त्यहाँ रहेको हारमको रुखमा एक विहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ मौलाएर जान्छ ।
सो रुखको फूलबारीको माध्य भागमा रहेको राजा सलहेसको गहबर (मन्दिर)संगै टाँसिएको सो रुखमा वर्षको एकदिन एक विहानै फूल फुल्नु र साँझ पख मौलाएर जानु आज सम्म रहस्यमय बनेको छ । माला आकारको सेतो फूलको थुङ्गा जस्तो देखिने र साँझपख मौलाएर जानु खोजकर्ताको लागि अनौठो र रोचक विषय भएको छ ।
ती रुख के का हुन् कसरी यतिका वर्ष सम्म बाँचिरहेको छन् भन्ने खोजको विषय हो । वनस्पति विद्हरुका अनुसार छैटो÷सातौं सताब्दी देखि जस्ताको त्यस्तै रहेको यो रुख र अचम्मको फूलबारे कुनै ठोस् जानकारी प्राप्त हुन सकेको छैन । राजा सलहेसको थिए, कसरी एउटा दुसाद (दलित) जातिका व्यक्ति राजा भए र राजा सहहेसको जीवगाथासंगै सलहेस फूलबारी र वर्षको एक पटक मात्र फूल्ने फूलका बारेमा पनि एउटा रोचक तथा सत्य घटना रहेको छ । छैठो÷सातौं शताब्दी देखितिर त्यस बेला मिथिला भुमिको गढ महिसोथा भन्ने ठाउँमा थियो । त्यो ठाउँ अहिले सिरहा नगरपालिका पर्दछ ।
त्यसबेला त्यहाँका सामन्त, जमिन्दार, भैरव भुपाल, सोनम र मन्दोदरीको कोखबाट एउटा ईन्द्र स्वरुप बीरबालक जयबद्र्धन (सलहेस) को जन्म भएको थियो । सानै उमेर देखि सौर्यवान , प्रखर बुद्धिमान धनी र सौर्यशाली थिए सलहेस । सलहेसको समय कृषि र पशुपालनको प्रारम्भिक युग थियो । त्यसबेला उत्तरमा किरात प्रदेश तिब्बत र भुटानतीरअर्यवर्तमा अन्नबाली पशु लुटेर लान बारम्बार आक्रमण हुने गर्दथ्यो ।
बारम्बार हुने भोट र किराँतको आक्रमणलाई रोक्नसलहेसका बुवा भुपाल सोमदेव तरेगना गढ (हालको लहान बजारभन्दा चार किलोमिटर उत्तर तर्फ) का राजा हिन्ुपति शम्शेर भण्डारीलाई सघाउन गए । भोट र किराँतसंग भएको युद्धमा भुपाल सोमदेव सहादत प्राप्त गरेपछि जेठो छोराको हैसियतले सहलेस महिसोथा गढको गदपछि बन्ने ।
सहलेस गढपति भए पनि कोसीदेखि पश्चिम गण्डकी सम्म उत्तर हिमालयका पदम प्रदेश र दक्षिण गंगासागर सम्म आफ्नौ सैन्य संगठनलाई सुसगठित पारेका थिए । पकडियागढीको राजकुमारी चन्द्रावतीको नौलखा हार चोरी प्रकरणमा सहलेस समातिएपछि मालिनी भन्ने सुन्दरीले सहयोग गर्दा सहलेस र मालिनी बीच प्रेम भएको भन्ने किम्वदन्ती रहेको छ ।
राजा सहलेस दलित मध्ये दुसाद जातिको भएकोले आज पनि जहाँ–जहाँ दुसाध जातिका मानिस बस्छन् त्यहाँ सलहेसको गहवर (मन्दिर) बनाई देउताको रुपमा पुजा आजा गर्ने परम्परा रहेको छ । लहान नगरपालिका देखि ४ किलोमिटर पश्चिम दक्षीणमा १२ विग्हा क्षेत्रफलमा फैलिएको धार्मिक फूलवारीमा हारको रुखमा बैशाख १ गतेका दिन मात्र सोनाखरी फूलमाला देखा पर्दछ, र दिन ढल्दै जादा उक्त माला विस्तारै मौलाउदै जान्छन् ।
अच्चमको उत्तः फूल हेर्न भारतबाट समेत असङख्य श्रद्धालुहरु आउने र मेला भर्ने गर्दछन् । किम्वदन्ती अनुसार प्रत्येक वर्ष बैशाखको पहिलो दिन मालिनी राजा सलहेसको प्रतिक्षामा फूलमाला लिएर उक्त रुखमा प्रकट हुन्छिन् ।
साँचो मनले जसले भाकल गर्छ उसको मनोकामना पुरा हुने जनविश्वास छ । मेलाको दिन दजर्नौ युवायुवती जोडी आएर ती फूललाई साक्षी मानि प्रेम विवाह गर्ने गर्छन् । सिरहा जिल्ला भित्र राजा सलहेसको गाथासंग जोडिएको धार्मि कस्थलको खोजी गरी सरकारले संरक्षण गर्न नसके राष्ट्रिय तथा अन्तराष्टिय स्तरमा नेपाललाई चिनाउन सक्ने नेपाल प्रेस काउन्सिलका सदस्य चन्द्रदेव कामती भन्नुहुन्छ ।
यो एउटा मात्र यस्तो देउता हो जसलाई सबै समुदायले पुज्ने गर्छन् । राजा सलहेसको गाथालाई जीवन्तता दिन अहिले पनि गाउँ–गाउँमा गीत र महराई मार्फत सलहेस गाथा गाउने परमपरा जिवितै रहेको छ । आफ्ना पराकर्मकै कारण बेलमा नागरिकलाई सुशासनको प्रत्याभुति गराउने लोक देउता सलहेसको जीवन गाथासंग जोडिएको धार्मिक तथा ऐतिहासिक स्थल सहलेस फूलवारी मानिकद, पकरिया गढ, पतारी पोखरीको विकासमा सरकार ध्यान दिन सके यसले स्वदेशी तथा विदेशी पर्यटक आकर्षित हुनुको साथै ग्रामीण अर्थतन्त्रको विकास थप टेवा पुग्ने देखिन्छ ।
उहाँले मिथिलाको ऐतिहासिक यस्ता गौरवशाली ईतिहास बोकेका धरोहर संरक्षणको सम्बद्र्धन र विकास गर्न  सरकारले अग्रसरता देखाउनुपर्ने बताउँछन् । राष्ट्रिय गौरवको रुपमा रहेको यस्तो अनौठो फूलको सरकारी स्तरबाट प्रचार–प्रसार गर्न सके यसले अन्तरािष्ट्रय स्तरमा नेपालको धार्मिक पहिचान बनाउन सक्नेमा कोसेढुङ्गा सावित हुने नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रको बताउनुहुन्छ ।

बेहुलाको खुलेआम प्रदर्शन हुने यो सौराठ सभा

सीमावर्ती विहार राज्यको मिथिलाञ्चलमा खासगरी ब्राह्मण समाजमा विवाहको एउटा अदभुत एवं रोमाञ्चकारी प्रथा हेर्न पाईन्छ । जहाँ बेहुलाको प्रदर्शनी गरिन्छ । मिथिलाञ्चल अन्तर्गत भारत मधुवनी जिल्लाको सौराठ गाउमा प्रति वर्ष बेहुलाको भव्य मेला लाग्दछ । जहाँ दलालको माध्यमबाट सार्वजनिक रुपमा बेहुलाको खरिद विक्री हुने गर्दछ । यहाँ बेहुला पक्षले आफ्नो छोरालाई परम्परागत रुपमा रातो धोती र पाग लगाएर बेहुलालाई सजाउने गरिन्छ र बेहुली पक्षका आफन्तहरु आर्थिक अवस्था अनुसार बेहुला किन्ने परम्परा कायम अहिले पनि रहेको छ ।

प्राचिन मिथिला संस्कृति, समाजिक तथा पारिवारिक व्यवस्थामा विवाहलाई स्त्री पुरुषको साश्वत एवं पवित्र सम्बन्धको रुपमा मान्दै आएको छ । तसर्थ यूवा यूवतीलाई दाम्पत्य सुत्रमा बाँधन अनेक धार्मिक एवं समाजिक परम्परा रिती रिवाज सम्पन्न गर्नु पर्दछ । यूवा यूवती विवाह बन्धनमा बाँधिनुपूर्व सम्बन्धित परिवार एक अर्काको पारिवारिक पृष्ठभुमी तथा समाजिक प्रतिष्ठाको विषयमा गहन अध्ययन गर्ने गरिन्छ ।
ईतिहासकारहरु सौराठसभाको सुरुवात १४ औँ शताब्दीमा कर्नाटक वंशिय राजा हरि सिंह देवले सुरुवात गर्नु भएको थियो । राजा हरि सिंह देवको दरवारमा समय समयमा विद्वानहरु वीच शास्त्राचर्य प्रतियोगिता हुने गरिन्थ्यो । जसमा विजयी विद्वानलाई पुरस्कृत गर्ने परम्परा रहको थियो । सन् १३२६ मा राजा हरि सिंह देवले अविवाहित मैथिली ब्राह्मण यूवकहरु वीच सास्त्राचर्य प्रतियोगिता गराएका थिए । लामो समय सम्म सो प्रतियोगिता चलिरहयो र त्यसमा वेद, वेदान्त, योग र न्याय आदी विषयमाथि गहन चर्चा भएको थियो । राजा हरि सिंह देवले ब्राह्मण यूवकहरुको विद्वता बेचेर प्रभावित हुनु भयो र उहाँले अनौठो तरिकाले ती यूवकहरुलाई पुरस्कृत गर्नु भयो । यद्यपी सास्त्राचर्यमा भाग लिने यूवक अविवाहित भएकाले पुरस्कार स्वरुप उनीहरुलाई एउटा एउटा गरी सुन्दर बेहुली विवाह गर्न दिनु भयो ।
भनिन्छ त्यसपछि  यसको आयोजना प्रत्येक वर्ष हुन थाल्यो पहिले मैथिल ब्राह्मण यूवकको सभा हुने गथ्र्यो । जसमा उनीहरु वीच सास्त्राचर्य हुन्थ्यो र बेहुली पक्षले आफ्नो छोरीको लागि योग्य बेहुलाको खोजीमा त्यहाँ भेला हून्थ्यो । तर समयको परिवर्तनसंगै सास्त्राचर्यको पुरानो परम्परा समाप्त भएको छ र सौराठ सभा मैथिल बेहुलीको लागि बेहुला खोज्ने एउटा प्रमुख केन्द्रको रुपमा विकसित हुदैँ गयो ।
सौराठसभा सीमावर्ती भारत विहार राज्य अन्तर्गत बासोपट्टी कलुवाही चौक देखि कुनखौरीबाट १ किलोमिटर पूर्व तथा मधुवनी बजारबाट ५ किलो मिटर पश्चिम उत्तरमा अवस्थित यस गाउमा एउटा ऐतिहासिक पोखरी किनारमा रहेको पिपलको प्राचिन रुख मुनि प्रतिवर्ष सौराठ सभा जेष्ठ देखि मेला लाग्ने गर्दछ । यस वर्ष मलेमास पर्ने भएकोले असारको सट्टा जेष्ठमै सौराठ सभा मेला लागेको छ । पोखरी नजदिक भगवान महादेवको ऐतिहासिक तथा प्राचिन मन्दिर रहेको छ । करिब दुई साता सम्म चल्ने यो सौराठ सभामा मैथिल ब्राह्मणहरु बेहुला खोज्न यस सभामा पुग्ने गर्दछ । यस सभामा विवाह हुने बेहुला परम्परागत रुपमा धोती, पाग, चन्दनको टिका र आँखामा गाजल लगाएर आफ्नो अभिभावकसंगै भुईमा ओलछ्याएको दरी चटाईमा बसेको हुन्छ । यदी कुनै केटी पक्षलाई केटा मन परायो भने त्यसको अभिभावकसंग कुराकानी गरेर बेहुलाको खन्दान उसको उमेर आर्थिक अवस्था सम्भावित दाईजो बारे पत्ता लगाउने प्रयास गरिन्छ । बेहुला पक्ष र बेहुली पक्ष वीच कुराकानी मिले पछि विवाहको लागि पञ्जिकार (पुरोहित) बाट परामर्श लिने गरिन्छ ।
पञ्जिकारसंग प्रत्येक मैथिल ब्राह्मण परिवारको पूर्ण वंशावली रहन्छ । पञ्जिकारले पात्रो हेरी केटा र केटीको विवाहको साईत हेर्ने गर्दछ । यसमा बेहुला पक्षको सात पुस्ता र बेहुली पक्षको पाँच पुस्ता वीच रगतको सम्बन्ध नदेखिएमा पञ्जिकारले विवाहको अनुमति दिने गर्दछ । यसमा एउटा अनौठो परम्परा “हथघडी” विधिले स्थान पाएको छ । जसमा बेहुलालाई बेहुली पक्षका विशिष्ठ मानिसहरुले बेहुलाको हात समातेर उठाउछ । तत्पश्चात बेहुला आफ्नो सासु, ससुरा तथा पुजनीय व्यक्तिको खुट्टा ढोगे पश्चात दुवै पक्ष एक अर्काको अंगालो हाली खुसी व्यक्त गर्दछ ।
समयको परिवर्तनसंगै पञ्जिकारको भुमिकामा समेत परिवर्तन आएको छ । पञ्जिकारले आफ्नो भुमिकामा परिवर्तन गरी धनाढ्य बेहुली पक्षको खोजीमा रहन्छ । बेहुला र बेहुली पक्ष वीच हुने दाईजोको विषयमा पञ्जिकारले टुंगो लगाउने गर्दछ । सौराठ सभाको सुरुवात मैथिल ब्राह्मणको कल्याण धनि गरिब ब्राह्मण वीचको भेदभाव हटाउनका लागि भए पनि ब्राह्मण समाज एकजुट भएर यो परम्परागत संस्कारको रक्षा गर्दै सुन्दर समाजको निर्माणको लागि सौराठ सभा निरन्तर राख्दै आएको सौराठ सभा विकास समितिका सचिव डा. शेखरचन्द्र मिश्रले बताउनु भयो ।

कालान्तरमा आएर सौराठसभाको ऐतिहासिक आकर्षन भने रहेको देखिदैन । कारण दाईजो प्रथा आधुनिकता र सरकारी उपेक्षाको कारण यो सभाको पौराणिकतामा ह«ास आउन थालेको छ । पहिले देश विदेशमा बस्ने मैथिल ब्राह्मणहरु ऋाफ्नो छोराछोरीको विवाहको लागि सौराठ सभामा भाग लिने गर्दथ्यो  । तर अब यो सभाको आवश्यकता देखिदैन । पढे लेखेको केटाको एउटा ठुलो वर्ग यस प्रकार खुल्लेआम सभामा लिलाम हुनबाट डराउने गर्दछन् । यद्यपी सौराठ सभामा भाग लिने परम्परा हराउदै गए पछि यस सभाको पौराणिकता र प्राचिनता कालान्तरमा आएर हराउदैँ गएको छ । अब यो मेला गरिब ब्राह्मणमा मात्र समिति हुन पुगेको छ । मधुवनीको स्थानीय प्रतिष्ठित ब्राह्मण समाजको मानिसहरु सौराठ सभालाई नयाँ स्वरुप दिनु पर्ने प्रयास गरिरहेका छन् ।
हराउँदै गएको यस्ता ऐतिहासिक सौराठ सभाको संरक्षणमा युवाहरु अगाडि आउनुपर्ने मधुबनी नाजीपुरका रामपृत पाण्डेको भनाई रहेको छ ।
वीरेन्द्र कर्ण