Wednesday, March 20, 2019

हाईमास्किन लाइन जडान


जनकपुरधाम, ६ चैत । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ वशिष्ट चौकमा हाईमास्किन लाइन जडान गरिएको छ । यस वार्डमा २ वटा सो लाइट जडान भएको हो ।
जनकपुरधाम उपमहानगरपालिकाका वडा नं. ७ का वडा अध्यक्ष जानकी राम साहको अध्यक्षतामा मेयर लालकिशोर साहले स्वीच थिचेर लाइटको बत्ती जलाएका छन् । जनकपुरधाम अस्थायी राजधानी घोषणा पश्चात् जनकपुरधाममा सवारीको चाप बढ्न थालेकोले दुर्घटनालाई मध्यनजर गरी त्यहाँ सो लाइटको जडान गरिएको वडा अध्यक्ष जानकी राम साहले पत्रकारहरुलाई बताएका छन् ।
वडा अध्यक्ष साहले वडा नं. ७मा अहिलेसम्म दुईवटा हाईमास्किन लाइन जडान गरिसकेको भन्दै अगामी दिनमा पनि यसरी नै आवश्यक कार्यहरु गर्ने जिकिर गरेका छन् । उनले आफू निर्वाचनको बेलामा गरेको प्रतिबद्धता अनुसार यस वार्डको विकास गर्ने प्रतिबद्धता पनि जनाएका छन् । वडा अध्यक्ष साहले जनकपुरको मुटु भनिने रामानन्द चौक र भानु चोकमा पनि यसरी नै सो लाइट जाडन गर्ने प्रयास रहेको बताएका छन् ।

No comments:

Post a Comment