Monday, March 1, 2021

समुदायिक भवन निर्माणपछि समाजिक कार्यको उत्थान हुन्छ ः राज्यमन्त्री कुशवाहा

जनकपुरधाम, १७ फागुन । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले ४५ लाखको लागतमा बन्ने समुदायिक भवनको शिलान्यास गरेको छ ।
महोत्तरीको सम्सी गाउँपालिका ४ स्थित पोखरभिण्डामा ३० लाखको लागतमा तथा सोही गाउँपालिकाको गाढामा १५ लाखको लागतमा बन्ने समुदायिक भवनको एक समारोहबीच शिलान्यास गरेका हुन ।
त्यसैगरी सोही गाउँपालिकाको वडा नं. ३ लक्ष्मीनिया स्थित रामजानकी कुटीको जग्गामा बाउण्ड्री वालका लागि बजेट दिने प्रतिबद्धता जनाएका छन् ।
शिलान्यास गर्दै राज्यमन्त्री कुशवाहाले ग्रामिण क्षेत्रमा बसोबास गर्नेहरुलाई समुदायिक भवन निर्माण पश्चात् सार्वजनिक कामकाजमा सहजता हुने बताएका छन् ।
उनले भने ‘शिलान्यास पश्चात् निर्माण कार्य छिट्टै हुनेछ । यो समुदायिक भवन निर्माण भएपछि एकअर्कालाई जोडने कार्यमा मद्दत पुर्याउने आफू विश्वस्त छौं ।’
सामाजिक वातावरणलाई बलियो बनाउन तथा समाजलाई एकठाउँमा उभ्याउनमा यस्ता कार्यहरुले सहयोग गर्नेछ उनले भने ‘वर्षोदेखि पिछडिएका ग्रामिण भेगमा सर्वसाधारण जनताको आवश्यकता अनुसार कार्य गर्ने गरेका छौं ।’


शिलान्यास कार्यक्रममा पूर्व स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव, जसपाका क्षेत्रीय अध्यक्ष, वडा अध्यक्ष,स्थानीयहरु, नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


No comments:

Post a Comment