Tuesday, April 20, 2021

गाउँमा शिक्षक र सहरमा विद्यार्थी हुँदैन ः राज्यमन्त्री यादव

जनकपुरधाम, ७ बैशाख । आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले गाउँको समुदायिक विद्यालयहरुमा सबभन्दा बढी विद्यार्थी हुन्छ, तर त्यसमा शिक्षक दरबन्दी कम निक्कै न्यून हुन्छ । सहरमा शिक्षक दरबन्दी बढी हुँदा पनि विद्यार्थी संख्या न्यूनि हुन्छ । यस्तो गुणस्तरीय शिक्षाको परिकल्पना पनि गर्न नसकिने बताएकी छन् ।
एनसिई नेपालद्वारा मंगलवार जनकपुरधाममा आयोजित प्रदेश २ को शैक्षिक अवस्था र अबको कार्यदिशा ‘छलफल कार्यक्रम’मा राज्यमन्त्री यादवले शिक्षाको अवस्था सबभन्दा कमजोर यसै प्रदेशको हो । यसको कतिपय कारण मध्ये राज्यको विभेदकारी नीति पहिलो कारण हो । प्रदेश सरकार गठन भएपनि शिक्षा सम्बन्धी विधेयक निर्माण गरेको छैन,जबसम्म संघले शिक्षा विधेयक ल्याउँदैन प्रदेश ल्याउन सकिदैन । त्यसैल संघको विभेदकारी नीतिको कारण प्रदेशले गुणस्तरीय शिक्षामा खेल्नुपर्ने भूमिका खेल्न नसकेको बताएकी छन् ।
उनले भनिन, ‘यस प्रदेशमा गुणस्तरीय शिक्षा नहुनुको कारण शिक्षामा राजनीतिकरण हो । हरेक दलका शिक्षकहरु आफ्ना संगठन खोलेका छन् । यो शिक्षा क्षेत्रको लागि दुर्भाग्यपूर्ण अवस्था हो । त्यसैले प्रदेश शिक्षा कानून निर्माण आवश्यक छ ।’
त्यसैगरी प्रदेश साँसद परमेश्वर साहले देश कानून र संविधानले चल्छ, व्यक्तिको विचारले होइन । हामी जति भाषण गरेपनि कानून प्रावधान प्राप्त नहुन्जेलसम्म केही गर्न सकिने अवस्थामा नरहेको जिकिर गरेका छन् ।
उनले भने ‘यस प्रदेशमा ४८.३० प्रतिशत युवाहरु शिक्षा र रोजगारबाट वन्चित छन् । स्थानीय सरकारले बजेटको ०३५ प्रतिशत शिक्षामा बजेट छुट्याउँछन यस्तो अवस्थामा कसरी गुणस्तरी शिक्षाको परिकल्पना गर्न सकिन्छ ।’
साँसद साहले स्थानीय सरकारले शिक्षामा बजेट छुटउन सकिन्छ, तर प्रदेशको कुरा गर्ने हो भने शिक्षा ऐन निर्माण हुन नसक्दा केही गर्न सकिने अवस्थामा छैन । विद्यालयका शिक्षक समयमा आउन सकेन, विद्यालयमा गुणस्तरीय शिक्षा भएन, भौतिक पूर्वाधार नभएपनि प्रदेश सरकारले केही गर्न सक्दैन । यसको एउटै कारण हो प्रदेश शिक्षा विधेयक निर्माण नहुनु । प्रदेश सरकार समन्वयकारी भूमिका बाहेक केही गर्न नसकिने बताएका छन् ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाकी मेयर रिता कुमारी मिश्र, औरही गाउँपालिकाका अध्यक्ष ब्रह्मदेव यादव लगायतका व्यक्तिले शिक्षामाथि प्रकाश पारेका थिए । त्यसैगरी राम गैरेले प्रदेश २ को शैक्षिक अवस्था बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।


Saturday, April 3, 2021

नयाँ एप्प रोलिङ नेक्सस बजारमा

 

जनकपुरधाम, २१ चैत्र । मोसफल परीक्षणपछि पौराणिक तथा सांस्कृतिक शहर जनकपुरधाम सहित प्रदेश भर व्यवसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस एप्स बजारमा आएको छ ।
रोलिङ प्लान्स प्राइभेट लिमिटेडले आफ्नो ब्राण्डको रुपमा स्थापना गरी बजारमा ल्याएको व्यवसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस डटकमको मुल नारा नया सम्भावनाहरुको सञ्जाल रहेको छ । यससञ्जालको अवधारणालाई मुख्यत४–भ्को सिद्धान्त अनुरुप संचालन गरिएको हो ।
सो एप्पको  रोजगारी सृजना तथा प्रवर्द्धन सम्बन्धि दक्षताअभिवृद्धि,  उद्यमशीलता प्रर्वद्धन तथा व्यवसायीक वृद्धि, शक्तीकरणः महिला, विपन्नसमूह, फरक सक्षमता भएका र सेवा निवृत समुहलाई पनि अवसर र सम्भावना दिनका लागि विशेष पेज मार्फत प्रवर्द्धन, समान सामाजिक वा व्यवसायीक रुचि, गतिविधि, दैनिक क्वीज जस्ता सामाग्री बाटम नोरञ्जन लगायतको विशेषता रहेको जनाइएको छ ।
जनकपुरधाममा शुक्रवार पत्रकार सम्मेलन गरी रोलिङनेक्ससका अध्यक्ष अनुप जंगमले एप्पसका बारेमा जानकारी गराउँदै भने ‘एप्सलाई प्रयोगकर्ताको प्राथमिकता अनुसार स्वदेश र विदेशमा विभाजित गरिएको छ ।’
कार्यक्रममा संस्थाका प्रदेश २ इन्चार्ज सविता यादव, स्थानीय बुद्धिजीवि, पत्रकार, नागरिक समाज तथा संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Tuesday, March 23, 2021

राज्यमन्त्री कुशवाहाद्वारा २५ घर हस्तान्तरण

जनकपुरधाम, १० चैत्र । आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले दलित समुदायहरु २५ वटा पक्की घर हस्तान्तरण गरेका छन् ।
महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नंं ६ का दलित समुदायहरुलाई सो घर हस्तान्तरण गरेका हुन् ।
जनता आवास अन्तरगत पहिलो चरणमा डोम, हलखोर, मुसहर र मेस्तरको घर निर्माण गर्नुपर्ने रहेछ । सोही अन्तरगत राज्यमन्त्री कुशवाहाले एक समारोहबीच मंगलवार २५ वटा घर दलित समुदायहरुलाई हस्तान्तरण गरेका छन् ।
घर हस्तान्तरण गर्दै राज्यमन्त्री कुशवाहाले भने, ‘प्रदेश सरकारले दलित समुदायहरुका लागि गरेको प्रतिबद्धता अनुसार कार्य गरिरहेका छन् । यस प्रदेशका १८ प्रतिशत दलित समृद्ध भएमा यो प्रदेश समृद्ध हुनेछ ।’
राज्यमन्त्री कुशवाहाले जनता आवास योजना संघ सरकारको भएता पनि संघ सरकारले गर्न नसकेको कार्य प्रदेश सरकारले गरेको देखाएका छन् । उनले भने, ‘प्रदेश सरकारले ल्याएको दलित सशक्तिकरण ऐन कार्यान्वयन पश्चात् सबैले सम्मान अधिकार र पहुँच पाउनेछ । यति मात्र होइन, प्रदेश सरकार जनसंख्याको आधारमा प्रत्येक क्षेत्रमा कोटा छुट्याएकोले दलित समुदायहरु अब शिक्षामा बढी जोड दिनुपर्छ ।’
जबसम्म शिक्षा हुँदैन, तबसम्म प्रदेश सरकार जति गरेपनि दलितहरु समृद्ध हुँदैन । त्यसैले शिक्षामा विशेष जोर दिनका लागि उनले सबैसँग आग्रह गरेका छन् ।
घर हस्तान्तरण कार्यक्रममा स्थानीय भलभलादमी, राजनीतिक दलकाप्रतिनिधिहरु, स्थानीय प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
त्यसैगरी राज्यमन्त्री कुशवाहाले सोही वडाको दलित वस्ती अगाडि ३० लाखको लागतमा पक्की सडक निर्माणको शिलान्यास समेत गरेका छन् । 





Sunday, March 21, 2021

अन्याय सहनु पनि ठूलै अन्याय हो ः मन्त्री यादव

जनकपुरधाम, ८ चैत । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले अन्याय सहनु पनि ठूलै अन्याय रहेको दावी गरेका छन् ।
जनकपुरधाममा आईतवार ५६ औं अन्तर्राष्टिूय जातिभेद उन्मूलन दिवसको अवसरमा प्रदेश स्तरीय दलितको अवस्था बारे ‘अन्तरक्रिया कार्यक्रम’मा मन्त्री यादवले दलितहरु पछाडि परेको होइन, उनीहरुलाई पारिएको हो । प्रदेश सरकारको यसतर्फ ध्यानाकर्षण भएको छ । प्रदेश सरकार दलितको हकहित सूचित गर्न अगाडि बढिसकेको बताएका छन् । मन्त्री यादवले भने, ‘दलितमाथि अन्याय गर्ने अर्थात विभेद गर्नेलाई बर्दास्त गर्दैन, त्यसैले कसैले तपाईहरुमाथि अन्याय गरिरहेका छन् भने तपाईहरु चुप लागेर नबस्नुस्, अन्याय सहनु पनि अन्याय हो ।’
करीब आधा दर्जन दलित सरोकारको क्षेत्रमा कार्य गर्ने संघ संस्थाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा कानून मन्त्री यादवले प्रदेश सरकार अब जसको सरोकार उसैको नेतृत्व हुनुपर्ने ऐनहरु ल्याएको छ, र ल्याउँदैछ । त्यति मात्र होइन, दलितहरुको न्यायमा पहुँचका लागि दलित सेल पनि गठन गर्न लागेको बताएका छन् ।
उनले दलित सशक्तिकरण ऐनको ब्याख्या गर्दै भने, ‘प्रदेश सरकारका पनि कोही मन्त्री विभेद जस्तो गरिरहेको छ, भन्ने तपाईहरु प्रमाण दिनुस्, कारवाही प्रक्रियाको लागि म अगाडि बढ्ने बताएका छन् । जबसम्म जातिय विभेद अन्त्य हुँदैन, विभेद रहित समता मुलक प्रदेशको परिकल्पना गर्न सकिदैन उनले भने, ‘विभेदको विरुद्धमा प्रदेश सरकार रहँदै आएको र रहने छ हाम्रो प्रतिबद्धता हो ।’
मन्त्री यादवले डा. भीमरावको सिद्धान्तको उद्दृत गर्दै भने ‘शिक्षित भएर, संगठित भएमा र संघर्ष गरेमा आफै विभेदको अन्त्य हुनेछ । यी तीन मन्त्री दलित समुदायले मात्र होइन जुनसुकै समुदाय अपनाएमा विभेदको अन्त्य हुनेछ ।’
शर्मिला महिराको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश साँसद चमेली देवी दास, राष्टिूय मानव अधिकार आयोगका प्रदेश संयोजक वीरबहादुर बुढामगर, जिल्ला समन्वय समितिका उपाध्यक्ष दीपक झा, समुदायिक रेडियो प्रसारक संघका निवर्तमान प्रदेश संयोजक एवं वरिष्ठ पत्रकार अशोक दत्त, संयोजक मनोज कुमार यादव, इन्सेकका प्रदेश संयोजक राजु पासमान, राष्टिूय दलित पत्रकार संघका प्रदेश संंयोजक कैलास दास,  मानव अधिकारकर्मी विनोद महरा, दलित अगुवा चन्देश्वर सदाजनकपुरधाम उपमहा नगरपालिकाकी कार्यपालिका सदस्य सुनिता राउत सहितका व्यक्तिहरुले आफ्ना विचार राखेका थिए ।


Friday, March 5, 2021

राम्रोमा ताली, नराम्रोमा गाली गर्नुस् ः मन्त्री यादव

जनकपुरधाम, २० फागुन ।  प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश सरकारले राम्रो कार्य गरेमा ताली र नराम्रो गरेमा गाली गरेर पनि समाचार सम्प्रेशन गरी दिन सबैमा आग्रह गरेका छन् ।
क्रिएटिभ ब्रोडकास्ट नेटवर्क प्रा.लि.को आयोजनामा शुक्रवार आयोजित समुदायिक रेडियोको समस्या र समाधान विषयक ‘कार्यशाला गोेष्ठी’मा मन्त्री यादवले सञ्चारकर्मीसँग अन्यथा नलिन भन्दै यो प्रदेशमा राम्रो राम्रो कार्यको थालनी हुँदा पनि केही सञ्चारकर्मीहरुले सधैं नेगेटिभ समाचार लेख्दा नसोहाउने कुरा जस्तो लागेको बताएका छन् । उनले जहाँ राम्रो कार्य हुन्छ, त्यहाँ केही नराम्रो पनि हुनसक्छ । तर नराम्रोलाई लेख्ने र राम्रोलाई नलेख्ने प्रवृतिको अन्त्य हुनुपर्ने बताएका छन् ।
उनले भने, ‘यस प्रदेशलाई मिडिया मैत्री प्रदेश बनाउने प्रदेश सरकारको उद्देश्य छ । प्रदेश सरकार उद्देश्य बमोजिम कार्य पनि गरिरहेका छन् । सञ्चार विधेयक ल्याउँदा सञ्चारकर्मीहरुसँग एक दुईपटक मात्र होइन, पटकपटक छलफल गर्यो, त्यसपछि मात्र सञ्चार विधेयक ल्याइएका छौ ।’
मधेश सरकार गठनमा सञ्चारकर्मीहरुको ठूलो भूमिका हो । सञ्चारकर्मीहरुले खेलेको भूमिका अनुसार सञ्चारकर्मीहरुको क्षेत्रमा आफू कार्य गर्न नसकेको मन्त्री यादव स्वीकार्दै भने, ‘अब आम सञ्चार काउन्सिल, मिडिया प्राधिकरण गठन भई सकेको छ । उनीहरु १० वर्षे लक्ष्यका साथ अगाडि बढ्नेछ ।’
मन्त्री यादवले काउन्सिल अध्यक्ष र प्राधिकरण अध्यक्षलाई आग्रह गर्दै तपाईहरु एकवर्षमा गर्ने कार्य र १०वर्षमा गर्ने कार्यको योजना बनाउनुस, प्रदेश सरकार साथमा रहेको दावी गरेका छन् । संघीयतालाई बचाउन सबैको दायित्व रहेको मन्त्री यादवले भन्दै आ आफ्नो तर्फबाट प्रदेशलाई सहयोग गर्न सबैमा आग्रह गरेका छन् ।
त्यसैगरी कार्यक्रमका विशेष अतिथि कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले समुदायिक रेडियोमा अहिलेपनि यहाँका कला, संस्कृति तथा भेषभूष उजगार गर्ने जस्ता समाचार नआईरहेको गुनासो पोखेका छन् । उनले प्रदेश सरकारले प्रदेश २को सञ्चारलाई बलियो बनाउने हरसम्भव प्रयास गरिरहेको बताएका छन् ।
राज्यमन्त्री कुशवाहाले पत्रकारहरुका लागि तालिम, गोष्ठी तथा सिखमुलक भ्रमणका लागि योजना बनाउँदैछ । यहाँका पत्रकारहरुबाट अरुले सिख्ने छ आफू विश्वस्त रहेको जिकिर गरेका छन् । यसै प्रदेशमा पत्रकारिता सम्बन्धी पठनपाठनको व्यवस्था गर्ने प्रदेश सरकार लागेको उनले दावी समेत गरेका छन् ।
राज्यमन्त्री कुशवाहा भने, ‘प्रदेश सरकारले आफै रेडियो र पत्रिका सञ्चालन गरि प्रदेशका दक्ष सञ्चारकर्मी तथा पत्रकारलाई जागिरको व्यवस्था गर्ने तयारीमा छ ।’

क्रिएटिभ ब्रोडकास्ट नेटवर्क प्रा.लि.का प्रदेश अध्यक्ष अशोक दत्तको अध्यक्षतामा भएको सो कार्यक्रममा आठवटै जिल्लाका समुदायिक रेडियो सञ्चालकहरुले मन्त्री समक्ष गुनासो गरेका थिए ।
त्यसैगरी सञ्चार क्षेत्र समस्या र चुनौतीको बारेमा प्रदेश साँसद परमेश्वर साह, आम सञ्चार प्रेस काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई, आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शैलेन्द्र झा, नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान, पत्रकार शीतल साह लगायतका व्यक्तिहरुले विचार राखेका छन् ।


Wednesday, March 3, 2021

दलितको क्षेत्रमा प्रतिबद्ध भई कार्य गर्छु ः उपाध्यक्ष बैठा

जनकपुरधाम, १८ फागुन ।  प्रदेश सरकारले गठन गरेको दलित विकास समितिका पदाधिकारीका उपाध्यक्ष रामप्रवेश बैठाले आफूले पाएको जिम्मेवारी जुन सुकै आफतविपतमा कार्य गर्ने दावी गरेका छन् ।
राष्ट्रिय दलित पत्रकार संघ प्रदेश २ र दलित सरोकार मञ्चद्वारा संयुक्त रुपमा गरेको दलित सशक्तिकरण तथा कार्यान्वयनको अवस्था, चुनौती र अवसर विषयक ‘अन्तरक्रिया तथा सम्मान’ कार्यक्रममा उपाध्यक्ष बैठाले यस प्रदेशका दलितहरुको धेरै समस्या छन्, समस्यालाई समाधान गर्न धेरै चुनौतीहरु पनि आउन सक्छ । तर ती समस्या र चुनौतीलाई सामना गर्न आफू तयार रहेको दावी गरेका छन् ।
उनले भने, दलित समुदायमा शिक्षा, स्वास्थ्य, बेरोजगारी तथा न्यायमा पहुँच छैन । छुवाछुत र विभेद जस्ता क्यान्सर रोग यथावत् । यो समितिले यस क्षेत्रलाई प्राथमिकता राख्ने छ ।’
प्रदेश सरकारप्रति अशांक व्यक्त गर्दै उपाध्यक्ष बैठाले आफूले दलित विकास समितिको उपाध्यक्ष भएकोमा खुश छैन, कार्य गरेर दलित समुदायलाई देखाएमा मात्र खुश हुने बताएका छन् ।
समिति गठन हुनु धेरै ठूलो कुरा होइन, कार्यालय र साधन स्रोत उपलब्ध गराएमा मात्र हामी लक्ष्य अनुसार यी समुदायको क्षेत्रमा कार्य गर्न सक्छौं उनले भने, ‘दलित समुदायको उत्थान र अधिकारको क्षेत्रमा कही कतैबाट बाधाव्यवधान आएपनि सामना गर्छौ, सामाना गर्न नसकेमा वा लक्ष्य अनुसार कार्य गर्दा समस्या आएमा राजिनामा समेत दिनेछौं ।’


संघका प्रदेश संयोजक कैलास दासको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि भोला पासमानले दलित समुदायको क्षेत्रमा समस्या र चुनौतीहरु जक्रिएको छ । यी समिति गठनपछि यस प्रदेशका दलित समुदायको न्याय, अधिकार, पहुँच लगायतको क्षेत्रमा आशा पलाएकोले यी आशा र विश्वासलाई नतोड्न सबैमा आग्रह गरेका छन् ।
उनले दलित विकास समिति गठनपछि यस प्रदेशका १८ प्रतिशत दलित समुदायको उम्मेद जागेकोले निष्पक्ष, निर्भिक भएर कार्य गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा समितिका अध्यक्ष राज कुमार दास, सुनिता मरिक डोम, श्याम सरदार, सेवती देवी दास, दलित अभियन्ता चन्देश्वर दास, दलित महिला अधिकारकर्मी मुन्नी देवी दास, राजु पासमान लगायतका व्यक्तिहरुले सुझाव, शुभकामना तथा बधाई दिएका छन् ।




Monday, March 1, 2021

समुदायिक भवन निर्माणपछि समाजिक कार्यको उत्थान हुन्छ ः राज्यमन्त्री कुशवाहा

जनकपुरधाम, १७ फागुन । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले ४५ लाखको लागतमा बन्ने समुदायिक भवनको शिलान्यास गरेको छ ।
महोत्तरीको सम्सी गाउँपालिका ४ स्थित पोखरभिण्डामा ३० लाखको लागतमा तथा सोही गाउँपालिकाको गाढामा १५ लाखको लागतमा बन्ने समुदायिक भवनको एक समारोहबीच शिलान्यास गरेका हुन ।
त्यसैगरी सोही गाउँपालिकाको वडा नं. ३ लक्ष्मीनिया स्थित रामजानकी कुटीको जग्गामा बाउण्ड्री वालका लागि बजेट दिने प्रतिबद्धता जनाएका छन् ।
शिलान्यास गर्दै राज्यमन्त्री कुशवाहाले ग्रामिण क्षेत्रमा बसोबास गर्नेहरुलाई समुदायिक भवन निर्माण पश्चात् सार्वजनिक कामकाजमा सहजता हुने बताएका छन् ।
उनले भने ‘शिलान्यास पश्चात् निर्माण कार्य छिट्टै हुनेछ । यो समुदायिक भवन निर्माण भएपछि एकअर्कालाई जोडने कार्यमा मद्दत पुर्याउने आफू विश्वस्त छौं ।’
सामाजिक वातावरणलाई बलियो बनाउन तथा समाजलाई एकठाउँमा उभ्याउनमा यस्ता कार्यहरुले सहयोग गर्नेछ उनले भने ‘वर्षोदेखि पिछडिएका ग्रामिण भेगमा सर्वसाधारण जनताको आवश्यकता अनुसार कार्य गर्ने गरेका छौं ।’


शिलान्यास कार्यक्रममा पूर्व स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव, जसपाका क्षेत्रीय अध्यक्ष, वडा अध्यक्ष,स्थानीयहरु, नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।