जनकपुर, वैशाख १ । जनकपुरका सञ्चार उद्यमी अरुण कुमार सिंघानीयाको हत्यामा संलग्न रहेको आरोप लगाउदै धनुषा प्रहरीले धनुषा निर्वाचन क्षेत्र नं. ४ का निलंवित सांसद तथा पूर्व राज्यमन्त्री संजय कुमार साहलाई फसाउन खोजेको भन्दै चार बँुदे माग सहित उनका श्रीमति रंगिला देवी साह जनक चौकमा बुधवार देखि रिले अनसन बसेका छन् । श्रीमतिका साथै बुबा साधु साह, आमा दुलारी देवी, दीदी तथा वहिनीहरु परि रिले अनसनमा बसेका छना् ।
उनीहरुले सिंघानीया हत्याको न्यायिक छानविन समिति गठन गरेर छानविन गर, निर्दोषलाई रिहा गर, दोषीमाथि कारवाही गर र संजय कुमार साहमाथि लगाएको झुठा मुद्दा खारेज गर जस्ता माग गरेर श्रीमति रंगिला देवी सहित परिवारका सदस्यहरु रिले अनसनमा वसेका छन् । उनीहरु बुधवार ४ बजे देखि रिले अनसनमा वसेका छन् । निलंवित सांसद साह माथि धनुषा प्रहरीले कर्तव्य ज्यानको मुद्दा धनुषा जिल्ला अदालतमा गत आईतवार दर्ता गरेपछि अन्याय भएको भन्दै उनका श्रीमति सहितका व्यक्तिहरु रिले अनसनमा बसेका छन् ।
रिले अनसनमा सद्भावना पार्टीका नेता तथा कार्यकर्ताहरु पनि उपस्थित रहेका थिए । २०६६ साल फागुन १७ गते जनकपुरको शिव चौकमा जनकपुरका सञ्चार उद्यमी अरुण कुमार सिंघानीयाको गोली हानेर हत्या गरिएको थियो । नेपाल सरकार तथा स्वर्गीय सिंघानीयाका छोरा राहुल सिंघानीया वादी रहेको सो मुद्दामा प्रहरीले निलंवित सांसद साह सहित ११ जनालाई प्रतिवादी बनाएर ज्यान मुद्दा दर्ता गरेको छ ।
साहलाई जनकपुर टुडे दैनिकमा प्रकाशित रहेको समाचारलाई आधार बनाएर मुख्य योजनाकार बनाउदै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेपछि श्रीमति रंगिला देवी साहले पनि पत्रकार सम्मेलन गरेर प्रहरीले विपक्षीसंग मिलेर फसाउन खोजेको आरोप लगाएका थिए । सद्भावना पार्टीले पनि पार्टीका उपाध्यक्ष रहेका साहको बचाउँका लागि संघर्षमा उत्रेका छन् । पार्टीका राष्टिूय अध्यक्ष राजेन्द्र महतोले पनि भैरहवाको पत्रकार सम्मेलनमा न्यायिक छानविनको माग गरेका थिए ।
निलंवित सांसद साहलाई जनकपुरको रामानन्द चौकमा चार वर्ष अगाडी भएको वम काण्डका मुख्य योजनाकार भनेर प्रहरीले नै कर्तव्य ज्यान तथा संगठित अपराधमा मुद्दा चलाएपछि अदालतको थुनछेक वहसपछि अदालतले थुनामा राखेर पूर्व पक्ष गर्नका लागि कारागारमा पठाउने आदेश भएपछि उनी सिरहा कारागारमा रहेकोमा मधेश आन्दोलनको समयमा काठमाण्डौ जेलमा सारिएको थियो ।