Tuesday, July 19, 2016

वर्षको एक दिन मात्र फुल्ने अनौठो फूल

कैलास दास
वर्षको एक दिन मात्र फुल्ने फूल सुन्दा अचम्म लाग्छ तर, यो सत्या हो । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको पडारिया चौक देखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचिन राजा फूलवारीमा यस्तै फूल देख्न पाईन्छ । सल्हेस फूलबारीको नामले परिचित रहेको सो ऐतिहासिक फूलबारीमा प्रत्येक नयाँ वर्ष अर्थात बैशाखको पहिलो दिन त्यहाँ रहेको हारमको रुखमा एक विहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ मौलाएर जान्छ ।
सो रुखको फूलबारीको माध्य भागमा रहेको राजा सलहेसको गहबर (मन्दिर)संगै टाँसिएको सो रुखमा वर्षको एकदिन एक विहानै फूल फुल्नु र साँझ पख मौलाएर जानु आज सम्म रहस्यमय बनेको छ । माला आकारको सेतो फूलको थुङ्गा जस्तो देखिने र साँझपख मौलाएर जानु खोजकर्ताको लागि अनौठो र रोचक विषय भएको छ ।
ती रुख के का हुन् कसरी यतिका वर्ष सम्म बाँचिरहेको छन् भन्ने खोजको विषय हो । वनस्पति विद्हरुका अनुसार छैटो÷सातौं सताब्दी देखि जस्ताको त्यस्तै रहेको यो रुख र अचम्मको फूलबारे कुनै ठोस् जानकारी प्राप्त हुन सकेको छैन । राजा सलहेसको थिए, कसरी एउटा दुसाद (दलित) जातिका व्यक्ति राजा भए र राजा सहहेसको जीवगाथासंगै सलहेस फूलबारी र वर्षको एक पटक मात्र फूल्ने फूलका बारेमा पनि एउटा रोचक तथा सत्य घटना रहेको छ । छैठो÷सातौं शताब्दी देखितिर त्यस बेला मिथिला भुमिको गढ महिसोथा भन्ने ठाउँमा थियो । त्यो ठाउँ अहिले सिरहा नगरपालिका पर्दछ ।
त्यसबेला त्यहाँका सामन्त, जमिन्दार, भैरव भुपाल, सोनम र मन्दोदरीको कोखबाट एउटा ईन्द्र स्वरुप बीरबालक जयबद्र्धन (सलहेस) को जन्म भएको थियो । सानै उमेर देखि सौर्यवान , प्रखर बुद्धिमान धनी र सौर्यशाली थिए सलहेस । सलहेसको समय कृषि र पशुपालनको प्रारम्भिक युग थियो । त्यसबेला उत्तरमा किरात प्रदेश तिब्बत र भुटानतीरअर्यवर्तमा अन्नबाली पशु लुटेर लान बारम्बार आक्रमण हुने गर्दथ्यो ।
बारम्बार हुने भोट र किराँतको आक्रमणलाई रोक्नसलहेसका बुवा भुपाल सोमदेव तरेगना गढ (हालको लहान बजारभन्दा चार किलोमिटर उत्तर तर्फ) का राजा हिन्ुपति शम्शेर भण्डारीलाई सघाउन गए । भोट र किराँतसंग भएको युद्धमा भुपाल सोमदेव सहादत प्राप्त गरेपछि जेठो छोराको हैसियतले सहलेस महिसोथा गढको गदपछि बन्ने ।
सहलेस गढपति भए पनि कोसीदेखि पश्चिम गण्डकी सम्म उत्तर हिमालयका पदम प्रदेश र दक्षिण गंगासागर सम्म आफ्नौ सैन्य संगठनलाई सुसगठित पारेका थिए । पकडियागढीको राजकुमारी चन्द्रावतीको नौलखा हार चोरी प्रकरणमा सहलेस समातिएपछि मालिनी भन्ने सुन्दरीले सहयोग गर्दा सहलेस र मालिनी बीच प्रेम भएको भन्ने किम्वदन्ती रहेको छ ।
राजा सहलेस दलित मध्ये दुसाद जातिको भएकोले आज पनि जहाँ–जहाँ दुसाध जातिका मानिस बस्छन् त्यहाँ सलहेसको गहवर (मन्दिर) बनाई देउताको रुपमा पुजा आजा गर्ने परम्परा रहेको छ । लहान नगरपालिका देखि ४ किलोमिटर पश्चिम दक्षीणमा १२ विग्हा क्षेत्रफलमा फैलिएको धार्मिक फूलवारीमा हारको रुखमा बैशाख १ गतेका दिन मात्र सोनाखरी फूलमाला देखा पर्दछ, र दिन ढल्दै जादा उक्त माला विस्तारै मौलाउदै जान्छन् ।
अच्चमको उत्तः फूल हेर्न भारतबाट समेत असङख्य श्रद्धालुहरु आउने र मेला भर्ने गर्दछन् । किम्वदन्ती अनुसार प्रत्येक वर्ष बैशाखको पहिलो दिन मालिनी राजा सलहेसको प्रतिक्षामा फूलमाला लिएर उक्त रुखमा प्रकट हुन्छिन् ।
साँचो मनले जसले भाकल गर्छ उसको मनोकामना पुरा हुने जनविश्वास छ । मेलाको दिन दजर्नौ युवायुवती जोडी आएर ती फूललाई साक्षी मानि प्रेम विवाह गर्ने गर्छन् । सिरहा जिल्ला भित्र राजा सलहेसको गाथासंग जोडिएको धार्मि कस्थलको खोजी गरी सरकारले संरक्षण गर्न नसके राष्ट्रिय तथा अन्तराष्टिय स्तरमा नेपाललाई चिनाउन सक्ने नेपाल प्रेस काउन्सिलका सदस्य चन्द्रदेव कामती भन्नुहुन्छ ।
यो एउटा मात्र यस्तो देउता हो जसलाई सबै समुदायले पुज्ने गर्छन् । राजा सलहेसको गाथालाई जीवन्तता दिन अहिले पनि गाउँ–गाउँमा गीत र महराई मार्फत सलहेस गाथा गाउने परमपरा जिवितै रहेको छ । आफ्ना पराकर्मकै कारण बेलमा नागरिकलाई सुशासनको प्रत्याभुति गराउने लोक देउता सलहेसको जीवन गाथासंग जोडिएको धार्मिक तथा ऐतिहासिक स्थल सहलेस फूलवारी मानिकद, पकरिया गढ, पतारी पोखरीको विकासमा सरकार ध्यान दिन सके यसले स्वदेशी तथा विदेशी पर्यटक आकर्षित हुनुको साथै ग्रामीण अर्थतन्त्रको विकास थप टेवा पुग्ने देखिन्छ ।
उहाँले मिथिलाको ऐतिहासिक यस्ता गौरवशाली ईतिहास बोकेका धरोहर संरक्षणको सम्बद्र्धन र विकास गर्न  सरकारले अग्रसरता देखाउनुपर्ने बताउँछन् । राष्ट्रिय गौरवको रुपमा रहेको यस्तो अनौठो फूलको सरकारी स्तरबाट प्रचार–प्रसार गर्न सके यसले अन्तरािष्ट्रय स्तरमा नेपालको धार्मिक पहिचान बनाउन सक्नेमा कोसेढुङ्गा सावित हुने नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रको बताउनुहुन्छ ।

बेहुलाको खुलेआम प्रदर्शन हुने यो सौराठ सभा

सीमावर्ती विहार राज्यको मिथिलाञ्चलमा खासगरी ब्राह्मण समाजमा विवाहको एउटा अदभुत एवं रोमाञ्चकारी प्रथा हेर्न पाईन्छ । जहाँ बेहुलाको प्रदर्शनी गरिन्छ । मिथिलाञ्चल अन्तर्गत भारत मधुवनी जिल्लाको सौराठ गाउमा प्रति वर्ष बेहुलाको भव्य मेला लाग्दछ । जहाँ दलालको माध्यमबाट सार्वजनिक रुपमा बेहुलाको खरिद विक्री हुने गर्दछ । यहाँ बेहुला पक्षले आफ्नो छोरालाई परम्परागत रुपमा रातो धोती र पाग लगाएर बेहुलालाई सजाउने गरिन्छ र बेहुली पक्षका आफन्तहरु आर्थिक अवस्था अनुसार बेहुला किन्ने परम्परा कायम अहिले पनि रहेको छ ।

प्राचिन मिथिला संस्कृति, समाजिक तथा पारिवारिक व्यवस्थामा विवाहलाई स्त्री पुरुषको साश्वत एवं पवित्र सम्बन्धको रुपमा मान्दै आएको छ । तसर्थ यूवा यूवतीलाई दाम्पत्य सुत्रमा बाँधन अनेक धार्मिक एवं समाजिक परम्परा रिती रिवाज सम्पन्न गर्नु पर्दछ । यूवा यूवती विवाह बन्धनमा बाँधिनुपूर्व सम्बन्धित परिवार एक अर्काको पारिवारिक पृष्ठभुमी तथा समाजिक प्रतिष्ठाको विषयमा गहन अध्ययन गर्ने गरिन्छ ।
ईतिहासकारहरु सौराठसभाको सुरुवात १४ औँ शताब्दीमा कर्नाटक वंशिय राजा हरि सिंह देवले सुरुवात गर्नु भएको थियो । राजा हरि सिंह देवको दरवारमा समय समयमा विद्वानहरु वीच शास्त्राचर्य प्रतियोगिता हुने गरिन्थ्यो । जसमा विजयी विद्वानलाई पुरस्कृत गर्ने परम्परा रहको थियो । सन् १३२६ मा राजा हरि सिंह देवले अविवाहित मैथिली ब्राह्मण यूवकहरु वीच सास्त्राचर्य प्रतियोगिता गराएका थिए । लामो समय सम्म सो प्रतियोगिता चलिरहयो र त्यसमा वेद, वेदान्त, योग र न्याय आदी विषयमाथि गहन चर्चा भएको थियो । राजा हरि सिंह देवले ब्राह्मण यूवकहरुको विद्वता बेचेर प्रभावित हुनु भयो र उहाँले अनौठो तरिकाले ती यूवकहरुलाई पुरस्कृत गर्नु भयो । यद्यपी सास्त्राचर्यमा भाग लिने यूवक अविवाहित भएकाले पुरस्कार स्वरुप उनीहरुलाई एउटा एउटा गरी सुन्दर बेहुली विवाह गर्न दिनु भयो ।
भनिन्छ त्यसपछि  यसको आयोजना प्रत्येक वर्ष हुन थाल्यो पहिले मैथिल ब्राह्मण यूवकको सभा हुने गथ्र्यो । जसमा उनीहरु वीच सास्त्राचर्य हुन्थ्यो र बेहुली पक्षले आफ्नो छोरीको लागि योग्य बेहुलाको खोजीमा त्यहाँ भेला हून्थ्यो । तर समयको परिवर्तनसंगै सास्त्राचर्यको पुरानो परम्परा समाप्त भएको छ र सौराठ सभा मैथिल बेहुलीको लागि बेहुला खोज्ने एउटा प्रमुख केन्द्रको रुपमा विकसित हुदैँ गयो ।
सौराठसभा सीमावर्ती भारत विहार राज्य अन्तर्गत बासोपट्टी कलुवाही चौक देखि कुनखौरीबाट १ किलोमिटर पूर्व तथा मधुवनी बजारबाट ५ किलो मिटर पश्चिम उत्तरमा अवस्थित यस गाउमा एउटा ऐतिहासिक पोखरी किनारमा रहेको पिपलको प्राचिन रुख मुनि प्रतिवर्ष सौराठ सभा जेष्ठ देखि मेला लाग्ने गर्दछ । यस वर्ष मलेमास पर्ने भएकोले असारको सट्टा जेष्ठमै सौराठ सभा मेला लागेको छ । पोखरी नजदिक भगवान महादेवको ऐतिहासिक तथा प्राचिन मन्दिर रहेको छ । करिब दुई साता सम्म चल्ने यो सौराठ सभामा मैथिल ब्राह्मणहरु बेहुला खोज्न यस सभामा पुग्ने गर्दछ । यस सभामा विवाह हुने बेहुला परम्परागत रुपमा धोती, पाग, चन्दनको टिका र आँखामा गाजल लगाएर आफ्नो अभिभावकसंगै भुईमा ओलछ्याएको दरी चटाईमा बसेको हुन्छ । यदी कुनै केटी पक्षलाई केटा मन परायो भने त्यसको अभिभावकसंग कुराकानी गरेर बेहुलाको खन्दान उसको उमेर आर्थिक अवस्था सम्भावित दाईजो बारे पत्ता लगाउने प्रयास गरिन्छ । बेहुला पक्ष र बेहुली पक्ष वीच कुराकानी मिले पछि विवाहको लागि पञ्जिकार (पुरोहित) बाट परामर्श लिने गरिन्छ ।
पञ्जिकारसंग प्रत्येक मैथिल ब्राह्मण परिवारको पूर्ण वंशावली रहन्छ । पञ्जिकारले पात्रो हेरी केटा र केटीको विवाहको साईत हेर्ने गर्दछ । यसमा बेहुला पक्षको सात पुस्ता र बेहुली पक्षको पाँच पुस्ता वीच रगतको सम्बन्ध नदेखिएमा पञ्जिकारले विवाहको अनुमति दिने गर्दछ । यसमा एउटा अनौठो परम्परा “हथघडी” विधिले स्थान पाएको छ । जसमा बेहुलालाई बेहुली पक्षका विशिष्ठ मानिसहरुले बेहुलाको हात समातेर उठाउछ । तत्पश्चात बेहुला आफ्नो सासु, ससुरा तथा पुजनीय व्यक्तिको खुट्टा ढोगे पश्चात दुवै पक्ष एक अर्काको अंगालो हाली खुसी व्यक्त गर्दछ ।
समयको परिवर्तनसंगै पञ्जिकारको भुमिकामा समेत परिवर्तन आएको छ । पञ्जिकारले आफ्नो भुमिकामा परिवर्तन गरी धनाढ्य बेहुली पक्षको खोजीमा रहन्छ । बेहुला र बेहुली पक्ष वीच हुने दाईजोको विषयमा पञ्जिकारले टुंगो लगाउने गर्दछ । सौराठ सभाको सुरुवात मैथिल ब्राह्मणको कल्याण धनि गरिब ब्राह्मण वीचको भेदभाव हटाउनका लागि भए पनि ब्राह्मण समाज एकजुट भएर यो परम्परागत संस्कारको रक्षा गर्दै सुन्दर समाजको निर्माणको लागि सौराठ सभा निरन्तर राख्दै आएको सौराठ सभा विकास समितिका सचिव डा. शेखरचन्द्र मिश्रले बताउनु भयो ।

कालान्तरमा आएर सौराठसभाको ऐतिहासिक आकर्षन भने रहेको देखिदैन । कारण दाईजो प्रथा आधुनिकता र सरकारी उपेक्षाको कारण यो सभाको पौराणिकतामा ह«ास आउन थालेको छ । पहिले देश विदेशमा बस्ने मैथिल ब्राह्मणहरु ऋाफ्नो छोराछोरीको विवाहको लागि सौराठ सभामा भाग लिने गर्दथ्यो  । तर अब यो सभाको आवश्यकता देखिदैन । पढे लेखेको केटाको एउटा ठुलो वर्ग यस प्रकार खुल्लेआम सभामा लिलाम हुनबाट डराउने गर्दछन् । यद्यपी सौराठ सभामा भाग लिने परम्परा हराउदै गए पछि यस सभाको पौराणिकता र प्राचिनता कालान्तरमा आएर हराउदैँ गएको छ । अब यो मेला गरिब ब्राह्मणमा मात्र समिति हुन पुगेको छ । मधुवनीको स्थानीय प्रतिष्ठित ब्राह्मण समाजको मानिसहरु सौराठ सभालाई नयाँ स्वरुप दिनु पर्ने प्रयास गरिरहेका छन् ।
हराउँदै गएको यस्ता ऐतिहासिक सौराठ सभाको संरक्षणमा युवाहरु अगाडि आउनुपर्ने मधुबनी नाजीपुरका रामपृत पाण्डेको भनाई रहेको छ ।
वीरेन्द्र कर्ण

Wednesday, June 1, 2016

बिहारका पूर्व मन्त्री माझी यसै हप्ता जनकपुर आउने

कैलास दास
भारत बिहारका पूर्व मुख्यमन्त्री जितन राम माझी जनकपुर आउन लागेका छन् । ‘राष्ट्रिय मुसहर उत्थान समाज नेपाल’को प्रथम महाधिवेशनको प्रमुख आतिथिको रुपमा उहाँ जनकपुर आउन लागेको हो ।
यही जेष्ठ २५ गते जनकपुरको रंगभूमि मैदानमा हुन लागेको सो समाजको प्रथम अधिवेशनको प्रमुख आतिथिको रुपमा उनी जनकपुर आउन लागेको समाजका केन्द्रिय अध्यक्ष सिया सादाले जानकारी गराएका छन् ।

मुसहर जातिको उत्थान र संविधानमा अधिकार सुनिश्चिताका लागि गर्न लागेको प्रथम अधिवेशनमा नेपालका ३२ जिल्लाका मुसहर समुदायहरु सहभागी हुने अध्यक्ष सादाले समेत औल्याए ।
पूर्व मन्त्री माझी भिठामोड सडक हुँदै सो कार्यक्रममा सहभागी हुने छ । नेपालमा दुई दिवसीय कार्यक्रम अन्तर्गत पहिलो दिन जनकपुरको महाधिवेशनमा सहभागी हुने, मुसहर समुदायको सवरी कुट्टीकोे अवलोकन गर्ने र  भोली पल्ट सप्तरीको कटैयाखोपका लागि प्रस्थान गर्ने मुसहर समुदायका अगुवा नेता चन्देश्वर सादाले जनाएका छन् ।
पूर्व मुख्यमन्त्री माझी सप्तरीको दिनाभद्रीमा अवलोकन पछि पटनाका लागि प्रस्थान गर्ने छ । पूर्व मन्त्री माझी सहित १५ सदस्यीय जम्बो टोली सहित उनी आउने सादाले जानकारी गराए ।
समुदायका अगुवा नेता चन्देश्व सादाका अनुसार जातिय उत्थानका लागि नेपालमा पहिलो पटक यत्रो ठूलो महोउत्सव हुन गई रहेको छ । महोत्सवको तयारीका लागि विभिन्न समिति उपसमिति गठन गरिएको हो ।
नेपाल अधिराज्य भरिमा १२ लाख मुसहर समुदाय रहे पनि उनी शिक्षा तथा राजनीतिबाट वञ्चित रहेको समेत बताए ।
अधिवेशनको तयारी तिव्र गतिमा भई रहेको बताउँदै अधिवेशनमा १० लाखभन्दा बढी खर्च हुने दावी गरेका छन् ।

Monday, May 30, 2016

हरवा चरवा मञ्चले ज्ञापनपत्र बुझाए

जनकपुर । धनुषाका हरवा चरवा अधिकार मञ्च, धनुषाले दास प्रथाको अन्त्यको माँग गर्दै आईतवार जिल्ला प्रशासन कार्यालयमा १० बुँदे ज्ञापन पत्र बुझाएका छन् ।

अधिकार मञ्चका अध्यक्ष प्रभु मुखियाको नेतृत्वमा गएको टोलीले  हरवा चरवाको मुक्तिको घोषणा गरी सुरक्षित बास र परिवार संख्याको आधारमा जग्गा सहित पुनःस्थापित गराउनु पर्ने, उठीवासको घटना तत्काल बन्द गरी उनीहरुको नाममा रहेको सम्पूर्ण ऋण खरेजी गर्नुपर्ने, आवास विहिनी दलितलाई बसोवासको व्यवस्था गर्ने संवैधानिक व्यवस्थापन तत्काल बनाई कार्यान्वयन गर्नुपर्ने, केन्द्रिय र स्थानीय निकायको वार्षिक योजना तथा बजेटमा बस्तीमा खानेपानी, विजुलीको व्यवस्था हुनुपर्ने, श्रम अनुसारको ज्याला निर्धारण गरी कार्यान्वयन हुनुपर्ने लगायतका माँग राखेका छन् ।
यता ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी दिलिप चापागाईले यो ज्ञापन पत्र आफू अहिले नै नेपाल सरकार अन्तर्गत भूमिसुधार मन्त्रालयमा पठाई माँगका लागि पहल गर्ने बताए । उनले हरुवा चरुवा परम्पारलाई अन्त्यका लागि वातारण तयार पार्न आग्रह समेत गर्ने अश्वासन दिए ।
ज्ञापन पत्र बुझाउन गएका मध्येकाहरुले जमिन्दार वा गिरहतसँग घरासयी काजका लागि थोरै ऋण लिएपनि वर्षोवर्षदेखि पुस्तौपुस्ता कार्य गरेपनि अहिलेसम्म चुक्ता गर्न नसकेको बताउँदै थोरै मजदुरीमा हामीसँग कार्य गराउँदै आएको आरोप लगाए ।
उनीहरुले ३ विघादेखि ११ विघासम्म जमिन जोत्छौं । तर त्यस पारिश्रम वापत राम्रो उब्जनी नहुने वा पानी नलाग्ने, कमसल माटो भएको२देखि ५ कठासम्म जमिन दिंदै आएको बताए । शरीरले धानुञ्जेल नभनी काम गछौं पेट पाल्ने समस्या अहिले पनि कायम रहेको दुःखेसो पोखे ।  अन्तर्राष्ट्रिय श्रम संगठन २०१३ का प्रतिवेदन अनुसार पूर्व र मध्य तराईका सुनसरी, सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट र बारा लगायत ७ जिल्लामा ६९,७३८ जना हरवा चरवा परिवार रहेको ज्ञापन पत्रमा उल्लेख रहेको छ ।

दलितको साइकल गैर दलित पाएपछि.....

कैलास दास
जनकपुर । भारतीय सरकारद्वारा प्राप्त आर्थिक सहयोगबाट धनुषाका पाँच छात्राहरुले आईतवार साइकल पाएका छन् ।

जिल्ला विकास समितिको प्राङ्गणमा भएको ‘साईकल वितरण’ कार्यक्रममा धनुषाका ८३ वटा सरकारी विद्यालयमा अध्ययनरत छात्राहरु सो साइकल पाएका छन् । जिल्ला विकास समिति र भारतीय राजदूतावासबीच भएको सम्झौता अनुसार साइकल वितरण गरिएको छ ।
दलित तथा गरीब छात्राहरुलाई आएको साइकल ६० प्रतिशतभन्दा बढी गैर दलित सम्पन्न छात्राहरुले लिएपछि कार्यक्रममा नै विरोध गरेको थियो ।
एसएलसी पास भई सकेको तथा बोर्डिङ्ग स्कुलमा अध्ययनरत रहेका अधिकांश छात्राहरु सरकारी विद्यालयबाट स्रोसफोस्र लगाएर नाम समावेस गरी साइकल लिएको छ । दलितको नाउँमा आएका साइकल गैर दलित छात्राहरु लिएका छन् । सरकारी जागिरमा रहेका अभिभावक, वकिल, शिक्षक लगायत उच्च वर्गका छात्राहरुको नाम आएपछि कार्यक्रम स्थलमा नै बबाल भएको हो ।
दलित अधिकारकर्मी मुन्नी देवी दासले भारत सरकारले दिएको साइकल भारतको भावना एवं दलितप्रतिको अपहलेनाका साथै विभेदपूर्ण तरिकाले वितरण भएको कार्यक्रम स्थलमा नै आरोप लगाएका छन् ।
उनले साइकल वितरण भई रहेको बेलामा नै स्टेजमा पुगी साइकल वितरणमा दलित कम र गैर दलित बढी भएको जिकिर गर्दै वितरण कार्यक्रमको विरोध समेत जनाएका छन् । त्यसैगरी कार्यक्रम स्थलमा नै एउटा दास थर भएका अभिभावक बेहोस् भएका थिए । उनले आफू गरीब दलित भएपनि प्रध्यानाध्यक्षकलाई छोरीको नाम पटक पटक सिफारिस गर्न आग्रह गरेपनि नगरे र गैर दलितलाई समावेस गरेको आरोप लगाए ।
जिविस धनुषाले विद्यालयमा दलित छात्रा तथा गरीब विद्यार्थी छनौटका लागि जिल्ला शिक्षा कार्यालयलाई दिएको थियो । जिसिकाका स्रोत व्यक्तिले तयार पारेको नामावलीका अनुसार सो साइकल वितरण गरिएको जनाइएको छ ।
जिविसका नि स्थानीय विकास अधिकारी राजकिशोर साहको अध्यक्षतामा भएको ‘साइकल वितरण’ कार्यक्रमका प्रमुख अतिथि  भारतीय राजदूतवासका सेकेण्ड सेक्ट्ररी ज्ञानवीर सिंहले छात्रालाई साइकलका साँचो हस्तान्तरण गरेका छन् । प्रमुख अतिथि सिंहले विकासका लागि स्वास्थ्य र शिक्षा आवश्यक भएकाले खासगरी दलित तथा गरीब छात्राहरुलाई प्रोत्साहन एवं शिक्षाप्रति जनचेतना जगाउने उद्देश्यले भारत सरकारले छात्राहरुलाई साइकल प्रदान गरेको बताएका छन् । उनले शिक्षा प्राप्तबाट मात्र आत्मनिर्भर बन्न सकिन्छ । जसरी साइकलमा दुईवटा पांग्रा हुन्छ त्यसरी नै जीवन आत्म निर्भर बनाउनका लागि शिक्षा र स्वास्थ्य आवश्यक रहेको छ ।
सेक्टरी सिंहले एउटा महिला शिक्षिता भएमा एउटा परिवारको विकास हुन्छ र एउटा परिवार शिक्षित भएपछि पुरै समाजका विकास र समाजले देशको विकास हुन्छ । तसर्थ हरेक क्षेत्रको विकासका लागि छात्राहरुको लागि शिक्षा आवश्यक रहेको औल्याए ।
्त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले विकासहरुको विकास तथा उत्थानका लागि शिक्षा आवश्यक भएकोले छात्रछात्रा समान रुपमा शिक्षा क्षेत्रमा अगाडि आउन आग्रह गरे । अधिकारी लामिछानेले भारत सरकारको शिक्षाप्रतिको यो लगानीय साह्ै सराहनीय रहेको समेत औल्याए ।
समाजसेवी ई.प्रकाशचन्द्र साहले महिला शिक्षाका बारेमा विशेष प्रकाश पारेका थिए । साइकल वितरण कार्यक्रममा विभिन्न दलका प्रतिनिधिहरु समेत सहभागी भएका थिए । प्रत्येक स्कूलबाट ३देखि ६ वटा छात्राहरु छनौट गरेको जिल्ला शिक्षा कार्यालयले जनाएका छन् ।
विगत वर्षमा नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर जानकी दर्शन गर्ने क्रममा साइकल वितरणगर्ने कार्यक्रम रहेको थियो । तर राजनीतिक अस्थिरतका कारण आउन नसक्दा २६ जनवरीका दिन सो साइकल वितरण गर्ने कार्यक्रम तय गरेको थियो ।

Friday, May 27, 2016

खानेपानीको पौने दुई करोड रुपैया असुल बाँकी

कैलास दास
जनकपुर उपमहानगरपालिका भित्रमा नेपाल खानेपानी संस्थानको कार्यालय प्रारम्भदेखि अहिलेसम्म एक करोड ७१ लाख ३४ हजार ४ सय ६७ रुपैया उपभोक्ताहरुमाथि बाँकी रहेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख सुरेश कुमार महतोले सरकारी तथा सार्वजनिक धाराका उपभोक्ताहरुमाथि ठूलो महसुल बाँकी रहेकोले संस्थान घाटामा गई रहेको जनाएका छन् ।

आम उपभोत्ताको सुविधालाई ध्यानमा राखी जनकपर नगर क्षेत्र भित्र जडान गरिएको सार्वजनिक धाराबाट दैनिक ३० प्रतिशत पानी चुहावट हुने गरेको छ । नेपाल खाने पानी स्थान जनकपुर शाखाले जनग क्षेत्र भित्र जडान गरेको खाने पानीको १२ वटा सार्वजनिक धाराबाट दैनिक ४ लाख ४८ हजार रुपैया मूल्य बराबरको ८ लाख लिटर पानी चुहावट हुने गरेको छ ।
स्थानले आम उपभोत्ताको सुविधाको लागी राखिएको ४२ वटा सार्वजानिक धारा मध्ये नगर क्षेत्रभित्र रहेका १२ वटा सार्वजानिक धाराहरु मात्र संचालनमा रहेको छ । ती धाराहरु बिगे्रको,टुकि नभएकोले अनवरत रुपमा पानी चुहिने गरेकोले संस्थानले ४ लाख ४८ हजार रुपैया दैनिक रुपमा घाटा बेहर्नु परेको संस्थानका प्रमुख सुरेश कुमार महतोले बताएका छन ।
निजि,सार्वजानिक तथा सरकारी कार्यलय समेत गरी ३ हजार २३३ धाराहरु रहेकोमा संस्थानले दैनिक १ लाख ५० हजार मरुल्य बराबरको २६ लाख ७० हजार लिटर पानी छार्ने गरिन्छ । बढदो जनसंख्याको चाप उपनगरपानिलका भएपछि नगर क्षेत्रमा दैनिक ७२ लाख ५० हजार लिटर पानीको मांग भएपनि संस्थानले हाल दैनिक २६ लाख ७० हजार लिटर पानी वितरण गर्ने गरेको सो कार्यलयले जनाएको छ ।
जमिन मुनी ६४ फीट तल करिब४० वर्ष पुरानो पाइपहरु रहेकोले त्यस्ता पाइपहरु बिगे्रको,खियालागेको,टुटफुट भएको,चर्केको तथा मर्मत संभार हुन नसकेकोले कतिपय ठाउँमा खाने पानी पाइपबाट फोहर पानी समेत निस्किने गरेकोले उपभोत्ताहरुको स्वास्थमा प्रत्यक्ष असर पर्ने गरेको उनीहरुको गुनासो छ । खाने पानी संस्थानले वितरण गर्ने पानी खाने योग्य नभएको,कालो लेदो मिश्रित पानी आउने गरेकोले त्यस्ता पानी भाडा वर्तन र कपडा धुनमा प्रयो गर्ने गरेको छु( जनकपुर उपमहानगरपालिका वाड नं. ६ का मोहम्द हैदर खान भन्छन(स्वच्छ तथा सफा पानी खान आफुले ४ सय फिटमा टयूवेल जडान गरी पानी खाने गरेको छु ।
यता एसियाली विकाश बैंक(एडीबी) ले पेठिया,क्याम्पस चौक लगायतका ठाउँमा नाला निर्माण गर्ने क्रममा खाने पानीको पाइप तोडने,भत्काउने तथा भाच्ने गरेकाले त्यस भेगका एक हजार भन्दा बढि उपभोत्ताहरु खाने पानी प्रयोग गर्नबाट बञ्चित रहेको संस्थानले जनाएको छ । बढदो जनसंख्याको चाप,नयाँ नयाँ घर निर्माण हुनु तथा नजिकका गाउँहरु नगरपालिकामा गाभिएपछि खानेपानीको मांग बढेपछि ४५ लाख ८० हजार लिटर पानी अपुग भएको छ भने त्यसकोलागी कमतीमा ५० किलो मिटरसम्म पाइप जडान गर्नु पर्ने भएपनि बजेटको अभावले मांग अनुसारको पानी आपुर्ति गर्न नसकिएको बताएको छ ।
कार्यलयबाट प्राप्त तथ्यांक अनुसार २०७२ माघ सम्ममा धारा जडान वापत ४५ लाख ४८ हजार ७ सय ९३ रुपैया,बिलिङ्गबाट आम्दानी गरिएको छ भने सायन देखी २०७३ बैषाख सम्ममा ४२ लाख ५७ हजार ४ सय ९० रुपैया राजस्व संकल्न गरिएको छ । त्यस्तै ग्राहक तथा सरकारी कार्यलयहरु माथि हालसम्म १ करोड ७१ लाख ३४ हजार ४ सय ६७ रुपैया ८२ पैसा बकयौता रकम बाकी भएकोले सो रकम बरझायन सम्कन्धित निकायलाई पत्रचार गरिएको प्रमुख महतोले बताए ।
कर्मचारीको अभाव जनसंख्या बढेको हिसाबले पाइप लाइनको विस्तार नहुनु बजेटको अभावको कारण संस्थानले उपभोत्ताहरुको मांग अनुसारको पानी आपुर्ति गर्न नसकिएको हो । नेपाल सरकारले आम उपभोत्ताको सहुलियतको लागी नगर क्षेत्रको विभिन्न ठाउँमा सार्वजानिक धारा जडान गरिएपनि कर्तव्य बोधको अभावको कारण स्थानीय जनताले त्यस्ता धाराको संरक्षण गर्न नसकेकोले खाने पानी चुहावट बढदै गएको छ ।

सरकारी कार्यालयमाथि बाँकी महसुल
जनकपुर भन्सार कार्यालय         रु. १८३०२।१२
जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय     रु. ४७,५३३३
नेपाल विद्युत प्राधिकरण         रु. १४९७८७
कृषि विकास शाखा कार्यालय     रु.२२९०६८।४७
कृषि विकास शाखा अन्तर्गत,कृषि सेवा केन्द्र रु.२२१४९।७५
क्षेत्रीय पशु सेवा निर्देशनालय         रु.२२६०६।९९
राइजोवियम प्रयोगशाला         रु.४५५६९।४०
कृषि विकास शाखा कार्यालय     रु.७०,४५९।५५
नेपाल स्काउट कार्यालय         रु.१५८४५
निजी व्यक्तिमाथिमा रहेको महसुल बाँकी
हिरालाल शर्मा             रु. ३५१२०
शंकर साह रौनियार         रु. ३७०१३
सावित्री देवी             रु. ३२२२०
कूल बहादुर सिंह             रु. २७०४५
बिणा साह             रु. २४७२०


Wednesday, May 25, 2016

नाम आ बदनाम

कैलास दास

जानकी एतह जन्म लेलन्हि

तँ जनकपुर धाम अछि ।

देश—विदेश मे नाम अछि,

मुदा एहि ठाम बदनाम अछि ।।


मठ—मन्दीर आ सर—सरोवर

एतह के पहिचान अछि ।

मुदा ओकर आगा—पाछामे

मांस—मछरी आ दारु के दोकान अछि

तँयौ हमर जनकपुर महाने—महान अछि



आदर्श नारी के सेहो एहि ठाम

बड नाम अछि,

मुदा अखन

गल्ली—गल्ली आ लाँज मे

खुलेआम नारी बदनाम अछि ।




मिथिला के डोमो बड महान अछि,

जकर रामायाणो मे उखान अछि ।

मुदा

अखन अपन कर्म सँ ब्राह्मणो बदनाम अछि,

दोसर समुदाय के त नामे नाम अछि ।।



धर्म—कर्म मे जनकपुरक लोक के बडा नाम अछि,

पाप—नास के ई स्थान अछि

मुदा, मन्दीर तोडि आ नदी भथि

खेत आ घर निर्माण मे धर्मो के नहि ज्ञान अछि

तँयौ हमर जनकपुर महाने—महान अछि



 मठ मन्दिर के बाबा सबके

सेहो बडका नाम अछि

जग्गा बेचि परिवार बनाबएमे

सदिखन हुनकर ध्यान अछि

तँयौ हमर जनकपुर महाने—महान अछि


देश—विदेश मे बड नाम अछि

मुदा, एहि ठाम बदनाम अछि ।।