Sunday, September 3, 2017

स्थानीय तहको चुनावी मैदानमा पत्रकारहरु

जनकपुरधाम, १५ भदौ । असोज २ गते हुने स्थानीय तहको चुनावी मैदानमा केही पत्रकारहरु पनि ओर्लन लागेका छन ।
स्थानीयतहको निर्वाचनमा धनुषाबाट ४ जना पत्रकार चुनावीमा ओर्लन लागेका हुन ।  एक जना जनकपुर उपमहा नगरपालिकाको मेयर, एक जना हंशपुर नगरपालिकाका लागि मेयर पदमा र दुई जना वडा अध्यक्षका लागि चुनावी मैदानमा ओर्लन लागेका हुन ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाका पूर्व अध्यक्ष समेत रह्नु भएका उमेश साह जनकपुर उपमहानगरपालिकाको मेयरका लागि नयाँ शक्ति पार्टी नेपालबाट लड्ने लगभग पक्का रहेको छ । साह नयाँ शक्ति नेपाल पार्टीबाट उम्मेदवार हुने करिब निश्चित जस्तै भएपनि औपचारिक घोषणा हुन बाँकी रहेको छ । त्यस्तै धनुषाको हंशपुर नगरपालिकाको मेयर पदमा पत्रकार रामनारायण कापडीलाई संघीय समाजवादी फोरमले उम्मेदवार बनाउने भएको छ । फोरमले कापडी उम्मेदवार भएको औपचारिक घोषणा समेत गरिसकेको छ ।
यता पत्रकार संजिव मण्डल विदेह नगरपालिका वडा नं.७ बाट अध्यक्ष पदमा उम्मेदवार बन्नका लागि दौडधुप गरिरहेका छन । उहाँ नेकपा माओवादी केन्द्रबाट उम्मेदवारको लागि दावेदारी गर्नुभएको छ । मण्डलले टिकेट पाउने पनि प्रवल सम्भावना छ । पत्रकार बिन्दकिशोर साह पनि जनकपुर उपमहानगरपालिका वडा नम्बर ७ बाट अध्यक्ष पदका लागि लड्ने मनस्थिति बनाएका छ । उनी राष्ट्रिय जनता पार्टी नेपालबाट टिकेट लिनका लागि दौडधुप गरिरहेका छन ।

No comments:

Post a Comment