Wednesday, September 9, 2015

प्रहरीको गोलीबाट जलेश्वरमा तीनको मृत्यु, दर्जनौं घाईते, अवस्था तनावग्रस्त

कैलास दास
जनकपुर, भदौं २३ । मोर्चाले गरेको आन्दोलनको क्रममा महोत्तरी सदरमुकाम जलेश्वरमा प्रहरीले चलाएको गोली लागि ३ जनाको मृत्यु भएको छ । जिल्ला शिक्षा कार्यालय महोत्तरीमा आगजनी गरेको झोकमा प्रहरीले जथाभावी रुपमा गोली चलाउदा सो घटना भएका छ  ।


जलेश्वरको महेन्द्र चौकमा प्रदर्शनकारी तथा प्रहरीबीचमा सामान्य झडप हुँदा प्रहरीले चलाएको गोली लागि महोत्तरीको महोत्तरी गाउँ विकास समिति वडा नं. ५ का वर्ष १८ का रामविवेक यादव, जलेश्वर नगपालिका ७  वर्ष १७ का रोहन चौधरी र १४ का वर्ष १८ का मुसवा कापड रहेका छन् । एक जनाको हल्ला भएपनि नाम खुल्न सकेको छैन ।  महोत्तरी एकडाडा बस्ने शंकर पासमानको अवस्था एकदमै नाजुक रहेको छ ।
झडपमा परेर दुई दर्जनभन्दा बढी घाईते भएका छन् । घाईतेहरुको उपचार जलेश्वर अस्पतालमा सम्भव नभएपछि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ । प्रहरीको गोली लागेर महोत्तरीको पिगौना निवासी विरेन्द्र विच्छा गंभीर रहेका छन् । उनको टाउकोमा गोली लागेकाले अवस्था निक्कै गम्भीर रहेको जनकपुर अञ्चल अस्पतालका मेसु डा. संजय ठाकुरले बताए । महोत्तरी पिगौनाकै शिवेन्द्र महतो र जलेश्वर ७ का सन्तोष साह पनि गम्भीर छन् । उनीहरुलाई ढाढमा गोली लागेको छ । केही सख्त घाइतेहरुको उपचार जनकपुरमा सम्भव नभएपछि थप उपचारका लागि काठमाडौ लगिएको अस्पतालले जनाएको छ ।
अहिले अवस्था तनावपूर्ण रहेको छ । जलेश्वरको अवस्था तनाव पूर्ण भएपछि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेका छन् । जलेश्वरमा प्रहरीले दमन गर्ने काम जारी रहेको छ । अहिले पनि विभिन्न ठाउँमा झडप भैईरहेको छ । ग्रामिण क्षेत्रमा पनि तनाव जारी नै रहेको छ । जलेश्वरको घटनाले सरकार राणा तथा राजा भन्दा पनि क्रुर रहेको भान मिलेको छ । ग्रामिण क्षेत्रवाट जलेश्वरमा आयोजना गरिएको शान्तिपूर्ण जुलुसमा सहभागि हुनको लागि आएको र केही आन्दोलनकारिहरु जिल्ला न्यायाधिशको आवास तीर बढ्न लाग्दा अन्धाधुन्ध गोली चलाउदा घटना भएको थियो । प्रहरीले करिव दुईसय राउण्ड अश्रुग्यास, ५० राण्ड हवाई फायरिङ्ग तथा गोलीवारी गरेका थिए । विदेशी संग सिमानामा युद्ध लडेजस्तै अहिले आम जनताको हत्या गर्ने काम भैरहेको छ । मावदेव गौतमले हिटलरको रुपमा प्रस्तुत हुन थालेका छन् ।
एमालेको नेतृत्वमा रहेको गृह मन्त्रालय अहिले मधेशमा मधेशी जनतासंग आतंकवादी तथा विदेशी जस्तो व्यवहार प्रदर्शन गरिरहेका छन् । यस्तै अवस्ता रहेको खण्डमा अर्को अवस्था मुलुकमा थप विद्रोहको अवस्था निम्त्याउने खतरा रहेको छ ।

No comments:

Post a Comment