Monday, February 3, 2020

तेस्रोलिंगी अभिशाप होइन, हाम्रै समाजका व्यक्ति हुन ः साँसद थापा

जनकपुरधाम, २० माघ । प्रदेश सभा सदस्य शारदा थापाले तेस्रोलिंगी अभिशापको रुपमा होइन, हाम्रै समाजका व्यक्ति हुन गर्वको रुपमा स्वीकार गर्नुपर्छ बताएकी छन् ।
निल हिरा समाजद्वारा सोमवार जनकपुरधाममा आयोजित प्रदेश सरकार र प्रतिनिधिबीच कार्यशाला’ गोष्ठी कार्यक्रममा उनले सो कुरा बताएकी हुन । उनले भनिन, ‘राज्यले सबै क्षेत्रलाई समेटेपनि तेस्रोलिंगी र दृष्टिविहीनलाई अपेक्षित गर्दै आएको हो । उनीहरुलाई संवैधानिक व्यवस्था भएपनि कानूनी अधिकार महसुस हुन सकेन ।’
धनुषामा मात्र १२ हजार तेस्रोलिंगी छन् । देशभरिकै कुरा गर्ने हो भन्ने ९ लाखबढी तेस्रोलिंगी रहेको छ । अहिलेपनि अधिकांश नागरिकता विहीन छ । तेस्रो लिंगीको संख्या बढ्दै जानु दुःखद र चिन्ताको विषय रहेको साँसद थापाले बताएकी छन् ।
सामाजको परिवर्तनका लागि सामान रुपमा नीति नियमा ल्याउनु पर्दछ उनले भनिन, ‘तेस्रोलिंगीको अधिकारको लागि आवाज उठाउने प्रतिबद्धता जनाउँछौं ।’
सामाजका अध्यक्ष रामवरण यादवको अध्यक्षतामा भएको सो कार्यक्रमका विशिष्ट अतिथि जनकपुरधाम उपमहा नगरपालिकाकी उपमेयर रिता कुमारी मिश्रले जनकपुरधाम उपमहानगरपालिकाबाट तेस्रोलिंगीको लागि हुने कार्य गर्नेछौं सोको प्रतिबद्धता जनाउँछौं । तर त्यसका लागि प्रोपोजल बनाएर दिनुपर्छ, आउँदो परिषदमा बजेट पनि छुट्याउने बताएकी छन् ।
संविधानले मधेशीप्रति विभेद गरेकै हो । मधेशमा बस्ने मधेशीलाई मधेशी प्रमाणित गर्नुपर्छ र पहाडीलाई होइन यही नै ठूलो विभेद हो । तर मधेशमा बस्नेप्रति स्थानीय सरकारले त्यस्तै नगर्ने प्रतिबद्धता जनाएकी छन् ।
 त्यसैगरी अधिवक्ता रेखा झाले महिला पुरुष जस्तै तेस्रोलिंगीको लागि पनि अलगबाट हरेक ठाउँमा व्यवस्था हुनुपर्नेमा जोड दिएकी छन् । उनले भनिन, ‘शौचालय महिला पुरुषका लागि हुन्छ । तर  तेस्रोलिंगीको लागि हुँदैन । कम्तिमा उपमहानगरपालिकाभित्र यस्तो व्यवस्था हुनुपर्छ ।’
कार्यक्रममा प्रदीप यादव, राजु पासमान, विनोद महरा लगायतका अधिकारकर्मीहरुले आ आफ्ना विचार राखेका थिए ।

सम्बन्ध नजिक्नुको तीन मन्त्र ः अध्यक्ष राय


जनकपुरधाम, २० माघ । महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष राकेश बिक्रम रायले मान्छेलाई जोड्नु वा नजिक ल्याउनुमा तीनवटा मुख्यमन्त्र रहेको दावी गरेका छन् ।
असहाय संरक्षण मञ्च नेपालद्वारा राखिएको सम्मान कार्यक्रममा अध्यक्ष रायले भने, ‘भाव, प्रभाव र अभाव मानिसलाई नजिक वा जोड्ने कार्य गर्दछ । भाव राम्रो भएमा मान्छे जुड्न चाहन्छ, त्यसै नभएमा मान्छेको प्रभावले पनि जुट्न्छन्, वा अभावमा मान्छे घरसम्म पुगिन्छ ।’
मञ्चका अध्यक्ष वैद्यनाथ साहको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा उनले भने, ‘असहाय संरक्षण मञ्चले सामाजिक क्षेत्रमा गरेको कार्य निक्कै प्रशंसनीय छ । उहाँको कार्य हेरेर हामी पनि जुट्न चाहन्छौं । सफाईदेखि लिएर सामाजिक जनचेतना पैmलाउनमा उहाँको योगदान निक्कै महत्वपूर्ण छ ।’
उनले पिपरा गाउँपालिकालाई नमूना गाउँपालिका बनाउनका लागि सफाईदेखि लिएर अन्य कार्य गर्ने हाम्रो लक्ष्य रहेको बताएका छन् ।
‘अध्यक्षको पद हाम्रो लागि प्रतिष्ठा होइन, परीक्षा हो’ उनले भने, ‘भ्रमण वर्ष २०२०मा पिपरालाई ठूलो विश्राम स्थलको रुपमा राख्ने चाहना हो । भारतबाट आउने पर्यटकलाई पिपरामा कसरी रोक्न सकिन्छ त्यसको तयारीमा छौं ।’
यता मञ्चका अध्यक्ष वैद्यनाथ साहले जनकपुरधाम जस्तै पिपरा गाउँपालिकामा आफ्नो अभियान सञ्चालन हुने प्रतिबद्धता जनाएका छन् ।


Saturday, February 1, 2020

‘माँग पुरा नभए कर्मचारीद्वारा आन्दोलनको चेतावनी’


जनकपुरधाम, १८ माघ । अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुले हामीहरुको माँग पुरा नभएमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघद्धारा शनिवार जनकपुरधाममा आयोजित प्रदेश स्तरीय भेलामा उनीहरुले त्यस्तो चेतावनी दिएका हुन ।

‘सरकारले अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुसँग विभेद गरेको हो’ सहभागी वक्तिाहरुले भने ‘स्थायी कर्मचारी जस्तै हामीहरुलाई पनि सुविधा दिनुपर्छ । जुन सुकै कर्मचारीहरु राष्ट्रकै लागि काम गर्छन, फेरी विभेद किन ?’
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष अर्जुन चिमोरियाले सरकारले ल्याएको नयाँ कानुन र श्रमिक ऐन पनि श्रमिकको पक्षमा नरहेको बताएका छन् । उनले भने, ‘श्रमिक ऐनमा कुनै कारणबस उधोग तथा प्रतिष्ठान बन्द भयो अर्थात धारासायी भयो भने उचित क्षतिपुर्ती दिएर मजदुरलाई हटाउन सकिने प्रावधान राखिएको छ । तर त्यसको सही सदुपयोग भइरहेको छैन । अहिले श्रमिकहरुलाई त्यही ऐन प्रयोग गरेर धमाधम हटाइरहेका छन् ।’ श्रमिकहरुलाई हटाएपछि श्रम कार्यालयका अधिकारी बोल्दा सरकारले कारबाही स्वरुप मन्त्रालय तान्ने र अन्यत्र सरुवा गर्ने गरेकोमा आपत्ति जनाए ।
उनले डरले श्रम कार्यालयका अधिकारीहरु श्रमिक हटाउने व्यावसायी र प्रतिष्ठानका अधिकारीलाई कारबाही नगर्ने गरेको पनि गुनासो पोखे । उनले सरकारले श्रमिकहरुको पक्षमा उभिनुको साटो उल्टै ज्यातदी गरिरहेको आरोप लगाए । यस्तै नेपाल निजामती कर्मचारी संगठन प्रदेश २ का अध्यक्ष नौतम पोखरेलले दुध दिएसम्म गाई पाल्ने र दुध दिन छाडेपछि जंगलमा छाड्ने गरेजस्तै श्रमिकमाथि व्यवहार भइरहेको टिप्पणी गरेका छन् । उनले अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुबीच नै प्रतिपस्र्धा गराएर स्थायी गर्न सरकारसँग माग गरे ।
अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश १ का संयोजक नवराज केसीले सरकारबाट नै दुःख दिने काम भइरहेको आरोप लगाए । उनले करार, अस्थायी र ज्यालादारीमा कार्यरत सरकारी कर्मचारीलाई स्थायी गर्न सरकारसँग माग गरे । उनले भने, ‘स्थायी नगरेको खण्डमा हामी अब आन्दोलन गर्न बाध्य हुन्छौं ।’ भेलाको प्रमुख अतिथिको रुपमा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनललाई निमन्त्रणा गरेको थियो । तर मन्त्री सोनल भेलामा उपस्थित भएनन् । संघकी मन्जु तिमिल्सिनाले प्रदेश सरकार पनि अस्थायी, करार र ज्यालादारी कर्मचारीको पक्षमा नरहेको बताइन् ।

अस्टे«लियन एम्बेसीको ‘वाल’मा मिथिला आर्ट



जनकपुरधाम, १७ माघ । नेपालका लागि काठमाडौं स्थित अस्ट्रेलियन एम्बेसीमा मिथिला चित्र देखा परेको छ ।
नेपालको प्रदेश २ र भारतको बिहारका केही क्षेत्रमा मिथिला चित्रको निक्कै महत्व रहेको छ । यस भेगका कला संस्कृति मिथिला चित्रबाट झल्काउने गर्दछ । तर अब त्यसको विस्तार अन्य देशमा समेत हुने भएको छ ।
अस्टे«लियन एम्बेसीको ‘वाल’मा केही दिनदेखि जनकपुरधामका मिथिला चित्र कोर्ने कलाकारहरु एम्बेसीमा पुगेका छन् । करीब आधा दर्जनको संख्यामा कलाकारहरुले यहाँका महत्व झल्काउने चित्र ‘वाल’मा कोर्न लागेको आफन्त नेपालका संयोजक जय प्रकाश मण्डलले जानकारी गराएका छन् ।
हिन्दु धर्म र मिथिलाको साँस्कृतिक अनुसार माछाको दर्शनले शुभ हुने रहेछ । त्यसैले माछा लगायतका संस्कृतिक झल्किने गरी चित्र अस्टे«लियन एम्बेसीको वालमा रहेको जनाइएको छ ।
जनकपुरधामबाट निर्माला झा, राज कुमारी सिंह, विनिता झा र अञ्जली यादव सहितकी गएकी छन् । 
मिथिला आर्टप्रति अस्टे«लियन एम्बेसी समेत इच्छुक रहेकोे नेपालका लागि पहिलो ई एम्बेसी रहेको छ जसले मिथिला आर्टलाई महत्वपूर्ण मनाइएको मण्डलले बताएका छन् ।
उनले भने, ‘यहाँको साँस्कृतिक पहिचानको रुपमा मिथिला आर्ट हो । यसको जति विस्तार हुन्छ मिथिला समृद्ध हुने विश्वास छ ।’

Sunday, January 26, 2020

नेपाल प्याब्सनको नगरअध्यक्षमा यादव

जनकपुरधाम, १२ माघ । नेपाल प्याब्सनको प्रथम नगर अधिवेशन आईतवार जनकपुरधाममा सम्पन्न भएको छ ।
विनोद यादवको अध्यक्षतामा भएको सो अधिवेशनबाट १३ सदस्यीय कार्य समिति चयन भएको हो ।
समितिको अध्यक्षमा पंकज ठाकुर, उपाध्यक्षमा मनोज कुमार यादव, कोषाध्यक्षमा सरिता यादव, सचिवमा पंकज कुमार साह, सहसचिवमा मो. कालिम राइन रहेका छन् । त्यस्तै सदस्यहरुमा सन्तोष कुमार यादव, सिकिन्द कुमार मण्डल, सुरेन्द्र कुमार साह, अशोक कुमार यादव, अजय कुमार महतो, सरोज कुमार साह, श्याम प्रसाद साह र सूर्यनारायण यदव रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य रामअशिष यादव, अतिथि समाजवादी पार्टीका नगर, युवा अभियन्ता अमित झा, कृष्णचन्द साह शिक्षक वृजकिशोर यादवले विचारराखेका थिए ।


पत्रकार संघको प्रदेश अध्यक्षमा कैलास

जनकपुरधाम, ११ माघ । प्रदेश २ मा राष्ट्रिय दलित पत्रकार संघको गठन भएको छ ।  कैलाश दासको अध्यक्षतामा १७ सदस्य कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा हरिनन्दन अम्बेदकर, रविन पासवान, सचिव रिन्कु दास, कोषाध्यक्ष सावित्री शर्मा, सहसचिव सदस्यहरुमा सूर्यनारायण विक,राजकुमार पासवान ,श्यामसुन्दर राम,ओमप्रकाश राम, ममता बैठा,विरेन्द्र पासवान,धर्मेन्द्र पासवान, अर्चना परियार लगायतका छन् भने सल्लाहकार समितिमा सिकेन्द्र पासवान,राजु पासवान,उमेश सुनार,राजु विश्वकर्मा , वृजलाल पासवान छन् ।

जनकपुरको बार एसोसिएसनमा आयोजित घोषणा सभाको अध्यक्षता राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय उपाध्यक्ष भोला पासवानले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि प्रदेश २ को  प्रदेश प्रमुख तिलक परियारले गरेका थिए । त्यस्तै विशिष्ट अतिथि प्रदेश २ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष विनोद पहाडी अतिथिहरु जनकपुर उपमहानगरपालिका मेयर लालकिशोर साह, राजेश विद्रोही, प्रदेश २ को स्थानीयतहमा निर्वा्चित दलित प्रमुख उपप्रमुख तथा सदस्यहरू लगायतका जनप्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रदेश सरकार २५ लाखको घोषणा
कार्यक्रममा कानुन मन्त्री यादवले दलित पत्रकार भवन निर्माणको लागि यसै वर्ष प्रदेश २ सरकारले २५ लाख दिने घोषणा समेत गरेको छ । मन्त्रीले भने, तपाईहरु जग्गा खोजनुस् भवन निर्माण गर्ने हाम्रो काम हो । दलितमाथि धेरै ठूलो विभेद छ । तपाईहरु नजागे अब यो भन्दा ठूलो विभेद भोग्नुपर्छ । त्यसैले तपाईंहरु संगठित हुनुभयो । यसमा हामी खुशी छौ । आजको भेलाले सबैको ध्यानाकर्षण भइसकेको छ । त्यस्तै प्रदेश प्रमुख तिलक परियारले तराईमा दलितहरूको ठूलो समस्या रहेको बताउनुभएको छ । दलित शसक्तिकरण विधेयक पारित भइसकेको छ । यसलाई तुरुन्तै कार्यवयण गर्ने निर्देशन गर्ने भनाइ राखेका थिए ।


Wednesday, January 22, 2020

शिक्षकहरुलाई खाद्य स्वच्छता सम्बन्धी शुरु

जनकपुरधाम, ८ माघ । जनकपुरधाममा बुधवारबाट खाद्य स्वच्छता सम्बन्धी तीन दिने तालिम शुरु भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले आयोजना गरेको सो तालिममा जनकपुरधामका १५ वटा विद्यालयका ३० शिक्षकहरुको सहभागिता रहेको थियो ।
खाद्य स्वच्छता तालिमबाट सिखेको कुराहरुलाई विद्यार्थीसम्म पुर्याउने उद्देश्यका साथ सो तालिम शुरु गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका प्रविण कुमार तिवारीले बताएका छन् ।
तालिममा सागसब्जी तथा खाद्यमा मिसावटको पहिचान र त्यसबाट हुने असरबारेमा जानकारी गराएका छन् । प्रविधि कार्यालयका प्रमुख विजय खनालले प्रशिक्षण दिदै भने, ‘खाद्यवस्तुमा मिसावटको कारण विभिन्न प्रकारको रोगव्याधी लाग्ने गर्दछ । त्यसको पहिचान गरेर सावधानी अपनाउनुपर्छ ।’ उनले खाद्यमा पोषण तत्वमा प्रयोग सम्बन्धी जानकारी गराउँदै यसबाट बाँच्ने उपायको बारेमा पनि बताएका छन् ।
त्यस्तै प्रविधि कार्यालयका प्रविण तिवारीले खाद्य वस्तुमा मिसवाटकै कारण आँखा तथा मुटुमा आउने समस्या, पाचन प्रणालीमा असर, अन्धोपन, वान्ता, झाडापाखाला, मस्तिष्कमा असर हुने गरेको बताएका छन् ।