Sunday, March 24, 2019

‘धनुषाका २९वटा सरकारी कार्यालय मुआब्जा नतिरी भोगचलनमा’


कैलास दास
जनकपुरधाम, १० चैत्र । गुठी संस्थान जनकपुर शाखाको जग्गामा धनुषाका २९ वटा बढी सरकारी कार्यालयहरुले अहिलेसम्म मुआब्जा नतिरी कार्यालय सञ्चालन गर्दै आएको जनाइएको  छ ।
गुठी अधिनस्थ रहेको करीब ६६ विघा जग्गामा सो कार्यालयहरु छ । नेपाल सरकारका ठूलादेखि साना कार्यालयहरुले अहिलेसम्म गुठीको जग्गा वापत तिर्नुपर्ने मुआब्जा नतिरी अहिलेसम्म कार्यालय सञ्चालन गर्दै आएको गुठी संस्थान शाखा कार्यालय जनकपुरधामका प्रमुख मनोज कुमार शर्माले बताएका छन् । प्रमुख शर्माले भने ‘अहिलेसम्मको तथ्यांकमा रकम नबुझाई जग्गा भोगचलन गर्दै आएको हो ।’



लिजामा बस्देवास्त गरेको यी जग्गाहरु
जनकपुरधाम उपमहानगरपालिकालाई प्रतिवर्ष सात लाख ५० हजार रुपैया, विश्वभारती फाउण्डेशनलाई १ लाख ८० हजार रुपैया, राष्ट्रिय खेलकुद विकास परिषद ९ लाख रुपैया, महेन्द्रनारायण स्मृति प्रतिष्ठानलाई  प्रतिवर्ष कट्ठा ३ मनका दरले बुझाउनु पर्ने, मिथिला नाट्यकला परिषदलाई प्रतिकट्ठा पाँच हजार रुपैया, नेपाल सरकार संस्कृत पर्यटन तथा नागरिक उड्डयन कार्यालय प्रतिवर्ष प्रतिकट्ठा पाँच हजार रुपैया, रामनारायण मिश्र चिन्तनलाई प्रतिवर्ष प्रतिकट्ठा पाँच हजार रुपैयामा लिजमा जग्गा उपलब्ध गराइएकोे गुठी संस्थान जनकपुरशाखाका प्रमुख मनोज कुमार शर्माले जनाएका छन् ।


चरण परीक्षण तथा विउ वृद्धि फारम ३७ विघा ४ कट्ठा, कृषि विकास शाखा १ विघा ११ कटठा, खाद्य तथा कृषि बजार सेवा कार्यालय १० कट्ठा,पशु विकास तथा पशुस्वास्थ्य शाखा १ विघा १२ कट्ठा, जिल्ला शिक्षा कार्यालय १ विघा ६ कट्ठा, धनुषा जिल्ला अदालत १ विघा ८ कट्ठा, नेपाल परिवार नियोजन संघ करीब ४ कट्ठा, जिल्ला प्रहरी कार्यालय १ विघा साढे पाँच कट्ठा, अञ्चल प्रहरी कार्यालय ४ विघा साढे ९कट्ठा, नेपाल रेडक्रस सोसाइटी करीब ४ कट्ठा, सहरी विकास तथा भवन निर्माण डिभिजन १ विघा साढे पाँच कट्ठा, महिला विकास सेवा केन्द्र ४ कट्ठा, रासस धनुषाको कार्यालय डेढ कट्ठा रहेको छ ।

गुठी संस्थान अन्तरगत रहेको जग्गा
गुठी अधिनस्थ रहेको जग्गा ७१२ विघा, १ कट्ठा, तैनाथी गुठीको जग्गा १७४३ विघा १० कट्ठा, १३ धूर, रैतान नम्वरी जग्गा ३६१०३ विघा, १० कट्ठा, ४ धुर रहेको गुठी संस्थान जनकपुर शाखाले जनाएको छ ।
ती मध्ये राममन्दिर, जानकी मन्दिर, लक्ष्मण मन्दिर, सुगामधुकरही स्थान, कपिलेश्वरनाथ स्थान, हनुमान मन्दिर, रत्नसागर मन्दिर, बरही कुट्टी, गिरनारी कुटी, सुब्बा कुटि, जनक मन्दिर, राधाकृष्ण भगवान वीरपुर कुटी लगायतलाई सांस्कृतिक संरक्षण सम्बद्र्धन एवं मठ मन्दिरको जिर्णोधारका लागि प्रदान गरिएको गुठीले जनाएका छन् ।


त्यस्तै जिल्ला विकास समन्वय समिति करीब २ विघा, मध्यमाञ्चल क्षेत्रीय पशु सेवा तालिम केन्द्र करीब १२ कट्ठा, बाल मन्दिर करीब ४ कट्ठा, नेपाल स्काउट धनुषा साढे तीन कट्ठा, सीताराम गौशाला करीब साढे आठ कट्ठा, खेलकुद परिषद करीब साढे चार कट्ठा, अतिथि गृह जनकपुरधाम १२ कट्ठा, जनकपुर अञ्चल अस्पताल ३ विघा साढे २ कट्ठा, पुरनावेदन अदालत करीब एक विघा, जनकपुरधाम उपमहानगरपालिका साढे पाँच कट्ठा, जिल्ला वन कार्यालय करीब एक विघा, विभाग २ विघा १४ कट्ठा, वडा प्रहरी कार्यालय २ विघा, पुनरावेदन सरकारी वकिलको कार्यालय करीब १० कट्ठा, जिल्ला प्रहरी कार्यालय १७ कट्ठा जग्गामा निर्माण भएको छ । तर अहिलेसम्म रकम नतिरेको प्रमुख शर्माले गुनासो पोखेका छन् ।

No comments:

Post a Comment