Thursday, September 10, 2020

चलु जनकपुर, भरु जनकपुरको क्रममा शहादत दिएको सम्झनामा श्रद्धाञ्जली सभा


जनकपुरधाम, २५ भदौ । जनकपुरधामको जनकचौकमा मधेश आन्दोलनको क्रममा शहादत दिएकाहरुप्रति विहिवार मधेशवादी दलका नेता तथा कार्यक्रमहरुले श्रद्धाञ्जली तथा दीप प्रज्वलन गरेका छन् ।
२०७२ भदौ २५ गते संविधानको मस्यौदा विरुद्ध मधेशवादी दलले ‘चलु जनकपुर, भरु जनकपुर’ कार्यक्रम राखेको थियो । सोही क्रममा प्रहरीको गोली लागेर संजय चौधरी, निकु यादव र दिलिप यादवको मृत्यु भएको थियो ।
संविधानको मस्यौदा विरुद्धमा असन्तुष्ट मधेशवादी दल मधेशमा आन्दोलन गरी रहेको थियो । मधेश आन्दोलनलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय धनुषाले भदौ २५ गते जनकपुरधाममा कफ्र्यु लगाइएको थियो । यता मधेशवादी दलले चलु जनकपुर, भरु जनकपुर नाराका साथ जनकपुरधाममा प्रवेश गर्न खोज्दा मिल्स एरियामा प्रहरीको गोली लागेर संजय चौधरी र  निकु यादवको घटना स्थलमै मृत्यु भएको थियो भने पिडारी चौकमा सशस्त्र प्रहरीले गोली चलाउँदा दिलिप यादवको घटना स्थलमा मृत्यु भएको थियो ।


भदौ २५ गते मधेश आन्दोलनमा शहादत दिएका सम्झनामा आज मधेशवादी दलका नेता तथा कार्यकर्ताहरुले उनीहरुको तस्वीरमाथि फुलमाला अर्पण तथा दीप प्रज्वलन गरेका छन् ।
उक्त कार्यक्रममा प्रदेश सभा सदस्य परमेश्वर साह, रामअशिष यादवका साथै उमेश साह, संजय साह, संजय चौधरी, पशुपति यादव, उमेश मण्डल, मनोज चौधरी, जानकी राम साह लगायत सयौको संख्यामा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
वडा नं. ७ मा दीप प्रज्वलन
मधेश आन्दोलनको क्रममा शहादत दिएको सम्झनामा वडा नं. ७ मा दीप प्रज्वलन गरेका छन् ।
सोही वडाका वडा अध्यक्ष जानकी राम साहको नेतृत्वमा भदौ २५ गते चलु जनकपुर, भरु जनकपुर कार्यक्रममा प्रहरीले गोली चलाउँदा निकु यादव, संजय चौधरी तथा दिलिप यादवको घटना स्थलमै मृत्यु भएको थियो ।
वडा नं. ७ को तपसी चौकमा अध्यक्ष साहले मधेश आन्दोलनमा शहादत दिएका तीनजनामाथि फुलमाला तथा दीप प्रज्वलन गरी सम्भ्mेका थिए ।





Wednesday, September 9, 2020

जनकपुरधाममा विपी कोइरालाको १०६ जन्म जयन्ति मनाइयो


जनकपुरधाम, २४ भदौ । जनकपुरधाममा वि.पी. कोइरालाको भव्यता पूर्वक बुधवार १०६ औं जन्मजयन्ति मनाइएको छ ।
वि.पी. प्रतिष्ठान धनुषाका अध्यक्ष सुरेश कोइरालाद्वारा आयोजित ‘जन्म जयन्ति समारोह’मा पूर्व साँसद चन्द्रमोहन यादव, जनकपुरधाम उपमहानगरपालिकाका पूर्व मेयर बजरंग प्रसाद साह सहितले वीपी कोइरालाको तस्वीरमा मल्याअर्पण गरेका छन् ।
कार्यक्रममा सहभागीहरुले विपी कोइरालाको त्याग र बलिदानको चर्चा गर्दै वीपी जस्ता महामानवको पथमा हिड्नुपर्ने आवश्यकता रहेको धारणा राखेका छन् । उनीहरुले वीपी परिवर्तनकारी पुरुष रहेको भन्दै उहाँको पथलाई मनन गर्नुपर्ने बताएका छन् ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका बीपी १९७१ साल भदौ २४ गते जन्मिएका हुन् । राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि २००३ सालमा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय काँग्रेस स्थापना भएको थियो ।
२०१५ सालको आम चुनावमा कांग्रेसले दुई तिहाई बहुमत पाएपछि पहिलो जननिर्वा्चिचत प्रधानमन्त्री बनेका बीपीले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे। तर उनी नेतृत्वको सरकारले २ वर्ष पनि काम गर्न नपाउँदै राजा महेन्द्रले पञ्चायती ब्यवस्था लागु गरेका थिए ।
बीपीको अगुवाइमाब २००७ सालको क्रान्ति सफल भएको थियो। राणा शासनको विरोध गर्दै गरिब किसानले लगाएका लुगा राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई पठाएपछि बुवा कृष्णप्रसाद कोइराला भारत निर्वासनमा जानुपरेका थिए।
भारतमै रहँदा उनले भारतीय स्वतन्त्रता संग्राममा पनि भाग लिए। तर, भारतमा रहेर प्रजातन्त्र पुनःस्थापनाका लागि संघर्ष गर्दा राष्ट्रियता कमजोर भएको निष्कर्षसहित उनी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएका थिए ्र
उनले अपनाएको राष्ट्रिय मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ। क्यान्सर रोगले बीपीको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् ।
नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन्। कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवं ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् ।
त्यसैगरी दुई कथा संग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ। वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ।


Tuesday, September 8, 2020

राज्यमन्त्री कुशवाहाको आतिथ्यमा महोत्तरीमा नेकपाका सयबढी युवाहरु जसपामा प्रवेश

जनकपुरधाम, २३ भदौ । आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाको प्रमुख आतिथ्यमा महोत्तरीमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का सयभन्दा बढी नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
सोही नगरपालिकाका नगर संयोजक रामबाबु मण्डलको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा नेकपाका नेता हवलदार भनिने मो. ऐनुल नद्दाफको नेतृत्वमा सयौं नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन । उनीहरुलाई राज्यमन्त्री कुशवाहाले पार्टीमा भित्र्याए । नव प्रवेशीहरुलाई राज्यमन्त्री कुशवाहाले फुलमाला तथा अविर लगाएर स्वागत गरेका थिए ।
जसपामा प्रवेश गरेका नेता हवलदारले नेपाल कम्युनिष्ट पार्टीमा रहँदा कैयौं नेताले ठगेको गुनासो सुनाए । उनले भने, ‘एउटा मस्जिद निर्माणका लागि नेताले पटक पटक प्रतिवद्धता जनाए । यही बहानामा भोट पनि तान्यो । तर मस्जिद बनाइदिएन । यस्ता कैयौं समस्याको समाधान गर्ने बताएका नेता केहि नगरेपछि बाध्य भएर पार्टी परित्याग गरेका छौं ।’


राज्यमन्त्री कुशवाहाले जनता समाजवादी पार्टी सबै जातजातीलाई समान व्यवहार गर्ने गरेको बताए । उनले भने, ‘कम्युनिष्ट कमाउनिष्ट भयो । काँग्रेस मधेसीको अपमान गर्यो । त्यसैले बैकल्पिक पार्टीको रुपमा जसपाको जन्म भएको छ ।’ उनले संघीय सरकारले प्रदेश २ का जनतालाई अझै हेप्ने गरेको गुनासो गरे ।
पार्टी प्रवेश कार्यक्रममा क्षेत्र नं. ४ का क्षेत्रीय अध्यक्ष गंगनदेव यादव, सम्सी नगरपालिकाका संयोजक कैलास यादव, रामगोपालपुरका प्रवक्ता शिवजी महतो, वडा नं. ४ का वडा संयोजक रामबाबु सिंह सहितले विचार राखेका थिए ।
महस्जिद शिलान्यास
प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले महोत्तरीको रामगोपालपुर नगरपालिका ३ मा मस्जिदको शिलान्यास गरेका छन् ।
मंगलवार एक समारोहबीच राज्यमन्त्री कुशवाहाले मस्जिदको शिलान्यास गरेका हुन् । त्यहाँ मस्जिद निर्माणका लागि आधार निर्माण भइसकेको छ । यद्दपी आर्थिक अभावमा त्यहाँका मुस्लिम समुदायले मस्जिद निर्माण गर्न सकेका थिएनन् । उनीहरुले राज्यमन्त्री कुशवाहासँग आग्रह गरेपछि उनले मस्जिद निर्माण गरिदिने प्रतिवद्धता जनाए ।
मस्जिद निर्माणमा करिब २० लाख रुपैया लाग्ने अनुमान गरिएको छ । उक्त रकम राज्यमन्त्री कुशवाहाले आफ्नो संसदीय विकास कोषबाट दिने बताएका छन् । राज्यमन्त्री कुशवाहाले भने, ‘मस्जिद निर्माणमा जति रकम लाग्छ । दिन्छु ।’ अन्य नेता जस्तो प्रतिवद्धता जनाएर पछि नहट्ने उनको भनाई थियो ।






प्रदेश २ मा भर्जुअलद्वारा आवधिक समीक्षा कार्यक्रम

जनकपुरधाम, २१ भदौ । मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) को तेस्रो चक्रका लागि नेपाल सरकारले तयार पारेको मस्यौदा प्रतिवेदनमाथि भदौ २१ गते प्रदेश २ स्तरिय भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को संयोजनमा प्रदेश २ का मानव अधिकारको क्षेत्रमा कार्यरत अधिकारकर्मी, नागरिक समाज, संचारकर्मी र सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
मस्यौैदा प्रतिवेदनको तयारी सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्री परिषद्का सहसचिव कौशलचन्द्र सुवेदीले नेपाल सरकारले यसअघि सन् २०११ र सन् २०१५ मा पेश गरेको प्रतिवेदनमा संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद्ले दिएको १ सय ९५ ओटा सुझावमध्ये नेपाल सरकारले स्वीकार गरेका १ सय ५२ ओटा सुझावको प्रगतिलाई पनि प्रतिवेदनमा समावेश गरिएको बताउनु भयो ।
यूपीआर प्रतिवेदनका लागि नेपाल सरकारले पेश गर्ने प्रतिवेदनको प्रारूपका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी उपसचिव श्रद्धा रिजालले प्रस्तुतीकरण गर्नु भएको थियो ।
कार्यक्रममा इन्सेक की अध्यक्ष डा. इन्दिरा श्रेष्ठले मानव अधिकारको रक्षाका लागि राज्य र नागरिक समाजले अझै भूमिका बढाउनुमा जोड दिदै नागरिक समाज, मानवअधिकारकर्मीहरुको अथक प्रयासले घटना न्युनिकरण हुनेमा आफु आशावादी रहेको बताउनु भयो ।
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले यूपीआरका लागि नेपालको गैरसरकारी संस्थाले, राष्ट्रिय मानव अधिकार संस्था र राज्यले प्रतिवेदन पेश गर्ने प्रावधान रहेकोमा नेपाल सरकार प्रधानमन्त्रिको कार्यालयले विश्वास गरि इन्सेक मस्यौदामाथि राय संकलनका लागि अवसर दिएकोमा धन्यवाद दिनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ का निमित्त निर्देशक विरबहादुर बुढा मगरले प्रदेश २ मा मानवअधिकारको अवस्था सन्तोषजनक नरहेकाले गर्दा यहाँ व्याप्त गरिवि, अशिक्षा तथा पछिल्लो समय कोरोना कालमा दलितहरुमाथि घटेका घटनाहरुलाई समेत समावेश गर्न हुन अनुरोध गर्नु भयो ।
नागरिक समाजका अगुवा डा.सुरेन्द्र लाभले प्रदेश २ का जनताहरु अझै विभेदमा पर्दैै आएकाले यसप्रति राज्य गम्भिर हुनुपर्ने र प्रतिवेदनमा सो कुरा उल्लेख हुनुपर्नेमा जोड दिनु भयो ।
निल हिरा समाज प्रदेश २ का अध्यक्ष प्रदिप यादवले नेपालको तर्फबाट प्रस्तुत हुने प्रतिवेदनमा नेपालका तेस्रो लिङ्गिहरुले आफ्नो पहिचानसहितको नेपाली नागरिक हुन नसकेको र तेस्रो लिङ्गिहरुलाई विभिन्न ठाउँमा अपहेलना भोग्नुपर्ने बाध्यता रहेकोले राज्यले गम्भिरताका साथ तेस्रो लिङ्गिहरुको समस्या समाधानतर्फ उन्मुख नभएको बताउनु भयो ।
इन्सेक प्रदेश २ संयोजक राजु पासवानले प्रदेश २ मा मानवअधिकार उल्लङ्घनका घटनाहरु दिनानुदिन बढ्दै गएको देखिन्छ । मानवअधिकारको क्षेत्रमा भएका घटनाहरु न्युनिकरणका लागि राज्य पक्षसमेत जागरुक्क भई मानवअधिकारको क्षेत्रमा भइरहेका घटनाहरुको न्युनिकरणको सवालमा काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।  

Friday, September 4, 2020

असहाय मञ्चद्वारा असहायहरुलाई जनकचौकमा राहत वितरण

जनकपुरधाम, २० भदौ । सामाजिक क्षेत्रमा निक्कै नाम कमाउन सफल भएका असहाय संरक्षण मञ्चले लगातार ७५ औं दिनमा असहाय, विपन्न तथा गरीबहरुलाई शनिवार जनकचोकमा राहत वितरण गरेको छ ।
मञ्चका अध्यक्ष वैद्यनाथ साहले जनक चौकमा खाद्यन्नका ७ वटा प्रकार एकसय एकजना असहाय तथा गरीब परिवारलाई वितरण गरेका हुन । खाद्य सामाग्रीहरुमा चावल, दाल, मुरही, पिठो, नून सहितका सामाग्रीहरु रहेको बताइएको छ ।
करौना जस्ता महामारी रोगबाट बच्न र बचाउनका लागि सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरिएको थियो । असारमा केही दिनका लागि लकडाउन खुकुलो पारेपनि साउनको पहिलो सत्तादेखि नै पुनः लकडाउनमा कडाई गरिएको छ । 

लगायतार लकडाउनको कारण विपन्न, गरीब तथा असहायहरुको जीवनयापानमा निक्कै समस्या हुन थालेपछि असहाय संरक्षण मञ्चले धनुषाको ग्रामीण क्षेत्रदेखि लिएर उपमहानगरपालिकाको विभिन्न वडाहरुमा राहत लगायतका सामाग्रीहरु वितरण गर्दै आएकोछ ।
यो भन्दा अघि वर्षाको कारण आएको बाढीबाट जनकपुरधामकै केही वडाहरु डुबानमा परेपछि गरीब, तथा असहायहरुलाई असहाय संरक्षण मञ्चले त्रिपाल तथा खाद्यन्न वितरण गरेका थिए ।
सामाजकै सहयोगमा असहाय संरक्षण मञ्चले सामाजिक क्षेत्रमा लकडाउन अवधिमा लगातार राहत लगायतका सामाग्रीहरु वितरण गर्दै आएका मञ्चका अध्यक्ष साहले बताएका छन् ।
‘चैत्र ११ गते सरकारले लकडाउन लगाइयो, त्यसको केही दिनमा गरीब तथा असहायहरुको अवस्था दयनिय हुन थालेपछि हामीले राहतवितरण शुरु गर्यो’ मञ्चका अध्यक्ष साहले भने, ‘प्रहरीलाई खाजा र पानीका साथै वडा वडामा गएर असहाय र तथा गरीबहरुलाई खाद्यन्न वितरण गर्दै आएका छौं ।’



राहत वितरण कार्यक्रममा सुरक्षा दूरीको समेत ख्याल गरिएको थियो ।




Tuesday, August 11, 2020

गिरीको निधनले अपुरणीय क्षति भयो ः नेता निधि

जनकपुरधाम, २८ साउन । नेपाली काँग्रेसका नेता तथा होटेल रामाका संचालक समेत रहेका कृष्ण गिरीको कोरोना रोगबाट मृत्यु भएको छ । उहाँको निधनले नेपाली काँग्रेस तथा सामाजमा अपुरणीय क्षति भएको नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले बताएका छन् ।
गिरीप्रति शोक व्यक्त गर्दै निधिले भनेका छन ‘उहाँको निधनबाट नेपाली काँग्रेस, समाजले र मैले व्यक्तिगत रुपमा अपुरणीय क्षति बेहोरेको महसुस गरेका छौं ।’
गिरीलाई कोरोना संक्रमण देखिएपछि करिब २० दिनदेखि काठमाडौँमा उपचाररत उनको गएरति १२ बजे मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । गिरि लामो समय देखि मुटु लगायत अन्य दिर्घ रोगहरुबाट  थिए ।
गिरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि श्री एयरलायन्सको विमान चार्टर गरेर काठमाडौं लगिएको थियो । ‘कोरोना भाइरस संक्रमणसँगै उहाँमा अन्य जटिल समस्या पनि थियो,’ पूर्वमेयर गिरीका भतिज अनुराग गिरीले इकान्तिपुरसँग भने, ‘उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको हो ।’
नेपाल परिवार नियोजन संघ धनुषाको २५ वर्षसम्म अध्यक्ष रहेका मृतक गिरी ०४४–०४५ सालमा जनकपुर नगरपालिकाको मेयर भएका थिए । नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेका गिरीको दुई छोरा र श्रीमती छन् । उनका दुवै छोरा डाक्टर हुन् । ब्रुनाईमा रहेका गिरीका जेठो छोरा काठमाडौं फर्किसकेका छन् । कान्छो छोरा भने अस्ट्रेलियाको सिड्नीमा बस्छन् ।
गिरी क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालय सखुवा महेन्द्रनगरको अध्यक्ष तथा संस्थापक समेत रहेका थिए ।

Wednesday, August 5, 2020

जनकपुरवासीद्वारा अयोध्यावासीलाई सञ्जाल मार्फत शुभकामना


जनकपुरधाम, २१ साउन । भारतको आयोध्यामा राममन्दिरको शिलान्यस हुनुअघिदेखि नै जनकपुरधामबाट अयोध्यावासीहरुलाई फेसबुक सञ्जाल आर्फत जनकपुरवासीहरुले शुभकामना तथा बधाई दिने गरेको छ ।
वर्षौदेखि आयोध्यामा राममन्दिर निर्माण विवादित देखिएको थियो । तर बुधवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भूमिपूजन गरी राममन्दिरको निर्माणका लागि बाटो खेलेपछि जनकपुरवासी खुशी व्यक्त गरेका छन ।
राममन्दिरको निर्माणको बाटो खुलेकोले रामको ससुराली जनकपुरधामबाट युवाहरुले विभिन्न सञ्जालहरु अपनाउने शुभकामना तथा बधाई दिन थालेको छन् ।
यसैक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य सञ्जय चौधरी शुभकामना व्यक्त गर्दै लेखेका छन ‘आदरणीय एवं अश्ववी भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी ज्यू भारतको अयोध्यामा ऐतिहासिक भगवान रामललाको मन्दिर निर्माणकाृे लागि  हुने भूमिपूजनको अवसरको उपलक्ष्यमा माता सीताको नगरी जनकपुरधमबाट धेरै धेरै बधाई तथा शुभकामना ।’
त्यस्तै युवा अभियन्ता शुशील कर्णले पनि राममन्दिरको शिलान्यासप्रति खुशी व्यक्त गर्दै जनकपुरधाममा दीपावली मनाउनका लागि सबैमा आग्रह गरेका छन् ।
अधिकांश व्यक्तिले फेसबुक सञ्जालमा नवनिर्मित राममन्दिरको नक्सा राखेर खुशी व्यक्त गर्दै मोदीलाई बधाई तथा शुभकामना दिएका छन् । सोही क्रममा फेसबुक सञ्जालमा धर्मेन्द्र साह, अमर साह, महावीर युवा कमिटी, नित्यानन्द मण्डल, मनोज कुमार साह, यदुवंश झा,  राजेश कर्ण, नविण साह लगायत सयौं जनाले शुभकामनाका साथै दीपावली मनाउन जनकपुरवासीमा आग्रह गरेका छन् ।