Saturday, February 1, 2014

नेपालको रेल, राजनीतिज्ञ खेल, बाटैमा फेल

कैलास दास
जनकपुर
नेपालक रेल
कहियो ठेलम ठेल
त कहियो पुरे फेल
ऐहन मे यात्री सभ
असमजन्स मे परिगेल

जनकपुर—जयनगर रेल्वे यात्राको क्रममा यात्रुहरुको यो भनाई कुनै गलत छैन । नेपालको एउटा मात्र जनकपुर—जयनगर (२९ किलोमिटर) रेल्वे सेवा सञ्चालनमा छ । मुश्किलले रेल्वेको लागि यो दुरी ३०—४० मिनेटको होला । तर नेपाल रेल्वेमा सवारी गर्दा तीन चार घण्टासम्ममा पनि पुग्ने हो कि होइन भन्न सकिदैन । साइकलको चाल जस्तै यसको गति, त्यसमा पनि बाटोमै बिग्रियो भने धक्का लगाउनु पर्छ । यो शिलशिला एक दुई दिनको मात्र होइन । हप्तामा चार पाँचदिन यस्तै घटनाहरुको समाचार आइरहेको हुन्छ । कहिले धक्का लगाएर सञ्चालनमा आउँछ भने कुनै दिन पूर्ण रुपमा सञ्चालन बन्द रहन्छ । त कहिले बाटैमा रेल्वे दुर्घटनामा परेको हुन्छ ।
नेपाल भारतको लागि ठूलो सवारी साधनको रुपमा रहेको नेपाल रेल्वे कम्पनी हप्तामा चारदिन राम्रो सित रेल्वे सञ्चालन भएपनि त्यो दिन कुन हो भन्न सकिदैन । बाहिरबाट आएका यात्रुहरु रेल्वे प्लेट फर्ममा आएर कतिबेला रेल आउँला भनि प्रतिक्षारत हुन्छन् । तर रेल आउँछ कि आउँदैन कसैले भन्दैन । कुनै दिन समयमा रेल्वे सञ्चालन भयो भने गणतव्य स्थलसम्म कतिबेला पुग्ने हो ठेकान हुँदैन ।
युद्ध शमशेरकालमा वि.सं.१९९३ सालमा ब्रीटिस सरकारले कोइला रेल इन्जन नेपाल सरकारलाई सहयोगमा दिएका थिए । त्यो बेलामा रेलबाट भारतका लागि काठ दाउरा ढुवानी हुन्थ्यो । नेपालको बिजलपुरामा घना जंगल थियो, विजलपुराबाट जंगल कटान गरी भारत भित्र्याउने गरिन्थ्यो । तर जंगल विनाश पछि नेपाल रेल्वे यात्रु ढुवानीमा परिणत भयो । कोईला रेल इन्जन विस्तारै विस्तारै जिर्ण हुँदै गए । मर्मत सम्भार पनि भएन । चारवटा कोइला इन्जन मध्ये एउटा पनि सञ्चालनमा रहेन । इन्जनको पार्टहरु पनि बेचबिखन गरेको कर्मचारी स्रोतको दावी छ । कोइला इन्जन बिग्रिएपछि भारत सरकारले डिजलमा चल्ने चारवटा इन्जन र डिब्बा सहयोगमा दियो । तर चारवटा इन्जन मध्ये वर्तमान दुईवटा सञ्चालनमा आएपनि अहिले मर्मतको आवश्यता छ ।
नेपालको एउटा मात्र पहिचान, धरोहर र सभ्यता बोकोका नेपाल रेल्वे कम्पनी बचाउन प्रति कसैको चासो छैन । जबकि रेल्वे सेवा दिनमा कम्तिमा तीनचार पटक सञ्चालनमा आयो भने मालढुवानी वापत राजस्व राम्रो उठ्ने गर्छ । विगत केही वर्षदेखि रेल्वे जिर्णका कारणा दुघर्टनाको भयले मालधनी ढुवानी नगरेका जनकपुर भन्सार कार्यालयका प्रमुख रामगुलाम यादव बताउँछन् । ‘रेल्वे दुर्घटनाग्रस्त हुँदा राजस्वभन्दा बढि रकमको मालसमान टुटफुट हुने गरेकोले रेल्वेबाट मालसमान ल्याउन हिचकिचाई रहेको छ मालधनीहरु’—यादव बताउँछन ।
दलगत कर्मचारी युनियनका कारण रेल्वे व्यवस्थित हुन पाएको छैन । रेल्वेको अवस्था दिनप्रतिदिन बिग्रिदै छ । कहिले प्रमुखको विरोधमा वा आफ्नो माँग पुरा गराउनका लागि कर्मचारी युनियन रेल्वे बन्द गरेर आन्दोलन गर्दै आएका छन् । अधिकारको लडकाई लड्नु राम्रो कुरा हो । तर अधिकारको लडाईमा संस्थालाई नै ध्वस्त पार्ने तर्फ लग्नु यस्ता कर्मचारीतन्त्रमाथि सरकारी छानबिन तथा कानूनी कारवाही आवश्यक हुन्छ । हुनतः अहिले प्रत्येक सरकारी, गैरसरकारी कार्यालयहरुमा राजनीतिक रणनीति एउटा ढालको काम गर्दै छ । राजनीतिकका कारण नै आज मधेशका कलकारखाना, कारोवार डुब्ने अवस्थामा पुगेको छ । द्वन्द्व, राजनीतिक अस्थिरतका कारण र निस्वार्थ निष्पक्ष विचारका अभावमा उद्योग कलकारखाना आत्मनिर्भर बनिरहेको छैन । यसका जिम्मेवार राज्य पक्ष एवं स्थानीयहरु पनि छन् ।
ठूलठूला कलकारखाना वा संस्थानहरुमा महिनाको २० देखि २५ लाखसम्म तलव वापत खुवाउनुपर्छ । नेपाल रेल्वेमा मात्र स्थायी तथा अस्थायी १७५ जना कर्मचारी कार्यरत छन् । जनकपुर—जयनगरसम्ममा ९ वटा स्टेशनको निर्माण गरिएको छ । तर त्यस्ता निकायहरुमा  कहिले राजनीतिक द्वन्द त कहिले कर्मचारी द्वन्दका कारण हप्तै पिछे बन्द हड्ताल गर्नाले संस्थान घाटामा जानु स्वभाविक हो । यसप्रति सरकारलाई कडा नीति निर्माण गर्नुपर्दछ । कुनैपनि कलकारखाना वा संस्थानहरुमा राजनीतिद्वन्द्व विकासको बाधक हुन्छ । आज मधेशकै सबैभन्दा ठूलो एवं पुरानो जनकपुर चुरोट कारखाना राजनीतिक कर्मचारी युनियन तन्त्रका कारण धारासायी भएको छ । कर्मचारीहरु करिब एकवर्षदेखि समयमा तलव पाई रहेको छैन । कुनै बेला सो कारखानाको रकम ब्याज पाउने गरी रकम जम्मा गर्न बैंकले असमर्थता जनाउने गरेकोमा आज सोही कारखानालाई ऋण पनि दिन मानिरहेको छैनन् । यसको कारण पनि राजनीतिद्वन्द्व हो ।
नेपाल रेल्वे कम्पनीलाई ब्रोडग्रेजमा लैजान भारत सरकारले तत्परता देखाएको छ । जयनगरदेखि बर्दिवाससम्म रेल्वे निर्माण कार्यका लागि छ अर्ब रुपैया भारतीय बजेटले छुट्याइएको छ ।  करिब छ महिना अघि सो क्षेत्रको सर्भेपनि भईसकेको छ । तर नेपाल सरकारले जग्गाको मुआब्जा उपलब्ध गराउन नसक्दा अहिलेसम्म निर्माणकार्य सुचारु भएको छैन । जग्गा उपब्ध गराउनका लागि भारत सरकारले बारम्बार ताकेता गरे पनि नेपाल सरकार मौन भएर बसेको छ ।
मधेशका कलकारखाना तथा संस्थानहरुमा प्रजतन्त्रपछि नेपाल सरकारले लगानी गरेको छैन । जबकि मधेशबाट नै नेपालको सबैभन्दा बढि राजस्व आउने गर्छन । धनुषा, महोत्तरी लगायत छरछिमेकका जिल्लाहरुका बासिन्दाको जनकपुर चुरोट कारखाना तथा नेपाल रेल्वे कम्पनीबाट सैकडौं जना व्यक्तिको जीवकोपार्जन चलिरहेको छ । अहिले दुबै धारासायी भएको छ, यहाँसम्म कि तलव खानु गाह्रो छ । तर मधेश आन्दोलनबाट उब्जिएका नेताहरुले यसको संरक्षण एवं विकासका लागि कुनै विकासीय योजना बनाएका छैनन् । नेपाल सरकारको मौनता र मधेशी नेताहरुका अक्रमाण्यताबाट मधेशी जनताहरु निरुत्साहित भएका छन् । सत्ताभत्ता र कुर्सीको मोहमा मधेशको विकास कसरी हुन्छ विर्सेका छन् । जनताको चाहना नयाँ मधेशको कल्पना आज टुक्रिन लागेको छ ।

No comments:

Post a Comment