Tuesday, March 26, 2019

उपमहानगरपालिकामा मेस्तर कर्मचारी ४५ जना, तलव निकास ६५ जनाको


जनकपुरधाम, ११ चैत्र । जनकपुरधाम उपमहानगरपालिकाको सफाई शाखामा ठूलो घपलाबाजी हुने गरेको सोमवार खुलासा भएको छ । उपमहानगरपालिकामा दैनिक कामदारको रुपमा मेस्तर कर्मचारीहरु ४५ जना मात्र रहेपनि सो सफाई शाखाबाट ६५ जनाको रकम निकासा हुने गरेको खुल्न आएको हो ।
दुई महिनादेखि तलव नपाएको दैनिक कामदारको रुपमा रहेको ४५ जना मेस्तरहरुले सोमवार पत्रकार सम्मेलन गरी आफ्नो गुनासो पोखेका छन् । उनीहरुले ज्यालादारीमा कार्य गरेपनि दुई महिनादेखि तलव नपाउँदा परिवार धान्न धौधौ परेको बताएका छन् । उनीहरुले तलव माँग्न जादा बोर्ड मिटिङ्गबाट पास भएपछि मात्र विचार हुने भनेर फर्काउँदै गरेको उनीहरुले पत्रकारसम्मेलनमा गुनासो पोखेका छन् ।

एकदिन पांकिङ्ग खाँदा पाँच हजार कट
जनकपुरधाम उपमहानगरपालिकामा दैनिक ज्यालादारीमा कार्यरत रहेका अरुण मेस्तरले एक दिन धोखाले पांकिङ्ग खाएपछि मेरो तलवबाट ललन लाल कर्णले पाँच हजार रुपैया काटेको उनले गुनासो पोखेका छन् । उनले भने, ‘धेरै यस्ता कर्मचारीहरु पान पराग लगायतको सुर्तीजन्य खाएर भनेपनि उनीहरुलाई केही नगरेको तर आफूले एक दिन पांकिंग खाएको देखेपछि पाँच हजार रुपैया तलवबाट काटेको कहाँ न्याय हो ।’ उनले सफाई सुपरवाइजर कर्ण मेस्तरहरुलाई हेपेर दवंगशैलीमा कार्य गराउँदै आएको बताएका छन् ।

पत्रकार सम्मेलनमा मेस्तर कर्मचारीहरुले भने, ‘आफूहरु स्कूल, कलेज तथा क्लिनिकहरुमा कार्य गरिरहेका थिए । त्यो बेलामा उपमहानगरपालिका तिमीहरुलाई स्थायी नियुक्त दिनेछ भन्दै बुलाएका थिए । तर एक वर्षदेखि अश्वासन मात्र दिदै आएको हो ।’ संघीय सरकारले कर्मचारी समायोजनको पत्र काटेपछि आफूहरु अहिले कहीकतैको रहेन उनीहरुले दुखेसो पोखे ।
फर्जी साइन गरी मासिक ३ लाख ६० हजार
जनकपुरधाम उपमहानगरपालिको सफाई शाखामा फर्जी साइन वा अँगुठा लगाएर मासिक ३ लाख ६० हजार रुपैया उपमहानगरपाकिलाका सफाई इन्चार्ज ललन लाल कर्णले उठाउँदै आएको स्रोत खुल्न आएको छ । सफाई कर्मचारीहरुले नै सोमवार पत्रकार सम्मेलन गरी ज्यलादारीमा ४५ जना कर्मचारीहरु छन् तर तलवी लिस्टमा ६५ जनाको तलव निकासा हुँदै आएको छ । यसरी हेर्दा २० जना ज्यालादारी कर्मचारीको रकम ललन कर्णले उठाउँदै आएको छ । उनी एक्कै खाने गरेको हो, कि अरुलाई पनि खुवाउने गरेको छ त्यो थाहा नभएको पनि पत्रकार सम्मेलनमा बताएका छन् ।


‘सफाई सुपरवाइजर लालन लाल कर्णले २०७४ साल माघ÷फागुन महिनामा मेस्तरहरुलाई घरघरबाट उपमहानगरपालिकामा बोलाएर ल्याएका थिए । अब कतै कार्य गर्नुपर्दैन, तिमीहरुलाई उपमहानगरपालिकामा नै स्थायी नोकरी गराई दिन्छौंं भनेका थिए’ मेस्तर समुदायका सफाई लिडर कुशेश्वर मेस्तरले भने ‘अहिलेसम्म तलव पनि दिदै नै आएको छ ।’
उनले भने ‘ज्यालादारीमा ४५ जना मेस्तरकर्मचारीहरु छन् । तर तलवी चार्ट ६५ जनाको बन्दै छ । हामीहरु मध्ये नै धेरैजनासँग अँगुठा छाप लगाएर ६५ जनाको तलव निकासा गर्दै आएको हो ।’ सफाई सुपरवाइजर लालन लाल कर्ण मेस्तर कर्मचारीको तलवबाट पनि बेलाबेलामा रकम झिक्ने गरेको उनीले दोहोर्याएका छन् ।
मेस्तर समुदायका सफाई लिडर कुशेश्वरले भने ‘मासिक रुपमा कर्णले ३ लाख ६० हजार फर्जी साइन वा अँगुठा लगाएर उपमहानगरपालिकाबाट रकम झिक्ने गरेको छ । त्यति मात्र होइन, मेस्तर कर्मचारी ढिलो आएमा न्यूनतम तलवबाट पनि काट्ने गरेको हो ।’ उनले तलव उपलब्ध गराई दिन र उपमहानगरपाकिलामा स्थायी गराई दिन पत्रकारहरुलाई गुहारोको बताए ।
मलाई केही थाहा छैन ः मेयर साह
जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर साहले सबैको बेग्लाबेग्लै फाँट छ । सबैलाई जिम्मेवारी दिएको छ । मेस्तर कर्मचारीहरुले तलव सम्बन्धी गरेको गुनासो जायज हो । तर नभएको कर्मचारीको तलव पनि उठाएर खाने गरेको सुन्दा आफू पनि  छक्क परेको छु । मेरो अनुसार त्यसो नहुनुपर्ने हो । उनले भने, ‘त्यो भए छानबिन हुन्छ । मेरो अनुसार उनीहरुले आबेस त्यसो भनेको होला । सत्य भएमा त्यस्तामाथि कारवाही हुन्छ ।’

कुशेश्वरले भने ‘उपमहानगरपालिकाका मेयर लालकिशोर साहसँग भेटन खोज्दा त्यहाँसम्म जान पनि दिदैन । सफाई सुपरवाइजर म छु, मसँग नै भनेर हेप्ने गर्दै आएको छ ।’ दलित, अशिक्षित, पहुँच नभएकाहरुलाई यसरी हेप्दाहेप्दा र तलव नपाएपछि बाध्य भएर पत्रकारहरुलाई गुहारोको उनले बताएका छन् ।
उपमहानगरपालिकामा स्थायी कर्मचारी ३७ जना र करारमा १२ जना रहेको छ ।


No comments:

Post a Comment