Friday, September 8, 2017

युवाको विकास भए मात्रै जनकपुरको विकास सम्भव

विवेक कुमार भारद्वज
स्थानीय तह तेस्रो चरणको निर्वाचनमा जनकपुर उपमहानगरपालिकाको मेयर पदका लागि सबैभन्दा कान्छो उम्मेदवार भएर उम्मेदवारी दर्ता गराई विवेक कुमार भारद्वज अहिले चर्चाको विषय बनेका छन । यति धेरै दल र माजेका नेताहरुका बिच भारद्वजले किन मेयर पदमा उम्मेदवारी दिने खाँचो देख्नु भयो लगायत समसामयिक विषयमा दैनिक जनकपुरसंग गरेको कुराकानीको सम्पादित अंश ।

प्र. सबैभन्दा कान्छो उम्मेदवार भएर उम्मेदवारी दर्ता गराउनु भएको छ कस्तो महशुश गर्दै हुनु हुन्छ ?
साँँच्ची भन्ने हो भने एकदमै हर्ष महशुश भई रहेको छ । साथै युवाहरुको नेतृत्व मेरो काँधमा आएको पनि महशुश गर्दै छु ।
प्र. राजनीतिका माजेका खेलाडीहरुका बिच उम्मेदवारी दिने सोच कहाँ बाट आयो ?
नेपाली जनता दल जुन दलबाट मैले मेयर पदको लागि उम्मेदवारी दिएको छु त्यो दलमा युवाहरुले नै चलाएको दल हो । जनकपुरका युवाहरु अहिले शीप हुँदा हुँदै पनि कुलतमा फसेका छन । यहाँको शैक्षिक स्तर ह्वात्तै झरेको मधेशी, दलित, जनजाति, मुस्लिम लगायत पिछडिएको वर्ग झन झन पछाडी परिरहेका छन यी यावत समस्याहरुले मलाई पिरोली रहेको थियो । यीनै समस्याहरुको समाधानका लागि युवा वर्गले जनकपुर उपमहानगरपालिकाको नेतृत्व गर्नु पर्छ सोचेर मैलै उम्मेदवारी दिने सोच बनाए ।
प्र. तपाईलाई कतिजनाले डम्मी उम्मेदवारको रुपमा पनि हेरिरहेका छन, के भन्नु हुन्छ ?
आरोप लगाउनेले आरोप नै लगाउन सक्छन । तर म ती आरोपहरुको पछि लाग्न चाहन्न ।
प्र. प्रदेश नम्बर २ कै केन्द्र बिन्दुको रुपमा जनकपुर उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनु भएको छ, के योजनाका साथ तपाईले उम्मेदवारी दिनु भएको छ ?
मेरो सबैभन्दा मूल एजेण्डा युवाहरुको विकास नै रहेको छ । युवाहरुको सर्वांगिन विकास हुन सके मात्रै जनकपुरको विकास हुन सक्छ । यसका साथै जनकपुरको मूल समस्या भ्रष्टाचार रहेको छ । यदि मलाई जनकपुरको मतदाताले मेयर पदमा जिताउनु हुन्छ भने म भ्रष्टाचारमा लागेकोहरुको पर्दाफाश गरी जनकपुरको जनता समक्ष ल्याउने छु । भन्नुको अर्थ म भ्रष्टाचार नियन्त्रणका हरसम्भव प्रयास गर्ने छु । नेपालमा कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका तीनवटै स्थानमा समावेशी प्रतिनिधित्वको लागि समेत म र मेरो दलले पहल गर्ने छ । त्यस्तै जनकपुरको शैक्षिक विकासको लागि पनि योजना बनाई अगाडी बढ्ने छु ।
प्र. जनकपुरका भौतिक संरचनाहरुको समेत विकास हुन सकेको छैन यसका लागि के गर्नु हुन्छ ?
जनकपुरको विकासका लागि सडक, विद्युत, स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा योजनाबद्ध ढंगले अगाडी बढ्ने छु । शिक्षाको स्तर दिनप्रति दिन खस्कदै गई रहेको छ यसका लागि जिम्मेबार विद्यालय कलेजहरुमाथि समेत निगरानी बढाउने छु ।
प्र. अन्तमा के भन्नु हुन्छ ?
म जनकपुरका मतदाताहरुलाई यती मात्र भन्न चाहन्छु तपाईहरुले धेरै पटक चुनावमा मतदान गर्नु भयो । तर जनकपुरका समस्याहरु घट्नुको साटो झन झन थपिदै गईरहेको छ । त्यसैले पनि यस पटकको निर्वाचनमा युवालाई अवसर दिइयोस । जनकपुर लगायत सम्पूर्ण मधेशका लागि सयो जनाले शहादत दिए तर अधिकारका लागि अहिले पनि लडिरहेका छौँ । अधिकार प्राप्तिका लागि पनि युवाहरुले नेतृत्व पंक्तिमा आउनु अति आवश्यक छ । 
मेयर पदको उम्मेदवार
जनकपुर उपमहानगरपालिका
नेपाली जनता दल

No comments:

Post a Comment