Wednesday, September 9, 2015

जब हामी झारखण्डको नक्सली क्षेत्रमा पस्यो..!



कैलास दास
भनिन्छ धार्मिक यात्रा गर्नाले मनमा शान्ति र मनोकामना पुरा हुन्छ । त्यसमा पनि युवाहरुसँग यात्रा गर्दा मनोरञ्जनका साथै घुमफिर पनि राइमालो किसिमले हुन्छ । प्राकृतिकले विभिन्न ठाउँमा पृथ्वीको विभिन्न किसिमले श्रृगारिएको छ । कहीं पहाडै पहाड त कहि नदी नाला, कतै सुख्खा त कतै हरियाली जस्ता मनोरम दृश्य । त्यस प्राकृतिको सौन्दर्यतामा मानवले श्रृगारेर अझै राम्रो बनाएको सुन्दा एक पटक कसैलाई पनि जाने र हेर्ने इच्छा अवश्य हुन्छ । हाम्रो यात्रा प्रसंग पनि त्यस्तै नै हो जसलाई लेख्ने प्रयास गरेको छु ।

परोसी देश भारतमा प्राकृति सौन्दर्यताको वर्णन छोटो शब्दमा सम्भव छैन । जहाँ एक दिनमा लाखौं व्यक्ति पुग्ने गर्दछन त्यस स्थलको शब्दोमा गर्नु कसैलाई पनि अप्ठ्यारो महसुस होला ।
वैद्यनाथधाम, वैष्णो देवी, कालीकमख्या, बासुकीनाथ, तारापिठा, कालीघाट, दक्षिणकाली, उत्तराखण्ड, बौद्धगाया, राजगिर, बनारस लगायतका धर्मस्थल लगायतका स्थलहरुको शब्दोमा वर्णन सम्भव कमै होला । तर पनि यहाँबाट साथीहरुसँग सुलतानगञ्ज, वैद्यनाथधाम, बासुकीनाथधाम, तारापिठमा गरेको दर्शन तथा सो क्रममा आएको अप्ठयारो समस्याहरु लेख्न प्रयास गरेको छु ।
हामी सबै साथीहरु वैद्यनाथधामबाट जब तारपिठका लागि प्रस्थान गरे त्यतिबेला राति करीब १० बजेको होला । बाटोमा अगाडि बढीसकेपछि हामीलाई थाहा भयो यो त नक्सली क्षेत्र हो । हामी निषेधित क्षेत्रमा आई सकेका छौं त्यो क्रममा हामीहरु बीच भएको घटना यस यात्रा प्रसंगमा उल्लेख गर्न गई रहेको छु । तर त्यो भन्दा पहिला हामीले यसरी धार्मिक यात्राको प्लानिङ्ग गरे ।
२०७२ भदौ ६ गते आईतवारका दिन नित्यदिन जस्तै म मोर्निङ्ग वाकमा निष्के । मोर्निङ्ग वाकको क्रममा जनकपुरमा जहाँ गएपनि एकपल्ट रामचौकमा अवश्य पुग्ने गर्दछु । त्यही क्रममा आइतवार रामचौक पुग्दा साथी दीपेन्द्र साहसँग भेटघाट भयो । लोकतान्त्रिक मधेशी मोर्चाले प्रारम्भिक मस्यौदा र सीमाकंनमा विभेद भएको भन्दै मधेशका जिल्लाहरु बन्द गराएका थिए । त्यही सन्दर्भमा कुराकानी चल्दै थियो कि दीपेन्द्र जीले बन्दीमा धार्मिक यात्रा गरौं भन्दै उत्साहित भएर उभे । कुराकानी चलिरहेकै बेला  गणेश युवा कमिटीका पूर्व अध्यक्ष एवं जनकपुर उद्योग वाणिज्य संघका सचिव सुरेन्द्र भण्डारी आएर नमस्कारपाती गर्नु भयोे । उहाँसँग पनि धार्मिक यात्राको प्रसँग उठ्यो । उहाँले पनि हा..मा हा... भन्दै यात्रा प्लानिङ्ग गरे । यति छिटो यात्रा प्लानिङ्गको पालना हाम्रो लागि अप्ठ्यारो थियो । मैले हिचकिच्याए । बन्दीमा म कही पनि जाँदैन । कतिखेर के हुन्छ भन्न मिल्दैन, बन्दी खुलेपछि जाउँला भनेपछि दुबैले हाँसिलो स्वरमा रिसाएर भने ‘एउटा तपाई नै पत्रकार हुनुहुन्छ कि अरुपनि छ । तपाई गए केही हुँदैन, जसरी पनि जानुपर्दछ ।’ साथीको जिद्धले धार्मिक यात्रा जान बाध्य तुलाएर मैले जान्छु भनिदिए । सोमवार भाद्र ७ गते ११ बजे जाने निर्णय भयो । आईतवार साझमा सबै साथीले बैद्यनाथ दर्शनको क्रममा लगाउने लुगा (वस्त्र) किने ।
सोमवार विहान ७ जना साथीहरु यात्राका लागि रामचौकमा जम्मा भयो । सुरेन्द्र कुमार भण्डारी, प्रेम भण्डारी, दीपेन्द्र साह, पप्पु साह, राजेश भण्डारी र सन्तोष महतो हुनुहुन्थ्यो । जनकपुर बन्द कडा नै थियो । यहाँबाट कसरी जाने सबैको चिन्ता लाग्यो । करीब १२ बजी सकेको होला । जसो तसो हामी जटही जानेबाटो रोजे । स्कारपियो गाडीमा सबै जना चढेर जटहीबाटोबाट प्रस्थान गरे । जनकपुर शहरलाई पछाडि छोडेको केही मिनटमा रुपैठा पुग्दा पाँच सात जना युवाहरुले चालकलाई गाली–गलौज गर्दै गाडीलाई अगाडिबाट घेर्यो । अचानक मनमा उठ्यो ‘बन्दीमा बाबाधाम यात्रा दशा लाग्यो की ?’ अवश्य आन्दोलनकारी नै छ र बन्दको उल्लंघन गर्दा केही गर्ला कि सबैमा आश्चर्य देखियो । तर कुरा अर्कौ थियो । हाम्रो गाडीबाट उनीहरुलाई थलो र पानी परेकोले आक्रोशमा उनीहरु गाडी घेरेका छन् । उनीहरुलाई स्क्यूज गर्दै सम्झाई–बुझाई हामी सबैजना गपसप्प गर्दै अगाडि बढ्न थाले ।
स्कारपियो गाडी आफ्नो गतिमा गुड्न थाले  । साथीहरुको गप्पसप्प मनोरञ्जनमा परिणत हुनथाल्यो । साथीहरु बीच एउटा साथी सबैका लागि मनोरञ्जनको पात्र बन्यो जसको बारेमा नलेखिकन यात्रा मनोरञ्जन सम्भवै छैन । त्यो यात्रा प्रसंगको नयाँ मनोरञ्जनका लागि नाम भयोे ‘चट्टा भैया’ । ति ६ जना साथी मध्ये नै एक जनाको नाम पर्न गयो जुनपछि लेख्ने छुु । हुनत मेरो यो यात्राका साथीहरुको लागि नौलो कुरा होइन होला, तर चट्टा भैया कसरी नाम प¥यो अरु साथीलाई उत्सुकताको विषय अवश्य हुन सक्छ ।
एउटा हिन्दी चलचित्रमा ‘जहाँ चार यार मिल जाए, मनोरञ्जनमय बन जाए’ भनाईलाई नकार्न सकिदैन । त्यही हो हाम्रो साथीसँग बीचको मनोरञ्जनको नाम ‘चट्टा भैया’ । ६ जना मध्ये एउटासाथीलाई गाडीमा बस्दा भोमेटिङ्ग हुनु, मनघुम्नु जस्ता हुन्थ्यो । त्यसैले उनी गाडीको झ्याल साइडमा बसेका थिए र भोमेटिङ्गबाट बाँच्नका लागि निम्बुलाई चिरेर त्यसको रस चुस्ने गर्दथे । यात्रा प्रारम्भदेखि अन्त्यसम्म औषधीको रुपमा त्यो निम्बुको रस चुस्दा साथीहरुले उहाँको नाम नै राखि दिए ‘चट्टा भैया’ । उहाँलाई चट्टा भैया भन्दा उनी रिसाउँदथ्यो । त्यसैले साथीहरु कुनै पनि मनोरञ्जन शब्द निकाल्नुभन्दा पहिला ‘चट्टा भैया’ शब्द पहिला ल्याउँदथ्यो । यात्रा धार्मिक भएपनि हामी सबै मनोरञ्जनको आनन्द लिंदै बाटोमा फोटो खिचाउँदै करीब ९ बजे झारखण्डको सुलतानगञ्ज पुगे जहाँबाट बैद्यनाथ दर्शनका लागि गंगा जल भर्ने गरिन्छ ।
सलतानगञ्जमा राति विताउने सबैले निर्णय ग¥यो । आफ्नो गाडीबाट पहिलो पटक आएकोले धैरै अप्ठ्यारो महसुस भयो । पार्किङ्ग कहाँ गर्ने, लाँज कहाँ पाईन्छ, गंगा जल कहाँ भरिन्छ जस्ता समस्याहरु आयो । कही कही बाटो वनवे भएकोले समस्यै समस्या देखिन्थ्यो । तर पनि हामी सबैले एउटा पार्किङ्गमा गाडी राखेर लाँज खोज्न थाल्यो । आठ–दसवटा लाँजहरु देखेपनि मन नपराएपछि सबै उदासियो । त्यतिकै एकजना स्थानीयले भने जहाँ गंगा स्नान गर्नु हुन्छ त्यही बाटोमा तपाईहरु राम्रो लाँज पाउन सक्नु हुन्छ । हामी सबैले करीब २० मिनट पैदल यात्रा गरेपछि एउटा राम्रो लाँज भेटायो । लाँज बुक गरेर खाना खाएपछि लाँजमा आउँदा फेरी मनोरञ्जनको स्वर गुञ्जियो त्यस स्वरमा ‘चट्टा भैया’ शब्द अनिवार्य नै थियो  । करीब १२ बजेसम्म मनोरञ्जन भई नै रह्यो ।

मंगलवार विहान ८ बजे गंगा स्नानका लागि तयार भयो । गंगा स्नान गर्न जाँदा एउटा होटलमा आकर्षक र पौराणिक मन्दरको तस्वीर टाँसिएको थियो । मैले त्यो मन्दिरको बारेमा बुझ्दा त्यो अजगिवा मन्दिर हो, गंगा स्नानपछि त्यहाँ दर्शन गर्नुपर्दछ तीर्थयात्रीले भने । हामी सबै गंगा घाट पुग्यो । गंगा जलका लागि डब्बा लिएर हिड्दा पण्डा ज्यूहरुले आ आफ्नो तर्फ खिचातनी गर्न थाले, तर हाम्रो चाहना पहिला अजगिवा मन्दिर निर जाने थियो । अगाडि बढ्दै जाँदा गंगा नदीमा त्यो निर्माण गरिएको अजगिवा मन्दिर देख्यो । त्यहाँ जाने एउटा पुलो पनि थियो । हामीले पुलमा चढ्न वितिकै अजगिवा मन्दिरको विपरित (अगाडि) ठूलो पहाड जस्तो ठाउँमा महजिद पनि देख्यो । सुलतानगञ्जको यात्रा पहिलो पटक भएकोले आश्चर्य हुनु स्वभाविक नै थियो । हामी सबैले अजगिवा मन्दिर नजिक स्नान गरेर गंगा जल लिएर मन्दिर भित्र महादेवको दर्शन गरे ।
मेरो मनमा बारम्बार उत्सुकता उठ्न थाल्यो । एक तर्फ महादेवको मन्दिर र अर्को तर्फ महजिद, यसको इतिहास के हुन सक्छ ? मैले त्यहाँको बारेमा बुझ्नका लागि पुस्तकहरु खोजे, तर पुस्तक भेटाएन । सोधपुछ गर्ने ठाउँमा मैले सोधे – अजगिवा मन्दिरको बारेमा कुनै पुस्तिक पाईन्छ । उहाँले एउटा बुकलेट दिंदै भने –‘यस सम्बन्धमा कुनै पुस्तक छैन ।’ (एउटा बुकलेट दिंदै) बुकलेटमा धार्मिक यात्राको दुरी, वास स्थान, मैला नियन्त्रण कक्ष, सूचना केन्द्र,  विभागीय प्रदर्शनी, चिकित्सा व्यवस्था मात्र लेखिएको थियो । त्यो बुकलेटबाट मेरो चित्त बुझ्न र मैले एउटा पण्डा ज्यूसँग यसको इतिहास बताउँन आग्रह गरे ।

सुलतानगञ्जका इतिहासका बारेमा स्थानीय पण्डा ज्यूसँग जिज्ञासा राखे । उनले भने ‘मैले सुनेको छु, कुनै बेला सुलन्तान नामक राजा यहाँ शासन गर्दथे । उहाँले हिन्दुको मन्दिर निर्माणमा रोक लगाईएको थियो । खजगिवा नामक एउटा साधु (सन्त) थियो जुन उहाँ महादेवको पूजारी हुनुहुन्थ्यो । उनी महादेवको पूजारी भएकोले महादेव ज्यूको मन्दिर बनाए । यी कुरा जब राजा सुलतानलाई थाहा भयो तब मन्दिर भत्काउने आदेश दिए । मन्दिर भत्काउन खोज्दा त्यहाँ गंगा प्रकट भएको र आफ्नो पानीको धारले महजिद र मन्दिरलाई अलग पारिएको इतिहास हो – उनले भने ।
अजगिवा मन्दिर दर्शन पश्चात सबैजना लज तर्फ हिडे । केही दूरी जाँदा वर्षा हुन थाल्यो । चालक लगायत हामी आठ जना थियो । सबैसँग मोवाइल र आवश्यक रुपैया साथमा नै भएकोले वर्षाबाट बाँच्नका लागि एउटा पन्नी किनेर ठाउँकोमा राखे । त्यो पन्नीमा छुपेको हेरेर स्थानीवासीहरु आश्चर्यचकित हुने गरेको देखियो । धार्मिक यात्राको हो कि यिनीहरुको मनोरञ्जन ।
लजबाट समानहरु लिएर वैद्यनाथधामका लागि हिड्दा फेरी ‘चट्टा भैया’को खोजी भयो । गाडीमै हँसी ठहका गर्दै वैद्यनाथ पुगे । त्यहाँ पनि ‘चट्टा भैया’ को खुब मजाक उडयो । सुलतानगञ्जबाट निस्कदा बाटैमा खाना पनि खाए । करीब २ बजेतिर हामी वैद्यनाथ पुगे । भाद्रको महिना, दिन मंगलवार भएकोले मन्दिरमा भीड देखिएन । केही साथीहरुले पाँच सयको पास लिएर बाबाको दर्शन गरौ भने । तर मेरो चित्त बुझ्ने, मैले भने भीडभाड छैन, लाइनमै बसेर दर्शन गरे राम्रो हुन्छ । समयको अभावका कारण केही साथ अलमलिए । तर भीड कम भएकोले लाइनमा लाग्न नै निष्कर्ष निस्कयो । सबैजना लाइनमा गयो । घुमाउरो लाइन भएकोले कम्तिमा ३ किलोमिटर पर जानु प¥यो । यसपालीदेखि बाबाको दर्शन गर्न जाँदा पास सिस्टम राखिएको थियो । सबैले पास लिएर लामबद्ध भएर बाबाको दर्शन गरे । सौहाद्रपूर्ण वातावरणमा बाबाको दर्शन भयो । त्यहाँबाट हामीहरु बासुकीनाथ, तारापिठ हुँदै कलकताको काली मन्दिरमा जाने निष्कर्ष निकाल्यो । साँझ ५ बजी सकेको थियो । खाना पनि खाएका थिए ।
आउने अंकमा लेख्ने छु बासुकीनाथधामबाट तारापिठ जाने क्रममा कसरी हामी राति १० बजेमा झारखण्डकै नक्सली क्षेत्रमा पसे जहाँ रातिमा निषेधित क्षेत्र घोषणा गरिएको हुन्छ ।
यात्रा संस्मरण

No comments:

Post a Comment