Monday, October 16, 2017

छोराको आशले बनायो अपराधी

जनकपुरधाम, २९ असोज । संसार कहाँबाट कहाँ पुगी सक्यो । जहाँ महिला र पुरुषबिचको भेदको कुनै स्थान नै रहेन । तर अहिले पनि हाम्रो समाज जहाँको त्यहीँ अटकेको छ । छोरा पाउनकै लागि सन्तान माथि सन्तान जन्माउने कटु सत्यलाई हाम्रो समाजले नकार्न सक्दैन । तर यही सोच र छोराको आशले गर्दा एक जना महिलालाई जेल सम्मको यात्रा गर्नु परेको छ । 

सिरहा जिल्लाको लक्ष्मीपुर पतार गाउँपालिका ४ निवासी ४० वर्षीया लिलादेवी साह कलवारको ४ जना छोरी छँदै थियो तर उहाँको धोको भनेको एउटा छोरो पाउनु थियो । छोरो पाउने ईच्छाले नै उहाँलाई अपराधी बनाएको भन्दा अतिशयोक्ति नहोला ।
लिलाले छोराका आशमा धामी झाँक्रीलाई पनि गुहारेकी थिइन् । तर, उनको इच्छा पूर्ति नभएपछि करिब १४ महिना अगाडि आफ्नो माइत सिरहा नगरपालिका १० नरहिया टोल जाँदा त्यहाँ आफ्ना नातेदार पर्ने दिलिप मण्डललाई भेटेकी थिइन् । उनले दिलिपलाई कहीबाट एउटा छोरा उपलब्ध गरदिन अनुरोध गरिन् ।
छोरा पाउने आशमा लिलादेवी दिलिपसंग गत माघ महिनामा भारतको दिल्ली गएर ८ महिनासम्म विभिन्न अनाथआश्रममा पुगिन् । तर, सन्तान गोद लिनका लागि थुप्रै कानुनी प्रक्रिया पुरा गर्नुपर्ने बाध्यता भएपछि उनीहरु गत भदौमा जनकपुर फर्किए । यसै क्रममा दिलिपले आफ्नो चिनजानका ४१ वर्षीय राधाकृष्ण मण्डललाई सम्पर्क गरे । उनले मण्डललाई लिलादेवीको लागि डेरा खोजिदिन अनुरोध गरे । मण्डलले जनकपुरकै सरोज मण्डलको घरमा लिलादेवीका लागि एउटा कोठा खोजिदिए । छोराको चाहनामा लिलादेवीले विभिन्न व्यक्तिलाई सम्पर्क गरिराख्दा राधाकृष्णले पनि सबै जानकारी पाए । उहाँले आफ्नो चिनजानका धनुषाको विदेह नगरपालिका झिझा टोल निवासी ३६ वर्षीय बाला पासवानलाई छोरा ल्याइदिए राम्रो रकम दिने प्रलोभन देखाए । बालाले पहिला बच्चा ल्याउने वचन दिए पनि पछि सकेनन् ।
सोही क्रममा बालाले विरे भनिने वीरेन्द्रसंग राधाकृष्णको घरमा लिलादेवी र दिलिपको भेट गराए । विरेले सुनिताको सानो बच्चा शुभमलाई हेरेको थियो । उसले दुई लाख पचास हजार रुपैयाँ लिएर बच्चा ल्याएर दिने बचन दियो ।

असोज १२ गते विरेले लिलादेवी र दिलिपलाई बच्चाको घर भएको स्थानबाट केही टाढाको सुनसान ठाउँमा रातिको बेला जम्मा हुन लगायो । शुभममाथि आँखा लगाएर बसेको अपहरणकारी विरेले रातिको बेला आमाको काखमा सुतेकै बेला शुभमको अपहरण गर्यो र बच्चा लगेर लिलादेवीलाई दियो । रातिनै उनीहरु बच्चा लिएर सिरहा फर्किए । तर प्रहरीले लामो अनुसन्धान गरी अपहरित बालकलाई फेरी आमाको काँखमा फेरी पुर्याउन सफल भएको छ ।
आमाको दूधको भरमा मात्रै बाँचिरेहका अबोध बालक शुभम जब १८ दिन पछि आमाको काँखमा पुगे त्यस पछि उसको हाँसो देख्न लायक थियो । आमा लिला पनि खुशीले आफ्नो आँखाभरी आँशु झर्न बाट रोक्न सकिनन् । 

No comments:

Post a Comment