जनकपुरधाम, ३ असोज । प्रदेश नं. २ का साँसद एवं जनता समाजवादी पार्टीका नेता रामअशिष यादवले संविधानलाई हत्या गर्ने प्रयास गरेका केपी शर्मा ओलीको मतियार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेको दावी गरेका छन् ।
संविधान दिवसको विरोधमा जनता समाजवादी पार्टीद्वारा जनकपुरधाममा आयोजित ‘संविधान संशोधनको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रम’मा साँसद यादवले नेकपा एमालेका अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्र समाप्त पार्ने विभिन्न प्रकारको षड्यन्त्र रचे, प्रतिगमन गरे र उहाँको कुकृत्यलाई महन्थ ठाकुरले सहयोग गर्यो । केपी ओलीलाई सहयोग गर्नेहरु पनि लोकतन्त्र र संघीयता विरोधी रहेको बताएका छन् । मुलुकमा संघीयता, समावेसिता र धर्मनिरपेक्षता अहिलेपनि अधुरो छ । यिनीहरुलाई पूर्ण गर्नका लागि जनता समाजवादी पार्टी अगाडि बढेको साँसद यादवले भने, ‘ यो संविधान मधेशी जनताको रगतले लेखिएको छ । त्रुटिपूर्ण संविधानलाई जबसम्म सच्याउँदैन तबसम्म यो संविधान सर्वस्वीकार हुनेवाला छैन ।’
उनले मधेशको हित सोच्ने असली र नक्कलीको पहिचान मधेशी जनताले गर्ने बताएका छन् ।
जसपाका जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा जनकपुरधाम उपमहा नगरपालिका मेयर लालकिशोर साह, जितेन्द्र यादव, श्रीचन मुखिया, विष्णुदेव साह लगायतका नेताहरुले संविधानलाई सच्याउन माँग गरेका छन् ।
Sunday, September 19, 2021
संविधानलाई हत्या गर्ने केपी ओलीको मतियार भयो लोसपा ः साँसद यादव
Tuesday, September 7, 2021
प्रदेश २ सरकारको जनलोकपाल आयोग गठन
आयोगको अध्यक्ष पदमा रामसहाय राय यादवलाई नियुक्त गरेको छ भने सदस्यहरुमा शोभा कुमारी महतो राजकिशोर प्रसाद साहलाई नियुक्त गरेको हो । नव नियुक्ति तीनै जनालाई प्रमुख हरिशंकर मिश्रले गोपनीयताको सपथ ग्रहण गराएका छन् ।
उक्त अवसरमा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज कुमार यादव, उपसभामुख उपमा देव, प्रदेश साँसद शत्रुधन महतो, प्रमुख सचिव हरि प्रसाद मैनाली सहित प्रदेश सरकारका सचिवहरुको उपस्थिति रहेको थियो ।
आयोगका नवनियुक्त पदाधिकारीहरुले ग्रमिण प्रशिक्षण केन्द्र मुजेलिया स्थित आयोगको कार्यालय पुगि आजै पदभार ग्रहण गर्नु भएको छ ।
Monday, September 6, 2021
आधा दर्जनबढी चिकित्सकहरु जसपामा प्रवेश
जनकपुरधाम, २२ भदौ । धनुषाका आधा दर्जनबढी चिकित्सकहरु जनता समाजवादी पार्टीमा मंगलवार प्रवेश गरेको छ ।
पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले नव प्रवेशी चिकित्सकहरुलाई फुलमाला तथा टिका लगाएर स्वागत गरेका छन् ।
नव प्रवेशी चिकित्सकहरुमा डा. कामेन्द्र यादव, दिपु यादव, सतिश यादव, अरुण कुमार गोइत, मनोज मण्डल, रितेश कुमार, निमु यादव, ललिता यादव, विन्दु अधिकारी रहेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले चिकित्सकहरुको पार्टीमा प्रवेशले गर्दा सामाजिक र राजनीतिक क्रियाकलापमा शुद्धिकरण आउने बताएका छन् । उनले भने, ‘जसरी शरीरको रोगलाई चिकित्सकहरुले फालेर स्वस्थ्य बनाउँछन, त्यसरी नै पार्टीमा बुद्धिजीविहरुको प्रवेशले सामाजिक र राजनीतिक शुद्धिकरण हुन्छ ।’
पार्टी प्रवेश कार्यक्रममा प्रदेश साँसद चमेली देवी दास, जिल्ला अध्यक्ष पशुपति यादव, नेता शेषनारायण यादव लगायत दर्जनौंको संख्यामा नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
Sunday, July 11, 2021
जनसंख्यालाई नियन्त्रण होइन, व्यवस्थापन गर्नुपर्छ ः उपाध्यक्ष झा
जनकपुरधाम, २७ असार । प्रदेश २ का नीति आयोगका उपाध्यक्ष भोगेन्द्र झाले वर्तमान अवस्थामा बढ्दो जनसंख्यालाई नियन्त्रण होइन, कसरी व्यवस्थापन गर्न सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यक रहेको बताएका छन् ।
संयुक्त राष्टूसंघीय जनसंख्या कोष र महिला सशक्तिकरण अभियानद्वारा जनकपुरधाममा आईतवार आयोजित ‘जनसंख्या दिवस’को अवसरमा उपाध्यक्ष झाले नेपालमा २१ औं शताब्दी अनुसार मानिसको सोचमा परिवर्तन आएको छैन । परिवर्तन भनेको विकास मात्र बुझ्न्छन् । तर जबसम्म मानव संसाधनको विकास हुँदैन, जनसंख्यालाई व्यवस्थापन गर्न नसकने बताएका छन् ।
प्रजनन स्वास्थ्य र अधिकार ः हामी सबैको सरोकार नाराका साथ मनाइएको जनसंख्या दिवसमा उपाध्यक्ष झाले भने, ‘जनसंख्या र विकाससँगसँगै छन् । जनसंख्या बढेमा मात्र विकास हुन्छ, तर जनसंख्यालाई व्यवस्थापन गर्नुपर्छ ।’ उनले विश्वको सबभन्दा बढी जनसंख्या चीनमा रहेछ, तर त्यहाँको जनसंख्या व्यवस्थित रहेको बताएका छन् ।
सामाजिक विकास मन्त्रालयका सचिव इमनारायण श्रेष्ठको अध्यक्षतामा भएको जनसंख्या दिवसको अवसरमा प्रदेश २ का स्वस्थ्य निर्देशनालयका डा.विजय झाले यस प्रदेशमा ६ प्रतिशत भूमिमा २१ जनसंख्या रहेको छ । तर व्यवस्थापन पक्ष कमजोर भएको कारण अल्पायुमा मृत्यु हुने गरेको कतिपय तथ्यांक समेत प्रस्तुत गरेका छन् । उनले अहिलेपनि यस प्रदेशमा केटीको उमेर १६ र केटाको उमेर २० वर्ष नपुग्दै विहे गरिदिन्छ, स्वस्थ्य भोजन नगर्नुको अभाव देखिन्छ । शिक्षा र जनचेतनामा पहुँच हुँदैन । यही कारण हो कि जनसंख्या धेरै भएपनि व्यवस्थापन पक्षमा कमी देखिएको बताएका छन् ।
त्यसैगरी जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिता कुमारी झाले जनचेतनाको अभावको कारण अधिकांश व्यक्ति शिक्षा र स्वस्थ्यमा ध्यान नदिई भौतिक निर्माण कार्यमा मात्र ध्यान दिने गरेको बताएकी छन् । उनले भनिन ‘उपमहानगरपालिकामा निर्माण कार्यका लागि दिनभरि मानिसको लाइन लागेको हुन्छ, तर अहिलेसम्म एउटा पनि शिक्षा र स्वस्थ्यको विषयलाई लिएर उजुरी दिएको छैन ।’
कार्यक्रममा संयुक्त राष्टूसंघीय जनसंख्या कोषका नरेन्द्र मिश्रले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए भने धेरै जना जिज्ञासा व्यक्त गरेका थिए ।
Monday, June 21, 2021
जनकपुरका व्यापारीहरुले ६ बुँदे माँग राखी प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र
जनकपुरधाम, ७ असार । धनुषाका व्यापारीहरुको छाता सँगठन जनकपुर उद्योग वाणिज्य संघले ६ बुँदे माँग राखी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमवार ज्ञापनपत्र बुझाएको छ ।
संघका अध्यक्ष जितेन्द्र कुमार महासेठको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हुन ।
देशलाई राजस्व तिरी सामान ढुवानी गर्दा पनि भारतीय सीमा नजिक वा दशगज्जा क्षेत्रमा फेला परेको भनि मुद्दा चलाउने कार्य बन्द गर्नुपर्यो । बिलभएको सामानहरु र सवारी साधान सम्बन्धित भन्सार कार्यालयले लिलामी गर्ने,जफत गर्ने, झुठा आरोप लगाई मुद्दा चलाउने कार्य बन्द गर्नुपर्यो । सामान फेला परेमा उद्योग वाणिज्य संघको पदाधिकारी अनिवार्य रोहवरमा राखी मुचुल्का उठाउने प्रावधान राखी कार्यान्वयन गर्नु पर्यो लगायतको माँग ज्ञापनपत्रमा रहेको छ ।
यता ज्ञानपपत्र बुझ्दै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बस्तोलले यो ज्ञापनपत्रलाई भोलीसम्म प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पठाई दिने प्रतिबद्धता जनाएका छन् ।
Saturday, June 19, 2021
हँसपुर नपाको अनुमानित बजेट ६२ करोड बढी, शिक्षा र कृषिमा जोड

जनकपुरधाम, ५ जेठ । धनुषाको हँसपुर नगरपालिकाले आठौं नगरसभाबाट आर्थिक वर्ष २०७८÷०७९ को लागि अनुमानित ६२ करोडबढी बजेट प्रस्तुत गरेको छ । प्रस्तुत बजेटमा कृषि, शिक्षा तथा निर्माण कार्यमा विशेष जोड दिइएको छ ।
आईतवार हँसपुर नपाका उपमेयर रेणु देवी झाले ०७८÷०७९को अनुमानित आय ६२ करोड, ८० लाख, ५६ हजार प्रस्तुत गरेकी छन् । उनले वित्तीय समानिकरण अनुदान १२ करोड,५७ लाख, सशर्त अनुदान २० करोड, १३ लाख, राजस्व बाँडफाँड ८ करोड, २ लाख ६४ हजार, वहुक्षेत्रीय पोषण कार्यक्रम २९ लाख, प्रदेश वित्तीय समानिकरण अनुदान ७३ लाख ७२ हजार, प्रदेश सशर्त अनुदान ८० लाख, सडक बोर्ड नेपालको कार्यक्रम २५ लाख, प्रदेश विशेष अनुदान ३० लाख, आन्तरिक आय ३० करोड गरिएको प्रस्तुत बजेट वक्तव्यमा उल्लेख रहेको छ ।
मेयर रामज्ञान मण्डलको अध्यक्षतामा भएको नगरसभामा अध्यक्ष मण्डलले वर्तमान अवस्थामा स्थानीय सरकारलाई निक्कै चुनौती रहेको बताएका छन् । उनले भने, ‘कोरोना महामारी रोगले गर्दा निर्माण कार्य सम्पन्न गराउनु चुनौतीपूर्ण छ ।’
नागरिकको आयस्तरमा सुधार गरी गरिबी न्यूनिकरण गर्नका लागि कृषि उत्पादन बढाउन आर्गेनिक खेतीलाई प्रोत्साहन दिइने, माछा सुपरजोन तथा धान जोन क्षेत्रको रुपमा विकास गर्ने, पशु खोप कार्यक्रम ल्याउने, स्वास्थ्य, स्वच्छ मासुको बिक्री वितरणमा जोड दिइने लक्ष्यका साथ बजेट विनियोजन गरेको मेयर मण्डल बताएका छन् । उनले यस नगरपालिकालाई नमूना नगरपालिका बनाउनका लागि कृषिमा यान्त्रिक उपकरण लगायत सहुलियत दिइेन, बिना धितो ऋणको व्यवस्थापन गर्ने, कृषिबालीका लागि माटो परीक्षण गर्ने, सामूहि कृषि फारम योजना बनाउने, कृषिमा व्यवसायीकरण र आधुनिकीकरण गर्ने, कृषि सिंचाईको उचित व्यवस्थापन गर्ने लक्ष्य रहेको र सोही अनुरुप नीति तथा कार्यक्रम समेत बनाइएको बताएका छन् ।
मेयर मण्डलले यो बजेटमा सबभन्दा बढी कृषि, शिक्षा र निर्माण कार्यलाई प्राथमिकतामा राखिएको बताएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अडगरियाको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा प्रदेश साँसद परमेश्वर साह, रामचन्द्र मण्डल, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य संजय चौधरी, रमण सिंह लगायतका वक्ताहरुले शुभकामना व्यक्त गरेका छन् ।
Sunday, June 13, 2021
मन्त्रीपरिषद समावेसी र समानुपातिक सिद्धान्त विपरित ः महिला साँसदहरु
जनकपुरधाम, ३० जेठ । प्रदेश २ मा मन्त्रिपरिषद समावेशी र समानुपातिक सिद्धान्त विपरित रहेको महिला साँसद तथा अधिकारकर्मीहरुले आरोप लगाएका छन् ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाद्वारा आईतवार गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागी प्रदेश २ का महिला साँसद तथा महिला अधिकारकर्मीहरुले सो कुरा बताएका हुन । प्रदेश २ नै संघीयता पक्षधर रहेको दावी गरिहेका छन् । संघीयताकै मतलव नै हो हरेक क्षेत्रमा समावेशी र समानुपातिक प्रतिनिधित्व, तर विगतमा पनि र अहिलेपनि मन्त्रीपरिषद् विस्तार गर्दा सिद्धान्तलाई पालना नगरेको महिला अधिकारकर्मीहरुले आरोप लगाएका छन् ।
प्रदेश २मा ७ वटा समिति गठन भएको छ, त्यसमा दलित, जनजाति, महिला, आदिवासीहरुको संयोजकको पदमा प्रतिनिधित्व गर्ने जिम्मेवारी दिएको छैन प्रदेश साँसद शारदा थापाले भनिन ‘सधैं आधिकारको आन्दोलनमा अगुवाको भूमिका निर्वाह गरेकी महिलाहरु कुनै पनि संगठनको अध्यक्ष वा संयोजकको पद किन सम्भाल्न सकिदैन ?’ एकात्मक सोचको कारण महिलालाई अहिलेपनि विभेदमा रहेको उनले आरोप लगाइन ।
दलितको समस्या आएमा दलित अगुवाले समाधान गर्ने, महिलाको समस्या महिलाले समाधान गर्ने, अल्पसंख्यकको समस्या अल्पसंख्यक समुदायले समाधान गर्ने हाम्रो चलन छ, तर यी कुरा किन बुझि रहेको छैन कि यो हाम्रो सामाजको समस्या हो यस्ता समस्याहरु हामी सबै मिलेर समाधान गर्नुपर्छ साँसद थापाले भनिन ।
त्यस्तै अर्का साँसद रानी शर्मा तिवारीले दलित, आदिवासी, जनजाति, महिलाहरु जुन पार्टीमा छन् त्यो पार्टी भित्रको लडाईमा विजयी भएमा मात्र समुचित अधिकार र स्थान पाउन सकिने बताएकी छन् । पार्टी भित्र एउटा पनि दलित, महिला सचेतक छैन, प्रमुख छैन, सभामुख छैन, दलका नेता छैन, किन ? दलित र महिला सक्षम छैन उनले प्रश्न गरिन । संविधानमा दिएको अधिकार पनि दिएको छैन, त्यसमा पनि कटौती गरेका छन् । एउटा महिला राष्ट्र हाकिरहेका छन्, हामीमा पनि प्रदेश हाक्ने क्षमता छ । तर यहाँ महिललाई बन्दुक त थपाएको छ, चलाउने अधिकार दिएको छैन, यो ठूलो विडम्बना हो । उनले आफ्नो अधिकारको लागि आफै अगाडि आउनुपर्ने सबैमा आग्रह गरिन ।
त्यस्तै महिला अधिकारकर्मी तथा जसपाका केन्द्रिय सदस्य विभा ठाकुरले समावेशी र समानुपातिक अनुसार मन्त्रीपरिषद नबनाएमा आफू अदालतमा मुद्दा दायर गर्ने चेतावनी दिएकी छन् ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष मनिका झाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश साँसद शोभा लामा, मञ्जु यादव, वरिष्ठ पत्रकार श्यामसुन्दर शशि, अधिवक्ता रेखा झा, दलित महिला नेतृ मुन्नी देवी दास, चन्देश्वर सादा, रामअशिष दास सहितका व्यक्तिले आफ्ना विचार राखेका छन् । त्यस्तै यहाँबाट उठेको प्रश्नहरुलाई समेटेर अध्यक्ष मनिका झाको नेतृत्वमा प्रदेश नं. २ का प्रदेश प्रमुख राजेश झा ‘अहिराज’लाई ध्यानाकर्षण गराएका छन् ।








