Sunday, September 19, 2021

संविधानलाई हत्या गर्ने केपी ओलीको मतियार भयो लोसपा ः साँसद यादव

जनकपुरधाम, ३ असोज । प्रदेश नं. २ का साँसद एवं जनता समाजवादी पार्टीका नेता रामअशिष यादवले संविधानलाई हत्या गर्ने प्रयास गरेका केपी शर्मा ओलीको मतियार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेको दावी गरेका छन् ।
संविधान दिवसको विरोधमा जनता समाजवादी पार्टीद्वारा जनकपुरधाममा आयोजित ‘संविधान संशोधनको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रम’मा  साँसद यादवले नेकपा एमालेका अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्र समाप्त पार्ने विभिन्न प्रकारको षड्यन्त्र रचे, प्रतिगमन गरे र उहाँको कुकृत्यलाई महन्थ ठाकुरले सहयोग गर्यो । केपी ओलीलाई सहयोग गर्नेहरु पनि लोकतन्त्र र संघीयता विरोधी रहेको बताएका छन् । मुलुकमा संघीयता, समावेसिता र धर्मनिरपेक्षता अहिलेपनि अधुरो छ । यिनीहरुलाई पूर्ण गर्नका लागि जनता समाजवादी पार्टी अगाडि बढेको साँसद यादवले भने, ‘ यो संविधान मधेशी जनताको रगतले लेखिएको छ । त्रुटिपूर्ण संविधानलाई जबसम्म सच्याउँदैन तबसम्म यो संविधान सर्वस्वीकार हुनेवाला छैन ।’
उनले मधेशको हित सोच्ने असली र नक्कलीको पहिचान मधेशी जनताले गर्ने बताएका छन् ।
जसपाका जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा जनकपुरधाम उपमहा नगरपालिका मेयर लालकिशोर साह, जितेन्द्र यादव, श्रीचन मुखिया, विष्णुदेव साह लगायतका नेताहरुले संविधानलाई सच्याउन माँग गरेका छन् ।   

No comments:

Post a Comment