Friday, July 13, 2018

दलित समुदायद्वारा प्रदेशसभा घेराउ


जनकपुरधाम, २७ असार । दलित अधिकार परिषदले बुधवार प्रदेश नं. २ को प्रदेश सभा बैठक घेराउ गरेका छन । उनीहरुले प्रहरी ऐन संशोधनको माग सरकार विरुद्ध नारा जुलुस समेत लगाएका छन । गोपाल धर्मशालामा जमघट भई सैयौको संख्यामा प्रदेशसभा अगाडि पुगेका दलित समुदायका अगुवा नेताहरुले प्रहरी ऐनमा दलितमाथि विभेद गरेको भन्दै नारा जुलुस लगाउँदै प्रदेशसभा घेराउ गरेका थिए ।
घेराउका कारण तीन बजे शुरु हुने भनिएको प्रदेशसभा बैठक करीब एक घण्टा ढिलो शुरु भएको थियो । दलित समुदायका प्रतिनिधिहरुले प्रदेशसभाको प्रवेशद्वारबाट सांसद तथा मन्त्रीहरुलाई रोकेका थिए ।  विरोध¥यालीमा सहभागीहरुले प्रहरी ऐन संशोधन गर्न तथा जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व गराउन माग गर्दै प्रदर्शन गरेका थिए । उनीहरुले प्ले कार्ड बोकेर प्रहरी ऐनमा छुट्याएको महिला कोटामा पनि दलितलाई आरक्षणको आधार दिनुप¥यो लगायत नारा लेखिएको थियो
परिषदका प्रवक्ता भोला पासमानले  मधेश आन्दोलनमा आफूहरुको समान सहभागिता रहेपनि प्रदेश सरकार समावेशी सिद्धान्त नारामा मात्र सीमित राखेको आरोप लगाएका छन । प्रदेश २ मा ६.६१ प्रतिशत जनसंख्या रहेको आदिवासी जनजातीलाई १५ प्रतिशत र १७.२९ प्रतिशत जनसंख्या रहेको दलितलाई जम्मा ७ प्रतिशत आरक्षण सरकारले प्रहरी ऐनमा कुन आधारमा दिएको भन्दै स्पष्ट गर्न परिषदसँग माग गरेको
छन ।
दलित अधिकार परिषदले प्रहरी ऐनमा दलित जनसंख्याको आधारमा १७.२९ प्रतिशत आरक्षणको व्यवस्था, महिला आरक्षण कोटामा महिलालाई छुट्टै १७.२९ आरक्षणको व्यवस्था, नीति आयोग लगायत अन्य सम्पूर्ण आयोगहरुमा जनसंख्याको आधारमा दलितको प्रतिनिधित्व लगायतका मागहरु अगाडी सारेका छन् ।
उनीहरुले प्रदेशसभा बैठकमा लागि आएका सांसद तथा मन्त्रीहरुलाई प्रवेशद्वार मै रोकेका थिए । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव, कृषिमन्त्री योगेन्द्र यादव प्रदेशसभाको प्रवेशद्वार मै अड्किएको थियो । उनीहरुले आफ्ना माग सम्बोधन गर्न मन्त्रीहरुलाई आग्रह गरेपछि आन्तरिक मामिलामन्त्री यादवले दलित समुदायको मागप्रति प्रदेश सरकार सकारात्मक रहेको बताएका छन ।

प्रहरी ऐन सच्याउन समिति गठन
दलित अगुवाहरुद्वारा प्रहरी ऐनको विरोध प्रश्चात आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले त्यो ऐनलाई सच्याउनका लागि सात सदस्ीय समिति गठन गरिएको छ ।
मन्त्री यादवले बुधवार बसेको प्रदेशसभामा प्रहरी ऐनलाई सच्याउनका लागि सो समिति गठन गरिएस्को बताएका छन ।, उनले समितिमा शैलेन्द्र साह, सुरिता साह, सत्यनारायण मण्डल, रामसरोज यादव, रामचन्द्र मण्डल, सावित्री देवी साह रहेका छन ।
मन्त्री यादवले बनेको विधेयक २०७५ को संशोधनका लागि प्रदेशसभाको अधिनमा रही संशोधनका लागि गठन गरिएको बताएका छन ।
प्रहरीद्वारा साँसदलाई दुरव्यहार
प्रदेश सरकारले ल्याएको प्रहरी ऐन दलितको हितमा नरहेको भन्दैे प्रदेश सभा घेराउ गर्न पुगेका राष्टिूयसभा सदस्य रामप्रित पासवानमाथि प्रहरीले हातपात गरेको आरोप लगाएका छन् । सडकबाट झरेर प्रदेशसभा जान लाग्दा प्रहरीले उनीहरुलाई रोकेपछि प्रहरी र दलित अगुवा नेताहरुसँग भन्नाभन भएका थिए । सोही क्रममा प्रहरीले साँसद पासमानमाथि दुरव्यवहार गरेको जनाइएको छ ।
राष्टिूयसभा सदस्य पासमानमाथि प्रहरीले दुरव्यवहा गरेपछि दलित अगुवा नेताहरुले प्रहरी प्रशासन तथा राज्य सरकारको विरोधमा समेत नारा जुलुस प्रर्दशन गरेका थिए । उनीहरुले लोकतन्त्रमा अधिकारका लागि लडनु मौलिक अधिकार भएपनि प्रहरीले यसरी दुराव्यवार गर्नु अनुचित रहेको बताएका छन । उनीहरु प्रहरीमाथि कारवाहीको माँग समेत गरेका छन ।

रामको निर्वाचन आज, सदस्यहरु निर्विरोध निर्वाचित, सबैमा प्रतिस्पर्धा


जनकपुरधाम, २९ असार । धार्मिक, साँस्कृतिक एवं समाजिक क्षेत्रमा कार्य गर्दै आएका श्री राम युवा कमिटीको आज निर्वाचन हुने भएको छ ।
कमिटीको १५ सदस्यीय कार्य समितिका लागि हुने निर्वाचनमा सदस्यहरु निर्विरोध निर्वाचित भई सकेका छन भन्ने बाँकी सबै पदमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्ष पदका लागि तीनजनाले उम्मेदवारी दिएका छ । अध्यक्ष पदमा परमेश्वर प्रसाद साह, उपेन्द ठाकुर र शम्भु प्रसाद साह प्रेमीले उम्मेदवारी दिएका छन । ती मध्ये उपेन्द्र ठाकुर पूर्व अध्यक्ष रहेको छ भने शम्भु प्रसाद साह निवर्तमान अध्यक्ष रहेका छन । त्यस्तै परमेश्वर प्रसाद साह उपाध्यक्ष पद रहेर कार्य गरिसकेका छन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्ष पदमा ४ जना, उपाध्यक्ष पदमा २ जना, महासचिव पदमा तीनजना, सचिव पदमा तीनजना तथा कोषाध्यक्ष पदमा दुईजनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत उमेश साहले जानकारी दिएका छन् ।
निर्वाचन अधिकृत साहका अनुसार कमिटीको अध्यक्ष पदका लागि उपेन्द्र ठाकुर, शम्भु प्रसाद शाह प्रेमी तथा परमेश्वर प्रसाद साहले उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्ष पदमा अजय कुमार साह तेली, पंकज कुमार खण्डेवाल, शिव ठाकुर सोनार, संजय कुमार ठाकुरले उम्मेदवारी दिएका छन् । उपाध्यक्ष पदमा अनिल कुमार साह र प्रकाश कुमार साह, सचिव पदमा लालबाबु प्रसाद साह, शम्भु लाल दास, दिनेश कुमार सिंहले दिएको जनाइएको छ ।
त्यस्तै सदस्य पदमा प्रमोद कुमार पण्डित, संजय कुमार ठाकुर (बी), लोकेश्वर झा, अजय कुमार ठाकुर, प्रकाश कुमार मण्डल (विटु), दिलिप कुमार साह निर्विरोध निर्वाचित भएका छन ।

मुख्यमन्त्री राउतलाई मातृ शोक


जनकपुरधाम, २९ असार । प्रदेश नम्बर २ को मुख्यमन्त्री लालबाबु राउतलाई मातृ शोक परेको छ । करीब ७० वर्षको उमेरमा शुक्रबार दिउसो सवा तीन बजे मुख्यमन्त्री राउतको आमा राधिका देवीको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
समान्य ज्वरो आएपछि उपचारको लागि तीन दिनअघि भारत बिहारको रक्सौल स्थित डंकन अस्पतालमा भर्ना गरेको थियो । उहाँको उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उहाँलाई अन्तिम संस्कारको लागि आजै पैतृक गाँउ पर्साको जगन्नाथपुर लाने र आज विहान ९ बजे मुश्लिम परम्परा अनुसार अन्तिम संस्कार गरिने मुख्यमन्त्री राउतका स्वकीय सचिव दिपक यादवले जनाएका छन । मृतका राउतका २ छोरा र दुई छोरी हुनुहुन्छ । यता जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले मुख्यमन्त्री लालबाबु राउतको आमाको असमायिक निधनप्रति दुःख व्यक्त गरेका छन । उनले यस्तो दुःखद घडीमा माता जानकीले शोकाकुल परिवारजनप्रति धैर्यधारणा गर्ने क्षमता प्रदान गरुन कामना समेत गरेका छन ।

सबैका साथ सबैको विकासका साथ अगाडि बढनेछौं ःसाह

श्री राम युवा कमिटीको अध्यक्ष पदमा उम्मेदवारी दिएका परमेश्वर साहसँग दैनिक जनकपुरले गरेको कुराकानीको संक्षिप्त अंश
तपाईको उम्मेदवारी किन ?
म यस कमिटीको उपाध्यक्ष भएर कार्य गरिसकेको छु । मेरो कार्यकाल पूर्ण सफल रहेको छ । श्री राम युवा कमिटी विशुद्ध रुपमा सामाजिक संस्था हो र सामाजिक कार्य पनि नगरेको होइन । तर जुन रुपमा खेलकुद, स्वस्थ्य, शिक्षा क्षेत्रमा कार्य हुनुपर्ने थियो त्यो अनुसार देखिएको छैन । धार्मिक, साँस्कृतिक, सामाजिक र स्वस्थ्यको क्षेत्रमा कार्य गर्ने उद्देश्यले उम्मेदवारी दिएको छु ।
समाजमा तपाई कस्ता कस्ता कार्य गर्नु भएको हो ?
सामाजिक क्षेत्रमा कार्य गर्न मेरो दृढ इच्छा छ । तर अहिलेसम्म अवसर नपाएकोले गर्न सकेको छैन । एक पटक यसै कमिटीको उपाध्यक्ष भएर सामाजिक, धार्मिक, साँस्कृतिक लगायत विभिन्न क्षेत्रमा कार्य गरेको कसैसँग लुकेको पनि छैन । यस पटक अध्यक्ष पदमा विजयी भएपछि धेरै कार्य गर्नु सोचेको छु ।
तपाई जितेपछि पहिलो कार्य के हुनेछ ?
कमिटीको धेरै यस्ता कार्य छन, जुन वर्षोदेखि अधुरा रहेको छ । त्यो अधुरा कार्यलाई पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । त्यसपछि गुरुयोजना बनाएर कार्य गर्न विश्वास समेत दिलाउन चाहन्छु ।
सदस्यहरु तपाईलाई मत दिन्छ त्यसको आधार के हो ?
मैले पहिला पनि भनि सकेको छु, सामाजिक कार्य तर्फ मेरो रुचि धेरै छन । अहिलेसम्म ममाथि कुनै प्रकारको दाग लागेको छैन । कमिटीको उपाध्यक्ष भएर कार्य गरेको सबैले देखेकै छन । मलाई विश्वास छ, सदस्यहरुले यसपटक मलाई विजयी गराउने छन् ।
अन्त्यमा केही भन्नु हुन्छ ?
अन्त्यमा सदस्यहरुलाई के भन्न चाहन्छु भने कमिटीमा नयाँ अनुहार आउनु प¥यो । एक पटक मलाई अध्यक्ष पदमा विजयी बनाई दिनका लागि सबैमा अनुरोध र नमन गर्दछु । सबैका साथ र सबैको विकासका साथ अगाडि बढने मेरो प्रतिबद्धता हो ।

‘न्यायिक इजलास चुनौती बन्दै’


जनकपुरधाम, २८ असार । स्थानीय सरकारको पालिका अन्तरगत रहेको न्यायिक इजलास चुनौती बन्दै गएको छ । मुद्दा आउने क्रम निरन्तर रुपमा बढिरहेको छ भने फैसला गर्न त्यतिकै चुनौतीपूर्ण रहेको इजलासका संयोजकहरुको ठम्याई रहेको छ ।
गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका तथा महानगरपालिकामा संविधानको धारा २१७ बमोजिमको एक न्यायिक समिति गठन गर्ने रहेको छ । उक्त समितिलाई विवादको निरुपण गर्ने अधिकार समेत दिइएको हो । न्यायिक समितिमा १३ प्रकारको विवादलाई मेलमिलापको माध्यमबाट टुंग्याउने अधिकार समेत दिएको छ ।
नगरपालिकामा दिन्हुँ विभिन्न प्रकारको मुद्दा आउने क्रम बढि नै रहेको छ । विशेष गरी झै झगडा, बाटो च्यापी घर निर्माण गर्ने, नक्सा पास नगराई घर निर्माण गर्न लागेको, सम्बन्ध विच्छेद, कुटपिट जस्ता आउने गरेको सिरहा नगरपालिकाकी उपमेयर डा. नमिता यादवले बताएकी छिन । उनले भनिन, ‘न्यायिक इजलासबाट सर्वसाधारण जनतालाई हदैसम्म राहत पाउने गरेको आफूले महसुस गरेको हो । हजारौ रुपैया खर्च हुने ठाउँमा सय÷पच्चासमा नै मुद्दा फछर्याैट हुने गरेको छ ।’ कुटपिट, बाटो च्यापेर घरनिर्माण भई रहेको मुद्दामा चेतावनी पनि सुन्नु नपरेको होइन । तर आफूलाई न्यायिक क्षेत्रमा नडराउने विश्वासका साथ मेलमिलाप गराउने गरेको उनले बताएकी छिन ।
उपमेयर यादव भन्छिन ‘धैरै मुद्दामा आफू घटना स्थलमा नै पुगेर मेलमिलाप गराएको छु । मुद्दाहरु झन्झिटिलो भएपनि जुन उद्देश्यका साथ स्थानीय सरकार गठन भएको हो त्यो उद्देश्यप्रति आफू अडिग हुन्छु ।’ उनले रुखकाटेको, छोराले कुटेको जस्ता पनि मुद्दा आउने गरेको बताएकी छिन ।
त्यस्तै सिरहाकै कर्जन्हा नगरपालिकाकी उपमेयर ज्ञानु श्रेष्ठ भन्छिन ‘न्यायिक इजलास अहिलेको अवस्थामा चुनौती होइन, सर्वसाधाण जनतामा जनचेतनाको अभाव रहेको छ ।’ उनले अहिले पनि जनताहरुलाई यो कुरा थाहा छै कि कुन मुद्दा कहाँ हेर्ने हो । उनीहरुले अहिले पनि न्यायिक इजलासलाई चुनौती दिदै अदालतमा जानेसम्म धम्की दिई रहेको छ । तर आफूहरु उनीहरुलाई सम्झाई बुझाई मिलापत्र गराई फर्काउने गरेको बताएकी छिन ।
म पैसा दिन्छु, त्यो मुद्दा मेरो पक्षमा फैसला हुनुप¥यो वा छोड दिनुपर्ने भन्दै जनकपुर उपमहानगरपालिकाको न्यायिक समितिका संयोजक रिता झालाई समेत फोन आएको बताएकी छिन । उनले भनिन, ‘धम्की त आएको छैन, तर पैसाको लोभ दिएको हो ।’