सीमावर्ती विहार राज्यको मिथिलाञ्चलमा खासगरी ब्राह्मण समाजमा विवाहको एउटा अदभुत एवं रोमाञ्चकारी प्रथा हेर्न पाईन्छ । जहाँ बेहुलाको प्रदर्शनी गरिन्छ । मिथिलाञ्चल अन्तर्गत भारत मधुवनी जिल्लाको सौराठ गाउमा प्रति वर्ष बेहुलाको भव्य मेला लाग्दछ । जहाँ दलालको माध्यमबाट सार्वजनिक रुपमा बेहुलाको खरिद विक्री हुने गर्दछ । यहाँ बेहुला पक्षले आफ्नो छोरालाई परम्परागत रुपमा रातो धोती र पाग लगाएर बेहुलालाई सजाउने गरिन्छ र बेहुली पक्षका आफन्तहरु आर्थिक अवस्था अनुसार बेहुला किन्ने परम्परा कायम अहिले पनि रहेको छ ।
प्राचिन मिथिला संस्कृति, समाजिक तथा पारिवारिक व्यवस्थामा विवाहलाई स्त्री पुरुषको साश्वत एवं पवित्र सम्बन्धको रुपमा मान्दै आएको छ । तसर्थ यूवा यूवतीलाई दाम्पत्य सुत्रमा बाँधन अनेक धार्मिक एवं समाजिक परम्परा रिती रिवाज सम्पन्न गर्नु पर्दछ । यूवा यूवती विवाह बन्धनमा बाँधिनुपूर्व सम्बन्धित परिवार एक अर्काको पारिवारिक पृष्ठभुमी तथा समाजिक प्रतिष्ठाको विषयमा गहन अध्ययन गर्ने गरिन्छ ।
ईतिहासकारहरु सौराठसभाको सुरुवात १४ औँ शताब्दीमा कर्नाटक वंशिय राजा हरि सिंह देवले सुरुवात गर्नु भएको थियो । राजा हरि सिंह देवको दरवारमा समय समयमा विद्वानहरु वीच शास्त्राचर्य प्रतियोगिता हुने गरिन्थ्यो । जसमा विजयी विद्वानलाई पुरस्कृत गर्ने परम्परा रहको थियो । सन् १३२६ मा राजा हरि सिंह देवले अविवाहित मैथिली ब्राह्मण यूवकहरु वीच सास्त्राचर्य प्रतियोगिता गराएका थिए । लामो समय सम्म सो प्रतियोगिता चलिरहयो र त्यसमा वेद, वेदान्त, योग र न्याय आदी विषयमाथि गहन चर्चा भएको थियो । राजा हरि सिंह देवले ब्राह्मण यूवकहरुको विद्वता बेचेर प्रभावित हुनु भयो र उहाँले अनौठो तरिकाले ती यूवकहरुलाई पुरस्कृत गर्नु भयो । यद्यपी सास्त्राचर्यमा भाग लिने यूवक अविवाहित भएकाले पुरस्कार स्वरुप उनीहरुलाई एउटा एउटा गरी सुन्दर बेहुली विवाह गर्न दिनु भयो ।
भनिन्छ त्यसपछि यसको आयोजना प्रत्येक वर्ष हुन थाल्यो पहिले मैथिल ब्राह्मण यूवकको सभा हुने गथ्र्यो । जसमा उनीहरु वीच सास्त्राचर्य हुन्थ्यो र बेहुली पक्षले आफ्नो छोरीको लागि योग्य बेहुलाको खोजीमा त्यहाँ भेला हून्थ्यो । तर समयको परिवर्तनसंगै सास्त्राचर्यको पुरानो परम्परा समाप्त भएको छ र सौराठ सभा मैथिल बेहुलीको लागि बेहुला खोज्ने एउटा प्रमुख केन्द्रको रुपमा विकसित हुदैँ गयो ।
सौराठसभा सीमावर्ती भारत विहार राज्य अन्तर्गत बासोपट्टी कलुवाही चौक देखि कुनखौरीबाट १ किलोमिटर पूर्व तथा मधुवनी बजारबाट ५ किलो मिटर पश्चिम उत्तरमा अवस्थित यस गाउमा एउटा ऐतिहासिक पोखरी किनारमा रहेको पिपलको प्राचिन रुख मुनि प्रतिवर्ष सौराठ सभा जेष्ठ देखि मेला लाग्ने गर्दछ । यस वर्ष मलेमास पर्ने भएकोले असारको सट्टा जेष्ठमै सौराठ सभा मेला लागेको छ । पोखरी नजदिक भगवान महादेवको ऐतिहासिक तथा प्राचिन मन्दिर रहेको छ । करिब दुई साता सम्म चल्ने यो सौराठ सभामा मैथिल ब्राह्मणहरु बेहुला खोज्न यस सभामा पुग्ने गर्दछ । यस सभामा विवाह हुने बेहुला परम्परागत रुपमा धोती, पाग, चन्दनको टिका र आँखामा गाजल लगाएर आफ्नो अभिभावकसंगै भुईमा ओलछ्याएको दरी चटाईमा बसेको हुन्छ । यदी कुनै केटी पक्षलाई केटा मन परायो भने त्यसको अभिभावकसंग कुराकानी गरेर बेहुलाको खन्दान उसको उमेर आर्थिक अवस्था सम्भावित दाईजो बारे पत्ता लगाउने प्रयास गरिन्छ । बेहुला पक्ष र बेहुली पक्ष वीच कुराकानी मिले पछि विवाहको लागि पञ्जिकार (पुरोहित) बाट परामर्श लिने गरिन्छ ।
पञ्जिकारसंग प्रत्येक मैथिल ब्राह्मण परिवारको पूर्ण वंशावली रहन्छ । पञ्जिकारले पात्रो हेरी केटा र केटीको विवाहको साईत हेर्ने गर्दछ । यसमा बेहुला पक्षको सात पुस्ता र बेहुली पक्षको पाँच पुस्ता वीच रगतको सम्बन्ध नदेखिएमा पञ्जिकारले विवाहको अनुमति दिने गर्दछ । यसमा एउटा अनौठो परम्परा “हथघडी” विधिले स्थान पाएको छ । जसमा बेहुलालाई बेहुली पक्षका विशिष्ठ मानिसहरुले बेहुलाको हात समातेर उठाउछ । तत्पश्चात बेहुला आफ्नो सासु, ससुरा तथा पुजनीय व्यक्तिको खुट्टा ढोगे पश्चात दुवै पक्ष एक अर्काको अंगालो हाली खुसी व्यक्त गर्दछ ।
समयको परिवर्तनसंगै पञ्जिकारको भुमिकामा समेत परिवर्तन आएको छ । पञ्जिकारले आफ्नो भुमिकामा परिवर्तन गरी धनाढ्य बेहुली पक्षको खोजीमा रहन्छ । बेहुला र बेहुली पक्ष वीच हुने दाईजोको विषयमा पञ्जिकारले टुंगो लगाउने गर्दछ । सौराठ सभाको सुरुवात मैथिल ब्राह्मणको कल्याण धनि गरिब ब्राह्मण वीचको भेदभाव हटाउनका लागि भए पनि ब्राह्मण समाज एकजुट भएर यो परम्परागत संस्कारको रक्षा गर्दै सुन्दर समाजको निर्माणको लागि सौराठ सभा निरन्तर राख्दै आएको सौराठ सभा विकास समितिका सचिव डा. शेखरचन्द्र मिश्रले बताउनु भयो ।
कालान्तरमा आएर सौराठसभाको ऐतिहासिक आकर्षन भने रहेको देखिदैन । कारण दाईजो प्रथा आधुनिकता र सरकारी उपेक्षाको कारण यो सभाको पौराणिकतामा ह«ास आउन थालेको छ । पहिले देश विदेशमा बस्ने मैथिल ब्राह्मणहरु ऋाफ्नो छोराछोरीको विवाहको लागि सौराठ सभामा भाग लिने गर्दथ्यो । तर अब यो सभाको आवश्यकता देखिदैन । पढे लेखेको केटाको एउटा ठुलो वर्ग यस प्रकार खुल्लेआम सभामा लिलाम हुनबाट डराउने गर्दछन् । यद्यपी सौराठ सभामा भाग लिने परम्परा हराउदै गए पछि यस सभाको पौराणिकता र प्राचिनता कालान्तरमा आएर हराउदैँ गएको छ । अब यो मेला गरिब ब्राह्मणमा मात्र समिति हुन पुगेको छ । मधुवनीको स्थानीय प्रतिष्ठित ब्राह्मण समाजको मानिसहरु सौराठ सभालाई नयाँ स्वरुप दिनु पर्ने प्रयास गरिरहेका छन् ।
हराउँदै गएको यस्ता ऐतिहासिक सौराठ सभाको संरक्षणमा युवाहरु अगाडि आउनुपर्ने मधुबनी नाजीपुरका रामपृत पाण्डेको भनाई रहेको छ ।
वीरेन्द्र कर्ण

No comments:
Post a Comment