Sunday, September 3, 2017

का“ग्रेस–एमाले धनुषामा ७५ प्रतिशत उम्मेदवार छनौट, राजपामा अन्योलता

जनकपुरधाम, १४ भदौ । आसन्न तेस्रो तहको स्थानीय निर्वाचनका लागि धनुषामा काँग्रेस–एमालेले उपमहा नगरपालिका, नगरपालिका तथा गाउँ पालिकामा ७५ प्रतिशत उम्मेदवारलाई छनौट पक्का गरिसकेको स्रोतले दावी गरेका छन् । तर राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा आपसी विवादका कारण अहिलेसम्म कसलाई मेयर पदको टिकट दिने  निश्चित हुन सकेको छैन ।

नेपाली काँग्रेसबाट जनकपुर उपमहानगरपालिकाको मेयर पदमा मनोज कुमार साहलाई करीबकरीब पक्का भएको छ । त्यस्तै नेकपा एमालेबाट उपमेयर पदमा पुनम मिश्रलाई पक्का भएको छ भने मेयर पदमा श्याम पूर्र्वे र दीपेन्द्र यादवबीच विवादको कारण अहिले छनौट हुन नसकेको स्रोतले जनाइएको छ ।
त्यस्तै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट मेयर पदमा चारजना उम्मेदवारले दावी गरेका छन् । मेयर पदमा ललाकिशोर साह, परमेश्वर साह, शिवशंकर साह हिरा तथा अमर पजियार दावेदार रहेको स्रोतले जनाइएको छ । राजपा धनुषामा आपसी विवादका कारण अझै ढिलाई हुन नसक्ने स्रोतको भनाई रहेको छ ।
त्यस्तै एमालेबाट सबैला नगरपालिकाको मेयर पदमा एमाले धनुषा अध्यक्ष राजकिशोर यादवलाई पक्का गरिएको छ । मिथिला बिहारी नगरपालिकाको मेयर पदमा लक्ष्मीनारायण यादव र उपमेयरमा चन्द्रकला देवीलाई चयन गर्ने पक्का भएको छ । त्यसैगरी हंसपुर गाउँपालिकाको प्रमुखमा सूर्यनारायण कामत, बटेश्वर गाउँपालिका प्रमुखमा गणेश बहादुर राउत, औरही गाउँपलिका प्रमुखमा उमाशंकर साह, धनौजी गाउँपालिका प्रमुखमा राजकुमार यादव, लक्ष्मीनियाँ गाउँपालिका प्रमुखमा राजकिशोर यादवलाई पक्का गरिएको एमाले स्रोतले जनाएका छन् ।

त्यसैगरी नेपाली काँग्रेसबाट क्षिरेश्वर नगरपालिकाको प्रमुख पदमा योगेन्द्र पजियार, मिथिला बिहारी नगरपालिका प्रमुखमा रामउदय यादव, सबैला नगरपालिका प्रमुखमा विजय शंकर साह, गणेशमान चारनाथ नगरपालिका प्रमुखमा रामचरित यादव, विदेह नगरपालिका प्रमुखमा प्रेमचन्द्र झा, नगराइन नगरपालिका प्रमुखमा परमेश्वर यादव, मिथिला नगरपालिका प्रमुखमा राजाराम महतो, धनुषाधाम नगरपालिका प्रमुखमा बालेश्वर मण्डल, शहीद नगर नगरपालिका प्रमुखमा देवेन्द्र भरखेर लाई पक्का गरिएको काँग्रेस स्रोतले दावी गरेका छन् । त्यस्तै धनौजी गाउँपालिका प्रमुखमा बद्री सिंह, बटेश्वर गाउँपालिका प्रमुखमा रामअशिष महतो, लक्ष्मीनियाँ गाउँपालिकामा कुमरकान्त झा, जनक नन्दनी गाउँपालिकामा बारिक शेख पक्का गरिएको जनाइएको छ । यस अघि संघीय समाजवादी फोरम नेपालले धनुषामा आफ्नो  उम्मेदवारको नाम सार्वजनिक गरिसकेको छ । यता नेकपा माओवादी केन्द्र र राप्रपाले पनि अहिलेसम्म उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छैन । काँग्रेस र एमालेको आधिकारिक निर्णय दुई दिनभित्रमा नै सार्वजनिक हुने जनाइएको छ ।

No comments:

Post a Comment