Wednesday, September 9, 2015

जनकपुरमा प्रदर्शनकारीहरुले निषेधाज्ञा क्षेत्र अगाडि धर्ना दिए

कैलास दास
जनकपुर,भदौं २३ । आन्दोलनकारीहरुले जिल्ला प्रशासन कार्यालयले तोकिएको निषेधित क्षेत्रमा करीब एक घण्टा धर्ना दिएका छन् ।
प्रस्तावित सिमांकन सहितको विषयलाई लिएर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा तथा संघीय मधेशी मोर्चा लगायतका थारु संघ संस्थाले गरेको अनिश्चितकालिन बन्दको २६ दिन वित्न लाग्दा पनि निकास ननिष्केपछि मध्य तथा पूर्वी तराई मधेशका आम जनता थप पिडित भएर निराश बनेका छन् ।
 लगातार २६ दिन देखि बन्द रहेका कारणले धनुषा, महोत्तरी, सर्हाही, सिरहा, सप्तरी सहितको जिल्लाहरुको जनजीवन निक्कै कष्टकर बनेर आम जनतामा निराशा तथा आक्रोश बढ्न थालेका छन् । यस क्षेत्रका शिक्षण संस्था, उद्योग, कलकारखना, बजार, यातायात पूर्ण रुपमा ठप्प रहेका कारणले अव आम जनतालाई दैनिक गुजारामा नै समस्या आउन थालेका छन् ।
सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरुको कामकाज पनि ठप्प रहेका कारणले घर घरमा रकम तथा उपभोग्य सामाग्रीको अभाव भैसकेका छन् । विदेशवाट आएका रेमिट्यान्स पनि आम जनताले वित्तिय संस्थाबाट झिक्न नसकेका कारणले रकम अभावले आम जनतालाई सहि नसक्ने अवस्थाको सृजना भएके छ  । लगातार बन्दको कारणले विभिन्न प्रकारको औषधिहरुको अभाव सृजना भएको नेपाल औषधि व्यवसायि संघ जनकपुरले जनाएका छन् ।
घरघरमा खाना पकाउने एल पी ग्याँस तथा खाद्यान्न सामाग्रीको पनि अभाव भएका कारणले गृहिणीहरु मारमा परेर कतिपयले दाउरामा खाना पकाउन बाध्य भएका छन् । विद्यार्थीहरु लगाताकरको बन्दका कारणले शहर छाडेर घर जानका लागि बाध्य भएका छन् ।
यातायात बन्दका कारणले जनकपुर सहित यस भेगमा किसानहरुका लागि रसायनिक मलको अभाव सृजना भएको छ । किसानहरु चरम  खडेरीको मारमा रहेका बेलामा किसानहरु मलको अभावले थप मारमा परेको भएकाले तत्काल निकाशको माग गरेका छन् । लगातारको बन्दका कारणले मिथिमा आउन लागेको विभिन्न चाडपर्वहरु पनि नराम्रो संग प्रभावित हुन थालेका छन् । मुखमा रहेको गणेश चौठी तथा चौरचन पर्व पनि प्रभावित हुने अवस्था सृजना भएको छ । लगतारको बन्दले जनकपुरको धार्मिक पर्यटन धाराशाही बनेको छ । यातायाट क्षेत्रमा मात्र दैनिक २० करोड भन्दा बढीको नोक्सानी भैरहेको यातायात व्यवसायिले बताएका छन् ।
लगातारको बन्दका कारणले सवै भन्दा मारमा दैनिक ज्यालादारी गरेर जीवको पार्जन गर्ने मजदूर वर्ग परेका छन् । उनीहरुको कमाई बन्दको कारणले ठप्प भएपछि परिवार पाल्नमा कठिनाई भएको बताएकाम छन् । जनकपुरमा पेटूोल नपाएर मोटरसाईकल चालकले प्रति लिटर २ सयमा बोतलमा पेटूोल किन्नका लागि बाँध्य भएका छन् । यता सिमवर्ति क्षेत्रमा पनि पेटूोलियम पदार्थको अभाव सृजना भएको छ । नेपालवाट गएर पेटूोल भराउनेहरुको संख्या बढेपछि अभाव सृजना भएको छ ।

No comments:

Post a Comment