Wednesday, April 10, 2019

जनता दलको राष्ट्रिय महाधिवेशन सम्पन्न अध्यक्षमा पुनः साह निर्वाचित केन्द्रिय सदसस्य मुञ्जय राउत


जनकपुरधाम, २७ चैत्र । नेपाली जनता दलको पाँचौ राष्टिूय महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ ।
राष्टिूय महाधिवेशनबाट अध्यक्ष पदमा पुनः हरिचण साह निर्वाचित भएका छन् । साहको अध्यक्षतामा २५ सदस्यीय केन्द्रिय कार्य समिति गठन भएको हो ।
अध्यक्ष पदका लागि पाँच जनाले उम्मेदवारी दिएका थिए । ती मध्ये सबभन्दा बढी मत ल्याई हरिचरण साह निर्वाचित भएका हुन् । उहाँको प्रतिपक्षमा तेजनारायण यादव, रामप्यारे पासमान, रघु पजियार र श्रवण कुमार चौधरीले उम्मेदवारी दिएका थिए ।
त्यस्तै केन्द्रिय सदस्यमा धनुषाबाट पाँचजनालाई सर्वसम्मतिले चयन गरिएको छ । धनुषाबाट केन्द्रिय सदस्यमा मुञ्जय राउत, जीवछी चौधरी, रामेश्वर यादव, मोहम्मद हासिन, राजकुमार झा रहेका छन् ।
राष्टिूय महाधिवेशनका उद्घाटन सत्रका प्रमुख अतिथि प्रदेश नं. ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलास ढुंगानाले नेपाली जनता दल संसद बाहिर भएपनि ठूलो पार्टी रहेको भन्दै देशको विकासका लागि मिलेर जानुपर्ने आवश्यकता रहेको बताएका छन् ।
त्यस्तै नवनिर्वाचित अध्यक्ष साहले संविधान संशोधन गर्ने, सातवटै प्रदेशमा कमिटी गठन गर्ने र मधेशको अधिकारका लागि थप जिम्मेवारी भएको बताएका छन् । उनले नेपाली जनता दल मधेश, पहाड र हिमाललाई जोड्ने कार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै नवनिर्वाचित केन्द्रिय सदस्य मुञ्जय राउतले मधेशी जनताको चाहना अनुसार संविधान संशोधन गर्न संघीय सरकारलाई दवाव सृजना गर्न पार्टीको रुपमा नेपाली जनता दल रहेको जिकिर गरेका छन् । उनले मधेश, पहाड र हिमालको जनताको दुःख पीडामा सधैं साथ दिने यो पार्टीरहेको जिकिर गर्दै भ्रष्टाचारको खिलाप तथा मुलुकको विकास लागि काँधमा काँध मिलेर हिड्न तयार रहेको बताएका छन् ।

No comments:

Post a Comment