Sunday, November 16, 2014

प्रम मोदीको ‘नागरिक सम्बोधन’ गर्न नदिएका कारण

कैलास दास

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न ‘जनकपुर भ्रमण र नागरिक सम्बोधन’बाट धनुषा, महोत्तरी सहित तराईका जिल्लावासी उत्साहित एवं स्वागतका लागि देखाएका तत्परता उदास र आक्रोशमा परिणत भएका छन् । धार्मिक पर्यटकीय नगरीमा उहाँको ‘जनकपुर दर्शन’ले आवश्य नै जनकपुर शिखरमा पुग्ने छ । भारत जस्ता शक्तिशाली राष्ट्रका प्रधानमन्त्री मोन्दीले मधेशी जनतालाई कुन शब्दले कसरी प्रभावित एवं उत्साहित गर्ने छन् सुन्नु भन्दा पहिला नै उहाँद्वारा गरिने ‘नागरिक सम्बोधन’ स्थगित हुनु बहसको विषय बनेको छ । प्रम मोदीको सम्बोधन पछाडि के राज हुनसक्छ ? जसलाई सरकारमा सम्मलित केही नेता एवं जिम्मेवार व्यक्तिहरुले विरोध जनाई उहाँको ‘नागरिक सम्बोधन’ नै स्थगित तुल्याएका छन् । मधेशी जनताका लागि एउटा बहसको सवाल मात्र होइन यस्ता व्यक्तिहरु मधेशप्रति कस्ता भावना प्रस्तुत गर्न खोजेको हो जिज्ञासा पनि जागेको स्वभाविक हो ।
भारतीय प्रम मोदीको आसन्न जनकपुर भ्रमण एवं नागरिक सम्बोधनलाई नेपाल सरकारबाटै ‘नागरिक सम्बोधन’ रोकिनु ? नेपाल—भारत मैत्री समाजद्वारा आयोजना गरिएको साइकल वितरण गर्न नदिनु ? जनकपुर भ्रमण निश्चित भईसकेपछि नेपाली काँग्रेसका रामशरण महत र गगन थापा जस्ता ठूला नेताहरु दिल्ली गएर यहाँका बारेमा गलत किसिमले प्रचार गर्नु । एमालेका केही नेताद्वारा जनकपुर धार्मिक स्थल होइन एउटा टोल होे दुष्प्रचार गर्नु ? मधेशप्रति कस्ता मानसिकता उपब्जाएको छ त्यसबाट अब मधेशी जनता अनभिज्ञ छैन र यो कुरा भारतले नबुझेको पनि होइन ? वर्षोदेखि अपेक्षित राखिएको जनकपुरलाई शिशा (आइना) जस्तो मोदीको भ्रमणमा आएको कुराहरुबाट स्पष्ट झल्काई सकेका छन् ।
भारतले नेपाल सरकारलाई दिएको प्रहरी भ्यान, विभिन्न संघ संस्थाको नाउँमा एम्बुलेन्स, भारतमा अध्ययनका लागि नेताहरुको सोर्स उचित हो भने एउटा संस्था द्वारा प्रम मोदीको भ्रमणमा साइकल वितरण गर्ने कार्यक्रम मर्यादा विपरित एवं राजनीतिक हस्तक्षेप कसरी हुन सक्छ यसको जवाफ यहाँका जनताहरु खोज्न थालेका छन् । जनकपुरका महाकुम्भ मेला अर्थात् विवाह पञ्चमीमा सीमावर्ती क्षेत्रबाट ठूलो संख्यामा दर्शनार्थीहरु आउने गर्दछन् । यसपाली सोही बेलामा प्रम मोदीको सम्बोधन रहेको हो । विवाह पञ्चमीमा बिना निम्ताको लाखौं दर्शनार्थीहरु आउने गर्दछन् । यसलाई देखेर प्रम मोदीले राजनीतिक हस्तक्षेप गर्छन कि वा जनकपुरबाटै मधेशको विकास गर्न खोजेको तो होइन् । वर्षोदेखि अपेक्षित जनकपुरको भाग्योदय त हुने छैन । मधेशप्रति हुँदै आएको विभेदकारी नीति खुल्ने त होइन ? मोदीको भाषणले मधेशी जनता आफ्ना अधिकार खोजिने त होइन ?विभिन्न शंका उपशंका हस्तक्षेपका कारण हुन सक्छ ? जुन बहसको विषय हो ।
अब सवाल उठ्छ यस्तो घडीमा यहाँका जनताहरुले के गर्लान त ? मधेशका प्रतिनिधित्व गर्ने सभासद् एवं राजनीतिक दलहरुले कस्ता आवाज उठाउने छन् । यसका प्रतिक्षा जनकपुरवासी गरिरहेका छन् । अब राजनीतिक विचारमा आफ्ना दृढता प्रस्तुत गर्ने समय आई सकेको छ । मोदीको नागरिक सम्बोधन उचित हो कि होइन यो कुरा पनि मधेशका प्रनिनिधित्व गर्नेबाट आउनु प¥यो । नागरिक सम्बोधनबाट यहाँका विकास को बाटो खुल्छ र देशका लागि पनि हितकर हो भने आवाज उठानु पर्दछ । होइन भने जनता सामु तार्किक विचार दिनु पर्ने आवश्यकता हो ।
भारतीय प्रम मोदीको सम्बोधन साँस्कृतिक—धार्मिकका साथै यहाँका विकासमा आधारित हुन्थ्यो होला । राजनीतिक द्वन्द होइन ? एक तरफ नेपाल—भारतबीच मित्रताको सम्बन्ध, बेटी—रोटीको सम्बन्ध, धार्मिक एवं साँस्कृतिक सम्बन्ध, सँगसँगै हिडने र विकास गर्ने सम्बन्ध जोडिएको छ भने राजनीतिक द्वन्द जस्ता भाषण गर्लान यसको कल्पना पनि कसरी गर्न सकिन्छ । तर नागरिक सम्बोधन मधेशी जनतालाई भडकिलो पार्ने होला शंका उपशंका गरेर नेपाल सरकारले ‘नागरिक सम्बोधन’ नै रोकिने उचित होइन ?
भारतीय प्रम मोदीको भ्रमणले ‘जनकपुरलाई विश्वमा चिन्हाउने’ छ र उहाँको नागरिक सम्बोधनबाट यहाँका साँस्कृतिक झल्किने छ । नेपालको काठमाण्डौ शहर मात्र बुझने विश्व अब जनकपुर पनि एउटा धार्मिक पर्यटकीय स्थल हो उहाँको जनकपुर भ्रमण र नागरिक सम्बोधनबाट झल्किन्छ । नेपाल सरकारले यहाँका जानकी मन्दिरलाई विश्व सम्पदामा पु¥याउन त सकेन तर भारतीय प्रम मोदीको भ्रमणले जनकपुरलाई चिन्हने कार्य आवश्य हुन्छ । यस्ता मौकामा चौका लगाउने हो कि खस शासकको जालझेलमा पछि पार्ने हो नेपाल सरकारको अभिव्यक्तिले प्रष्ट पार्दछ ।
नेपाल सरकार द्वारा ‘नागरिक सम्बोधन होइन, अभिनन्दन’ गर्ने कार्यक्रम तय गरिएको छ । जसको अभिभारा धनुषाकै यातायात तथा पूर्वाधार मन्त्री विमलेन्द्र निधिलाई दिएको हो । जुन ‘नागरिक अभिनन्दन’ जानकी मन्दिर परिसरमा हुने र त्यसमा सात सय व्यक्तिको उपस्थिति रहने कुरा बाहिर आएको छ । जसमा मन्त्री तथा सभासद्हरुको उपस्थिति हुन्छ । यो कस्तो निर्णय हो । ‘नागरिक अभिनन्दन’ यहाँका जनताहरु बुझेको छैन वा नेपाल सरकारले बुझाउन सकेको छैन । मोदी ज्यूको यो नागरिक अभिन्दन हो कि नेताहरुसँग भेटघाट यसको निर्णय त जनताले नै गरिने छ । नागरिक अभिनन्दन आम जनताहरुले गर्नुपर्ने कुरा हो । तर नेपाल सरकारले नै सरकारको जिम्मेवार व्यक्ति र केही ठूल्ठूला नेताहरुलाई भेटभाटलाई नागरिक अभिनन्दनको संज्ञा दिने हो भने आम नागरिकका लागि दुराभाव नै भन्नु पर्दछ ।
आज फेरी मधेशी जनता राणा शासन र राजतन्त्र जस्ता अनुभव गर्न थालेका छन् । नेपालका धार्मिक पर्यटकीय नगरीको रुपमा ‘जनकपुरधाम’ को एउटा आफ्नै मार्यादा र शिखर भएपनि नेपाल सरकारले अहिलेसम्म यहाँको विकास त्यस किसिमले गरेको छैन । राजा महेन्द्रकालदेखि अपेक्षित जनकपुर अहिलेपनि अपेक्षित नै छ । यहाँका मठ मन्दिर निर्माण, सडक निर्माणदेखि सौन्दर्यीकरणसम्म भारतले सहयोग गर्दै आएका छन् । त्यसैले यहाँका जनताहरु विकासका लागि भारतकै आशामा पर्खिरहेको हुन्छन् । तर नेपाल सरकारले नागरिक सम्बोधनलाई नागरिक अभिनन्दनमा भनेर यहाँका जनतालाई ठेस पु¥याएको छ ।
राणा शासन र राजतन्त्रमा मधेशको विकास र मधेशी जनतालाई सम्झेको नेपालको दोस्रो नागरिक लोकतन्त्रमा पनि प्रमाणित खसवादी शासकले गरेर देखाएको छ । भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणले एक साथ अनेक कुराहरुलाई जोडिन्छ । नेपाल—भारतको साँझा साँस्कृति, रहन—सहन, भेषभुषा, धार्मिक एवं ऐतिहासिक पहिचान,बेटी—रोटीको सम्बन्धलाई प्रगाढ हुने सम्भावना । नेपालमा बस्ने मधेशी जनताप्रति खसवादीको दृष्टिकोण उजागर हुन्छ । लोकतन्त्रमा पनि विभेदकारी नीति अन्त्य भएन भने अभिव्यक्ति स्वतन्त्रलाई अब कसैले रोक्न सकिने छैन । प्रम मोदीज्यूको ‘नागरिक सम्बोधन’ जनकपुर विकासका लागि केही सहयोग दिने हो । न कि जनकी मन्दिर परिसरमा पूजापाठ र सुन्दरकाण्ड जस्ता प्रवचनका लागि । प्रम मोदी धार्मिक स्वभावको व्यक्तित्वका साथै राजनीतिक व्यक्ति एवं प्रखर वक्ता पनि हुन र उहाँसँग यहाँका जनता विकासको अपेक्षा पनि राखेका छन् ।  तर उहाँलाई सुन्दरकाण्डमा (जानकी मन्दिरकै पसिरारमा सीमित पारिनु) भयो भने हात मल्नुका साथै केही भेटिदैन । त्यसर्थ नागरिक सम्बोधनका लागि आम जनताबाटे रंगभूमि मैदानमा हुनुपर्ने अडान राख्नु पर्दछ । जहाँ लाखौ जनताहरुसँग भेटघाट एवं उहाँको भाषण सुन्न सकोस् ।

Saturday, November 15, 2014

जनकपुरप्रति नेपाल सरकारको भावना एवं दृष्टिकोण गलत छ ः वक्ताहरु

कैलास दास
जनकपुर, कार्तिक २९ । जनकपुरको विकासप्रति नेपाल सरकारको भावना एवं दृष्टि गलत रहेको एउटा कार्यक्रममा वक्ताहरुले दावी गरेका छन् ।
जनकपुर उद्योग वाणिज्य संघ र भारत नेपाल मैत्री संघको संयुक्त आयोजनामा जनकपुर उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा सहभागिहरुले जनकपुरको विकास नेपाल सरकार नचाहेकोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक सम्बोधन एवं साइकल वितरणमा आपति जनाएको बताएका छन् । उहाँको सम्बोधनबाट यहाँका विकास र विश्वस्तरमा प्रचारप्रसार हुने बताए ।
उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आवगमनले विश्वको ध्यानाकर्षण जनकपुर धामले गर्ने भएकाले यस ठाउँको प्रचार प्रसार विश्वस्तरमा हुने छ । त्यसको लागि खुलेर तयारी गर्नका लागि सम्पुर्ण पक्षहरुसंग आग्रह गरेका थिए । जनकपुरको नागरिकहरुको भावनालाई मध्य नजर गरी जनकपुरका आवाजलाई नेपाल परराष्ट्र मन्त्रालय सहितको निकायमा पठाउनका लागि प्रमुख जिल्ला अधिकारीहरुसंग आग्रह गरे । साथै जनकपुरप्रति नेपाल सरकारको दृष्टिकोण गलत भएको प्रष्ट रुपमा देखिएको बताए ।
उनीहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा स्वागत सत्कार गर्नुका लागि नागरिक स्तरबाट प्रत्येक व्यापारीलाई पसल अगाडी दिपावली जस्तै सजावट गर्न उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साह (हिरा)ले आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले जनकपुरमा भारतीय प्रधानमन्त्रीको सुरक्षा दिनका लागि सुरक्षा नियकाहरु पूर्ण रुपमा सक्षम रहेको बताए । उनले जनताको भावनाहरु समेटेर सरोकारबाला निकायमा आफुले जाहेर गरिदिने बताए ।
जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साह (हिरा) र नेपाल भारत मैत्री संघका अध्यक्ष उमेश प्रसाद सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा सहभागिहरुले मधेश र जनकपुरप्रति नेपाल सरकारले कुभावनाको राखेका कारणले भ्रमणबाट रोक्न खोजेको आरोप पनि लगाए । जनकपुर आए पनि उनको नागरिक अभिनन्द नहुन दिन तथा सिमित घेरामा राखेर संकुचित गर्न खोजेकोमा आक्रोश पनि व्यक्त गरेका छन् ।
कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक रविन्द्र ठाकुर, प्रहरी उपरीक्षक गणेश बहादुर थापा क्षेत्री, पूर्व राज्य मन्त्री सूरिता साह, जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु निर्मल कुमार चौधरी, श्यामप्रसाद साह, रमेश प्रसाद साह, जनकपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख बजरंग प्रसाद साह, उपप्रमुख किशोरी साह, जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरी, रामानन्द युवा क्लवका पूर्व अध्यक्ष नविन मिश्र, बुद्धिजिवि काशिनाथ झा, श्रीराम युवा कमिटीका अध्यक्ष रामबाबु साह, किशोरी साह सहितका वक्ताहरुले विभिन्न सुझावहरु दिएका थिए ।

Thursday, November 13, 2014

भारतीय प्रम मोदी प्रकौली ब्यारेकबाट जनकपुर आउने

कैलास दास
जनकपुर, कार्तिक २६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर आगमन सुनिश्ति भएको छ । प्रधानमन्त्री पटनाको विशेष कार्यक्रममा सरिक भएर भारत सितामढी  हेलिकप्टरबाट आउने र त्यसपछि पुनौराधाम र पन्थरपाखरको दर्शन अवलोकन गरी पुनः हेलिकप्टरबाट नेपालको महोत्तरी जिल्ला स्थित नेपाली सेनाको प्रकौली ब्यारेकमा उत्रने कार्यक्रम रहेको विहारका भारतीय जनता पार्टीका वरिष्ठ प्रवक्ता विनोदानन्द झाले जानकारी गराएका छन् ।
जनकपुरमा मोदीले जानकी मन्दिर, राममन्दिर, जनक मन्दिर दर्शन गरी, बाह्रविघा (रङ्गभुमि मैदान)मा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । प्रम मोदीले जनकपुर विकासका लागि केही ठोस् योजनाको घोषणा पनि सोही कार्यक्रममा गर्ने विशेष स्रोतले जनाएका छन् । बाह्रविघा रङ्गभुमि मैदानमा नेपाली सेनाले हेलिप्याडको निर्माण पनि गरेको छ । साथै बाह्रविघाको सरसफाई हुन थालेको छ ।
दुई वर्ष अगाडी बाह्रविघा (रङ्गभुमि मैदान)को संरक्षण गर्ने काम पनि भारत सरकारको सहयोगमा भएको थियो । बाह्रविघामा हुने नागरिक अभिनन्द तथा सम्बोधन कार्यक्रममा सरिक हुनका लागि लाखौं जनता पुग्ने अनुमान गरिएको छ ।
अहिले जनकपुरमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । नेपाली सेनाले गस्ती दिने काम पनि गरिरहेको छ । अहिले सेना नरेन्द्र मोदीको भ्रमण हुने क्षेत्रमा विशेष सुरक्षा निगरानी बढाएको छ ।    
यसैगरी सदा पोशाकका सुरक्षाकर्मीहरु पनि व्यापक संख्यामा परिचालन गरिएको छ । खास गरेर जानकी मन्दिर वरपर सुरक्षा व्यवस्था चुस्त—दुरुस्त पारिएको छ । जनकपुरको गतिविधि बारे जानकारी लिनका लागि विशेष सुरक्षा दस्ता सरोकारवाला पक्षले परिचालन गरेको छ । सदा पोशाकमा आएका तिनीहरुको नरेन्द्र मोदीको सम्भावित भ्रमण हुने स्थानहरुको अनुगमन तथा निगरानी बढाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर आगमनका कारणले यस क्षेत्रका जनताहरु निक्कै उत्साहित छन् । स्थानीयबासीहरुले प्रत्यक्ष रुपमा भारतीय प्रधानमन्त्रीको प्रत्यक्ष अनभुति गर्ने भएकाले निक्कै उत्साहित रहेका छन् ।

माथवर हत्यारालाई २० वर्षको जेल

कैलास दास
जनकपुर, कार्तिक २७ । नेकपा एमाले निकट युथ फोर्स जनकपुरका नगर अध्यक्ष माथवर मुखियाको हत्यामा संलग्न ५ जनालाई धनुषा जिल्ला अदालतले दश वर्षदेखि बीस वर्षको जेल सजाय फैसला विहिवार सुनाएको छ ।
हत्याका प्रमुख अभियुक्त जनकपुर नगपालिका वडा नं १२ कुवा वस्ने धर्मनाथ खत्वे र सर्लाहीको मलंगवा नगपालिका घर भएका मुकेश पण्डितलाई २०÷२० वर्ष जेल सजाय सुनाएको छ । यी दुई जनालाई गोली प्रहार गरेर भाग्दै गरेको अवस्थामा नै स्थानीयवासीले नै पक्राउँ गरेका थिए ।
 यसैगरी सोही हत्यामा संलग्न धनुषा लक्ष्मीपुर वगेवाका पृथ्वी सिंह भनिने श्याम यादव, अन्दु पट्टी कटरैतका माओवादीका नेता श्रीचन मुखिया र जनकपुर वडा नं १२ कुवा घर भएका रामबाबु महतोलाई जनही १०÷१० वर्ष कैद सजाए सुनाएको छ ।
धनुषा जिल्ला अदालतका ईजलास नं ३ का न्यायाधिश लोकचन्द शाहको एक्कल ईजलासले सो फैसला सुनाएको हो । २०६७ साल श्रावण २३ गते जनकपुरको कुवामा नै तत्कालिन युथ फोर्सका जनकपुर नगर अध्यक्ष माथवर मुखियाको गोली हानेर हत्या गरेका थिए । उनीहरु मध्ये २ जनालाई धनुषा प्रहरीले तत्कालै तथा अन्य तीन जनालाई केही दिनपछि पक्राउ गरेका थिए । सोही हत्यामा संलग्न भएका शिवहरे हालसम्म फरार नै छ ।