Thursday, September 25, 2014

मोर्चा र संवैधानि समिति बीच ५ बुदामा सहमति

कैलास दास

जनकपुर, असोज ९ । संविधानसभामा रहेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्तर्गत संवैधानिक वार्ता उपसमिति र तराईमा भुमिगत रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चा बीच विहिवार जनकपुरमा भएको वार्तामा ५ बुदामा सहमति भएको छ । राष्ट्रिय एकता, स्वतन्त्रता, अखण्ता तथा सार्वभौम सत्ताप्रति मोर्चा प्रतिबद्ध रही शान्तिपूर्ण राजनीतिक गतिविधि गर्ने, मधेशमा भएको शसस्त्र द्वन्दका बारेमा संविधान सभामा छलफल गर्ने विषयमा समितिले अग्रसरता देखाउने, सात दिन भित्रमा मोर्चाले हातहतियार तथा पक्राउ परेका कार्यकर्ता तथा मुद्दाका बारेमा संवैधानिक समितिमा लिष्ट वुझाउने विषयमा सहमति भएको छ ।
मोर्चाको वार्ता टोलीको सुरक्षाको प्रतयाभूति गराउने तर्फ संवैधानिक वार्ता उपसमितिले पहल गर्ने, बन्दीको मुद्दा खारेज गर्नका लागि वार्ता उपसमितिले लवी गर्ने सहमति भएको संवैधानिक तथा वार्ता उपसमितिका संयोजक आनन्द प्रसाद ढुङ्गानाले बताए । मोर्चाका तर्फबाट मोर्चाका अध्यक्ष एवं वार्ता टोलीका संयोजक मनोज मुक्ति (मनोज झा) तथा संवैधानिक संवाद तथा वार्ताटोलीका तर्फबाट संयोजक आनन्द ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।
वार्तामा मोर्चाका तर्फबाट भाष्कर मुक्ति (दिपक सिंह), जय मुक्ति भनिने बुलन यादव सहभागि रहेका थिए । संवैधानिक उपसमितिका तर्फबाट संयोजक ढुङ्गानाका अतिरिक्त सर्वेन्द्रनाथ शुक्ल, धर्मनाथ प्रसाद साह, गृह तथा शान्ति मन्त्रालयका प्रतिनिधिहरु सहभागि रहेका थिए । जनकपुरको होटल रामामा वार्ता भएको थियो । हिजो मात्र वार्ता टोली महोत्तरीको भिठामोड नाका भएर नेपाल भित्रिएका थिए । 
यस अघि पनि जनकपुरमा नै ५ वटा भूमिगत शसस्त्र समूहहरु संग उतm उपसमितिले गत साउनको अन्तिम सातामा वार्ता गरि विभिन्न सहमति गरिसकेको छ ।

Wednesday, September 24, 2014

दशैको तयारीमा उदासिनता

कैलास दास
जनकपुर । विहिवारबाट विजयादशमी प्रारम्भ भएको छ । तराईकै सबैभन्दा आकर्षक एवं रमाइलो दशै हुन्छ जनकपुरमा । तर यसपाली दशैको तरकभरकमा युवाहरुको उत्साह देखिएन । सरसज्जावट जुन किसिमले हुनुपथ्र्यो त्यसमा कमी देखिन्छ ।
ऐतिहासिक एवं धार्मिक नगरी जनकपुर अरु बेला समान्य लागे पनि विजया दशमी, गृह परिक्रममा, विवाह पञ्चमी, होली, रामनवमी दीपवाली तथा छठ पर्वमा पर्यटकहरुको यहाँ घुइचो लाग्ने गर्दछ । खासगरी यी पर्वहरुको तयारीमा यहाँका युवाहरु महिनोंदेखि सक्रिय रुपमा लागेको हुन्छ ।
दशैभरि यहाँका शक्तिपिठ मन्दिरहरु दुल्हिन झै श्रृङागरिएको हुन्छ । झिलीमिली बल, आकर्षक पण्डाल र भक्तिमय गीतले बाहिरबाट आउने पहुनाहरुलाई आकर्षित गर्ने गर्दछ । तर यसपाली जनकपुरमा दशैंको अनुभूति देखिरहेको छैन । राममन्दिर भित्र रहेका राजदेवी मन्दिर, बौधीमाई, पल्टीमाई भैरव मन्दिर सहितका मन्दिरहरुमा राम युवा कमिटी, महावीर युवा कमिटी सहितका क्लवहरुले आफ्नै निगरानी सरसजावट गर्दथे ।
राम र महावीर प्रत्येक वर्ष विजया दशमी विशेष कार्यक्रमका साथ सक्रिय रुपमा मनाउने गर्दछ । तर यसपालीको उदासिनता जनकपुर धार्मिक पर्यटकीयमा ठूलो असर पोर्ने देखिन्छ । तराई भरिकै ठूलो दशै मेला जनकपुरमा हुन्छ यी कुराहरुलाई ध्यानमा राखेर दशैंको भव्यतामा सबैलाई अगाडि आउनु पर्ने आवश्यक छ । यहाँका दशैं मेला र राजदेवी मन्दिरमा हुने पूजापाठ मुख्य आकर्षक भएपनि जनकपुर प्रवेशद्वारा आकर्षक बनाउनु पर्दछ ।
ऐतिहासिक एवं धार्मिक पर्यटकीय नगरी जनकपुरलाई पर्यटकीय दृष्टिले विजया दशमीलाई मनाउन आवश्यक छ । यसका लागि यहाँका प्रत्येक व्यक्तिलाई धार्मिक किसिमले शक्तिपीठहरुको सरसजावट एवं सरसफाईमा लाग्नु पर्दछ । युवा कमिटीको भरमा मात्र जनकपुरको पर्यटकीय शहरको रुपमा चिन्हाउने सम्भावना छैन ।
जबसम्म यहाँका नागरिकहरु यसप्रति जागरुक हुँदैन तबसम्म धार्मिक पर्यटकीय स्थलको रुपमा विकास सम्भव छैन । घटस्थापनाका दिनदेखि नै धार्मिक पर्यटकीय स्थलको अनुभूति दिलाउनु पर्दछ ।

पाँच आन्दोलनकारी पक्राउ

पाँच आन्दोलनकारी पक्राउ
कैलास दास
जनकपुर, असोज ८ । सिके राउतलाई निःशर्त रिहा गरिनुपर्ने माग गर्दै मधेश आन्दोलन जनपरिचालन समितिले जनकपुरको रामानन्द चौकमा एक घण्टा चक्का जाम  गरेको थिए । चक्का जाम गर्ने क्रममा आन्दोलनकारीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

आन्दोलन जनपरिचालन समितिका संयोजक ईन्द्र कुमार मधेशानन्द सहित पाँच जना युवकलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेका थिए । उनीहरुलाई साँझतिर छोडेको हो ।
पक्राउ पर्नेहरुमा सरोज मिश्र, ज्ञानेन्द्र झा ज्ञानु, रञ्जित झा, रियाज अन्सारी र दिपेश झा रहेका छन् । उनीहरुले बुधवार विहान ११ बजे देखि १२ बजे सम्म चक्का जाम गर्ने कार्यक्रम राखेको बेलामा प्रहरीले हस्तक्षेप गरी पाँचै जनालाई पक्राउ गरी लगेका थिए । पक्राउ पर्ने युवाहरुलाई प्रहरी नियन्त्रणमा नै नारावाजी गरेका थिए । युवाहरुले कार्यालय अवधिभरि जिल्ला प्रहरी कार्यालयमा राखेर साँझतीर रिहाई गरेको छ ।
मधेशका बुद्धिजिवी सिके राउतलाई विना शर्त रिहाईको माग गर्दै आफुहरुको आन्दोलन निरन्तर रुपमा जारी रहने मधेश जनआन्दोलन परिचालन समितिका संयोजक ईन्द्रकुमार मधेशानन्दले बताएका छन् । आफुहरु उनको रिहाईको लागि जस्तो सुक्कै बलिदानी दिन पनि तयार रहेको बताए ।

यसैबीच सिके राउत रिहाई संघर्ष समितिले बुधवार मुखमा पटी बाधि प्रदर्शन गरेको छ । दिपक झाको संयोजकत्वमा जनकचौकबाट सुरु भएको मौन जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः जनकचौकमा पुगी कोणसभामा परिणत भएका थिए ।

Sunday, September 21, 2014

गौ संरक्षण मञ्चद्वारा आन्दोलनको घोषणा

कैलास दास
जनकपुर, असोज ०५ । गौ संरक्षण मञ्चले विभिन्न मांग सहित दवाव मुलक आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ । मञ्चका केन्द्रिय कार्यालयमा आईतवार आयोजना गरिएको पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष जगदिश महासेठले हिन्दु धर्ममाथि भईरहेको आक्रमणको विरुद्धमा आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको बताए ।
हिन्दु धर्मावलम्विहरुलाई विभिन्न प्रलोभनमा पारी धर्म परिवर्तन गराउने, गौ हत्या तथा गौ तस्कारी भै रहेको धार्मिक सम्पदा तथा ऐतिहासिक सम्पदाहरुको संरक्षण सम्बद्र्धन गराउन जनकपुरमा रहेका सम्पुर्ण निकायहरुमा जनकपुरधाम अनिवार्य रुपमा लेख्नुपर्ने, राज्यले कटौति गरेको धार्मिक, सांस्कृति विदा लागु गर्नुपर्ने, हिन्दु देवीदेवताको तस्बिरको दुरुपयोग अविलम्ब गर्नुपर्ने, रामायण भवनको अतिक्रमण पुर्न रुपमा मुक्त गराउनुपर्ने, अश्लिल फिल्म प्रदर्शनमा रोक लगाउनुपर्ने, जनकपुरलाई विश्वसम्पदा सुचीमा राख्नका लागि पुर्वाधार तयार गर्नुपर्ने माग गर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।
मञ्चले सोमवार मोटरसाईकल ¥याली, असोज ७ गते मंगलवार सिटी जुलुस, ८ गते बुधवार आँखामा कालोपटी बाँधि जुलुस गर्ने, ९ गते विहिवार मुखमा कालोपटी बाधी जुलुस गर्ने र १० गते शुक्रवार मैनवती जुलुस गर्ने निर्णय गरेको अध्यक्ष महासेठले बताए । उनले धर्म र संस्कृति माथि राजनीतिक रुपमा मात्र हैन, सरकारी रुपमा पनि अतिक्रमण गराउने कार्य भएकोमा आक्रोश व्यक्त गरेका थिए ।

बच्चा चोर्ने गिरोह प्रहरी हिरासतमा

कैलास दास
जनकपुर, असोज ५ डकैती शैलिमा बालक अपहरण गरी विक्री गर्नेे चारजना डाका सहित बालकलाई धनुषा प्रहरीले सकुशल रिहाई गर्नमा सफल भएका छन् । जनकपुरको वडा नं. ७ कुष्ठरोगीको वस्तिमा जागिर गरिरहेका प्रकाश मण्डलका छोरा ७ महिनाका मंगल मंडललाई ४ जनाको समूहमा आएका व्यक्तिले हतियार देखाई डेराबाट नै राति ११ बजे अपहरण गरी महोत्तरीको हरिनमरि वडा नं. १ बस्ने सुनिता महरालाई १ लाखमा विक्री गरेको ७ महिनापछि प्रहरीले सकुशल मुक्त गराएका छन् ।
बालकलाई डकैती शैलीमा अपहरण गर्ने आरोपमा प्रहरीले महेत्तरीको महोत्तरी ८ बस्ने वर्ष ३५ को शत्रुधन यादव, धनुषाको औरही ९ बस्ने वर्ष ३३ को राजेश मंडल, झोझिकटैया ६ बस्ने वर्ष ५० को किशोरी मंडल, र औरही पासवान टोलका वर्ष २९ को गलिया पासवानलाई पक्राउ गरि आईतवार पत्रकार सम्मेलन मार्फत प्रहरीले सार्वजनिक गरेको छ ।  
यसैगरी प्रहरीले विभिन्न घटनाहरुमा संलग्न रहेका अभियुक्तहरुलाई पक्राउ गरेको विवरण सार्वजनिक गर्नुको साथै भदौ २५ गते यता करिब ८ लाखको माल समान पक्राउ गरी भन्सारमा बुझाएको विवरण सार्वजनिक गरेका छन् । यसैगरी प्रहरीले जनकपुरको सुरक्षा अवस्था बारेमा पनि योजना सार्वजनिक गरेको छ । दशैं दिपावली तथा छठपर्वलाई दृष्टिगत गरेर विशेष सुरक्षा रणनीति अख्तियार गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
भीडभाडको समयमा विशेष प्रकारले प्रहरी परिचालन गर्नुको साथै गल्ली तथा टोलहरुमा परिणत साईकल तथा मोटरसाईकल गस्ती पनि परिचालन गर्ने गरी सुरक्षा योजना तयार पारिएको जानकारी प्रहरी उपरीक्षक थापाले बताए । घटना घटेको पाँच मिनेट भित्र र ग्रामीण ईलाकामा पुग्ने गरी सुरक्षा नीति बनाईएको जानकारी गराईयो । 

जउवा संघमा हिरा विजयी

कैलास दास
जनकपुर, असोज ५ । जनकपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि शनिवार सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा शिवशंकर साह हिरा निर्वाचित भएका छन् । हिरा आफनो निकटतम प्रतिद्वन्द्वी ललितकुमार साहलाई ३ सय ४५ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका छन् । आइतवार सार्वजनिक भएको मतपरिणाम अनुसार हिराले १ हजार १६ र ललित ६ सय ७१ मत प्राप्त गरेका छन् । यसैगरी अध्यक्ष पदका अर्का उम्मेदवार विजयकुमार साह ( होण्डा) ३ सय ३५ र अनिरुद्ध साह १ सय ११ मत पाएका छन् । आईतवार विहान मात्र मतपरिणाम प्राप्त भएको थियो ।
यसैगरी दुई जना उपाध्यक्षमा विकास कुमार चौधरी र विजय कुमार साह निर्वाचित भएका छन् ।  सर्वाधिक मत ल्याइ  विजयी भएको विजय साह वरिष्ठ उपाध्यक्ष र दोश्रो सबै भन्दा धेरै मत ल्याएका विकास उपाध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचन समितिले दिएको जानकारी अनुसार विजयले ९ सय ३ र विकासले ८ सय ८० मत पाएका छन् ।

त्यसैगरी ९ सय ९१ मत ल्याएर जितेन्द्र प्रसाद साह महासचिवमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी विष्णुदेव साहले ७ सय २४ मत पाएका छन् । वाणिज्य संघको सचिव पदमा ७ सय ६१ मत ल्याई सुरेन्द्र भण्डारी निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी संजयप्रसाद साहले ७ सय ४० मत ल्याई कम मत अन्तरले परािजत भएका छन् । सबै भन्दा कडा प्रतिष्पर्धा मानिएको कोषाध्यक्ष पदमा जितेन्द्र महासेठले ठुलो मत अन्तरले निर्वाचित पदाधिकारी भएका छन् । महासेठले आफना निकटतम प्रतिद्वन्द्वी अशोक कुमार चौधरीलाई ५ सय ३५ मतको विशाल अन्तरले पराजित गरेका छन् । महासेठले ९ सय ६४ मत ल्याएका छन् भने चौधरी ४ सय २९ मत मात्र प्राप्त गरेका थिए । यसैगरी एसोसिएट सदस्यमा युवा व्यापारी दिपेन्द्र यादव ३८ मत ल्याई विजयी भएका छन् । यादवका निकटतम प्रतिद्वन्द्वी बलराम साह २१ मत ल्याई परािजत भएका छन् ।
यसैगरी कार्यकारणी समितिका सदस्य पदहरुको मतगणना आईतवार अबेर राती सम्म जारी नै रहेको छ । सदस्य पदको सम्पुर्ण परिणाम सोमवार मात्र आउने सम्भावना रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

Monday, September 1, 2014

जनकपुर बन्द, ६ गाडीमा तोडफोड

कैलास दास


जनकपुर,भदौ १६ । सर्वदलीय सर्वपक्षीय संघर्ष समितिको आह्वाहनमा सोमवार गरिएको जनकपुर बन्दले जनजीवन प्रभावित भएको छ ।
जनकपुरनगपालिकामा लागु हुने एकीकृत सहरी विकास आयोजनाको फोहर व्यवस्थापन स्थल बारेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले विश्वविद्यलयको नाउँमा अबरोध गरेको भन्दै निर्धारित ठाउँमा नै ल्याण्डफिलको व्यवस्थापन हुनु पर्ने माग गर्दै जनकपुर बन्दको गरेका थिए ।
यहाँबाट सञ्चालित हुने सवारी साधन, शिक्षण संस्था, उद्योग, कलकारखाना तथा बजार पूर्ण रुपमा ठप्प रहेका थिए । विहानदेखि नै बन्दकर्ताहरुले विरोध प्रदर्शन गरेका कारणले जनजीवन कष्टकर बनेका थिए । आन्दोलनकारीले नगरमा पटक पटक जुलुस प्रदर्शन गरेकाले यातायात सेवा ठप्प थिए । यातायात बन्दका कारणले यात्रीहरु समस्यामा परेका थिए । केही सवारी साधनहरुलाई प्रहरीले स्कटिङ्ग गरेर ढल्केवरसम्म लगेका थिए ।

एशियाली विकास वैकको ऋण सहयोगमा नगपालिकाको सडक, नाला, ढल तथा फोहर व्यवस्थापनका लागि १ अर्ब ९० करोड नेपाली रकम दिने सहमति गरी आयोजना अगाडी बढेको बेलामा फोहर व्यवस्थापन स्थलको नाउँमा गरिएको राजनीतिक कारणले बहुप्रतिक्षित योजना असफल हुने आशंका बढेपछि सर्वदलीय तथा सर्वपक्षीय संघर्ष समितिले चरण बद्ध आन्दोलनमा उत्रेका छन ।
आन्दोलनकारीहरुले बन्दको अवज्ञा गरेको भन्दै ज १ च ६१५ नम्वरको कार, ज १ त ३७३४ तथा ज १ त २७०१ नम्वरको ट्याक्टर एउटा बस सहित आधा दर्जन सवारी साधनमा तोडफोड गरेका छन । रामानन्द चौकमा बन्दकर्ता र स्थानीय युवासंग सामान्य विवाद भएपनि प्रहरीको सक्रियताका कारणले कुनै अप्रिय घटना भएको छैन । बन्दलाई मध्ये नजर राखी नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको थियो । चौक चौकमा व्यापक संख्यामा प्रहर परिचालन गरिएको थियो । आन्दोलनकारीले केही ठाउँमा टायर पनि बालेका थिए ।
एकीकृत सहरी विकास आयोजनाबाट जनकपुरको २६ किलोमिटर सडकको स्तरोन्नति सहित कालोपत्रे, त्यतिकै ढल तथा नालाको निर्माण गर्ने कार्यक्रमका साथै नगपालिकाको फोहरको वैज्ञानिक व्यवस्थापन तथा शौन्दर्यीकरणको कार्यक्रम रहेको छ ।
सर्वदलीय संयन्त्रमा नपाली काँग्रेसका संस्थापन पक्षका केही कार्यकर्ता, नेकपा एमाले, एनेकपा माओवादी, नेकपा (माओवादी, मधेशी जनअधिकार फोरम नेपाल, लोकतान्त्रिक, तमलोपा, सदभावना, दलित जनजाति पार्टी, नेकपा संयुक्त, नेपाल सरिवार दल, रामसपा सहित २२ दलहरुले पनि बन्दको समर्थन गरेको थियो । जनकपुर नगपाकिामा लागु भएको आयोजनाको अनिवार्य शत अन्तर्गत ल्याण्ड फिल साईट रहेकोले त्यसको निर्णय विना अन्य कामहरु अगाडी नबढाउनका लागि एडिविले भने पछि योजना पछाडी परेको छ ।
धनुषाको फूलगामामा रहेको १२ विघा १७ कठ्ठा १७ धुर जग्गा गठी संस्थान संग जनकपुर नगपालिकाले २० वर्षको लागि लिजमा लिएर माटो परिक्षणको काम सकेपछि जग्गाको वारेमा विवाद उत्पन्न भएपछि एडिविले नै दवावमा परेर विकल्पमा जग्गा खोज्नका लागि भनेपछि विवाद उत्पन्न भएको छ । .

आन्दोलनकारीले पत्रिका जलाए
सर्वदलीय सर्वपक्षीय आन्दोलन संघर्ष समितिको आन्दोलनको समाचारलाई प्रथमिकतामा नदिएको आरोप लगाउँदै कान्तिपुर, नागरिक तथा अन्नपूर्ण पोष्टे जलाइएको छ ।
आन्दोलनकारीले यी पत्रिकाहरु जनकपुरको विकास विरोधि रहेको भन्दै जनकपुरको पिडारी चौकमा जलाएका थिए । यहाँका पत्रकारहरुले जनकपुरको समाचारलाई उच्च प्राथमिकतामा राखेर पठाए पनि केन्द्रले प्रकाशन एवं प्रसारण गर्ने गरेको छैन ।