Sunday, February 3, 2019

‘गुणस्तरीय शिक्षा ल्याउन सुझाव’


जनकपुरधाम, १९ माघ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले निजी विद्यालयहरुलाई गुणस्तरी शिक्षा दिनका लागि आग्रह गरेका छन् ।
जनकपुरधाममा शनिवार प्याब्सनको जिल्ला कार्य समिति धनुषाद्वारा आयोजित ‘विद्यालय सदस्यता तथा निर्वाचन पदाधिकारीहरुको प्रमाणपत्र वितरण’ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कणेलले शैक्षिक क्षेत्र बलियो भएमा समाजिक, आर्थिक क्षेत्र स्वतः बलियो हुने बताएका छन् ।
प्याब्सनका धनुषा अध्यक्ष गणेश कुमार साहको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अधिकारी कणेलले अहिले तीन तहको सरकार रहेको भन्दै गुणस्तरीय शिक्षा कसरी ल्याउने तथा कुनै पनि बालबालिकाहरु विद्यालय बाहिर नरहोस् प्याब्सन लगायत सबैले जिम्मेवारी बोध गर्नुपर्ने बताएका छन् ।
त्यस्तै प्याब्सन अध्यक्ष गणेश साहले सरकारी विद्यालयहरुले निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सर्टिफिकेट नै नलिई दुबै ठाउँमा अभिभावकहरु विद्यार्थीहरुलाई नामाकरण गर्ने गरेको भन्दै निजी विद्यालयले दिने गरेको छात्रवृतिको लोभमा यस्तो हुने गरेको बताएका छन् ।
उनले यस्तोमा निजी विद्यालयमा पढने विद्यार्थीहरु फिसे नतिरी जाने गरेकोले विद्यालयलाई नोक्सान हुने गरेको बताएका छन् । उनले स्थानीय तहको शिक्षा समितिमा संस्थागत प्रतिनिधिको सहज सहभागिता, कक्षा थपमा सहजता, बिना दर्ता संचालित विद्यालयहरुलाई नियमन गराउने, दर्ता लिएका तह कक्षाभन्दामाथि सञ्चालित विद्यालय सम्बन्धमा विद्यालय वर्गिकरण सम्बन्ध्मा, विद्यालय अनुगमन सम्बन्धमा प्रकाश पारेका छन् ।कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरेको छ भने केही विद्यालयहरुलाई प्याब्सनको सदस्यता प्रदान गरेको छ ।
कार्यक्रममा प्याब्सन प्रदेश २ का अध्यक्ष मुरारी प्रसाद साह, शैक्षिक तालिम केन्द्रका प्रदेश प्रमुख यमबहादुर खड्का, राष्टिूय परीक्षा बोर्ड प्रमुख चुडामढिा फुयाल सहितका व्यक्तिहरुले विचार राखेका छन् ।


आदिवासी जनजातीद्वारा आन्दोलन गर्ने चेतावनी


जनकपुरधाम, १९ माघ । नेपाल सरकारले पाँच वर्षिय नीति योजनामा आदिवासी जनजातिको मुद्दालाई समावेश नगरेको आरोप लगाएका छन् । उनीहरुले हामीहरुको मुदालाई समेटिएन भने आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
जनकपुरधाममा नेपाल अदिवासी महासंघद्वारा आयोजित समसामयिक परिस्थितिमा आदिवासीका सवालहरु, दिगो विकास र १५ औ पञ्चवर्षिय योजना विषयक प्रदेश स्तरीय ‘अन्तरक्रिया’ कार्यक्रममा सहभागीहरुले सो कुरा बताएका हुन । नीति योजनामा आदिवासी जनजातिको अधिकार कटौती गर्ने गरी बनाइएको भन्दै अधिकारको सुनिश्चिताका लागि यसै कार्यक्रम मार्फत नीति आयोगमा ज्ञापन पत्र समेत बुझाएको बताएका छन् । उनीहरुले नीति आयोगले आदिवासी जनजातिको भावनालाई समेट्ने छ विश्वास छ । तर नीति आयोगले हाम्रो भावनालाई नसमेटिएमा बाध्य भएर आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।
महासंघका अध्यक्ष मनोज सिंह दनुवारको अध्यक्षतामा भएको सो अन्तरक्रिया कार्यक्रममा प्रदेश भरिकै आदिवासी जनजातिका अगुवाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा साँसद रामचन्द्र मण्डल, नीति आयोगका सदस्य डा. सुरेन्दू झा, राजकुमार लेखी, मानव अधिकारकर्मी वीर बहादुर बुढाथोकी, जमुना भुजेल सहितको उपस्थिति रहेको थियो ।

मेयर साहले भने– मसँग ‘प्रमाण’ छ, जनकपुरधामलाई धरासायी गर्ने षडयन्त्र हु“दैछ


जनकपुरधाम, १९ माघ । जनकपुरधाम उपमहा नगरपालिकाका मेयर लालकिशोर साहले जनकपुरधामलाई धरासायी गर्ने दलकै नेता लागेको आरोप लगाएका छन् ।
जनकपुर उद्योग वाणिज्य संघको ५२ औ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा मेयर साह सो कुरा बताएका हुन । उनले काँग्रेस तर्फ संकेत गर्दै भने, ‘मसँग प्रमाण छ । जनकपुरधामको विकासलाई रोक्न प्रयास हुँदैछ, भएको कार्यलाई पनि धरासायी गर्ने षडयन्त्र भई रहेको छ ।’ अहिले नाम नभन्ने, तर समय आएमा नाम पनि भन्छौ, राजनीतिक लडाई राजनीतिक तवरबाट हुनुपर्छ, नकि विकासको कार्यलाई अवरोध वा षडयन्त्रपूर्वक धरासायी गरे उनले भने ।
मेयर साहले जनकपुरधामका लगानी गर्नका लागि ठुलठूल्लाहरु व्यापारीहरु आतुर छन् । तर त्यसको लागि वातावरण सृजना हुन नसक्दा हिच्कीचच्याई रहेको बताए । संघीय सरकार र प्रादेशिक सरकारलाई त्यस्ता वातावरण बनाई दिनुपर्ने जिकिर गरेका छन् । उनले पोखरा र जनकपुरधामको विकासका लागि ४० अर्ब रुपैया विनियोजन हुने थियो । तर पोखरामा भएको छ, जनकपुरधाममा भएन, यसपछाडि पनि ठूलै षडयन्त्र रहेको बताएका छन् ।
उनले श्रीलंका र जनकपुरधामबीच रिलेशनशीप छ्ट्टिै बन्ने छ, दुई चारदिनमै सो कुरा अगाडि बढ्ने दावी समेत गरेका छन् । जनकपुरधामको विकासका लागि जनकपुर उद्योग वाणिज्य संघ जनकपुरधाम उपमहानगरपालिका काँधमा काँध मिलेर हिड्न सधै तयार रहने बताए । उनले यहाँको विकासका लागि १६ वटा कार्यविधि तयार गरिसकेको र अझै धेरै बाँकी रहेको र त्यो पनि केही दिनमै तयार गर्न लागेको दोहोर्याएका छन् ।
संघका अध्यक्ष ललित साहको अध्यक्षतामा भएको सो कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष अनिल मिश्रले जनकपुरधाम राजधानी भएपनि सबै खालको मान्छे अटाउने ठाउँ नरहेको बताएका छन् । उनले जथाभावी रुपमा यहाँका व्यापारीहरुले बाहिरबाट आउनेहरुसँग रकम असुली गर्ने गरेको दावी समेत गरेको छ । जनकपुरधाम महँगो शहरको रुपमा हल्ला फैलिएपनि कसैको ध्यान त्यसतर्फ नजानु दुःखद कुरा रहेको बताएका छन् ।
रमण कन्स्टूक्शनका सञ्चालक बलराम महतोले जनकपुर उद्योग वाणिज्य संघको हलमा ६ वटा एसी प्रदान गर्ने घोषणा गरेका छन् ।
जउवा संघको ५२ औ वार्षिक साधारणको अवसरमा तीनजना व्यापारीलाई मनार्थ सदस्यता प्रदान गरेको छ । मनार्थ सदस्यता बलराम महतो, रामनरेश प्रसाद साह र रमेश साहलाई प्रदान गरिएको छ ।  वार्षिक साधारण सभामा महासचिव जितेन्द्र कुमार महासेठले महासचिवको प्रतिवेदन प्रस्तुत गरेका छन् ।
कार्यक्रममा पूर्व मेयर एवं जउवा संघ अध्यक्ष बजरंग प्रसाद साह, निर्मल कुमार चौधरी, जनकपुर भन्सारका प्रमुख रामेश्वर मिश्र सहितका व्यक्तिहरुले विचार राखेका छन् ।