Wednesday, March 3, 2021

दलितको क्षेत्रमा प्रतिबद्ध भई कार्य गर्छु ः उपाध्यक्ष बैठा

जनकपुरधाम, १८ फागुन ।  प्रदेश सरकारले गठन गरेको दलित विकास समितिका पदाधिकारीका उपाध्यक्ष रामप्रवेश बैठाले आफूले पाएको जिम्मेवारी जुन सुकै आफतविपतमा कार्य गर्ने दावी गरेका छन् ।
राष्ट्रिय दलित पत्रकार संघ प्रदेश २ र दलित सरोकार मञ्चद्वारा संयुक्त रुपमा गरेको दलित सशक्तिकरण तथा कार्यान्वयनको अवस्था, चुनौती र अवसर विषयक ‘अन्तरक्रिया तथा सम्मान’ कार्यक्रममा उपाध्यक्ष बैठाले यस प्रदेशका दलितहरुको धेरै समस्या छन्, समस्यालाई समाधान गर्न धेरै चुनौतीहरु पनि आउन सक्छ । तर ती समस्या र चुनौतीलाई सामना गर्न आफू तयार रहेको दावी गरेका छन् ।
उनले भने, दलित समुदायमा शिक्षा, स्वास्थ्य, बेरोजगारी तथा न्यायमा पहुँच छैन । छुवाछुत र विभेद जस्ता क्यान्सर रोग यथावत् । यो समितिले यस क्षेत्रलाई प्राथमिकता राख्ने छ ।’
प्रदेश सरकारप्रति अशांक व्यक्त गर्दै उपाध्यक्ष बैठाले आफूले दलित विकास समितिको उपाध्यक्ष भएकोमा खुश छैन, कार्य गरेर दलित समुदायलाई देखाएमा मात्र खुश हुने बताएका छन् ।
समिति गठन हुनु धेरै ठूलो कुरा होइन, कार्यालय र साधन स्रोत उपलब्ध गराएमा मात्र हामी लक्ष्य अनुसार यी समुदायको क्षेत्रमा कार्य गर्न सक्छौं उनले भने, ‘दलित समुदायको उत्थान र अधिकारको क्षेत्रमा कही कतैबाट बाधाव्यवधान आएपनि सामना गर्छौ, सामाना गर्न नसकेमा वा लक्ष्य अनुसार कार्य गर्दा समस्या आएमा राजिनामा समेत दिनेछौं ।’


संघका प्रदेश संयोजक कैलास दासको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि भोला पासमानले दलित समुदायको क्षेत्रमा समस्या र चुनौतीहरु जक्रिएको छ । यी समिति गठनपछि यस प्रदेशका दलित समुदायको न्याय, अधिकार, पहुँच लगायतको क्षेत्रमा आशा पलाएकोले यी आशा र विश्वासलाई नतोड्न सबैमा आग्रह गरेका छन् ।
उनले दलित विकास समिति गठनपछि यस प्रदेशका १८ प्रतिशत दलित समुदायको उम्मेद जागेकोले निष्पक्ष, निर्भिक भएर कार्य गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा समितिका अध्यक्ष राज कुमार दास, सुनिता मरिक डोम, श्याम सरदार, सेवती देवी दास, दलित अभियन्ता चन्देश्वर दास, दलित महिला अधिकारकर्मी मुन्नी देवी दास, राजु पासमान लगायतका व्यक्तिहरुले सुझाव, शुभकामना तथा बधाई दिएका छन् ।




No comments:

Post a Comment