Saturday, December 16, 2017

राजपा समानुपातिकमा एक जना शहीद परिवार, बा“की आसेपासे

जनकपुरधाम, १ पुस । राष्टिूय जनता पार्टी नेपालले प्रदेश नं. २ मा निर्वाचन कार्यालयमा बुझाएको समानुपतिक नामावलीमा एकजना शहीद परिवारको नाम दिएको छ भने अरु आफ्नो आसेपासेको नामा सिफारिस गरिएको छ ।

मधेश आन्दोलनको क्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेकी महिला मध्ये धनुषाबाट एउटा पनि महिला समानुपातिकमा पर्ने सम्भावना निक्कै कम रहेको छ । राजपाबाट समानुपातिकमा ७ जना महिला आउने सम्भावना देखिएको छ । ती मध्ये धनुषामा अहम भूमिका खेलेको एउटा पनि चर्चित महिलाको नाम देखिएको छैन ।
प्रदेश नं. २ को समानुपातिकमा महोत्तरीबाट शहीद परिवारकी बबिता कुमारी रहेकी छिन भने सर्लाही की निलम देवी भूमिहारिन, पर्साबाट अञ्जु कुमारी, रौतहटबाट डिम्पल कुमारी झा, सर्लाहीबाट निरा कुमारी साह, रौतहटबाट अल्का झा, महिला मञ्चकी रिना यादवको सम्भावना बढी देखिएको छ ।
निरा साह राजपाका सर्लाही अध्यक्ष तथा प्रतिनिधि सभा सदस्यमा विजयी भएका प्रमोद साहको पत्नी रहेको छ भने डा. डिम्पल कुमारी झा राजपा अध्यक्ष मण्डलका सदस्य एवं प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका अनिल कुमार झाकी पत्नी रहेकी छिन् ।
राजपाको समानुपातिक सुचीलाई नियालेर हेर्दा समावेशी भएको फिटिक्कै पाइदैन । राजनीतिमा अहोरात्र खट्ने राजनीतिज्ञहरुलाई पछि पारिएको सहजै देख्न सकिन्छ । मधेश आन्दोलन हुँदा सडकमा कहिल्यै नदेखिने महिलाहरुलाई सुचीमा समावेश त गरिएको छ तर सडकमै समय बिताउने महिलाहरुलाई समेत बायकाट गरीएको पाइन्छ । समानुपातिक सुचीको किचलोका कारण राजपा भित्र कै नेताहरुमा किचलो देखिन्छ । नाम नभन्ने शर्तमा एक नेताले भने राजनीतिमा सफलता पाउनका लागि अब नाम चलेको नेताको आसेपासे हुनु अनिवार्य भई सकेको छ । जे म गर्न सक्दिन । 
जनकपुरमा भएको मधेश आन्दोलनमा अहम भूमिका निर्वाह गरेकी विभा ठाकुरको समानुपातिकमा चर्चा भएपनि निर्वाचन आयोगले लगाएको बढ्ता क्रम अनुसार सम्भावना बिलकुलै नरहेको देखिएको छ । निर्वाचन आयोगले गत वर्षभन्दा यसवर्ष समानुपातिकमा बढ्ता क्रम राखेर निर्वाचन आयोगले नै सामानुपातिकको नाम निकाल्ने छ ।

प्रदेशभरीमै सबैभन्दा बढी मत ल्याउने रामअशिष

जनकपुरधाम, २८ मंसिर । प्रतिनिधि तथा प्रदेशसभाको सबै स्थानको मतपरिणाम सार्वनिक भई सकेको छ । प्रदेश नम्बर २ को पनि मतगणना सम्पन्न भई सकेको छ । प्रदेश नम्बर २ को चर्चा गर्ने हो भने सबैभन्दा ठूलो मतान्तरको जीत प्रदेशसभामा रामअशिष यादवको कोल्टामा परेको छ ।

यादव प्रदेशसभा अन्तर्गत धनुषा निर्वाचन क्षेत्र नम्बर २ को ख मा संघिय समाजवादी फोरमबाट  ९ हजार ९ सय ६९ मतको ठूलो मतान्तरले विजयी  विजयी भएका थिए । यादवले १७ हजार १ सय ३१ मत प्राप्त गरेका थिए भने  उहाँका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार रामचन्द्र मण्डलले ७ हजार १ सय ६२ मत मात्रै ल्याउन सकेका थिए ।
नेपाल पत्रकार महासंघ धनुषाको पूर्व अध्यक्ष समेत रहेका जनकपुरमा गंगा आरती शुरु गरी चर्चामा आएका थिए । उहाँले चलाएको क्लिन जनकपुर ग्रिन जनकपुर अभियानको चर्चा धनुषामा मात्रै नभई अन्य जिल्लाहरुमा समेत हुने गर्छ ।

वकिल टोल घटना प्रकरणमा निधि पुगे जिल्ला प्रशासन कार्यालयमा

जनकपुरधाम, २८ मंसिर । जनकपुर उपमहानगरपालिका वडा नं. १ वकिल टोलमा मंसिर २५ गते सोमवार साँझ भएको घटनालाई लिएर पूर्व गृहमन्त्री एवं नेपाली काँग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधि विहिवार जिल्ला प्रशासन कार्यालय धनुषा पुगेका छन् ।

नेता निधिले जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाउँदै भने हत्यालाई दुर्घटना वनाउन खोजेको हो । घटनाको सत्यतथ्य कुराहरु बाहिर ल्याउनका लागि माँग समेत गरेका छन् ।
नेपाली कांग्रेसका जिल्ला सभापति रामसरोज यादव लगायतको टोलीसंगै जिल्ला प्रशासन कार्यालय धनुषा पुगेका नेता निधीले हत्यालाई प्रहरी र क्राइम ब्रान्चले दुर्घटना बनाई ढाकछोप गर्न खोजको आरोप लगाउदै यथासिघ्र छानवीन गर्न माग गरेका छन् । उनले  दुर्घटना हुदा शरीरको अन्य भागमा स्क्रेच लागेको हुनुपर्ने तर मृत्यु भएका व्यक्तिको टाउको पछाडी भागमा काटेको हुनु र बाइकमा समान्य क्षति भएको नदेखिएकोले घटनाको  सत्यतथ्यलाई लुकाउन खोजिएको आरोप लगाएका छन् ।
उनले आक्रोशित भएर भने ‘आफु पराजीत भएपछि राजपाले गुण्डातन्त्र वढाएको र आफना कार्यकतामाथि आक्रमण भइरहदा पनि प्रहरी मुकदर्शक वनेको हो । घाइते मध्ये एकले किटानी जाहेरी गर्दा पनि सो व्यक्तिहरुलाई किन पक्राउ गर्न सकेको छै ।’
धनुषाका प्रहरी उपरिक्षक चक्र वहादुर सिंहले घाइतेले दिएको वयानको आधारमा नाम लिएका व्यक्तिहरुलाई सोधपुछ गरेर हालको लागि छाडिएको र पोलिग्राफ टेस्ट मार्फत सत्य तथ्य बाहिर ल्याउने बताएका छन् । उनले कसैको भनाईकै आधारमा कसैलाई पक्राउ गर्न नमिल्ने भएकोले छानवीन गरेर यर्थात कुरा वाहिर ल्याउने अश्वासन दिएका छन् । जिप्रका धनुषामै उपस्थित भएका एसएसपी सुभाष चन्द्र चौधरीले घटनालाई दुर्घटना र हत्या गरी दुइटै तरिकाले छानविन गरिरहेको र कल डिटेल लगायत बास्तविकता केहो छिटै अनुसन्धान गरी बाहिर ल्याउने बताएका छन् । त्यस्तै प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईले सो घटनाको बारेमा आफुलाई थाहा भएपछि तुरन्त छानवीन गरि हत्या हो भने तुरन्त कारवाही गर्नका लागि एसपीलाई निर्देशन दिइसकेको बताएका छन ।

महतोलाई विजयी गराउन महत्वपूर्ण भूमिका खेलेकी यी महिलाहरु

जनकपुरधाम, २८ मंसिर । धनुषा निर्वाचन क्षेत्र नम्बर ३बाट राजपा नेता राजेन्द्र महतो विजयी भई सकेका छन । अहिले उहाँ गाउँ गाउँ पुगेर मतदाताहरुलाई आभार प्रकट गरिरहेका छन ।


महतोले नेपाली काँग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिलाई पराजित गरेर कांग्रेसको किला मानिएको यो क्षेत्रमा आफ्नो विजयी पताका लहराएका छन । तर उहाँका लागि निधिलाई पराजित गर्नु कम ठूलो चुनौतीपूर्ण काम थिएन । तथापि असल सहयोगी र सफल रणनीतिका कारण आज उहाँ विजेता भएका छन । 
निधिको जीतमा महिला नेतृहरुको ठूलो भूमिका रहेको छ । जसमध्ये राजपा नेतृ विभा ठाकुर, जनकपुर उपमहानगरपालिकाका उपमेयर रिता झा, बिन्दु ठाकुर, सरिता शर्मा, मधेश आन्दोलनको क्रममा शहीद भएका संजय चौधरीको बहिनी ममता चौधरीको उत्कृष्ट भूमिका रह्यो ।
विभा ठाकुर राजपाको केन्द्रिय सदस्य छिन । मधेश आन्दोलनमा उर्जा थप्दै आएकी ठाकुर महिलाहरुलाई घर(घरमै गएर राजपाका लागि मत माँग्ने कार्य गर्दै आएकी थिइन । यति मात्रै होइन आफ्ना महिला सहकर्मीहरुमा उर्जा थप्न विभाको ठूलो भूमिका हुन्थ्यो । राजपाको प्रायः सबै जुलुशमा उहाँलाई अग्रपंक्तिमा देखिने गरिन्थ्यो ।
रिता झा जनकपुर उपमहानगरपालिकाकी उपमेयर हुन । राजपाको केन्द्रिय सदस्य समेत रहेकी झा महिलाहरुलाई राजपाको मुद्दामा कन्भिन्स गर्ने काम गर्ने गर्थिन । उहाँले पनि महतोको जीतका लागि अहोरात्र खट्दै आएकी थिइन ।
रेणु झा हँसपुर नगरपालिकाको  उपमेयर हुन । उनी राजपाको केन्द्रिय सदस्य समेत छिन । नगरपालिकाको कामका कारण चुनावी जुलुशमा कमै देखिए पनि उहाँको आक्रामक भाषणशैलीले विपक्षी खेमालाई डराउन ठूलो भूमिका खेल्यो । उहाँके आक्रामक भाषणले महतोलाई जिताउन भूमिका खेलेको भन्दा अतिशयोक्ति नहोला ।
चुनावी प्रचार प्रसारमा एकदमै सक्रिय रह्ने महिलाहरु मध्ये विन्दु ठाकुरको पनि चर्चा गर्नु सान्दर्भिक लाग्छ । विन्दुले पनि महिला मतदाताहरुका साथै जनकपुरको चोक चोकमा घुमेर राजपाको पक्षमा मतदान गर्नका लागि मतदाताहरुलाई कन्भिन्स गर्ने काम गर्थिन ।
सरिता शर्मा मधेश आन्दोलनबाट राजनीतिमा होमिएकी थिइन । तर उहाँले गर्ने कामको प्रत्यक्ष उदाहरण यस पटकको निर्वाचनलाई लिन सकिन्छ । यस पटक उहाँ पनि एकदमै सक्रिय भएर राजपाको प्रचार प्रसारमा होमिएकी थिइन ।
मधेश आन्दोलनको क्रममा संजय चौधरी प्रहरीको गोली लागि शहादत प्राप्त गरेका थिए । उनै शहीद चौधरीका बहिनी हुन हुन ममता चौधरी । ममतालाई प्रायः राजपाको सबै चुनावी कार्यक्रममा देपिखन्थ्यो । उहाँको भावुक पार्ने मन्तव्यले मतदाताहरुलाई असाध्यै आकर्षित गर्ने गथ्र्यो । यि महिलाहरुको रणनीतिले पनि राजपा नेता राजेन्द्र महतोलाई जिताउन सफल भएको भन्न सकिन्छ ।