कैलास दास।
मिथिलाञ्चलमा हुने ऐतिहासिक
प्राचिन तथा
धार्मिक १५
दिने मध्य
मिथिला परिक्रमा
भोली मंगलबारबाट
सुरु हुदैँ
छ ।
भोली मंगलबार
ऐतिहासिक स्थल
कचुरी मठबाट
भगवान श्रीराम
र जनक
जननी सीताको
डोला सहित
निस्कने मिथिलाञ्चलको
सबैभन्दा ठुलो
धार्मिक तथा
ऐतिहासिक यात्रा
मानिने यो
परिक्रमाको अवधि १५ दिनको हुन्छ
। भनिन्छ
धार्मिक आस्थाले
भरिएको यति
लामो पैदल
परिक्रमा विश्वको
सबैभन्दा ठुलो
परिक्रमा हो
। नेपाली
भु भागको
९० किलो
मिटर तथा
छिमेकि मुलुक
भारतीय भु
भागको ३)० किलो
मिटर गरी
१ सय
२० किलोमिटर
भु भागको
परिक्रमा श्रद्धालु
भक्तजनले गर्ने
परम्परा रहि
आएको छ
।
भारतको ईकजिव बैंको
ऋण सहयोगमा
भारत सरकारले
एक अर्व
५० करोड
२९ लाख
२८ हजार
७ सय
२८ रुपैयाको
लागतमा मध्यपरिक्रमा
सडकको निर्माण
तथा मरम्मत
सम्भार सुरु
गरिएको छ
। नेपाल
भारतको ५
वटा ठेकेदारले
संयूक्त रुपमा
काम सुरु
गरिएको परिक्रमा
सडकको सम्पूर्ण
काम सन्
२०१८ सम्ममा
सम्पन्न गर्ने
लक्ष्य रहेको
जनकपुर परिक्रमा
सडक योजना
बर्दिवासका योजना प्रमुख राजेश दासले
बताउनु भयो
।१५ दिने
परिक्रमा स्थलहरु
हनुमान गढी
भारतको कल्याणेश्वर
र फुलहर,
महोत्तरीको मठिहानी जलैश्वर, मढै, धु्रवकुण्ड,
कञ्चनवन, पर्वता,
धनुषाधाम, सत्तोखर, औरही, भारतको करुण,
विसौल र
जनकपुरधाममा रात्री तिर्थालुहरुको विश्रामस्थलको रुपमा
रहेको छ
। यसपाली
फागुन चतुर्थी
अर्थात २५
गते मंगलबार
देखि चैत
१० गते
फागु पुर्णिमा
सम्म जनकपुर
परिक्रमा स्थल
क्षेत्र र
भारत विहारको
पुरै क्षेत्र
उत्सवमय र
उल्लासमय बन्ने
छन्, मध्यमिथिलाको
परिक्रमाको कारण ।
धनुषा, महोत्तरी र
भारतको उत्तरी
विहारका दर्जनौ
धार्मिक तथा
ऐतिहासिक स्थल
समेट्ने परिक्रमा
मार्ग एउटा
धार्मिक पर्यटकीय
स्थलको रुपमा
स्थापित हुदैँ
गएको छ
। वृहद,
मध्य र
अन्तगृह गरी
परिक्रमा ३
प्रकारको भएपनि
व्यस्तताको कारण कालान्तरमा आएर मध्यमिथिला
परिक्रमाको अस्तित्व मात्र बाकी रहेको
साहित्यकारहरुको भनाई छ ।श्रद्धालु भक्तजनहरुले
१५ दिने
मध्यमिथिला परिक्रमालाई नै आफ्नो ध्यानकेन्द्रित
गरेको पाईन्छ
। मिथिला
महात्मय वर्णन
गरिएको मध्य
परिक्रमाको सुरुवात १८ औँ सताब्दी
भन्दा केहि
अगाडी भएको
साहित्यकार डा. राजेन्द्र विमलको भनाई
छ ।
आधुनिक जनकपुरलाई पुनः
चिनाउन महात्मा
सूर किशोर
दासले परिक्रमा
मार्ग पत्ता
लगाएपछि सोति
मठका सीता
प्रसाद र
बाराही मठका
सुरदास साधुले
मध्यमिथिला परिक्रमाको आरम्भ गरिएको ईतिहासकारहरु
बताउछन् ।
भनिन्छ विसौँ
सताब्दीको आरम्भ तिर जनकपुरधाममा रामानन्दीय
वैष्णव साधुले
५ दिनमा
पुरा हुने
परिक्रमालाई १५ परिक्रमा बनाएको धार्मिक
ग्रन्थहरुमा उल्लेख गरिएको छ । फागुने औँसीबाट
सुरु भएर
पुर्णिमा सम्म
चल्ने यो
महोत्सवम धनुषाको
कचुरी गाउ
स्थित मिथिला
विहारी मठबाट
रामजानकीको डोला जनकपुरधामको रत्नसागर मठहुदैँ
जानकी मन्दिर
ल्याईन्छ ।
त्यहाँबाट जानकीको डोला र जनकपुरको
अन्य मठमन्दिरबाट
ल्याईएका डोला
सहित समावेश
गरि१५
दिने परिक्रमा यात्राको शुभारम्भ गरिन्छ
। डोलको
पछि पछि
लाखौँ तिर्थालु
परम्परागत बाजा गाजा सहितका मौलिक
पहिरनमा लाखौँ
नरनारी सहभागि
हुने गर्दछ
।
अन्तरगृह परिक्रमाले धार्मिक
महत्वका साथै
व्यवहारिक जिवनमा समेत महत्व राख्दछ
। यसको
सम्बन्ध भगवान
र सीतासंग
रहेकोले परिक्रमाको
महत्व निकै
रहेको छ
। अर्का
साहित्यकार श्यामसुन्दर शशी भन्नुहुन्छ यो
परिक्रमामा नेपाल भारत दुवै देशका
धर्मावलम्बीहरुको सहभागिता रहने
हुनाले यो
परिक्रमाले नेपाल भारत वीचको आर्थिक
र सांस्कृतिक
सम्बन्धमा कोशे ढुंगा सावित भएको
छ ।
वृहत विष्णु पुरानमा
वर्णन गरिए
अनुसार यो
परिक्रमा नै
एउटा यस्तो
परिक्रमा हो
जसमा भगवान
श्रीराम र
सीताको प्रत्यक्ष
दर्शनको अनुभुति
हुने गर्दछ
। १५
दिने मिथिला
मध्य परिक्रमा
अन्तर्गत पहिलो
दिन कुवा
हनुमान नगर,
दोश्रो दिन
विहारको कल्ना
स्थित कल्याणेश्वर,
तेश्रो दिन
भारत विहारकै
फुुलहर स्थित
गिरिजा स्थान,
चौथो दिन
महोत्तरीको मठिहानी, पाँचौ दिन जलेश्वर,
छैठौ दिन
मढै, सातौँ
दिन धु्रवकुण्ड,
आठौँ दिन
कञ्चन वन,
नवौँ दिन
पर्वता, दशौँ
दिन धनुषाधाम,
११औँ दिन
सतोषखर, १२
औँ दिन
औरही, १३
औँ दिन
भारत विहारको
कल्ना, १४
औँ दिन
भारत विहारकै
विसौल र
यात्राको अन्तिम
दिन अर्थात
१५ औँ
दिन जनकपुरधाममा
आएर अन्तरगृह
परिक्रमामा परिणत हुन्छ र परिक्रमा
पश्चात सहभागि
तिर्थालुहरु होली खेली १५ दिने
मध्य परिक्रमा
अन्त हुन्छ
। परिक्रमा
विश्रामस्थलहरु धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले
महत्वपूर्ण रहेको तथा राम सीताको
जिवन पद्धतीसंग
जोडिएकोले यी विश्रामस्थलहरु धार्मिक स्थलहरुमा
विभिन्न देवी
देवताहरुको प्राचिन मठ मन्दिर रहेका
छन् ।
नेपाल भारत वीच
सदियौँ देखि
रहीआएको सुमधुर
सम्बन्धलाई अझ प्रगाढ बनाउन प्राचिन
मिथिलाको सांस्कृतिक
महत्व झल्किने
१५ दिने
परिक्रमाले मदत गर्दै आएको छ
। विक्रम
सम्बत २०४९
सालमा नेपाल
भारत वीच
भएको द्वि
पक्षीय सम्झौता
अनुसार अहिले
परिक्रमा मार्गको
मरम्मत सम्भार
दु्रतगतिमा भईरहेको छ ।
यो ऐतिहासिक परिक्रमाको
अर्को महत्वपूर्ण
पक्ष भनेको
सहभागि तिर्थालुहरुले
आफैले खाने
कुरा बोकि
परिक्रमामा सहभागि हुने गरेको छ
।
परिक्रमा विश्रामस्थलहरुमा विभिन्न सरकारी तथा गैर
सरकारी संस्थाहरुले
सहभागि तिर्थालुहरुको
लागि बास,
खानेपानी, औषधी उपचार, शौचालय, आदीको
वैकल्पिक व्यवस्था
समेत गर्ने
गरेको पाईन्छ
।
No comments:
Post a Comment