Wednesday, November 21, 2018

‘चिसोमा झोपडी खोज्दै नानीहरु’


जनकपुरधाम, ५ मंसिर । ‘हामीलाई न त भगवान रहेछ, न त इन्सान, सरकारको त कुरै छाडौ । खुल्ला आकाशमुनि सुत्न बाध्य भएपनि कसैले हेर्नसम्म आएको छैन’ अनिता मेस्तरनीले दुखेसो सुनाइन ।
‘कार्तिकको अन्तिम सातादेखि जनकपुरधाम लगायत तराई÷मधेशमा चिसो बढ्न थालेको हो । चिसो बढिरहेको बेलामा मेस्तर समुदायका स—साना केटाकेटीहरु खुल्ला आकाशमुनी सुत्न बाध्य छन् । केही दिनदेखि लगातार एकएक गरी मेस्तर समुदायको घरहरु भत्काउन लगाएपनि कसैले दुःखेसोसम्म सुन्न आएको छैन’ अनिताले भनिन ।
‘३ वर्षदेखि १५वर्षसम्मको ६ वटा केटाकेटीहरु छन् । ३० वर्षदेखि यसै ठाउँमा झोपडी बनाएर जसोतसो गुजरबसर गर्दै आएका थियौ । अचानक झोपडी भत्काइएको छ । कहाँ गएर बसौ ! घर भाडा पनि हामीहरुलाई दलित भनेर कसैले दिदैन । पैसा पनि छिैन’ संगीता मेस्तरनीले रुदै भनिन ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ मा रेल्वे विस्तारको क्रममा करीब ४० जना मेस्तर समुदायहरुको घरहरु भत्काइएको छ । दिन्हु कमाउने र दिनहुँ खाने गरेको यी समुदाय अहिले साडीको छाउनी बनाए केटाकेटीहरुलाई सुताउन बाध्य भएपनि कसैले घुरेर आएको छैन । अति पिछडिएका समुदायमध्ये मेस्तर समुदायहरु रहेको छ ।

निर्वाचनको बेलामा नेताहरुले दलित समुदायलाई नै अगुवा बनाएर चुनाव जित्ने गरेको छ । तर अहिले मेस्तर समुदायमाथि ठूलो विपत परेको बेलामा कसैले हेर्नपनि नआउनु हामी सबै ठाउँबाट उपेक्षित रहेको बुझेका छौ  मेस्तर समुदायबाट जनकपुरधाम उपमहानगरपालिकाको कार्यपालिका सदस्य सुनिता मेस्तरनीले बताइन ।
उनले यी समुदायलाई व्यवस्थापन गरी दिनका लागि राज्यसँग अनुरोध गर्दछौं । राज्यले व्यवस्थापन नगरेमा बाध्य भएर आन्दोलन गर्नबाट पछाडि नहटने बताएकी छिन् ।
४० वटा घरका सैयौजना मेस्तर समुदाय अहिले बेघर भएका छन् । बालबालिकाहरु आफ्नो झोपडी खोज्दैन । कसले हामीलाई सहारा दिनेछ प्रतिक्षारत छन् ।

No comments:

Post a Comment