Thursday, April 11, 2019

तीन महिनामा ४६ जनालाई छोरी बिमा शिक्षा


जनकपुरधाम, २७ चैत्र । छोरीको पहुँच बृद्धि गर्न प्रदेश नम्बर २ सरकारले ल्याएको छोरी शिक्षा विमा कार्यक्रम प्रभावकारी भएको प्रदेश सरकारले दावी गरेको छ ।
‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम बनाएर शिक्षामा छात्राको पहुच बृद्धि गर्ने योजना अन्तर्गत यो कार्यक्रमलाई अघि सारिएको हो । उक्त योजना अन्तर्गत प्रदेशका ८ वटा नगरपालिकाबाट सुरु भएको छोरी शिक्षा बीमा कार्यक्रम प्रदेश भरी लागू भएपछि अहिलेसम्म ४६ जना छोरीहरुको विमा भईसकेको छ । प्रदेशले यसका लागि ५ करोड ६० लाख बजेट छुट्ट्याएको थियो । विशेष अनुदानपछि यसको बजेट ५५ करोड ६० लाख पुगेको छ । ‘प्रदेश २ का सबै छोरी अब बिमा कार्यक्रममा समावेश हुने प्रदेशका प्रमुख सचिव दिपक सुवेदीले बताए । ‘बेटी पढाउ, बेटी बचाउ’ बिमाअन्तर्गत प्रदेश सरकारले १३ हजार ६ सय ४६ रुपैयाँ छोरीका नाममा जम्मा गर्छ । उक्त रकममा प्रभु बैंकले १ हजार थप गरिदिने सम्झौता गरेको छ । २०७५ साल माघ १ गतेपछि जन्मिएका छोरीले शिक्षा बिमा तथा मुद्दती बचतस्वरूप बिमा गरिएको २० वर्षमा १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । तर शिक्षाको लागि रकमको आवश्यकता परे प्रदेश सरकारको सिफारिसमा बीचमा समेत केही रकम झिक्न पाउने व्यवस्था गरिएको छ ।
बीमाको लागि नवजात छोरीको फोटो, आमा वा बुबाको नागरिकता, जन्मदर्ताको प्रमाणपत्र र वडा सिफारिस आवश्यक रहेको छ । छोरी बीमा कार्यक्रमलाई सफल बनाउन प्रदेश सरकारले स्वयंसेवकसमेत परिचालन गरेको छ । यस कार्यक्रमका लागि संघीय सरकारले ५० करोड विशेष अनुदान उपलब्ध गराएको छ । छोरी बीमा कार्यक्रम प्रभावकारी बन्दै गएपछि प्रदेशभरि नै लागू गरिएको हो । प्रदेश २ को महत्वकांक्षी योजना छोरी शिक्षा बिमा कार्यक्रम फागुन १० गते औपचारिक रूपमा शुरुवात गरिएको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आयोजना गरेको एक कार्यक्रममा राष्टूपति विद्यादेवी भण्डारीले छोरी शिक्षा बिमा र मुद्दती खाताको शुरुवात गरेकी थिईन

No comments:

Post a Comment