Thursday, May 13, 2021

कोरोनाको आफन्तमा जनकपुरधाममा १५ घरलाई डोजर लगाएर भत्काइयो, पीडितहरु सडकमा

जनकपुरधाम, ३१ बैशाख । कोरोना महामारी रोगबाट बच्न र बचाउनका लागि ‘घरमै बसो, सुरक्षित रहौं’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिई रहेको बेलामा करीब १५ वटा गरीब तथा विपन्न परिवारको घरमा डोजर लगाएर भत्काइएका छ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ स्थित कुवामा गुठी संस्थानको जग्गामा  ४० वर्षदेखि बस्दै आएका गरीब तथा विपन्न परिवारको घरमा विहिवार साँझतिर डोजर लगाएर भत्काइएको हो । पाँचवटा भ्यानमा डोजर साथ गएका प्रहरीले घर भत्काउँदा उनीहरु घरवार विहिन भएका छन् ।
ती बस्तीमा मुखिया, कुम्हार, यादव, खत्बे लगायतका समुदायहरु बस्दै आएका छन । दैनिक ज्यालादारी गरी गुजरवसर गर्दै आएको घरमा विहिवार डोजर लगाएर भत्काएपछि रातभरि सडकमै सुतेर समय काटेको पीडितहरु बताउँछन ।
गुठी संस्थान जनकपुरले सूचना बिना नै कोरोना महामारी रोगको बेलामा घर भत्काउँदा घरभित्र रहेको खाद्य समाग्री नोक्सान भएको छ भने गाई भैसीलाई पनि चोटपटक लागेको उनीहरु बताउँछन् ।
यता सन्दर्भमा सोही वडाका वडा अध्यक्ष शत्रुधन यादवसँग टेलिफोन सम्पर्क गर्दा आफूलाई थाहा नभएको जवाफ फर्काएका छन । उनले भने, ‘हामीसँग सोधेर घर बनाएको थिए, घर किन भत्काइएको के कारण हो त्यस सन्दर्भमा आफूलाई थाहा छैन ।’
प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले यस सन्दर्भमा प्रशासनसँग बुझि रहेको बताएका छन् ।
यता पीडितहरुले कोरोना महामारी रोग फैलिरहेको बेलामा आफ्नो ज्यूज्यानको सुरक्षाका लागि पत्रकार, मानव अधिकारकर्मी लगायत सम्बन्धित निकायसम्म पुग्न निक्कै गाह्रो भएको गुनासो पोखेका छन् ।




No comments:

Post a Comment