Wednesday, May 13, 2020

साहको पहलमा विदेह नपामा स्वस्थ्य सामाग्री वितरण


जनकपुरधाम, ३१ बैशाख । जनता समाजवादी पार्टीका कान्द्रिय सदस्य तथा सहकारी बिभाग केन्द्रीय संयोजक  संजय साहको पहलमा बुधवार विदेह नगरपालिकालाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
साहले समाजिक बिकास मन्त्रालय अन्त्रगत आपूर्ति महाशाखाबाट समानवय गरेर कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागी पीपीई ७ थान,एन ९५  मास्क १० थान,  थर्मोगन (ज्वरो मापन गर्ने), सर्जिकल मास्क ६०० पिस,  १० लिटर सेनिटाइजर,ग्लोब्स सहितका स्वास्थ सामाग्री बिदेह नगरपालिका  मेयर बेचन दास र प्रमुख प्रशाकीय आधिकृत संजिव साहलाई हस्तान्तरण गरेका छन् ।
बिदेह नगरपालिकामा पर्ने स्वास्थ्य चौकी लगायतको स्वास्थय निकायमा सो सामाग्री वितरण गरिएको हो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्रीहरु बिदेह नगरपालिकामा रहेको एक क्वारेनटाइन हस्तान्तरण गर्नुभएका छन् ।कार्यकर्ममा सबै उपस्थित सबै स्वास्थ्य संयोजक राम गुलाम कर्न , स्वास्थ्यकर्मि बिनोद शर्मा लगायत सबै स्वास्थ्य कर्मचारीको उपस्थित थियो ।

Saturday, May 9, 2020

जानकी मन्दिरका महन्त र शिष्यबीच विवाद, यसरी बढ्दै लफडा

हिमांशु चौधरी
जनकपुरधाम, २८ वैशाख । जानकी मन्दिरका महन्त र शिष्यबीच चुलिएको विवादले यहाँ चिन्ता छाएको छ । मन्दिरको व्यवस्थापन, अधिकार, उत्तराधिकारी, मूल्य मान्यता तथा अमर्यादित गतिविधि सञ्चालनका विषयमा उत्पन्न विवादले मन्दिरको अस्तित्वमाथि नै सङ्कट मडारिन थालेको जनाइएको छ ।
जानकी नवमीका दिन (यही वैशाख १९ गते) महन्तका शिष्य रामरोशनले प्रसादका रूपमा मन्दिरमा माता जानकीका नाममा जन्म केक काट्नाका साथै आफ्नो कक्षमा महिलासँग नाचगान गरेको घटना र अपारदर्शिताका बारेमा महन्तद्वारा स्थानीय विभिन्न सञ्चारमाध्यममा दिएको अभिव्यक्तिपछि आमसमुदायमा मन्दिरको भविष्य अब के होला भन्ने चिन्ताले तीव्रता पाएको छ ।
महन्त रामतपेश्वर दासले शिष्य रामरोशनले आपूmलाई स्वयं उत्तराधिकारी घोषणा गरी मन्दिरको महन्त परम्परा, मूल्य मान्यताको मर्दन हुने चलखेल गरिरहेको आरोप लगाउनुभएको छ ।
गुठी संस्थानको ऐनमा उत्तराधिकारीको व्यवस्था नभए पनि शिष्य रामरोशनले संस्थानबाट उत्तराधिकारीको परिचयपत्र लिई आर्थिक गतिविधिलगायत मन्दिरमा महन्तझैँ पूर्णरूपले अधिकार प्रयोग गरी आपूmलाई बेवास्ता तथा मन्दिरको गरिमालाई स्खलित हुने गतिविधि गरिरहेको महन्त दास बताउनुहुन्छ ।
महन्त दास भन्नुहुन्छ, “करिब ६ वर्षअघि आपूm बिरामी भई उपचारका लागि केही समय भारतमा बसेका बेला शिष्य रामरोशनले आपूmलाई उत्तराधिकारी एवं छोटे (सानो) महन्त भन्दै सरकारी निकायदेखि लिएर विभिन्न श्रद्धालुबाट आर्थिक सहयोग तथा दान लिने क्रम शुरू गरेको हो ।”
जानकी मन्दिर गुरु शिष्य परम्पराअनुसार शिष्यको समुदायबाट सञ्चालन हुने गरेको छ । गुरूको निधनपछि शिष्य महन्त हुने मन्दिरमा चलन रहेकामा शिष्य रामरोशनले सो परम्परा विपरीत उत्तराधिकारी महन्त घोषणा गरी महन्त रामतपेश्वरलाई मनोवैज्ञानिक ढङ्गले रोगीझँै व्यवहार गरी मन्दिरमा स्वेच्छाचारी संरचना निर्माण गरेको महन्तका अर्का शिष्य पवन चौधरी बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “रामरोशन आर्थिक हिनामिना, साधु सन्तभन्दा नेता, महिलाबीच रम्ने र गुरूलाई दासझैँ बनाउने खेलमा लागेको छ ।”

मन्दिरमा महन्त परम्परा
सत्रौँ शताब्दीको अन्ततिर महात्मा सुरकिशोर दासले वर्तमान जानकी मन्दिर भएको स्थानमा नीमको रूखमुनि सपनामा जानकी माताबाट मेरो बुबाको घर जनकपुरधाम यही हो, मेरा मूर्तिहरू यही रूख मुनि छन्, यसलाई निकालेर पूजा गर्नुस् भनी आदेश भएपछि दासले सोही स्थानमा खन्ती गाडी भगवान्को पूजाअर्चना शुरू गरेको देखिन्छ ।
महात्मा सुरकिशोर दास वस्तुतः आधुनिक जनकपुरको संस्थापक र जानकीको उपासना पद्धतिको प्रचारक, सन्त एवं कवि मानिन्छ । मकवानपुरका सेन राजा माणिक सेनले ईसन् १७२७ मा यिनै महात्माका चेला प्रयोग दासका समयमा जनकपुर आई सीतारामको दर्शन गरी भोगरागका लागि बुश विर्ता अर्पण गरी मन्दिरको सञ्चालन एवं सम्बद्र्धनमा ठूलो योगदान पु¥याएको इतिहास छ ।
अध्येता नारायणप्रसाद रिमालका अनुसार राजगुठीअन्तर्गत पूर्णरूपमा स्वतन्त्र रहेको जानकी मन्दिर गुरू शिष्य परम्परागत रही सञ्चालन व्यवस्थापनको जिम्मा महन्तमा निहित रहेको देखिएको छ । जानकी मन्दिरमा सुरकिशोर दास, प्रयाग दास, जनक विदेही दास, हरिनारायण दास, बलराम दास, सुमरन दास, विश्वम्भर दास, रामगुलेला दास, नरहरि दास, हरिभजन दास, रामकृष्ण दास, नवलकिशोर दास, रामशरण दास र रामतपेश्वर दास (वर्तमान) रहेको पाइन्छ ।
सुरकिशोर दासपछिका महन्तमा प्रयाग दास, विश्वम्भर दास, रामकृष्ण दास, नवलकिशोर दासको नाम साधु सन्त समाजमा विशेष उल्लेखनीय रहेको पाइन्छ । प्रयाग दास महात्मा सुरकिशोर दासझैँ वात्सल्यभावनिष्ठ सन्त रहेको र उनी आपूmलाई निमीवंशी र जानकीजीको सानो भाइ भन्ने गरेका कारण उहाँ अयोध्या र मिथिलामा मामा प्रयाग दास भनी विख्यात रहेको कथन छ ।
जानकी मन्दिर र राममन्दिर पहिले एकै व्यवस्थापनमा चल्ने गरे पनि राममन्दिर दशनामी र जानकी मन्दिर वैष्णव सम्प्रदाय रहेकाले दुवैमा मनोमालिन्य भई कहिलेकाहीँ गम्भीर स्थितिको सिर्जना भएपछि महात्मा विश्वम्भर दासले आधा आधा जमिन बंटबारा गरी एक अर्कामा भएको जानकी मन्दिरको व्यवस्थापनलाई स्वतन्त्र एवं चुस्त बनाएको इतिहास पाइन्छ ।
महात्मा रामकृष्ण दासको पालामा वर्तमान जानकी मन्दिर बनेको हो । यसको निर्माणमध्ये भारत ओरछा नरेश टीकमगढका महाराजा प्रताप सिंहकी पत्नी वृषभान कुँवरी पुत्र प्राप्तिको खुशियालीमा गर्न लगाएको देखिन्छ । महात्मा रामकृष्ण दासले नै महारानी र महाराजालाई जानकीको मन्दिर अयोध्या र जनकपुरमा निर्माण गर्न उत्साहित गरेको अध्येता रिमालको अन्वेषणमा उल्लेख छ ।
जानकी मन्दिरको शिलान्यास विसं १९५२ माघ २८ गतेमा भई विसं १९६७ माघ २८ गते प्रतिष्ठा भएको हो । प्रतिष्ठाका अवसरमा महाराजा प्रतापसिंहकी महारानी वृषभान कुँवरीको मृत्यु भइसकेकाले महाराजाको दोस्रो पत्नी गणेश कुँवरी साथ सीतारामका मणिविग्रहका आकर्षक मूर्ति प्रतिष्ठा गरिएको इतिहास पाइन्छ ।
जानकी मन्दिरका वर्तमान महन्त रामपतेश्वर दासले शतवार्षिकी समारोह, विशेष धार्मिक प्रवचन, विवाह पञ्चमी, रामनवमी, झुलन पर्व, जानकी नवमी, कोजाग्रत पूर्णिमा, अन्नकुट उत्सवको आयोजना गरी यस क्षेत्रको धार्मिक विकासतर्फ केन्द्रित रहेको देखिन्छ ।

विवाद किन ?

शिष्य रामरोशन दासले महन्त रामतपेश्वर दास केही समय अस्वस्थ्य भएको बेलादेखि आपूmलाई उत्तराधिकारी र छोटे महन्त भन्दै मन्दिरलाई कब्जा गर्ने मनसायले महन्तलाई महत्वहीन बनाउँदै क्रमिकरूपले आफ्नो प्रभुत्व हरेक क्षेत्रमा स्थापित गरी महन्तसँग पूर्ण अधिकारको माग गर्दै धाक धम्की दिएपछि मन्दिरको विवाद जनस्तरमा आएको हो ।
महन्त रामतपेश्वर दासका अनुसार शिष्य रामरोशनले जानकी मन्दिरको नामलाई आफ्नो निहित स्वार्थ पूर्तिको माध्यम बनाउँदै मन्दिरमा राजनीति, संस्कारहीनता र सङ्घ, प्रदेश र बृहत्तर क्षेत्र विकास परिषद्लगायतका सङ्घसंस्थाबाट करोडौँ रकम असुली गरी व्यक्तिगत कार्यमा प्रयोग गरेको र आपूmले सोबारेमा शिष्यलाई स्पष्ट गर्न भन्दा आपूmलाई अभद्र व्यवहारदेखि धाकधम्कीसमेत दिएको बताइएको छ ।
शिष्य रामरोशनले विवाह पञ्चमी, जानकी नवमीलगायत उत्सवका नाममा विभिन्न निकायसँग लिएको रकमबारेमा आप्mूले प्रदेशसँग अभिलेख उपलब्ध गराउन आग्रह गरेको बताउँदै उहाँले भन्नुभयो, “शिष्य रामरोशनले असुली गरेको रकमको हिसाब सार्वजनिक गर्नुपर्छ, सो नगरेकामा कारवाहीको प्रक्रियामा जानेछु ।”
महन्त दास आफ्ना एकजना गृहस्थ शिष्यले नै मन्दिरको सम्पूर्ण व्ययभार गरिरहेको अवस्थामा शिष्य रोशनलाई पटक पटक अन्यसँग सहयोग र दान नलिन सुझाव दिँदा रोशनले विश्वासघात गरी मन्दिरको भविष्यमाथि नै प्रश्न चिह्न लगाउने क्रियाकलाप गरिरहेको बताउनुहुन्छ ।

महन्तमाथि आरोप
महन्त रामतपेश्वर दास मन्दिरमा धार्मिक वातावरण निर्माणका कार्यक्रम सञ्चालन गरे पनि मन्दिरका सम्पूर्ण जग्गा बिक्री गरिसकेको आरोप छ । जानकी मन्दिरको साविक ५९८ बिघा १० कट्ठा चार धुर रहेकामा महन्त रामतपेश्वरले गुरू महन्त रामशरण दासको हस्ताक्षरको छाप प्रयोग गरी सोमध्ये अधिकांश जग्गा बिक्री गरिसकेको आमसमुदायमा चर्चा पाइन्छ ।
गुठी संस्थानका कर्मचारीको मिलेमतोमा महन्त दासले केही समयअघि फूलबारीको जग्गासमेत बिक्री गरेको आरोप रहेको छ । सो संस्थान केन्द्रीय कार्यालयका अनुसार महन्तका शिष्य रामरोशन दासलाई सिंहदरबार प्रवेश सन्दर्भमा जानकी मन्दिरको पत्रका आधारमा उत्तराधिकारी महन्तको परिचयपत्र जारी गरिएको हो ।
महन्त रामपतेश्वर दास जानकी मन्दिरले सो संस्थानलाई शिष्य रामरोशनलाई उत्तराधिकारीको परिचयपत्र बनाई दिन कुनै पत्र नलेखेको बताउँदै गुठी ऐनमा उत्तराधिकारी महन्तको व्यवस्था नरहेको अवस्थामा गुठीले शिष्यलाई कसरी उत्तराधिकारी महन्तको परिचयपत्र दियो प्रश्न गर्नु हुुन्छ ।
यसैबीच शिष्य रामरोशन दासले जानकी नवमीका दिन आफूले केक नकाटेको स्पष्ट गर्दै मन्दिरको मान्यता विपरीत कुने गतिविधि नगरेको बताउनुहुन्छ । प्राध्यापक डा भोगेन्द्र झा महन्त र शिष्यबीचको विवादले पूजनीय, आस्था र विश्वासको प्रतीक रहेको जानकी मन्दिरको भविष्य नै अन्योलमा परेकाले समस्या समाधानलगायत मन्दिरको अस्तित्व रक्षा गर्न सबै क्षेत्र अग्रसर हुुनु जरूरी रहेको बताउनुहुन्छ । राससबाट

Wednesday, May 6, 2020

मापदण्ड अनुसार राहत वितरण नभएको भन्दै मानव अधिकारकर्मीद्वारा अदालतमा मुद्दा दायर

जनकपुरधाम, २५ बैशाख । मानवअधिकारकर्मी बिनोद महरा र अधिवक्ता भोगेन्द्र यादवले लकडाउनका कारण प्रभावित गरिब विपन्न श्रमिक वर्ग असहायहरुलाई संघीय सरकार तथा प्रदेश सरकारको मापदण्ड अनुसारको राहत वितरण नभएको भन्दै उच्च अदालत जनकपुरमा रिट दायर गरेका छन् । रिट दायर भएपछि बुधबार नै उच्च अदालत जनकपुरले सो सम्बन्धमा परमादेश प्रतिषेध जारी गरेको छ ।
रिटमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय प्रदेश २, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय धनुषा, राष्ट्रिय मानव अधिकार आयोग प्रादेशिक कार्यालय जनकपुर, जनकपुरधाम उपमहानगरपालिका, धनुषाका सबैला नगरपालिका, कमला नगरपालिका, मिथिला बिहारी नगरपालिका, धनौजी गाउँपालिका, नगराईन नगरपालिकालाई विपक्षी बनाई मुद्दा दायर गरिएको हो । उक्त मुद्दामा न्यायधिश राजेश्वर तिवारीको एकल ईजलाशले कोरोना नियन्त्रण, राहत वितरण सम्बन्धमा नेपाल सरकारले तय गरेको नीति निर्देशन र मापदण्ड बमोजिमको कार्य गर्नु गराउनु भनि विपक्षीहरुको नाममा आज बैसाख २४ गते परमादेश प्रतिषेध जारी गरेका हुन् ।
रिटमाथी निवेदकको तर्फबाट अधिवक्ताद्वय विपिन कुमार झा र  राजकुमार महासेठले बहास गर्नुभएको थियो ।
कोरोना भाईरस (कोभिड–१९) फैलिन नदिन नेपाल सरकारले चैत्र ११ गतेदेखि मुलुक लकडाउन गरेपछि संघीय सरकारले चैत्र १९ गते गरिब विपन्न श्रमिक वर्ग असहायहरुलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो । संघीय सरकारले उपलब्ध गराउने राहतमा चामल ३० किलो, दाल ३ किलो, नुन ३ प्याकेट, साबुन ४ वटा, खाने तेल २ लिटर, चिनी २ किलो लगायतको खाद्यान्न सामग्री उपलब्ध गराउने निर्णय गरेको थियो । सोही अनुसार प्रदेश २ सरकारले पनि गरिब विपन्न श्रमिक वर्ग असहायहरुलाई संघीय सरकारकै मापदण्ड बमोजिम राहत वितरण गर्ने निर्णय गरेको थियो । तर स्थानीय तहहरुले सरकारको मापदण्ड अनुसारको राहत नबाँडेको र बाँडेको पनि कमी भएको, कुँहिएको, चामल, दाल लगायतका राहत सामग्री वितरण गरिरहेको हुनाले त्यसको प्रभावकारी अनुगमन संयन्त्र, निर्माण गर्न र त्यसतो कार्यमा संलग्न जनप्रतिनिधि, कर्मचारी वा अन्य जोसुकै भए पनि कानुन बमोजिम कारवाही गर्न रिटमा माग गरिएको छ ।
संवैधानिक तथा कानूनी प्रश्नस्(नेपालको संधिानको धारा१६(१) लेप्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाँउने हक प्रदान गरेको र धारा३६(१) प्रत्येक नागरिकलाई खाध सम्बन्धि हक हुने कुराको प्रत्याभुती गरेको छ । धारा४३ मा आर्थिक रुपले बिपन्न, अशक्तर असहाय अवस्थामा रहेका, असाहय, एकल महिला, अपाङ्गताभएका, बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने व्यक्तितथा लोपोन्मुख जातिका नागरिकहरुलाई कानून बमोजिम सामाजिक सुरक्षाको हक हुनेछ भनी व्यवस्था रहेको छ । धारा ४४(१) लेप्रत्येक उपभोक्तालाई गुणस्तरीय बस्तु तथा सेवा प्राप्त गर्ने हकको प्रत्याभूति गरेको छ । उक्त अधिकार उल्लंघन भएमा कानून बमोजिम क्षतिपूर्ति पाउने कुराको सुनिश्चतता गरियोस भन्दै मुद्धा दिएको मानव अधिकारकर्मी विनोद कुमार महराले जानकारी दिए ।
त्यसै गरी संविधानकोधारा३५(१) लेप्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निस्शुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरीने छैन भन्ने व्यवस्था गरेको छ । ऐन को उपधारा (२),(३) र (४) ले क्रमश ः प्रत्येक व्यक्तिलाई स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक, स्वास्थ्य सेवामा समान पहुँचको हक र स्वच्छखानेपानी तथा सरसफाईको हकको व्यवस्था गरेको छ । धारा ३६ (२) ले प्रत्येक नागरिकलाई खाद्यबस्तुको अभावमा जिवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुनेहकको व्यवस्था गरेको छ ।
नेपालको संविधानको धारा१६(१)ले सम्मानपूर्वक बाँच्न पाउनेहक धरा ३३ ले रोजगार सम्बन्धि हक, धारा ३६ खाद्य सम्बन्धि हकलगायतका अन्य मौलिकहकहरु मार्फत प्रस्तावनाले परिकलल्पना गरेका अधिकारहरुलाई सुनिश्चित गर्दै ती कुराहरु आम सर्वसाधारणहरुको पहुँच र सुरक्षणको सुनिश्चिता पनि संविधानमा नै मौलिक हकको रुपमा व्यवस्था गरेको छ ।
विवादको विषयस्(हाल बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (ऋइख्क्ष्म्(ज्ञढ )  को उच्च जोखिममा रहेको प्रदेशनं. २ कोमानव विकास सूचांक नेपालको अन्य प्रदेशको भन्दा तल रहेको छ भने जि.डी.पी.को अवस्थापनि त्यति राम्रो रहेको छैन। गरिबीको अवस्था पनि त्यस्तै रहेको छ । जातिगत जनसंख्यालाई हेर्दा सबै भन्दा बढी १७.२९ प्रतिशत जनसंख्या दलित समुदायको छ । जुनअत्यन्तै गरिब छन, करिब ४५ प्रतिशत भूमिहीन छन । प्रदेशन नं २ मा कोरोनाको जोखिम त छदैछ साथैमा मानिसहरुको दैनिकी पनि अत्यन्तै नाजुक छ ्र हजारौ घर परिवार यस्तो पनि छन जो दिन भरि मजदुरी गर्छन अनि बल्ल साझ चुल्हो बल्छ । दैनिक ज्यालादारी काम नगरे भोकै रात काट्नु पर्ने ठुलो जमात पनि प्रदेश नं २ मा छन । खासै खेतीपाती पनि नरहेको र लकडाउनको कारण मजदुरी पनि गर्न नपाए पछी हजारौ मानिस भोक भोकै बस्नु पर्ने अवस्था हाल पनि बिद्दमान छ । आज लकडाउन भएको ४५ दिन भई सक्यो तर हाल सम्म अधिकांस गाउपालिकार नगरपालिकाहरुमा राहत पुगेको छैन । केहि ठाउहरुमा राहत पुगे पनिअसंगठित क्षेत्रमा कार्यरत श्रमिकबर्ग  तथा असाहयहरुलाई उपलब्ध गराईने राहत सम्बन्धि मापदण्ड, २०७६ बिपरित गुणस्तर हिन सडेको,ढुसी लागेकोदाल, चामल बितरण गरिदै छ ।

आफन्त नेपालद्वारा १७ लाख बढी बराबरको राहत वितरण




जनकपुरधाम, २५ बैशाख । गैर सरकारी संस्था आफन्त नेपालले धनुषाको एउटा गाउँपालिकामा करीब १७ लाखबढी रकम बराबरको राहत वितरण गरेको छ ।
अदृश्य रोग कोरोना भाइरसबाट लड्नका लागि सरकारले लगाएको लकडाउनको कारण गरीब, असहाय र विपन्न परिवारलाई समस्या हुन थालेपछि आफन्त नेपालले राहत वितरण कार्य शुरु गरेको छ।
धनुषाको बटेश्वर गाउँपालिकाका २५ सय घरपरिवारलाई राहत वितरण गरिएको हो ।
फिडा इन्टरनेशनलमार्फत आफन्त नेपालले १७ लाख बटेश्वर गाउँपालिकाको लागि राहत सामाग्री खरिद गर्न गाउँपालिकालाई प्रदान गरेको छ । गाउँपालिकाले ५ लाख थप गरि २२ लाख बरावरको राहत सामाग्री वितरण गरिएको आफन्तका संयोजक जय प्रकाश मण्डलले जानकारी दिएका छन् ।
आफन्तका संयोजक मण्डलको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रमका प्रमुख अतिथि प्रदेश साँसद शत्रुधन महतोले विपदको बेलामा गैर सरकारी संस्थाद्वारा गरिएको कार्य सराहनीय रहेको भन्दै अगामी दिनमा पनि यस्तै दायित्व निर्वाह गर्नेछ विश्वास लिएका छन् ।
राहत सामाग्रीमा १० किलो चामल, दाल १ किलो, नुन १ किलो, आधा लिटर खाने तेल र एउटा साबुन वितरण गरिएको हो ।
राहत वितरण कार्यक्रममा बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत, उपाध्यक्ष प्रमिला देवी सिंह, वडा नम्बर ३ का अध्यक्ष हिरालाल महतो, आफन्त नेपालका उपाध्यक्ष प्रदिप यादव मोरबैता, आफन्त नेपालका कार्यक्रम संयोजक विष्णुकुमार यादव, मुकेश भगत लगायतको उपस्थिति रहेको थियो ।

Monday, May 4, 2020

राहत पाएपछि भकानिए बाबा दास

जनकपुरधाम, २२ बैशाख । मान्छे पीडाको बेला रुन्छ कि अचानक बढी खुशी प्र्राप्त भएपछि रुन्छ । तर जति हृदय खोलेर खुशी हुँदाखेरी रुन्छ त्यति दुःखको बेलामा पनि रुन्दैन । यस्तै घटना हो जनकपुरधाम उपमहानगरपालिकाको एउटा १०३ वर्षिय बाबा सीताराम दासको ।
जनकपुरधाम उपमहा नगरपालिका वडा नं. २४ बसहिया गाँउदेखि करीब एक किलोमिटर पश्चिम एलानी जग्गामा टहरा बनाएर बस्दै आएका छन बाबा दास । उनी कहाँ जब राहत लिएर एकजना समाजसेवी पुगे तब उनी जोरजोरले भकानिए अर्थात् खुशीको आँसु रोक्न सकेन बाबा दास । उहाँसँग रहेका छोरा सत्यनारायण दासले पनि आँसु रोक्न सकेन । राहत वितरण गर्न गएका व्यक्तिको आँखा पनि डबडबाए ।
गाउँभन्दा टाढा एउटा बाँसको झोपडीमा बाबा दास र उहाँको ४५ वर्षिय छोरा बस्दै आएका छन् । छोरा पनि अपांग रहेको छ । जसोतसो छोरा माँगीचाँगी ल्याएपछि बाबाको चुल्हा जल्ने गरेको उनी बताउँछन् ।
सोमवार विहान करीब ९ बजे समाजसेवी धर्मेन्द्र साह बाबाको झोपडीमा एउटा खाट (चौकी) २५ किलो चावल, पाँच किलो दाल, तेल, नुन, आलु, प्याज, तरकारी सहितको सामाग्री लिएर अचानक बाबा कहाँ पुगेपछि उनी जोरजोरले भकानिए । उनले भने, ‘अहिलेसम्म यस झोपडीमा कोही पनि यति राहत लिएर आएको छैन । जंगलमा सधैं भुईमा सुत्ने आज खाट पनि ल्याई दिएको छ ।’
जहाँ कसैको आँखा पुगेन त्यहाँ समाजसेवी साहले राहत वितरण गरेको हेरेर समाजका केही व्यक्तिहरु पनि निक्कै उत्साहित भएका थिए । बुढो बाबाको छोरा पनि अपांग । बस्तीभन्दा परको ठाउँमा गएर राहत दिएपछि बाबाले मात्र होइन, गाउँका भलभलादमी साहलाई धन्यावाद दिन पुगे ।
बाबा दास बस्ने ठाउँको नाउ भिषागढ हो । त्यहाँ सयौंको संख्यामा विभिन्न रुखहरु रहेको छ । बाबा भन्छन् ‘यो एलानी जग्गा हो । वर्षौदेखि आफू यही बस्दै आएका छौं । सयौं रुख लगाएका छौ्रं ।’
‘भीषागढा भन्ने यहाँ भिक्सको रुखहरु थियो । भीक्सको रुखनिर नागनागिन बस्दथे, अहिलेपनि छ’ बाबा दासले भने, ‘अहिलेपनि यहाँ धेरै सर्पहरु देखिन्छ, कसैलाई केही गर्दैन ।’
यता लकडाउन लम्बिदै जाँदा यस वार्डमा निःशुल्क खानाको व्यवस्था गरिएको थियो । खाना पकाउनका लागि मैले नै आफ्नो मिलबाट निःशुल्क रुपमा जडावन दिन आउँदा बाबाको हालात हेरेर यो राहत लिएको आएको समाजसेवी साह
बताउँछन् ।
कोरोना भाइरस महामारीको कारण विश्व नै प्रभावित बनेको छ । यस्तो अवस्थामा राहत दिनवालाको कमी छैन । तर कमै मान्छे होला जुन बाबा जस्ता व्यक्तिको झोपडीमा राहत लिएको पुग्ने गर्दछ ।

Saturday, May 2, 2020

पण्डित अमृतनाथ मिश्रको ५ औं स्मृति दिवसमा अनलाइन संगोष्ठी

जनकपुरधाम, २० बैशाख । महोत्तरीको पिपरा गाउँपालिका ७ बनौलीका मैथिली भाषका साधक, संस्कृत वाङ्ममयका निष्णात विद्वान पण्डित अमृतनाथ मिश्रको ५ औं स्मृति दिवस मनाइएको छ ।
कोरोना भाइरसको कारण देशमा लगाएको लकडाउनको पालना गर्दै सो स्मृति दिवस अनलाइन संगोष्ठी मार्फत मनाइएको हो ।
अमृतनाथ चिन्तन प्रतिष्ठान, बीरगंजका अध्यक्ष भगवान मिश्रको अध्यक्षतामा भएको अनलाइन संगोष्ठीमा नेपाल भारतका विभिन्न जिल्लाका विद्वानहरु आफ्ना विचार राखेका छन् ।
संगोष्ठीमा नेपाल प्रज्ञाप्रतिष्ठान काठमाण्डौका कुलपति गंगा प्रसाद उप्रेती, कामेश्वरसिंह संस्कृत विश्वविद्यालय, दरभङ्गाका पण्डित शशिनाथ झा, अमेरिकाबाट  सहप्राध्यापक अयोध्या प्रसाद श्रीवास्तव, जनकपुरधामका वरिष्ठ पत्रकार रामभरोस कापडि ‘भ्रमर’, राजेश्वर नेपाली , विद्यापति पुरस्कार कोषका सदस्य सचिव नविन मिश्र, वरिष्ठ साहित्यकार देबेन्द्र मिश्र, हृदयकान्त झा, कालीकान्त झा “तृषित“, सतीशचन्द्र झा“सजल“, दरभङ्गाका वरिष्ठ साहित्यकार, चन्द्रमोहन झा “पडवा“                                 जनकपुरधामका वरिष्ठ साहित्यकार अयोध्यानाथ चौधरी, शिक्षा विद् ज्ञानेन्द्र झा, कवि शोभाकान्त झा, पुरातत्वविद, गोपाल झा, कवियित्री  पूनम झा ‘मैथिली’, संस्कृत मनीषी डा.गणेश पाण्डे, सदस्य अमृतनाथ चिन्तन प्रतिष्ठानका श्रीमती रेखा मिश्र, वरिष्ठ कवि त्रिभुवन झाले सो संगोष्ठीमा विचार राखेका थिए ।
सुश्री अन्तिका मिश्रको प्रमुख आतिथ्य तथा सुरेन्द्र मिश्रको विशिष्ट अतिथिमा भएको संगोष्ठी कार्यक्रममा विद्वान पण्डित अमृतनाथ मिश्रको  योगदान र विद्वतको चर्चा गरेका छन् । कार्यक्रमको सञ्चालन अमृतनाथ चिन्तन प्रतिष्ठानका सचिव दिनेशचन्द्र मिश्रले गरेका थिए ।

Friday, May 1, 2020

जानकी मन्दिरका ‘केक’ यसरी भयो फेसबुकमा भाइरल



जनकपुरधाम, २० बैशाख । धर्म र संस्कृतिको धरोहरको रुपमा जनकपुरधामलाई मानिन्छ । तर यहाँकै मठाधिश (धर्मज्ञाता)हरु आफ्नो संस्कृति विर्सेर धर्ममाथि प्रहार गरेमा उनीप्रति कस्तो व्यवहार हुनुपर्छ लगायतको कुराहरु सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ ।
भनिन्छ ‘अन्यत्र गरेको पाप जनकपुरधाममा कटिन्छ, तर जनपुुरधाममा गरेको पाप अन्यत्र कही कटिदैन ।’ आदर्श नारी जानकी माताको जन्मोत्सवको अवसरमा जानकी मन्दिरकै महन्थले विदेश संस्कृति अपनाउँदैन ‘केक काटेर’ मनाएको फेसबुकमा स्टेटस छ ।
धर्मको ज्ञान दिइने, धर्मको बाटोमा हिड्न सिखाउने स्वयंले अधर्म र आफ्नो संस्कृतिमाथि प्रहार गर्नेलाई कस्तो संज्ञा दिने हो त ? यी कुराहरु सामाजिक सञ्जालमा निक्कै भाइरसल भई रहेको छ ।
साहित्यकार एवं पत्रकार श्याम सुन्दर शशी फेसबुक सञ्जालमा लेख्छन् ‘जानकी नवकीको अवसरमा मन्दिरका सोनो र ठूलो महन्थ केक काटेर मनाएका छन् । साँझमा डिस्को हुन्छ र रातिमा पार्टी । मन्दिरको परम्परा नष्ट गरिरहेको छ । सामाज बहिरअकान बनेको हो । यति मात्र होइन, उहाँले अगाडि लेखेका छन् ‘यस युगमा जानकी मन्दिरको महन्थ दलित नै हुनुपर्छ ।’
शशिका अनुसार अधिकांश दलित हिन्दु हुन तर यश एकाईसो शताब्दीमा पनि मठ मन्दिर भित्र दलित समुदायको सुलभ पहुच हुन सकेको छैन । हिन्दु धर्मको रक्षा तथा ब्यापकता लागि दलित,जनजाति तथा पिछडा वर्गलाई मठ मन्दिरको नेत्रित्वमा ल्याउनु पर्दछ । धर्मान्तरणको एउटा कारण स्विकार्यता र स्वामित्व नहुनु पनि हो ।
त्यस्तै शंकर साह लेखेका छन ‘जानकी माताको जन्मोत्सवको अवसरमा केक काटेको होइन, चढाइएको हो ।’
त्यसैगरी गीतकार, संगीतकार एवं पत्रकार अशोक दत्त फेसबुक सञ्जालमा लेखेका छन ‘जानकी मन्दिरको व्यवस्थापकद्वारा केक काटेर जानकी माताको जन्मोत्सवमा मनाउन परम्पारको उपहास हो । धार्मिक आस्थामाथि खेलवाड भएको छ । यो निन्दनीय हो ?
‘एक तर्फ सबैजना मिथिला सभ्यतालाई बचाउने कुरा गरिरहेका छौं अर्कोतिर जानकी जीको नाउँमा केक काटि रहेका छौं । यो हामीहरुको लागि दुर्भाग्य हो’ वडा नं. ३ वडा अध्यक्ष दीपेन्द्र साह फेसबुकमा लेखेका छन् ।
ब्रह्मानन्द ठाकुर लेखेका छन ‘केक काटेर माता जानकीको मजाक नबाउँ ।’ फेसबुक सञ्जालम ५० भन्दा यस्ता स्टेटस छ जसले जानकी नवमीको अवसरमा केकमाथि ठूलो व्याङ्ग गरेको हो ।
यता यस सन्दर्भमा जानकी मन्दिरका छोटेमहन्थ रामरोशन दाससँग सम्पर्क गर्न उहाँले श्रद्धालुहरु ल्याएको केक आफूले किशोरी ज्यलाई चढाएर प्रसादको रुपमा बाँडेको बताएका छन् । उनले कसैको छोराको वर्थडे परेकोले उनले केक चढाउन जानकी मन्दिर आएको थियो । त्यो केकलाई काटेको होइन, जानकी मातालाई चढाएको जिकिर गरेका छन् ।