Sunday, April 12, 2015

कारवाहीको माँग गर्दै जनकपुरमा प्रदर्शन

कैलास दास
जनकपुर, चैत २९ । धनुषाको सबैला नगरपालिकामा दुई जनाको हत्यामा संलग्न व्यक्तिमाथि कारवाहीको माग गर्दै सवैलावासीले जनकपुरमा आईतवार प्रदर्शन गरेको छ । हजारौको संख्यामा आएका स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय घेराउँ गरेर दोषिमाथि कारवाहीको माग गर्दै ज्ञापनपत्र पनि बुझाएका छन् ।
चैत्र ८ गते मदन आश्रित निम्न माध्यमिक विद्यालयको व्यवस्थापन समितिको विषयलाई लिएर भएको छलफलको क्रममा एमाले नेता योगनारायण यादव पक्षधरले आक्रमण गर्दा एक जनाको उपचारको क्रममा र सोही राति एक जनाको गोली हानी हत्या भएपछि सिङ्गो सबैला गाउँवासी नै आन्दोलनमा उत्रेका छन् । राउतको उपचारको क्रममा काठमाण्डौमा मृत्यु भएको थियो ।

घटनामा रामसेवक राउत तथा रामप्रगास यादवको मृत्यु भएको थियो भने एक दर्जन बढी व्यक्ति घाईते भएको मध्ये तीन जनाको अहिले पनि काठमाण्डौमा उपचार भैरहेको छ ।
स्थानीयवासी तथा पीडित परिवारले एमालेको वैकल्पिक पोलिटव्युरो सदस्य र जनकपुर अञ्चल ईन्चार्ज योगनारायण यादव सहित २४ जनामाथि कर्तव्य ज्यान, कुटपीट, अङ्गभङ्ग सहितका मुद्दा दर्ता गराएपनि मुख्य अभियुक्त यादवलाई स्थानीय प्रहरीले नै संरक्षण दिने गरेको आरोप लगाउँदै प्रदर्शन गरेको एमालेका तर्फवाट निर्वाचित सवैला गाविसका निवर्तमान अध्यक्ष रामवली साहले बताएका छन् ।
स्थानीयवासीले दोषिमाथि कारवाही, सार्वजनिक जग्गा विक्री गरेकोमा सोको बद्दर गर, अपहरणकारीलाई गिरफ्तार गर, सामाजिक एकता जिन्दावाद, पीडितलार्ई क्षतिपूर्ती देउँ, घाईतेको उपचार खर्च देउ जस्ता प्लेकार्ड व्यानर वोकेका थिए ।
सबैलाबाट एक हजार भन्दा बढी मोटरसाइकल, दर्जनौ जीप ट्रयाक्टर सहित जनकपुर आएका थिए । जिल्ला प्रशासनको कार्यक्रम पछि जिल्ला प्रहरी कार्यालय अगाडी भएर नारावाजी गर्दै शिवचौकमा कोण सभा गरेका थिए ।
हजारौको संख्यामा सवैलाबाट जनकपुर आएका प्रदर्शनकारीलाई व्यवस्थित गर्न प्रहरीलाई केही बेर हम्मे हम्मे परेको थियो । प्रहरीले सवैलाको प्रदर्शनलाई लिएर विहान देखि नै जनकपुरको सुरक्षा व्यवस्था कडा बनाएका थिए । नेपाल प्रहरी तथा शसस्त्र प्रहरीहरु पनि व्यापक मात्रामा परिचालन गरेका थिए ।
यसै वीच जनकपुरको शिव चौकमा सवैला वासीले आयोजना गरेको कोण सभालाई सम्बोधन गर्दै सवैला निवासी तथा नेकपा माओवादीका संयोजक मातृका यादवले हत्याको विरोधमा सिङ्गो गाउँ नै सडकमा आएकाले दोषिलाई पक्राउँ गरि कारवाही गर्नका लागि माग गरेका थिए ।
उनले कुनै एक दल र पार्टीको आन्दोलन नभै एमाले सहित सम्पूर्ण पार्टीका स्थानीय नेता कार्यकर्ता सहभागितामा भएको आन्दोलन पछि पनि दोषिलाई पक्राउँ नगरेको खण्डमा अझ शसक्त आन्दोदन गर्ने चेतावनी दिए । योगनारायण यादव माथि कारवाही नहोस् भन्नका लागि पार्टीले हत्याको दोस्रो दिन एक तह बढुवा गरेर अञ्चलको ईन्चार्ज दिएर हास्यास्पद काम गरेको बताए । कार्यक्रममा एमाओवादीका पूर्व सभासद भरत साह तथा अन्य राजनीतिक दल एवं गाउँका बुद्धिजीविहरुले पनि सम्बोधन गरेका थिए ।
.................

Friday, February 20, 2015

काकीसंग अनैतिक सम्बन्ध राख्ने भतिजोको ंसंवेदनशील अङ्गकाटियो

कैलास दास
जनकपुर, फागुन ८ । धनुषा जिल्लामा वैदेशिक रोजगारीको कुप्रभाव दिन प्रतिदिन देखिन थालेको छ । धनुषाको लोहनामा यस्तै प्रकारको घटना भएको छ । आफ्नै सानी काकीसंग राख्दै आएको शारीरिक सम्बन्ध बाहिर आएपछि शारीरिक हिंसामा परेको छ ।
सो गाउँका २५ वर्षे भतिजो रामदेवको काकीले लिङ्ग नै छिनाई दिएको छ । काकीसंग तीन चार वर्ष अगाडीदेखि नै सम्बन्ध राख्दै आएको तर विवाह गरेपछि कम ध्यान दिएको निहुमा काकीले दिउसै लिङ्ग छिनालेको अभियोगमा प्रहरीले काकीलाई पक्राउ गरेका छन् । अहिले काकीलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ भने लिङ्ग काटिएका युवकको उपचार जनकपुरको जानकी हेल्थ केयर सेन्टरमा भैरहेको छ ।
लिङ्ग छिनाउने काकीको श्रीमान वैदेशिक रोजगारीका लागि तेस्रो मुलुकमा छन् । २८ वर्षको सो महिलालाई थुनामा राखेर अनुसन्धान गर्ने काम भैरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घटनापछि वैदेशिक रोजगारीले कस्तो प्रकारको घटना हुदो रहेको छ यसैले छरपष्ट भएको छ । धनुषामा यस्ता प्रकारको जवरजस्तीका घटनाहरु प्रायः भैरहेको छ । अनैतिक सम्वन्धको केशहरु दिन दिनै आउने गरेको छ । खास गरेर काम गर्ने शिलशिलामा कमै उमेरको श्रीमतिलाई छाडेर जाने प्रबृत्ति बढेका कारणले यस्ता प्रकारको घटना हुने गरेको छ ।

Friday, January 9, 2015

एमाले अध्यक्ष ओलीको पुतलामाथि चप्पल प्रहारसँगै अरु के के....

कैलास दास
जनकपुर, पुस २४ । नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले प्रधानमन्त्री निवासमा मधेशी मधेशी समूदायलाई अपमान हुने गरी दिएको अभिव्यक्तिको विरुद्धमा आम मधेशी समूदाय सडकमा मात्र उत्रेन । उसको पुतलामाथि चप्पल जुत्ताको पनि वर्षा गरे ।
जनक चौकमा कडा सुरक्षाका बीच ओलीको पुत्ला दहन गर्ने क्रममा आक्रोशित मधेशी समुदायका महिला, युवा तथा अगुवाहरुले चप्पल जुताले उनलाई कुटपिट गरी पुत्ला दहनका साथै थू..थू. पनि गरे ।
ओलीले सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले मधेशको दृष्टिकोण बारेमा आफनो अभिव्यक्ति राख्ने वित्तिकै ओलीले अपमानजनक शब्दमा सम्बोधन गर्दै उत्तर प्रदेश र विहारलाई पनि मधेशमा मिलाउन चूनौति दिएका थिए । उनको अभिव्यक्ति पछि तत्कालै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बैठकलाई बहिष्कार गरी बाहिरिएका थिए । ओलीको अभिव्यक्तिले अहिले सम्पुर्ण मधेश क्षेत्र आक्रोशित बनेका छन् । यस अघि देखि नै मधेश विषयमा ओलीको धारणा अत्यन्त नाकारात्मक रहेका थिए । एमाले मधेश विरोधी पार्टी भएको भनेर आम मधेशी समूदायले बुझिसकेको बेलामा ओलीको बोलीले त्यसलाई थप पुष्टि गरेको छ । एमाले मुुलुकमा संघीयता नचाहेको प्रष्ट भएको छ । जनकपुरको जनक चौकमा आयोजना गरिएको पुत्ला दहन कार्यक्रममा सहभागिहरुले कडा शब्दमा ओलीको विरोध गरेका थिए । उनीहरुले एमालेलाई बहिष्कार गर्नका लागि आग्रह गरेका थिए ।

एमाले अध्यक्ष केपी ओली मधेशको विरुद्धमा अपमानजनक शब्द प्रयोग गरेर देश द्रोहीको काम गरेकोले उनलाई देश छाड्नको चेतावनी दिएका थिए । साथै राष्टूभक्ति पूर्ण अभिव्यक्ति दिने डा. सिके राउतलाई सरकारले पटक पटक गिरफतार गरिरहेकोले राष्टूलाई विखण्डन गर्ने अभिव्यक्ति दिने ओलीलाई पनि पक्राउ गर्नका लागि गृहमन्त्रीलाई चूनौति दिएका थिए । पुत्ला दहन पछि आयोजना कोणसभालाई एमाओवादी नेता रामचन्द्र मण्डल, सद्भावना नेता जगदिश महासेठ, डा. रामचन्द्र चौधरी, तमलोपाका सदाशिव मिश्र, युवा नेता सुशिल सिंह मधेशी, विद्यार्थी नेता ज्ञानेन्द्र झा ज्ञानु सहितका वक्ताहरुले केपी ओलीको बोलीमाथि कडा प्रतिवाद गरेका थिए ।


Saturday, January 3, 2015

कुकर विस्फोट हुँदा १३ विद्यार्थी घाइते

कैलास दास
जनकपुर, पुस १९ । विद्यालय व्यवस्थापन पक्षको चरम लापरवाहीका कारण शनिवार प्रेसर कुकर विस्फोटमा परी छात्रावासमा बस्ने १३ जना विद्यार्थी घाइते भएका छन ।
जनकपुर उपमहानगरपालिका वडा नं.१ वकिल टोलमा यसैवर्ष देखी संचालनमा आएको आर डि शिक्षा निकेतनको छात्रावासमा भएको सो विस्फोटमा विद्यार्थीहरु घाइते भएका छन । विद्यालय व्यवस्थापकका अनुसार विहानको खाना खाएर विद्यार्थीहरु आगो ताप्ने उद्देश्यले छात्रावासको प्राङ्गणमै बनाइएको चुल्हो नजिक जम्मा भएको बेला कुकर विस्फोट भएको थियो ।
ग्यास आभावको कारण चुल्होमा दिउसोको खाजाका लागि चाना उसिन्न कुकरमा राखिएको बेला कुकरको ढक्कन फुत्केर घटना हुन पुगेको विद्यालयले स्रोतले जनाएको छ ।  घाइते विद्यार्थीहरुमध्ये अधिकांशको आँखामा चोट लागेको छ । घाइतेहरुको धनुषा अस्पतालमा उपचार भै रहेको छ । घाइतेहुने विद्यार्थीहरुमा कक्षा ४मा अध्ययनरत बाला बाखरका १० वर्षीय सोनु यादव, युकेजीमा अध्ययनरत बडहराका ८ वर्षीय अनिल यादव, कक्षा २मा अध्ययनरत कुम्भकरणका १० वर्षीय आशिक शर्मा, मोरहा का ११ वर्षीय मुकेश साह, चिडैयाका १० वर्षीय प्रसान्त ठाकुर, कुम्भकरणका १३ वर्षीय बालकृष्ण यादव, जितेन्द्र यादव, चन्दन यादव, साहिल ठाकुर, राजन यादव, रियाज नदाफ र पप्पु यादव रहेका छन ।
घाइते मध्ये बालकृष्ण यादव र प्रसान्त ठाकुरको आँखा बढी चोट लागेको चिकित्सकहरुले बताएका छन । यसैवर्ष देखी कक्षा ५ सम्म संचालनमा आएको आरडी शिक्षा निकेतन कम्पनी ऐनमा दर्ता भएपनि शिक्षा कार्यालयबाट संचालनको अनुमति पाएका छैनन् । विद्यालय अहिले दर्ता प्रक्रियामै रहेको व्यवस्थापनले जनाएको छ ।

संघीय गणतान्त्रिक मोर्चाद्वारा खवरदारी जुलुस

कैलास दास
जनकपुर, पुस १९ । सत्तारुढ प्रतिपक्ष ३० दलीय संघीय गणतान्त्रिक मोर्चाले शनिवार जनकपुर सहित देशभरि खवरदारी जुलसु प्रदर्शन गरेको छ ।
एकीकृत नेकपा माओवादीको नेतृत्वमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सहितको संघीय गणतान्त्रिक मोर्चाले पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानको मांग गर्दै जुलुस प्रदर्शन गरेको छ । मौसमको प्रतिकुलताका बाबजुद जनकपुरमा रेल्वे स्टेशन बाट शुरु भएको खबरदारी जुलुस शिवचौक, जनकचौक, रामचौक, सोनारपट्टी हुदै जनकचोकमा पुगी कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै मोर्चाका नेताहरुले सत्तारुढ दलहरु माओवादीको जनविद्रोह, जनआन्दोलन २ र मधेश विद्रोह बाट स्थापित पहिचान सहितको मुद्दालाई माइनस गरेर पहिचान विरोधी संविधान बनाउन खोजेको आरोप लगाउदै त्यस्तो प्रयास भए आफुहरु आन्दोलनको आँधी बहेरी ल्याउने चेतावनी दिए ।
एतिहाँसिक मधेश विद्रोहको जगमा स्थापित संघीयतालाई नै कुण्ठित गर्दै सत्तारुढ काँग्रेस र एमालले पहिचान विरोधी संघीयताको खाका प्रस्तुत गरेर संघीयताको मुल मर्मलाई नै धरापमा पार्ने प्रयास गरेको भन्दै त्यसका विरुद्ध गोलबद्ध हुन सम्पूर्ण मधेशी आदिवासी जनजातिहरुलाई आग्रह गरेका छन ।
मधेश आन्दोलन उत्कर्षमा पुगेको बेला तत्कालिन प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति गिरिजा प्रसाद कोइरालाले स्वायत्त मधेश प्रदेश सहित अन्य स्वायत्त प्रदेश हुने भनि गरेको २२ बुन्दे सहमति, विगतमा एमाओवादी संग भएको १२ बुन्दे लगायतका सहमतिहरुलाई उनकै पार्टीका वर्तमान अध्यक्ष एवं प्रधानमन्त्रीले उल्लंघन गरि रहेको उनिहरुले आरोप लगाएका थिए ।
कोण सभालाई सम्बोधन गर्दै मोर्चाका नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीले महराजा प्रवृति देखाएको भन्दै मुलुका आधिकारिक महाराजाहरुको अन्त भएपछि जन्मेका नयाँ महाराजाहरुलाई मधेशी जनताले अब स्वीकार नगर्ने बताए । सदभावना पार्टी धनुषाका अध्यक्ष संजय सिंहको अध्यक्षतामा भएको कोणसभामा सदभावना पार्टीका केन्द्रिय सदस्य लाल किशोर साह, एमाओवादीका कार्यवाहक जिल्ला अध्यक्ष झल्कु यादव, तमलोपाका जिल्ला अध्यक्ष परमेश्वर साह, फोरम लोकतान्त्रिकका., फोरम नेपालका ज्ञानेन्द्र यादव, संघीय समाजवादी पार्टीका जिल्ला अध्यक्ष राम रतन यादव, संघीय सदभावना पार्टीका जिल्ला अध्यक्ष रमण सिंह, राष्ट्रिय मधेश समाजवादी पार्टीका  देवकृष्ण मण्डल सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।

Thursday, January 1, 2015

‘अश्व मेघ के समान’


कैलास दास

जनकपुर, जानकी की जन्मभूमी
देवलोक के वरदान है
इससे अच्छा ज्ञान भूमि
और कोई नही ठाम है ।

मठ–मन्दिर और ताल सरोवर
यहाँ की पहिचान है
जिसका दर्शन हो जाने से
अश्व मेघ फल के समान है ।

रखवारी में भोला बाबा
चारे ओर विराजमान
सभी पापो का पापमोचनी
यह जनकपुर धाम है
जिसका दर्शन हो जाने से
अश्व मेघ फल के समान है ।

५२ विघा, रंगभूमी, मणिमण्डप यही ठाम है
शिव धनुष का टुकरा गिरा
यहाँ पर ही धनुषाधाम है
जिसका दर्शन हो जाने से
अश्व मेघ फल के समान है ।

यहाँ की धर्ती के गर्भ से
लक्ष्मी स्वरुपा वैदेही प्रकट हुयी है
राम–सीता के वैवाहिक स्थल यही धाम है
जिसका दर्शन हो जाने से
अश्व मेघ फल के समान है ।

ऋषिमुनि का तपोभूमी
देवतागण के प्रिय स्थान है
आदर्श नारी सीता के यह गाम है
जिसका दर्शन हो जाने से
अश्व मेघ फल के समान है ।

गंंगा सागर, धनुषसागर
अनेको नदी–सागर और तलाव है
गंगा आरती नित्य होबे
मोक्ष प्राप्ति की यह स्थान है
जिसका दर्शन हो जाने से
अश्व मेघ के समान है ।
कैलास दास
मितिः २०७१ पुस ८ गते

‘अश्व मेघ के समान’

कैलास दास

जानकी के जन्मभूमी
देवलोक के वरदान छैक
एहि सँ बढियाँ ज्ञानभूमि
आओर कोनो नहि ठाम छैक

मठ—मन्दिर आ ताल सरोवर
एतह के पहिचान छैक
जकर दर्शन कएला सँ
अश्व मेघ फल के समान छैक

रखवारी मे भोला बाबा
चारु कोना में विराजमान छैक
जकर दर्शन कएला सँ
अश्व मेघ फल के समान छैक

५२ विघा, रंगभूमि, मणिमण्डप एहि ठाम छैक
शिव धनुष के टुकरा गिरल
एहि ठाम धनुषाधाम छैक
जकर दर्शन कएला सँ
अश्व मेघ फल के समान छैक

एहि ठामक धर्ती के गर्भसँ
लक्ष्मी स्वरुपा वैदेही प्रकट भेल छैक
भगवान रामके प्रथम मिलन भेल
येह धाम छैक
जकर दर्शन कएला सँ
अश्व मेघ फल के समान छैक

ऋषिमुनि के तपोभूमि
देवता सभक प्रिय स्थान छैक
आदर्श नारी सियाके खेलल कुदल ई गाम छैक
जकर दर्शन कएला सँ
अश्व मेघ फल के समान छैक

गंंगा सागर,धनुषसागर
अनेकन नदी—सागर आ तलाव छैक
गंगा आरती नित दिन होबए लागल
मोक्ष प्राप्ति के ई स्थान छैक
जकर दर्शन कएला सँ
अश्व मेघ फल के समान छैक