Saturday, January 3, 2015

संघीय गणतान्त्रिक मोर्चाद्वारा खवरदारी जुलुस

कैलास दास
जनकपुर, पुस १९ । सत्तारुढ प्रतिपक्ष ३० दलीय संघीय गणतान्त्रिक मोर्चाले शनिवार जनकपुर सहित देशभरि खवरदारी जुलसु प्रदर्शन गरेको छ ।
एकीकृत नेकपा माओवादीको नेतृत्वमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सहितको संघीय गणतान्त्रिक मोर्चाले पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानको मांग गर्दै जुलुस प्रदर्शन गरेको छ । मौसमको प्रतिकुलताका बाबजुद जनकपुरमा रेल्वे स्टेशन बाट शुरु भएको खबरदारी जुलुस शिवचौक, जनकचौक, रामचौक, सोनारपट्टी हुदै जनकचोकमा पुगी कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै मोर्चाका नेताहरुले सत्तारुढ दलहरु माओवादीको जनविद्रोह, जनआन्दोलन २ र मधेश विद्रोह बाट स्थापित पहिचान सहितको मुद्दालाई माइनस गरेर पहिचान विरोधी संविधान बनाउन खोजेको आरोप लगाउदै त्यस्तो प्रयास भए आफुहरु आन्दोलनको आँधी बहेरी ल्याउने चेतावनी दिए ।
एतिहाँसिक मधेश विद्रोहको जगमा स्थापित संघीयतालाई नै कुण्ठित गर्दै सत्तारुढ काँग्रेस र एमालले पहिचान विरोधी संघीयताको खाका प्रस्तुत गरेर संघीयताको मुल मर्मलाई नै धरापमा पार्ने प्रयास गरेको भन्दै त्यसका विरुद्ध गोलबद्ध हुन सम्पूर्ण मधेशी आदिवासी जनजातिहरुलाई आग्रह गरेका छन ।
मधेश आन्दोलन उत्कर्षमा पुगेको बेला तत्कालिन प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति गिरिजा प्रसाद कोइरालाले स्वायत्त मधेश प्रदेश सहित अन्य स्वायत्त प्रदेश हुने भनि गरेको २२ बुन्दे सहमति, विगतमा एमाओवादी संग भएको १२ बुन्दे लगायतका सहमतिहरुलाई उनकै पार्टीका वर्तमान अध्यक्ष एवं प्रधानमन्त्रीले उल्लंघन गरि रहेको उनिहरुले आरोप लगाएका थिए ।
कोण सभालाई सम्बोधन गर्दै मोर्चाका नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीले महराजा प्रवृति देखाएको भन्दै मुलुका आधिकारिक महाराजाहरुको अन्त भएपछि जन्मेका नयाँ महाराजाहरुलाई मधेशी जनताले अब स्वीकार नगर्ने बताए । सदभावना पार्टी धनुषाका अध्यक्ष संजय सिंहको अध्यक्षतामा भएको कोणसभामा सदभावना पार्टीका केन्द्रिय सदस्य लाल किशोर साह, एमाओवादीका कार्यवाहक जिल्ला अध्यक्ष झल्कु यादव, तमलोपाका जिल्ला अध्यक्ष परमेश्वर साह, फोरम लोकतान्त्रिकका., फोरम नेपालका ज्ञानेन्द्र यादव, संघीय समाजवादी पार्टीका जिल्ला अध्यक्ष राम रतन यादव, संघीय सदभावना पार्टीका जिल्ला अध्यक्ष रमण सिंह, राष्ट्रिय मधेश समाजवादी पार्टीका  देवकृष्ण मण्डल सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।

No comments:

Post a Comment