Wednesday, March 20, 2019

साँसद साहद्वारा निःशुल्क भोजन



जनकपुरधाम, ६ चैत । प्रदेश साँसद सुरिता साह र समाजसेवी परमेश्वर साहले संयुक्त रुपमा परिक्रममा सहभागी तिर्थयात्रुहरुलाई निःशुल्क भोजन गरेका छन् ।
नेपाल भारत गरी १सय ३३ किलोमिटर माध्यमिक परिक्रममा गरी जनकपुर पुगेका तीर्थालुहरुलाई साँसद साहले आफ्नै निवास अगाडि निःशुल्क भोजन गराएका छन् । बुधवार विहानदेखि जनकपुर उपमहानगरपालिका ७ र ११ मा निःशुल्क भोजनमा गराएको जनाएका छन् ।
परिक्रममा सहभागी ७ हजार बढी साधुसन्त तथा यात्रुहरुले भोजन गरेको साँसद साहले बताएकी छन् । उनले जनकपुरधाम धार्मिक एवं पर्यटकीयस्थल रहेकोले यात्रुहरुलाई कुनै प्रकारको भोजनमा असहजता नहोस् त्यसलाई मध्यनजर गरी सेवा गरेको बताएका छन् ।

No comments:

Post a Comment