Thursday, March 3, 2016

‘जनकपुरमा खाना र नास्ताको स्वीकृति, मांस मदिरा बिक्री’

जनकपुर । धार्मिक एवं ऐतिहासिक नगरी जनकपुरको परिक्रम सडक भित्र खाना र नास्ताको लाइसेन्स लिएर खुलेआम रुपमा मांस मदिरा बिक्री हँुदै आएको छ ।
मठ मन्दिर वरिपरि तथा परिक्रममा सडक भित्रमा पूर्ण रुपमा मांस मदिरा निषेधित गरेपनि सडक र मन्दिर छेउछाउमै खुलेआम रुपमा मदिरा बिक्री भई रहेको छ । मांस मदिरा बिक्री गर्ने अधिकांश पसलहरु बिना दर्ताकै सञ्चालनमा रहेको स्रोतले जनाएको छ । साना तथा उद्योग घरेलु कार्यालयमा धनुषाभरिमा एक सय २६ वटा होटलहरु दर्ता छन् । तर जनकपुर नगरभित्रमा पाँच सयभन्दा बढी होटल बिना दर्ता सञ्चालन गरी मांस मदिरा बिक्री गर्दै आएको छ ।
घरेलुका प्रमुख अर्जुन मण्डलले भने ‘धनुषा जिल्लामा एक सय २६ वटा होटल दर्ता छन् । होटल दर्ताको प्रवधान अनुसार खाना र नास्ताको मात्र दर्ता भएको छ । मांस मदिराको स्वीकृति हुँदैन । मदिरा बिक्री गरिरहेको छ भने त्यो अवैधानिक हो । मदिरा बिक्री (सिलप्याक) को स्वीकृति आन्तरिक राजस्व कार्यालयले दिने हो । त्यो घरेलु अन्तरगत आउँदैन ।’ उनले भने, धार्मिक एवं पर्यटकीय नगरी अनुसार जनकपुरको परिक्रमा सडकमा मांस मदिरामा रोक लगाएकै छ ।
यता गौ संरक्षण मञ्चका केन्द्रिय अध्यक्ष जगदीश महासेठ भने,‘जनकपुर उपमहानगरपालिका तथा जिल्ला प्रशासन कार्यालय इमान्दार नभएको कारणले धार्मिक नगरी जनकपुरधाममा मांस मदिरा खुलेआम रुपमा बिक्री वितरण भई रहेको छ । उनीहरु मासिक रुपमा होटलवालाहरुसँग पैसा असुली समेत गर्र्ने गरेको छ ।’ उनले भने, यसमा अर्का दोषी गुठी संस्थान र मठ मन्दिरका मठाधिसहरु पनि छन् । जिल्ला अदालत धनुषाले परिक्रममा सडक भित्रमा मांस मदिरा बिक्री गर्नमा रोक लगाई सकेको छ । तर यसको कार्यान्वयन गर्ने कार्य नगरपालिका तथा प्रशासनको भएपनि उनी गैरजिम्मेवार देखिन्छ ।
महासेठले यसको आवाज उठेपनि केही दिन बन्द रहे, तर प्रशासनकै चलखेलका कारण फेरी सञ्चालनमा आएको बताए । धर्मसँग खेलवाड भएपनि चुप लागेर बस्नु यसको जिम्मेवार जनकपुरवासी समेत रहेकोे आरोप समेत लगाए ।
त्यस्तै होटल व्यवसायी संघका अध्यक्ष दशरथ साहले भने, ‘कानूनमा कही पनि मांस मदिरा बिक्री नगर्ने उल्लेख छैन होटलवालाहरुले स्वीकृति लिएर नै मांस मदिरा बिक्री गर्दै आएको छ ।’
फागुन २५ गते जनकपुरबाट परिक्रमा डोला उठ्दै छ । परिक्रममा नेपाल भारत लगायत हजारौं श्रद्धालुहरु सहभागी हुन्छ । परिक्रममा सडक भित्र मांस मदिरा बिक्री वितरणगर्नेलाई जिल्ला प्रशासन कार्यालयले कारवाही गरिने बारम्बार प्रचार प्रसार गरेपनि कारवाई गर्न सकेको छैन ।

No comments:

Post a Comment