Monday, May 30, 2016

दलितको साइकल गैर दलित पाएपछि.....

कैलास दास
जनकपुर । भारतीय सरकारद्वारा प्राप्त आर्थिक सहयोगबाट धनुषाका पाँच छात्राहरुले आईतवार साइकल पाएका छन् ।

जिल्ला विकास समितिको प्राङ्गणमा भएको ‘साईकल वितरण’ कार्यक्रममा धनुषाका ८३ वटा सरकारी विद्यालयमा अध्ययनरत छात्राहरु सो साइकल पाएका छन् । जिल्ला विकास समिति र भारतीय राजदूतावासबीच भएको सम्झौता अनुसार साइकल वितरण गरिएको छ ।
दलित तथा गरीब छात्राहरुलाई आएको साइकल ६० प्रतिशतभन्दा बढी गैर दलित सम्पन्न छात्राहरुले लिएपछि कार्यक्रममा नै विरोध गरेको थियो ।
एसएलसी पास भई सकेको तथा बोर्डिङ्ग स्कुलमा अध्ययनरत रहेका अधिकांश छात्राहरु सरकारी विद्यालयबाट स्रोसफोस्र लगाएर नाम समावेस गरी साइकल लिएको छ । दलितको नाउँमा आएका साइकल गैर दलित छात्राहरु लिएका छन् । सरकारी जागिरमा रहेका अभिभावक, वकिल, शिक्षक लगायत उच्च वर्गका छात्राहरुको नाम आएपछि कार्यक्रम स्थलमा नै बबाल भएको हो ।
दलित अधिकारकर्मी मुन्नी देवी दासले भारत सरकारले दिएको साइकल भारतको भावना एवं दलितप्रतिको अपहलेनाका साथै विभेदपूर्ण तरिकाले वितरण भएको कार्यक्रम स्थलमा नै आरोप लगाएका छन् ।
उनले साइकल वितरण भई रहेको बेलामा नै स्टेजमा पुगी साइकल वितरणमा दलित कम र गैर दलित बढी भएको जिकिर गर्दै वितरण कार्यक्रमको विरोध समेत जनाएका छन् । त्यसैगरी कार्यक्रम स्थलमा नै एउटा दास थर भएका अभिभावक बेहोस् भएका थिए । उनले आफू गरीब दलित भएपनि प्रध्यानाध्यक्षकलाई छोरीको नाम पटक पटक सिफारिस गर्न आग्रह गरेपनि नगरे र गैर दलितलाई समावेस गरेको आरोप लगाए ।
जिविस धनुषाले विद्यालयमा दलित छात्रा तथा गरीब विद्यार्थी छनौटका लागि जिल्ला शिक्षा कार्यालयलाई दिएको थियो । जिसिकाका स्रोत व्यक्तिले तयार पारेको नामावलीका अनुसार सो साइकल वितरण गरिएको जनाइएको छ ।
जिविसका नि स्थानीय विकास अधिकारी राजकिशोर साहको अध्यक्षतामा भएको ‘साइकल वितरण’ कार्यक्रमका प्रमुख अतिथि  भारतीय राजदूतवासका सेकेण्ड सेक्ट्ररी ज्ञानवीर सिंहले छात्रालाई साइकलका साँचो हस्तान्तरण गरेका छन् । प्रमुख अतिथि सिंहले विकासका लागि स्वास्थ्य र शिक्षा आवश्यक भएकाले खासगरी दलित तथा गरीब छात्राहरुलाई प्रोत्साहन एवं शिक्षाप्रति जनचेतना जगाउने उद्देश्यले भारत सरकारले छात्राहरुलाई साइकल प्रदान गरेको बताएका छन् । उनले शिक्षा प्राप्तबाट मात्र आत्मनिर्भर बन्न सकिन्छ । जसरी साइकलमा दुईवटा पांग्रा हुन्छ त्यसरी नै जीवन आत्म निर्भर बनाउनका लागि शिक्षा र स्वास्थ्य आवश्यक रहेको छ ।
सेक्टरी सिंहले एउटा महिला शिक्षिता भएमा एउटा परिवारको विकास हुन्छ र एउटा परिवार शिक्षित भएपछि पुरै समाजका विकास र समाजले देशको विकास हुन्छ । तसर्थ हरेक क्षेत्रको विकासका लागि छात्राहरुको लागि शिक्षा आवश्यक रहेको औल्याए ।
्त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले विकासहरुको विकास तथा उत्थानका लागि शिक्षा आवश्यक भएकोले छात्रछात्रा समान रुपमा शिक्षा क्षेत्रमा अगाडि आउन आग्रह गरे । अधिकारी लामिछानेले भारत सरकारको शिक्षाप्रतिको यो लगानीय साह्ै सराहनीय रहेको समेत औल्याए ।
समाजसेवी ई.प्रकाशचन्द्र साहले महिला शिक्षाका बारेमा विशेष प्रकाश पारेका थिए । साइकल वितरण कार्यक्रममा विभिन्न दलका प्रतिनिधिहरु समेत सहभागी भएका थिए । प्रत्येक स्कूलबाट ३देखि ६ वटा छात्राहरु छनौट गरेको जिल्ला शिक्षा कार्यालयले जनाएका छन् ।
विगत वर्षमा नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर जानकी दर्शन गर्ने क्रममा साइकल वितरणगर्ने कार्यक्रम रहेको थियो । तर राजनीतिक अस्थिरतका कारण आउन नसक्दा २६ जनवरीका दिन सो साइकल वितरण गर्ने कार्यक्रम तय गरेको थियो ।

No comments:

Post a Comment