Wednesday, November 21, 2018

‘सुरक्षा समितिकिो निर्णय कार्यान्वयन भएन’


जनकपुरधाममा शान्ति सुरक्षालाई मध्यनजर गरी सुरक्षा समितिले गरेको निर्णय कार्यान्वयन भएको छैन । सुरक्षा समितिले नगरभित्रमा ठूलो स्वरमा कुनैपनि बाजागाजा बजाउन नपाउने, डिजेलाई पूर्ण रुपमा निषेध गर्ने, खुल्ला मदिरा बेचबिखनमा रोक लगाउने लगायतको निर्णय भएको ७२ घण्टा नपुग्दै बुधवार दिनभरि ठूलो आवाजले जनकपुरधाम गुञ्जमय बनेका थिए ।
मुस्लिम धर्मालम्वीको इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा जनकपुरधामको विभिन्न चौक चौराहामा दिनभरि ठूलो स्वरमा डिजे लगायतका बाजा बजाउँदा पनि प्रशासनिक निकाय मौन देखा परेको थियो ।
त्यसैगरी केही दिनअघि जिल्ला प्रशासन कार्यालय लगायतले नारा जुलुस, विरोध, प्रदर्शनको कार्यक्रम रंगभूमी मैदानमा मात्र गर्न पाइने निर्णय गरेको थियो । तर ती निर्णय पनि कार्यान्वयनमा आएको छैन । भर्खरै पूर्ण ब्रह्म कबीर उपासक समाज, नेपालले नगरभित्रमा भव्य प्रदर्शन गरेपनि प्रशासनिक निकाय मौन देखा परेको हो ।
नगरभित्रमा सुरक्षा समितिले ठूलो साउण्डमा बाजा बजाउन नपाउने, डिजेलाई निषेध गर्ने लगायतको निर्णय नगरेको होइन, तर जुन प्रकारले कार्यान्वय हुनुपर्ने हो त्यसमा कमीकमजोरी भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कडेल दैनिक जनकपुरसँग भने । उनले मोहम्मद डेको अवसरमा मुस्लिम अगुवाहरुलाई बोलाएर पहिलो नै यो समस्या समाधान गर्नुपर्ने थियो । त्यसमा हाम्रो सुरक्षा निकायबाट कमीकमजोरी भएकै हो ।
जनकपुरधाममा प्रवेशकै क्रममा गर्नुपर्ने योजना तहत कार्य भएको भए कार्यान्वयन तर्फ जाने थियो । तर यी जिम्मेवारी समाजको समेत रहेको पनि बताए । उनले यस सन्दर्भमा सुरक्षा समिति लगायत विभिन्न संघ संस्था, बुद्धिजीविहरुलाई बसाएर छलफल गर्ने बताएका छन् ।


No comments:

Post a Comment