कैलास दास
वर्षको एक दिन मात्र फुल्ने फूल सुन्दा अचम्म लाग्छ तर, यो सत्या हो । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको पडारिया चौक देखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचिन राजा फूलवारीमा यस्तै फूल देख्न पाईन्छ । सल्हेस फूलबारीको नामले परिचित रहेको सो ऐतिहासिक फूलबारीमा प्रत्येक नयाँ वर्ष अर्थात बैशाखको पहिलो दिन त्यहाँ रहेको हारमको रुखमा एक विहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ मौलाएर जान्छ ।
सो रुखको फूलबारीको माध्य भागमा रहेको राजा सलहेसको गहबर (मन्दिर)संगै टाँसिएको सो रुखमा वर्षको एकदिन एक विहानै फूल फुल्नु र साँझ पख मौलाएर जानु आज सम्म रहस्यमय बनेको छ । माला आकारको सेतो फूलको थुङ्गा जस्तो देखिने र साँझपख मौलाएर जानु खोजकर्ताको लागि अनौठो र रोचक विषय भएको छ ।
ती रुख के का हुन् कसरी यतिका वर्ष सम्म बाँचिरहेको छन् भन्ने खोजको विषय हो । वनस्पति विद्हरुका अनुसार छैटो÷सातौं सताब्दी देखि जस्ताको त्यस्तै रहेको यो रुख र अचम्मको फूलबारे कुनै ठोस् जानकारी प्राप्त हुन सकेको छैन । राजा सलहेसको थिए, कसरी एउटा दुसाद (दलित) जातिका व्यक्ति राजा भए र राजा सहहेसको जीवगाथासंगै सलहेस फूलबारी र वर्षको एक पटक मात्र फूल्ने फूलका बारेमा पनि एउटा रोचक तथा सत्य घटना रहेको छ । छैठो÷सातौं शताब्दी देखितिर त्यस बेला मिथिला भुमिको गढ महिसोथा भन्ने ठाउँमा थियो । त्यो ठाउँ अहिले सिरहा नगरपालिका पर्दछ ।
त्यसबेला त्यहाँका सामन्त, जमिन्दार, भैरव भुपाल, सोनम र मन्दोदरीको कोखबाट एउटा ईन्द्र स्वरुप बीरबालक जयबद्र्धन (सलहेस) को जन्म भएको थियो । सानै उमेर देखि सौर्यवान , प्रखर बुद्धिमान धनी र सौर्यशाली थिए सलहेस । सलहेसको समय कृषि र पशुपालनको प्रारम्भिक युग थियो । त्यसबेला उत्तरमा किरात प्रदेश तिब्बत र भुटानतीरअर्यवर्तमा अन्नबाली पशु लुटेर लान बारम्बार आक्रमण हुने गर्दथ्यो ।
बारम्बार हुने भोट र किराँतको आक्रमणलाई रोक्नसलहेसका बुवा भुपाल सोमदेव तरेगना गढ (हालको लहान बजारभन्दा चार किलोमिटर उत्तर तर्फ) का राजा हिन्ुपति शम्शेर भण्डारीलाई सघाउन गए । भोट र किराँतसंग भएको युद्धमा भुपाल सोमदेव सहादत प्राप्त गरेपछि जेठो छोराको हैसियतले सहलेस महिसोथा गढको गदपछि बन्ने ।
सहलेस गढपति भए पनि कोसीदेखि पश्चिम गण्डकी सम्म उत्तर हिमालयका पदम प्रदेश र दक्षिण गंगासागर सम्म आफ्नौ सैन्य संगठनलाई सुसगठित पारेका थिए । पकडियागढीको राजकुमारी चन्द्रावतीको नौलखा हार चोरी प्रकरणमा सहलेस समातिएपछि मालिनी भन्ने सुन्दरीले सहयोग गर्दा सहलेस र मालिनी बीच प्रेम भएको भन्ने किम्वदन्ती रहेको छ ।
राजा सहलेस दलित मध्ये दुसाद जातिको भएकोले आज पनि जहाँ–जहाँ दुसाध जातिका मानिस बस्छन् त्यहाँ सलहेसको गहवर (मन्दिर) बनाई देउताको रुपमा पुजा आजा गर्ने परम्परा रहेको छ । लहान नगरपालिका देखि ४ किलोमिटर पश्चिम दक्षीणमा १२ विग्हा क्षेत्रफलमा फैलिएको धार्मिक फूलवारीमा हारको रुखमा बैशाख १ गतेका दिन मात्र सोनाखरी फूलमाला देखा पर्दछ, र दिन ढल्दै जादा उक्त माला विस्तारै मौलाउदै जान्छन् ।
अच्चमको उत्तः फूल हेर्न भारतबाट समेत असङख्य श्रद्धालुहरु आउने र मेला भर्ने गर्दछन् । किम्वदन्ती अनुसार प्रत्येक वर्ष बैशाखको पहिलो दिन मालिनी राजा सलहेसको प्रतिक्षामा फूलमाला लिएर उक्त रुखमा प्रकट हुन्छिन् ।
साँचो मनले जसले भाकल गर्छ उसको मनोकामना पुरा हुने जनविश्वास छ । मेलाको दिन दजर्नौ युवायुवती जोडी आएर ती फूललाई साक्षी मानि प्रेम विवाह गर्ने गर्छन् । सिरहा जिल्ला भित्र राजा सलहेसको गाथासंग जोडिएको धार्मि कस्थलको खोजी गरी सरकारले संरक्षण गर्न नसके राष्ट्रिय तथा अन्तराष्टिय स्तरमा नेपाललाई चिनाउन सक्ने नेपाल प्रेस काउन्सिलका सदस्य चन्द्रदेव कामती भन्नुहुन्छ ।
यो एउटा मात्र यस्तो देउता हो जसलाई सबै समुदायले पुज्ने गर्छन् । राजा सलहेसको गाथालाई जीवन्तता दिन अहिले पनि गाउँ–गाउँमा गीत र महराई मार्फत सलहेस गाथा गाउने परमपरा जिवितै रहेको छ । आफ्ना पराकर्मकै कारण बेलमा नागरिकलाई सुशासनको प्रत्याभुति गराउने लोक देउता सलहेसको जीवन गाथासंग जोडिएको धार्मिक तथा ऐतिहासिक स्थल सहलेस फूलवारी मानिकद, पकरिया गढ, पतारी पोखरीको विकासमा सरकार ध्यान दिन सके यसले स्वदेशी तथा विदेशी पर्यटक आकर्षित हुनुको साथै ग्रामीण अर्थतन्त्रको विकास थप टेवा पुग्ने देखिन्छ ।
उहाँले मिथिलाको ऐतिहासिक यस्ता गौरवशाली ईतिहास बोकेका धरोहर संरक्षणको सम्बद्र्धन र विकास गर्न सरकारले अग्रसरता देखाउनुपर्ने बताउँछन् । राष्ट्रिय गौरवको रुपमा रहेको यस्तो अनौठो फूलको सरकारी स्तरबाट प्रचार–प्रसार गर्न सके यसले अन्तरािष्ट्रय स्तरमा नेपालको धार्मिक पहिचान बनाउन सक्नेमा कोसेढुङ्गा सावित हुने नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रको बताउनुहुन्छ ।

No comments:
Post a Comment