Tuesday, November 27, 2018

धनुषामा ११ महिनामा १८ महिला बलत्कृत


जनकपुरधाम, १० मंसिर । धनुषामा ११ महिनामा १८ जना महिला बलत्कृत तथा १० जना महिलामाथि बलात्कारको प्रयास भएको तथ्यांक बाहिर आएको छ ।
इन्सेक धनुषाले सोमवार पत्रकार सम्मेलन गरी नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ का लागि वार्षिक पूर्व समिक्षा कार्यक्रममा प्रस्तुत गरेको तथ्यांकमा सो कुरा उल्लेख रहेको छ ।
तथ्यांक अनुसार गैर राज्यपक्षबाट ६ जना महिला र ५ जना पुरुष गरी ११ जनाको हत्या भएको उल्लेख छ । त्यस्तै बोक्सीको आरोपमा ६ महिलालाई कुटपिट तथा गाली बेइज्जती, ३ जना महिलालाई मानव बेचबिखन तथा ओसारपसार, महिला हिंसा ४७ जना, सार्वजनिक अपराध २, बम बिष्फोटमा घाइते १ जना, बालविवाह १ जना बाल अधिकार हन्न १ जना गरी महिला ६५ जना तथा पुरुष ७ गरी ७२ जना ११ महिनामा हिंसा पीडित रहेको उल्लेख छ ।


त्यस्तै बहु विवाह ६ जना, दाइजोको कारण हिंसा २ जना गरी ३६ जना महिला हिंसा घटना भएको इन्सेक प्रतिनिधि विनोद कुमार महराले जानकारी गराएका छन् ।
इन्सेक नेपालका प्रदेश नं. २ का अध्यक्ष राजु पासमानको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी प्रदीप राज कडेलले महिला तथा लैगिंक हिंसामा वृद्धि हुनु दुःखद रहेको भन्दै अपराध न्यूनिकरण तथा मानव अधिकार संरक्षण सम्बद्र्धनका लागि सुरक्षा निकाय सधै तत्पर रहेको बताएका छन् ।
कार्यक्रममा महिला अधिकारकर्मी, वकिल, सामाजिक अभियन्ता तथा नागरिक समाजको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment