Sunday, March 21, 2021

अन्याय सहनु पनि ठूलै अन्याय हो ः मन्त्री यादव

जनकपुरधाम, ८ चैत । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले अन्याय सहनु पनि ठूलै अन्याय रहेको दावी गरेका छन् ।
जनकपुरधाममा आईतवार ५६ औं अन्तर्राष्टिूय जातिभेद उन्मूलन दिवसको अवसरमा प्रदेश स्तरीय दलितको अवस्था बारे ‘अन्तरक्रिया कार्यक्रम’मा मन्त्री यादवले दलितहरु पछाडि परेको होइन, उनीहरुलाई पारिएको हो । प्रदेश सरकारको यसतर्फ ध्यानाकर्षण भएको छ । प्रदेश सरकार दलितको हकहित सूचित गर्न अगाडि बढिसकेको बताएका छन् । मन्त्री यादवले भने, ‘दलितमाथि अन्याय गर्ने अर्थात विभेद गर्नेलाई बर्दास्त गर्दैन, त्यसैले कसैले तपाईहरुमाथि अन्याय गरिरहेका छन् भने तपाईहरु चुप लागेर नबस्नुस्, अन्याय सहनु पनि अन्याय हो ।’
करीब आधा दर्जन दलित सरोकारको क्षेत्रमा कार्य गर्ने संघ संस्थाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा कानून मन्त्री यादवले प्रदेश सरकार अब जसको सरोकार उसैको नेतृत्व हुनुपर्ने ऐनहरु ल्याएको छ, र ल्याउँदैछ । त्यति मात्र होइन, दलितहरुको न्यायमा पहुँचका लागि दलित सेल पनि गठन गर्न लागेको बताएका छन् ।
उनले दलित सशक्तिकरण ऐनको ब्याख्या गर्दै भने, ‘प्रदेश सरकारका पनि कोही मन्त्री विभेद जस्तो गरिरहेको छ, भन्ने तपाईहरु प्रमाण दिनुस्, कारवाही प्रक्रियाको लागि म अगाडि बढ्ने बताएका छन् । जबसम्म जातिय विभेद अन्त्य हुँदैन, विभेद रहित समता मुलक प्रदेशको परिकल्पना गर्न सकिदैन उनले भने, ‘विभेदको विरुद्धमा प्रदेश सरकार रहँदै आएको र रहने छ हाम्रो प्रतिबद्धता हो ।’
मन्त्री यादवले डा. भीमरावको सिद्धान्तको उद्दृत गर्दै भने ‘शिक्षित भएर, संगठित भएमा र संघर्ष गरेमा आफै विभेदको अन्त्य हुनेछ । यी तीन मन्त्री दलित समुदायले मात्र होइन जुनसुकै समुदाय अपनाएमा विभेदको अन्त्य हुनेछ ।’
शर्मिला महिराको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश साँसद चमेली देवी दास, राष्टिूय मानव अधिकार आयोगका प्रदेश संयोजक वीरबहादुर बुढामगर, जिल्ला समन्वय समितिका उपाध्यक्ष दीपक झा, समुदायिक रेडियो प्रसारक संघका निवर्तमान प्रदेश संयोजक एवं वरिष्ठ पत्रकार अशोक दत्त, संयोजक मनोज कुमार यादव, इन्सेकका प्रदेश संयोजक राजु पासमान, राष्टिूय दलित पत्रकार संघका प्रदेश संंयोजक कैलास दास,  मानव अधिकारकर्मी विनोद महरा, दलित अगुवा चन्देश्वर सदाजनकपुरधाम उपमहा नगरपालिकाकी कार्यपालिका सदस्य सुनिता राउत सहितका व्यक्तिहरुले आफ्ना विचार राखेका थिए ।


No comments:

Post a Comment