Thursday, April 11, 2019

बालविवाह गरेमा हदैसम्म कारवाही गर्छौ ः मेयर राउत


जनकपुरधाम, २७ चैत्र ।  धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्रीले बाल विवाह गरेमा हदैसम्म कारवाही गर्ने चेतावनी दिएका छन् ।
औपचारिक सेवा केन्द्र (इन्सेक)द्वारा बुधवार आयोजित शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवा प्रदायक र सेवाग्राहीबीच गाउँपालिकास्तरीय ‘अन्तरक्रिया’ कार्यक्रममा अध्यक्ष राउतले भने, ‘बालविवाह गर्ने विरुद्ध खाडो रुपमा उत्रिन्छौं, रोक्न सबै शक्ति परिचालन गर्नेछौं तर बालविवाह हुन दिन्नौं ।’ उनले यहाँसम्मकि बरातलाई पनि फर्काउने छौं, परिणाममा गाउँपालिकालाई क्षतिपूर्ति व्यहोर्नु परेमा व्यहोर्न पनि तयार रहेको बताएका छन् ।
मानव अधिकार निगरानी समूहका अध्यक्ष देवसागर दासको अध्यक्षतामा भएको सो कार्यक्रममा अध्यक्ष राउतले वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुलाई आग्रह गर्दै भने, ‘नराम्रो कुरा मलाई भन्नुस र राम्रो कुरा बाहिर ल्याउनुस, आफूभित्र रहेको कमीकमजोरी सोधार्ने छौं ।’
अध्यक्ष राउतले शिक्षा, स्वास्थ्य तथा खाद्यमा यस प्रदेशमा नै चुनौती र समस्याले जक्रिएको हो । त्यसको समाधानका लागि स्थानीय सरकार लागि परेको छ, केही दिनसमा त्यसको परिणाम पनि सबैमा सुन्न आउने नै छ उनले भने, ‘शिक्षा, स्वास्थ्य र खाद्यको क्षेत्रमा अनुगमन गरी सुझाव दिनुस, हामी कार्यान्वयनमा ल्याउने छौं ।’
स्वास्थ्य विज्ञ, शिक्षा विज्ञ तथा कृषि विज्ञ लगायत वडा अध्यक्ष, सदस्य, कार्यपालिका सदस्य तथा नागरिक समाजबीच भएको अन्तरक्रिया कार्यक्रममा अधिकांश सहभागीहरुले गुनासो पोखेका छन् ।
कार्यक्रमको बारेमा इन्सेक नेपालका प्रदेश २ इन्चार्ज राजु पासमानले प्रकाशन पारेका थिए भने गाउँपालिका उपाध्यक्ष प्रमिला महतो, स्वस्थ्यकर्मी रुद्रनारायण यादव, शिक्षक लक्ष्मी कुमारी महतो, रामबाबु महतोले विचार राखेका छन् । कार्यक्रम संचालन विनोद महराले गरेका थिए ।

No comments:

Post a Comment