Friday, January 9, 2015

एमाले अध्यक्ष ओलीको पुतलामाथि चप्पल प्रहारसँगै अरु के के....

कैलास दास
जनकपुर, पुस २४ । नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले प्रधानमन्त्री निवासमा मधेशी मधेशी समूदायलाई अपमान हुने गरी दिएको अभिव्यक्तिको विरुद्धमा आम मधेशी समूदाय सडकमा मात्र उत्रेन । उसको पुतलामाथि चप्पल जुत्ताको पनि वर्षा गरे ।
जनक चौकमा कडा सुरक्षाका बीच ओलीको पुत्ला दहन गर्ने क्रममा आक्रोशित मधेशी समुदायका महिला, युवा तथा अगुवाहरुले चप्पल जुताले उनलाई कुटपिट गरी पुत्ला दहनका साथै थू..थू. पनि गरे ।
ओलीले सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले मधेशको दृष्टिकोण बारेमा आफनो अभिव्यक्ति राख्ने वित्तिकै ओलीले अपमानजनक शब्दमा सम्बोधन गर्दै उत्तर प्रदेश र विहारलाई पनि मधेशमा मिलाउन चूनौति दिएका थिए । उनको अभिव्यक्ति पछि तत्कालै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बैठकलाई बहिष्कार गरी बाहिरिएका थिए । ओलीको अभिव्यक्तिले अहिले सम्पुर्ण मधेश क्षेत्र आक्रोशित बनेका छन् । यस अघि देखि नै मधेश विषयमा ओलीको धारणा अत्यन्त नाकारात्मक रहेका थिए । एमाले मधेश विरोधी पार्टी भएको भनेर आम मधेशी समूदायले बुझिसकेको बेलामा ओलीको बोलीले त्यसलाई थप पुष्टि गरेको छ । एमाले मुुलुकमा संघीयता नचाहेको प्रष्ट भएको छ । जनकपुरको जनक चौकमा आयोजना गरिएको पुत्ला दहन कार्यक्रममा सहभागिहरुले कडा शब्दमा ओलीको विरोध गरेका थिए । उनीहरुले एमालेलाई बहिष्कार गर्नका लागि आग्रह गरेका थिए ।

एमाले अध्यक्ष केपी ओली मधेशको विरुद्धमा अपमानजनक शब्द प्रयोग गरेर देश द्रोहीको काम गरेकोले उनलाई देश छाड्नको चेतावनी दिएका थिए । साथै राष्टूभक्ति पूर्ण अभिव्यक्ति दिने डा. सिके राउतलाई सरकारले पटक पटक गिरफतार गरिरहेकोले राष्टूलाई विखण्डन गर्ने अभिव्यक्ति दिने ओलीलाई पनि पक्राउ गर्नका लागि गृहमन्त्रीलाई चूनौति दिएका थिए । पुत्ला दहन पछि आयोजना कोणसभालाई एमाओवादी नेता रामचन्द्र मण्डल, सद्भावना नेता जगदिश महासेठ, डा. रामचन्द्र चौधरी, तमलोपाका सदाशिव मिश्र, युवा नेता सुशिल सिंह मधेशी, विद्यार्थी नेता ज्ञानेन्द्र झा ज्ञानु सहितका वक्ताहरुले केपी ओलीको बोलीमाथि कडा प्रतिवाद गरेका थिए ।


No comments:

Post a Comment