Tuesday, November 27, 2018

धनुषामा ११ महिनामा १८ महिला बलत्कृत


जनकपुरधाम, १० मंसिर । धनुषामा ११ महिनामा १८ जना महिला बलत्कृत तथा १० जना महिलामाथि बलात्कारको प्रयास भएको तथ्यांक बाहिर आएको छ ।
इन्सेक धनुषाले सोमवार पत्रकार सम्मेलन गरी नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ का लागि वार्षिक पूर्व समिक्षा कार्यक्रममा प्रस्तुत गरेको तथ्यांकमा सो कुरा उल्लेख रहेको छ ।
तथ्यांक अनुसार गैर राज्यपक्षबाट ६ जना महिला र ५ जना पुरुष गरी ११ जनाको हत्या भएको उल्लेख छ । त्यस्तै बोक्सीको आरोपमा ६ महिलालाई कुटपिट तथा गाली बेइज्जती, ३ जना महिलालाई मानव बेचबिखन तथा ओसारपसार, महिला हिंसा ४७ जना, सार्वजनिक अपराध २, बम बिष्फोटमा घाइते १ जना, बालविवाह १ जना बाल अधिकार हन्न १ जना गरी महिला ६५ जना तथा पुरुष ७ गरी ७२ जना ११ महिनामा हिंसा पीडित रहेको उल्लेख छ ।


त्यस्तै बहु विवाह ६ जना, दाइजोको कारण हिंसा २ जना गरी ३६ जना महिला हिंसा घटना भएको इन्सेक प्रतिनिधि विनोद कुमार महराले जानकारी गराएका छन् ।
इन्सेक नेपालका प्रदेश नं. २ का अध्यक्ष राजु पासमानको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी प्रदीप राज कडेलले महिला तथा लैगिंक हिंसामा वृद्धि हुनु दुःखद रहेको भन्दै अपराध न्यूनिकरण तथा मानव अधिकार संरक्षण सम्बद्र्धनका लागि सुरक्षा निकाय सधै तत्पर रहेको बताएका छन् ।
कार्यक्रममा महिला अधिकारकर्मी, वकिल, सामाजिक अभियन्ता तथा नागरिक समाजको उपस्थिति रहेको थियो ।

Wednesday, November 21, 2018

‘सुरक्षा समितिकिो निर्णय कार्यान्वयन भएन’


जनकपुरधाममा शान्ति सुरक्षालाई मध्यनजर गरी सुरक्षा समितिले गरेको निर्णय कार्यान्वयन भएको छैन । सुरक्षा समितिले नगरभित्रमा ठूलो स्वरमा कुनैपनि बाजागाजा बजाउन नपाउने, डिजेलाई पूर्ण रुपमा निषेध गर्ने, खुल्ला मदिरा बेचबिखनमा रोक लगाउने लगायतको निर्णय भएको ७२ घण्टा नपुग्दै बुधवार दिनभरि ठूलो आवाजले जनकपुरधाम गुञ्जमय बनेका थिए ।
मुस्लिम धर्मालम्वीको इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा जनकपुरधामको विभिन्न चौक चौराहामा दिनभरि ठूलो स्वरमा डिजे लगायतका बाजा बजाउँदा पनि प्रशासनिक निकाय मौन देखा परेको थियो ।
त्यसैगरी केही दिनअघि जिल्ला प्रशासन कार्यालय लगायतले नारा जुलुस, विरोध, प्रदर्शनको कार्यक्रम रंगभूमी मैदानमा मात्र गर्न पाइने निर्णय गरेको थियो । तर ती निर्णय पनि कार्यान्वयनमा आएको छैन । भर्खरै पूर्ण ब्रह्म कबीर उपासक समाज, नेपालले नगरभित्रमा भव्य प्रदर्शन गरेपनि प्रशासनिक निकाय मौन देखा परेको हो ।
नगरभित्रमा सुरक्षा समितिले ठूलो साउण्डमा बाजा बजाउन नपाउने, डिजेलाई निषेध गर्ने लगायतको निर्णय नगरेको होइन, तर जुन प्रकारले कार्यान्वय हुनुपर्ने हो त्यसमा कमीकमजोरी भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कडेल दैनिक जनकपुरसँग भने । उनले मोहम्मद डेको अवसरमा मुस्लिम अगुवाहरुलाई बोलाएर पहिलो नै यो समस्या समाधान गर्नुपर्ने थियो । त्यसमा हाम्रो सुरक्षा निकायबाट कमीकमजोरी भएकै हो ।
जनकपुरधाममा प्रवेशकै क्रममा गर्नुपर्ने योजना तहत कार्य भएको भए कार्यान्वयन तर्फ जाने थियो । तर यी जिम्मेवारी समाजको समेत रहेको पनि बताए । उनले यस सन्दर्भमा सुरक्षा समिति लगायत विभिन्न संघ संस्था, बुद्धिजीविहरुलाई बसाएर छलफल गर्ने बताएका छन् ।


‘चिसोमा झोपडी खोज्दै नानीहरु’


जनकपुरधाम, ५ मंसिर । ‘हामीलाई न त भगवान रहेछ, न त इन्सान, सरकारको त कुरै छाडौ । खुल्ला आकाशमुनि सुत्न बाध्य भएपनि कसैले हेर्नसम्म आएको छैन’ अनिता मेस्तरनीले दुखेसो सुनाइन ।
‘कार्तिकको अन्तिम सातादेखि जनकपुरधाम लगायत तराई÷मधेशमा चिसो बढ्न थालेको हो । चिसो बढिरहेको बेलामा मेस्तर समुदायका स—साना केटाकेटीहरु खुल्ला आकाशमुनी सुत्न बाध्य छन् । केही दिनदेखि लगातार एकएक गरी मेस्तर समुदायको घरहरु भत्काउन लगाएपनि कसैले दुःखेसोसम्म सुन्न आएको छैन’ अनिताले भनिन ।
‘३ वर्षदेखि १५वर्षसम्मको ६ वटा केटाकेटीहरु छन् । ३० वर्षदेखि यसै ठाउँमा झोपडी बनाएर जसोतसो गुजरबसर गर्दै आएका थियौ । अचानक झोपडी भत्काइएको छ । कहाँ गएर बसौ ! घर भाडा पनि हामीहरुलाई दलित भनेर कसैले दिदैन । पैसा पनि छिैन’ संगीता मेस्तरनीले रुदै भनिन ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ मा रेल्वे विस्तारको क्रममा करीब ४० जना मेस्तर समुदायहरुको घरहरु भत्काइएको छ । दिन्हु कमाउने र दिनहुँ खाने गरेको यी समुदाय अहिले साडीको छाउनी बनाए केटाकेटीहरुलाई सुताउन बाध्य भएपनि कसैले घुरेर आएको छैन । अति पिछडिएका समुदायमध्ये मेस्तर समुदायहरु रहेको छ ।

निर्वाचनको बेलामा नेताहरुले दलित समुदायलाई नै अगुवा बनाएर चुनाव जित्ने गरेको छ । तर अहिले मेस्तर समुदायमाथि ठूलो विपत परेको बेलामा कसैले हेर्नपनि नआउनु हामी सबै ठाउँबाट उपेक्षित रहेको बुझेका छौ  मेस्तर समुदायबाट जनकपुरधाम उपमहानगरपालिकाको कार्यपालिका सदस्य सुनिता मेस्तरनीले बताइन ।
उनले यी समुदायलाई व्यवस्थापन गरी दिनका लागि राज्यसँग अनुरोध गर्दछौं । राज्यले व्यवस्थापन नगरेमा बाध्य भएर आन्दोलन गर्नबाट पछाडि नहटने बताएकी छिन् ।
४० वटा घरका सैयौजना मेस्तर समुदाय अहिले बेघर भएका छन् । बालबालिकाहरु आफ्नो झोपडी खोज्दैन । कसले हामीलाई सहारा दिनेछ प्रतिक्षारत छन् ।

Monday, November 19, 2018

‘घर भत्काईयो, भाडामा पनि दिदैन,कहा“ जाउ’


जनकपुरधाम, २ कार्तिक । जनकपुरधाम उपमहा नगरपालिका १ का मेस्तर समुदायहरु भन्छन, ‘हाम्रो घर टहराहरु भत्काइएको छ । दलित भनेर कसैले भाडामा घर पनि दिदैन । यस्तो चिसोमा कहाँ गएर बसौ ।’ दलितहरुलाई आरक्षण, सम्पन्न र समृद्ध बनाउने, विकास गर्ने नेताहरु भाषण दिदैछन तर दलित मेस्तर समुदायमाथि यस्तो आफतमा कसैले घुरेर पनि आएको छैन, रुदै अनिता मेस्तरनीले भने ।
जनकपुरधाम उपमहा नगरपालिका वडा नंं १ स्थित रेल्वेको जग्गामा करीब ३० वर्षदेखि बस्दै आएका मेस्तर समुदायले यस्तो गुनासो पोखेका छन् । रेल्वे विस्तारको क्रममा मेस्तर समुदायका १० वटा घर भत्काइएको छ । उनीहरुसँग एकधुर जग्गा पनि छैन । खुल्ला आकाशमा जिउँन बाध्य छन् ।
‘चिसोको मौसम हो । स(साना बालबच्चाहरु छन् । बस्नका लागि घर पनि छैन, विभिन्न ठाउँमा गुहारेपनि कसैले सुनेको छैन’ भरोसी मेस्तरले भने । उनले दलितको हितमा हामी छौ, सबैले भन्दैछन, तर दलितमाथि समस्या आएमा कसैले अगाडि आउँदैन गुनासो पोखे ।

जनकपुरधाम उपमहा नगरपालिका वडा नं. ३ बस्ने र सोही वडामा सदस्य तथा उपमहानगरपालिकाका कार्यपालिका सदस्य सुनिता राउत (मेस्तरनी)ले भने ‘दलितको नाउँमा भजाएर खाने धेरै छन् । दलितको उत्थान गर्ने कोही छैन । सबैले भन्छन् दलितलाई आरक्षण हुनुपर्छ, उनीसँग सम्मान व्यवहार गर्नुपर्छ । तर अहिले घरबाट बेघर हुँदा कोही पनि छैन । ’
उनले भत्काइएको मेस्तर समुदायको १० वटा घरलाई व्यवस्थान नगरेमा आन्दोलन गर्ने चेतावनी पनि दिएकी छन् । जसलाई जग्गा छैन, सम्पति छैन उनीहरुलाई यस मुलुकमा बस्ने अधिकार छ, कि छैन प्रश्न पनि गरेकी छन् ।
उनले आफू विकास विरोधी होइन, तर भत्काइएको घर अर्को ठाउँमा निर्माण गरी व्यवस्थापन गर्न सम्बन्धित निकायसँग माँग गरेको बताएकी छन् । पाँच दिनभित्रमा मेस्तर समुदायको घरको व्यवस्थापन सम्बन्धित निकायले नगरेमा बाध्य भएर अर्को कदम चाल्ने दावी समेत गरेकी छन् ।
त्यस्तै नेपाली जनता दलका धनुषा अध्यक्ष मुन्जय राउतले सबभन्दा पिछडिएका समुदायमध्ये मेस्तर समुदाय हो । तर उनीहरुको निमर्मता पूर्वक घर भत्काईएको छ त्यसको व्यवस्थापनको माँग गरेका छन् ।
गुठीको धेरै सम्पतिहरु छन। ती ठाउँमा पनि घर निर्माण गरी तत्काल राहतका लागि सम्बन्धित निकायसँग उनले आग्रह गरेको छ ।

Sunday, November 11, 2018

धनुषाको यस्तो ठाउँ जहाँ प्रम ओली र राष्ट्रपति भण्डारी दर्शन गर्न आउँथे



जनकपुरधाम, २४ कार्तिक । धनुषाको एउटा यस्तो श्रद्धा र भक्तिको स्थल रहेको छ जहाँ केपी ओली, विद्यादेवी भण्डारी र झलनाथ खनाल दर्शन गर्न आउने गर्दथे । यहाँ भक्तिभावले श्रद्धालुहरु जे माँग्ने गर्छन त्यसको मन्नत पूरा हुने गरेको स्थानीयहरुको दावी रहेको छ । केपी ओली शर्मा र विद्यादेवी भण्डारीले यहाँबाट दर्शन गरेर फर्केको केही दिनमा नै प्रधानमन्त्री र राष्टूपति भएको स्थानीयहरुको कथन रहेको छ ।
धनुषाको हंसपुर नगरपालिका वडा नंं ६ स्थित टिल्हीमा रहेको तपसीबाबा मन्दिरमा अहिलेसम्म जसले जे मन्नत माँगेको हो उनीहरुको पुरा भएको मन्दिरका पूजारी असर्फी दासले बताएका छन् । उनले भने, ‘केपी ओली र विद्यादेवी भण्डारी तपसी बाबाको दर्शन गरेर फर्केपछि प्रधानमन्त्री र राष्टूपति बनेको छ । उनले पोखरीको सौन्दर्यीकरणका लागि २० लाख बजेट पनि दिएको हो ।’ त्यस्तै तत्कालिन एमाले नेता झलनाथ खनाल पनि तपसी बाबाको दर्शन गरेर काठमाडौं फर्केको केही दिनमा प्रधानमन्त्री बनेको थियो । अहिलेसम्म नेपाल भारतको विभिन्न ठाउँबाट श्रद्धालुहरु यहाँ तपसी बाबाको दर्शन गर्न आउने गरेको उनले बताएका छन् ।
त्यस्तै समाजसेवी गंगा राम यादवले आफूले यहाँबाट जे मन्नत माँगेको थियो त्यो पुरा भएको बताएका छन् । उनले झुठो बोल्ने, गलत किसिमले प्रचारप्रसार गर्नेलाई कहिलेपनि भलो नभएको भन्दै अहिलेसम्म सैयौं जनाको यहाँबाट भलो भएको दावी समेत गरेका छन् । मन्नेत पुरा हुनेहरुले प्रसादको रुपमा भण्डारा तथा फलफुल दिने गरेको बताएका छन् ।
को छ तपसी बाबा ?


करीब सैयौ वर्ष पहिला एउटा सन्त यहाँ आएको थियो । उनी केही दिन यहाँ बसे । त्यसपछि भण्डाराको नाउँमा केही रकम संकलन गरे । संकलन गरेको रकम स्थानीय एकजनालाई थमाएर तीर्थयात्रामा निस्के । तीर्थयात्राबाट फर्केपछि त्यो रकम माग्दा ती स्थानीयले हराएको भन्दै बाबासँग छल गरे । ती सन्तले रिसाएर त्यहाँबाट जान लाग्दा दुईवटा सर्पले बाबालाई नजाने भन्दै संकेत गरे । बाबा केही टाढासम्म मात्र गएका थिए । सर्पको संकेत बुझेर उनी फेरी फर्केर त्यही स्थानमा आई पुगे ।

सन्तले स्थानीयहरुलाई जे भन्दै थियो उनीहरुलाई पुरा हुन थाल्यो । सोही क्रममा एक पटक ठूलै अकाल पर्यो । टिल्हीवासीले धेरै चिन्तित हुन थाले । सबैले बाबालाई यो अकाल कहिलेसम्म रहने भन्दै हारगुहार गरे । तब सन्तले भण्डारा गर्नुपर्छ भन्दै फेरी भण्डाराका सामाग्रीहरु संकलन गरे । भण्डारा पश्चात् स्थानीयहरुले बाबा भण्डारा गरेपनि वर्षा भई रहेको छैन भन्दै कोच्न थाल्यो । त्यही रातमा घनघोर वर्षा भयो । ती बेलामा सन्तले बस्ने कुटी थिएन । स्थानीयहरुले दौडेर बाबा कहाँ पुगे । तर सबै ठाउँमा वर्षा भएपनि बाबाले बस्ने ठाउँमा एकबुँद पानी पनि परेको थिएन । स्थानीयहरुले सन्तको महिमा बुझेर निक्कै अच्चभित भयो । त्यही दिनदेखि सन्तलाई तपसी बाबाको नाउँले स्थानीयहरु बोलाउँदै आएको स्थानीयहरुको कथन रहेको छ ।